२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौ, १९ भदौ ।

भिजन लुम्बिनी उर्जा कम्पनीले आज (भदौ १९ गते) देखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।

 

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो। यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयरमा स्थानीयले आवेदन दिन सक्नेछन्।

 

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नम्बर १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो।

 

यता, कम्पनीको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

 

यसमा स्थानीय  समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९  हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन्।

 

यस कम्पनीको आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपी, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन्।

 

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ।

 

स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे  गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे  गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन्।

 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

 

काठमाडौ, १९ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ९०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ५०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती २०० रुपैयाँ, भिण्डी ४०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ, लोकल काक्रो १००, अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २८०,भारतीय प्याज सुकेको ७२, लसुन हरियो २२०, रुख कटहर ८०, छ्यापी सुकेको २००, भेडे खु्र्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ११०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ।

 

काठमाडौ, १९ भदौ ।

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने मंगलबार (भदौ १९ गते) अन्तिम दिन हो । सिटिजनले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर जारी भएको छ ।

यसमा सोमबार नै मागभन्दा बढी आवेदन परेका कारण मंगलबार बिक्री बन्द हुन लागेको हो । सीडीएसका अनुसार सोमबार साँझ सम्ममा ११ लाख ७७ हजार ४८ जना सर्वसाधारण आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.३८ गुणा बढी आवेदन हो । कुल ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँ बराबरको आवेदन परेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

 

काठमाडौ, १९ भदौ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसा रहेको छ।

 

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.८१ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६० पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा, यता बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ८८ पैसा र बिक्री दर १६७ रूपैयाँ ७३ पैसा रहेको छ।

 

दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर  १० रूपैयाँ ७ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५१ रुपैयाँ रहेको छ ।

यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२८.४ पैसा  विक्रीदर ४३०.३४ पैसा रहेको छ ।

 

 

मुम्बई, १९ भदौं ।

शाहरुख खान देश तथा विदेशमा घुमिरहेका हुन्छन् । उनले देशको हरेक कुनामा शूट गरिसकेका छन् तर त्यहाँ अझै पनि एउटा कुनामा छ जसलाई शाहरुखले अछुतो राखेक छन्– त्यो हो काश्मीर।

शाहरुख खानले धेरै देशको भ्रमण गरे र आफ्नो फिल्मको सुटिङका ​​लागि आउटडोर प्लान पनि बनाए तर अचम्मको कुरा के छ भने शाहरुख आफ्नो देशको ‘स्वर्ग’ भनिने कश्मीरमा कहिल्यै गएनन् । आखिर कारण के थियो  ? खास कुरा के छ भने शाहरुखको कश्मीरसँग निकै नजिकको सम्बन्ध छ तर पनि शाहरुखले कश्मीर देखेका छैनन् ।

 

वास्तवमा शाहरुख खानकी हजुरआमा जान कश्मीरकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेका छन् तर शाहरुख कश्मीर गएका छैनन् । यसको पछाडिको मुख्य कारण उनको बुबासँग कश्मीर हेर्ने चाहना थियो ।

 

जब शाहरुख खान केबीसी शोमा आए, उनले अमिताभ बच्चनलाई आफ्नो बुबाकी आमा अर्थात् उनकी हजुरआमा कश्मीरकी थिइन् भनी बताए ।

 

शाहरुखले अगाडि भनेका थिए,  ‘मेरो बुबाले मलाई जीवनमा तीन ठाउँ घुम्न भन्नुभएको थियो, चाहे म त्यहाँ छु या नहोस् । एउटाले इस्तानबुल, दोस्रोले इटाली–रोम र तेस्रोले कश्मीर हेर्नुपर्छ ।’

 

शाहरुखले अगाडि भने,  ‘मेरो बुबाले भन्नुभयो– म बिना अरु दुईलाई हेर तर म बिना कश्मीर नहेर्नु तर यसो भनेको केही समयमा नै बुवाले यो संसार छाडनु भयो। मैले संसारभर घुमें तर कश्मीर कहिल्यै गएको छैन ।’

