२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

इस्लामबाद, १८ भदौं ।

पाकिस्तानको पञ्जाब प्रान्तमा यौन ब्यभिचार गरेको आरोपमा एक महिलालाई ढुङ्गाले कुचेर हत्या गरिएको छ ।

 

यो घटना लाहोरबाट करिब ५०० किलोमिटर टाढा रहेको पञ्जाबको राजनपुर जिल्लामा घटेको प्रहरीले जनाएको छ ।

 

पाकिस्तानी प्रहरीका अनुसार महिलाका श्रीमानले उनीमाथि अन्य पुरुषसँग यौन सबन्ध राखेको आरोप लगाएका थिए । शुक्रबार ती व्यक्तिले आफ्ना दुई दाजुभाइसँग मिलेर महिलालाई सुरुमा रुखमा बाँधे अनि ढुङ्गाले हानीहानी  हत्या गरे । ढुङ्गाले हिर्काउनुअघि उनीहरुले ती महिला निर्मम यातना समेत दिएका थिए । अपराध गरे पछि दुवै दाजुभाइ फरार छन् । उनीहरु पञ्जाब र बलुचिस्तानको सीमा क्षेत्रमा लुकेर बसेको बताइएको छ ।

 

महिला राजनपुरको अल्कानी जनजातिकी हुन् । पाकिस्तानमा हरेक वर्ष इज्जतको नाममा धेरै महिलाको हत्या हुने गरेको छ । मानव अधिकारकर्मीका अनुसार पाकिस्तानमा हरेक वर्ष करिब एक हजार महिलाको ‘अनर किलिंग’को नाममा हत्या हुने गरेको छ । पीडितहरूले आफ्नो इच्छा विपरीत विवाह वा याैन सम्बन्ध राखेर परिवारलाई अपमानित तुल्याएको विश्वास गरिन्छ। यस्ता हत्यामा प्रायः परिवारका सदस्यको हात रहेको हुन्छ ।

 

जनकपुरधाम, १८ भदौं ।

नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।

 

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन ।

‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत सँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ उपमहानगरपालिकाले निर्देशनमा उल्लेख गरिएको छ ।

 

आज एसिया कपमा भारत–नेपाल बिच प्रतिस्पर्धा हुदैँछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

 

 

बुटवल, १८ भदौ ।

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारका बिचमा आज मतदान हुदैछ ।

 

सहमतिको प्रयास असफल भए पछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरे पछि उनीहरु बिच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो ।
प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिए पछि नेताहरू छलफलमा जुटेकोमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको एमाले लुम्बिनीले जनाएको छ ।

 

तर, दुबै जना कँडेल र रिजालले उम्मेदवारी दर्ता गरे पछि निर्वाचन गरिन लागएिको हो । दुबैजना उम्मेदवार मध्ये कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्।

 

उम्मेदवारी दर्ताको समय आज विहान १० बजेसम्म रहेको छ। यद्धपी, यस बिचमा सहमतिको प्रयास गरेर एकको उम्मेदवारी फिर्ता गराउने कोशिश भने जारी रहने जनाईएको छ ।

 

काठमाडौं, १६ भदौं ।

कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो ।

 

हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै हिजोका लागि सुनवाइ तोकिएको थियो ।

 

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरे हुन ।

 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन ।

जनकपुरधाम, १८ भदौं ।

नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।

 

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन ।

‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत सँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ उपमहानगरपालिकाले निर्देशनमा उल्लेख गरिएको छ ।

 

आज एसिया कपमा भारत–नेपाल बिच प्रतिस्पर्धा हुदैँछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

काठमाडौं, १७ भदौ ।

नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन ।

 

आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्ने जनाईएको छ ।
बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ ।

काठमाडौं, १७ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ।

आज बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा गर्ने भएको हो।

आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले र्‍याली र सभा गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

जनकपुरधाम, १७ भदौ । जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो।

आज दिउँसो उनको शव प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए। कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भनेर आमाकी बालिकाले बयान दिएकी छन्।

स्थानीयबासिन्दाले भने सरस्वतीको राति नै मृत्यु भएको बताएका छन्। सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमा मृत्यु भएको अनुसन्धानका क्रममा पाइएको प्रहरीको भनाइ छ।

घटना के कसरी भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ।

काठमाडौं, १८ भदौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । सो बैठक १ बजे बोलाइएको छ ।

 

संघीय संसद भवन सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ ।

 

साथै, सभामुख देबराज घिमिरेले ‘केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

काठमाडौं, १८ भदौं । राष्ट्रिय बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिधायन ब्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।