 

शाहरुखले भने, ‘जीवनमा धेरै अवसर पाएँ, साथीहरूले योजना पनि बनाए, त्यहाँ साथीहरूले पनि घर बोलाए तर म कहिल्यै गइन किनभने मेरो बुवाले भनेका थिए कि म बिना कश्मीर नहेर, म देखाउँछु।’  त्यसबेला शाहारुख खान आफ्नो बुवाको उल्लेख गर्दै निकै भावुक भएका थिए ।

 

मुम्बई, १९ भदौं ।

लाखौं सुन्दरीहरू आकर्षित हुने ऋतिक रोशनको मांसपेशी शरीरका लागि उनले कति मेहनत र पैसा खर्च गर्छन् ? के तपाईले अनुमान गर्नु भएको छ ?

 

हरेक दिन अभिनेता सामाजिक सञ्जालमा आफ्नो फिटनेससँग सम्बन्धित पोस्टहरू सेयर गरिरहन्छन्। आइतबार पनि उनको सिक्स प्याक एब्ससहितको तस्बिर बाहिर आएको थियो । यो तस्बिरको क्याप्सनमा उनले लेखेका छन्, ‘मैले फिनिश लाइन देख्न सकिरहेको छैन्।’

अनिल कपुरदेखि प्रीति जिन्टा र करण सिंह ग्रोवरसम्मका धेरै सेलिब्रेटीहरूले उनको पोस्टमा टिप्पणी गरेका छन्। उनकी प्रेमिका सबा आजाद र पूर्व पत्नी सुजैन खानले पनि प्रतिक्रिया दिएकी छिन् ।

 

आफ्नो अर्को फिल्म ‘फाइटर’का निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको यो तस्बिरमा कमेन्ट गरेका छन्–  ‘म तिमीलाई भोलि सेटमा आउँदा फिनिश लाइन देखाउने छु।’

 

ऋतिक रोशनलाई सधैं उद्योगको फिटनेस आइकन मानिन्छ। उनका ७३ वर्षीय बुबा राकेश रोशन र ६८ वर्षीया आमा पिंकी रोशन पनि फिटनेस फ्रिक हुन्। ऋतिक रोशनको यो पोस्ट पछि धेरै मिडिया रिपोर्टमा दाबी गरिएको छ कि उनले आफ्नो पर्सनल ट्रेनर क्रिस गेथिनलाई हरेक महिना भारतीय २० लाख रुपैयाँ (नेपाली ३२ लाख) तलब दिने गरेका छन् ।

हालै बलिउडका ह्यान्डसम हङ्क ऋतिक रोशनले आफ्नो फिटनेस ट्रेनरसँग अन्तर्वार्ता दिएका छन् । जसमा उनले भनेका छन्,  ‘मेरो परिवर्तन कुनै फिल्मको लागि होइन । म रमाईलो जीवनशैलीमा बानी परिरहेको छु ताकि म यसलाई मेरो बाँकी जीवनको लागि पछ्याउन सकूँ।

 

‘जब म युद्धको चलचित्र गर्न जाँदै थिएँ, म मर्छु कि जस्तो लाग्थ्यो । म त्यो फिल्मका लागि शारीरिक रूपमा फिट र तयार थिइनँ तर अब म सधैं पूर्ण र फिट हुन चाहन्छु।’

 

यदि ऋतिक रोशनको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनको अर्को फिल्म  ‘फाइटर’ हो । यो फिल्मको छायांकन पनि चलिरहेको छ । उनी बाहेक फिल्ममा दीपिका पादुकोण पनि छिन् । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको यो चलचित्र बहुप्रतिक्षित छ ।

यसअघि ऋतिक रोशनले सिद्धार्थ आनन्दसँग  ‘ब्याङ–ब्याङ’ र ‘वार’ गरिसकेका छन् ।

 

 हनुमत कमार यादव,गाैर, १८ गते भदौ ।

रौतहट सदरमुकाम गौरमा जनमत पार्टीका बृहत पार्टीमा प्रवेश कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ ।

गौर स्थित जानकी धर्मशालामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका मो. शेख जमसेद सहित विभिन्न पार्टी परित्याग गरि देवेन्द्र मिश्र, डा. रामाशंकर ठाकुर, श्री व्रजभूषण सिंह सहित सैकडौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष डा.सि.के राउत अध्यक्षको आसनमा, श्रम तथा यतायात मन्त्रि चन्दन सिंह विशिष्ठको आसनमा बस्नु भएको थियो । पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउतको हातबाट टिकामाला लगाएर उहाँहरुले जनमत पार्टी आवद्ध भएका हुन् । कार्यक्रममा लाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेश हित तथा यहाँका जनताको लागि हरदम लडेको, निरन्तर लड्ने वहाँको भनाई रहेको थियो ।

देशको सबैभन्दा बढी बालिहुने, कृषि योग जमिन मधेशमा रहेको तर सरकार द्वारा कुनै खास व्यवस्था नदेखिएको प्रति दु:ख समेत पोखेका छन् । उक्त कार्यक्रममा पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउत,श्रम तथा यतायात मन्त्रि चन्दन सिंह, पुर्व कृषि मन्त्रि बसन्त कुसवाहा, सैकडौं नेता कार्यकर्ता, सुरक्षाकर्मी, संचारकर्मी लगायत भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियो ।

 

 

 आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते ।

कटहरिया नगरपालिका–५, कटहरिया बजारस्थित रहेकाे श्री जनता नमूना माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।

कटहरिया नगरपालिकाले नेकपा माओवादी केन्द्रका यूवा नेता एवम् नगर प्रमुख प्रत्यासी नसरूदिन अन्सारीलाई अध्यक्ष पदमा मनाेनयन गरेको हाे । नगर प्रमुख अजय प्रकाश जसवालले अन्सारीलाई अध्यक्ष पदमा चयन गरेका हुन् । समितिका सदस्यहरुमा सिकिन्द्र साह,मन्जु देवी,शारदा देवी लगायत चयन भएको प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जनाए । नव नियुक्त अन्सारी विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने अभिभावकहरूले विश्वास लिएका छन् । अध्यक्ष पदमा चयन भए लगत्तै उनले बिधालयकाे सर्वाङ्गीन विकासमा टेवा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले बिधालय बाहिर रहेका बालबालिकाहरू लाई बिधालयमा फर्काउन एउटा छुट्टै टिम परिचालन गराउने बताए । शिक्षाकाे मूलधार बाट बञ्चित रहेका बालबालिकाहरू लाई बिधालयमा फर्काउन विशेष पहल गर्ने उनकाे भनाइ छ । साेमबार एक कार्यक्रममा बिच कटहरिया नगरप्रमुख अजय प्रकाश जयसवालले टिका,माला लगाइ बिधालयमा स्वागत गर्नु भएको थियो । साथै उनले अध्यक्षकाे जिम्मेवारी पाउने हुने अन्सारीले बिधालयकाे विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नु भयाे ।

साे अवसरमा अभिभावक,शिक्षक,शिक्षिका,बिद्यार्थी र स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

 

 आरके श्रीवास्तव,रौतहट,भदौं १८ गते ।

गरुडा नगर उधोग वाणिज्य संघको आज चुनाव सम्पन्न भएको छ । आज बिहान ८ बजेदेखि निर्वाचन भई बेलुका ४ बजे सम्पन्न भएको निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालले जानकारी गराउनु भयो । साेमबार भएको चुनावमा शान्तिपूर्ण रूपमा चुनाव भएकाे उनले जानकारी गराएका हुन् ।

अध्यक्ष पदका उमेदवार संतोष कुमार चौधरीको प्यानल बाट सदस्य पदका लागि रामबाबु साह,गजेन्द्र महतो कोईरी,उपेन्द्र कुमार चौधरी, बिनोध कुमार जयसवाल,चुनचुन प्रसाद यादव,रामबचन प्रसाद जयसवाल, रोहित कुमार जयसवाल,रुपेश कुमार जयसवाल, शिवजी प्रसाद चौधरी, रामबाबु प्रसाद रौनियार,महाशक्ति साह निराला,हरिकिशोर प्रसाद साह,शिवम् कुमार सोनी प्रतिस्पर्धामा छन् ।

अर्का अध्यक्ष पदका उम्मेदवार सतिश साहको प्यानल बाट सदस्य पदका उमेदवार सुशिल कुमार साह, अनिल कुमार पंडित, रमेश रौनियार,दिनेश रौनियार,रामईशवर साह,बिनोद दास,सुशिला देवी जयसवाल,मनोज साह गुप्ता,अजय साह सोनार,हेमलाल साह सोनार,छठु प्रसाद साह,दिपेन्द्र यादव ,रामअधार साह कानु रहेका छन् । संघको अध्यक्ष पदमा दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कसले बाजी मार्ने हो,त्यो अनुमान लगाउन सजिलो छैन् ।

गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी आज अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन भएको हो । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् । संघको कुल ९ सय ५२ जना मतदाता रहेकाेमा ८ सय ४४ जना मतदातादे मतदान गरेका छन् । चुनाव सके लगत्तै आजै बेलुका ८ देखि मतगणना गरिने संयाेजक जैसवालले जानकारी गराएका हुन् ।

आज भएको मतदानमा ८८.६५ प्रतिशत मत खसेको उनले बताए । उनका अनुसार पहिलो चरणमा सदस्यहरूकाे मतगणना गरिने छ । जसमा दुवै अध्यक्ष पदका उम्मेदवारका २/२ जना प्रतिनिधिहरू मतगणना स्थलमा बस्ने जनाए ।

 

बिशाल बस्नेत/न्युज कारखाना ,१९  भदौ, महोत्तरी । 

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको चौथो अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

गत १८ भदौमा भएको साधारणसभाले गुन्ज कार्कीको नेतृत्वमा २१ जनाको कार्यसमिति चयन गरेको हो ।

 

बिधानअनुसार बनेको कार्यसमितिमा ३ जनालाई उपाध्यक्षमा नै निर्वाचित गरिएको छ । जसअनुसार निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्ष अमित श्रेष्ठ, दृतिय उपाध्यक्ष बलराम श्रेष्ठ र तृतीय उपाध्यक्षमा मिन वहादुर थापा रहेको निर्वाचन मण्डलले जानकारी दिएको हो ।

 

यसैगरी महासचिवमा नारायण घिमिरे, सचिवमा परमेश्वर महतो, स-सचिव अमृत श्रेष्ठ, कोषाध्यक्षमा बिमल भण्डारी, स-कोषाध्यक्षमा धनेश्वर साह चयन भएका छन । सदस्यहरुमा भने १२ जना निर्वाचित भएको नवनिर्वाचित माहासचिव नारायण घिमिरेले जानकारी दिए ।

 

निर्वाचित हुने सदस्यहरुमा आरती घिमिरे, मिरा पराजुली, कमला कोइराला, बिनोद भण्डारी, मुकेश साह, साविर हुसेन, रोसन कार्की, ज्ञानबहादुर राउत, सन्तोष श्रेष्ठ, बिस्वास ढुंगेल, उमेश महतो र हर्क बहादुर दाहाल रहेका छन ।

 

यसअघि कार्यकाल सुदिप कार्की (रेवन्त)ले नेतृत्व गरेका थिए । उन्लाई  साधारणसभाले पदेन्न सदस्यमा मनोनित गरेको छ ।

 

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।