२०८३ भाद्र ५
२०८३ भाद्र ५
 आरके श्रीवास्तव,रौतहट,भदौ १९ गते ।
तराइ मधेशमा सहित अन्य ठाउँमा आज बुधवार श्री कृष्ण जन्माष्टमी मनाइँदैछ । कृष्ण जन्माष्ठमीको अवसरमा सबै कृष्ण मन्दिर र मठ मन्दिरमा प्रतिमा बनाइ पुजापाठ गरिदैछ ।
रौतहट सहित मधेश प्रदेशको आठ जिल्लामा यो पर्व आज मनाइँदै छ । हिन्दु धर्म मानाउने अनेक पर्व त्योहार मध्ये भगवान श्रीकृष्ण जन्म दिवस पनि एक हो ।
भादौ महिनाको अन्हरिया पक्षको अष्ठमी तिथिको रातीमा भगवान श्रीकृष्णको अवतार भएको थियो । उनको परमावतार पनि भनिन्छ ।
भगवान विष्णुको दस अवतार मध्ये एक कृष्णा अवतारके तीन विशिष्ट पक्ष रहेको छ । बाल लिला, प्रेम लिला, राजनीति र कुटनिती । यी तीन पक्षमा उनकरा विशेष सवरूप पाएको देखिन्छ । भगवान श्री कृष्ण महाभारतको दौरान जे उपदेश दिनु भयो ।
त्यसको आज पनि गीताको रूपमा संसार भरमा पुजा गर्ने र परिचित छ । गीताको संसारमा सबभन्दा उत्कृष्ट ग्रन्थ मानिन्छ । संसारको सबै ज्ञान रहेको छ । भगवान श्रीकृष्णको विभिन्न रूपमा सर्वत्र सम्मान प्राप्त भएको छ । भगवान श्रीकृष्ण माथि श्रद्धा सम्मान र विश्वास राख्नु हुने संसारका सम्पूर्ण व्यक्तीहरुले आज श्रीकृष्ण जन्माष्ठमी हर्षोउल्लासका साथ मनाउँदै छन् ।

 

काठमाडौं, १९ भदौ ।

मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई काठमाडौं महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घलेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

गत जेठ २ गते काठमाडौंको मनमैजुबाट बागमती प्रदेश ०२-०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२-०२२ प ४४ ५४ नम्बरको २ सय २० सि.सि.को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन परेको थियो।

उक्त मोटरसाइकलहरु खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३-०२-००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२-०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी आज दिउँसो नियन्त्रणमा लिएको हो। नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगंजमा  थप अनुसन्धान तथा कारबाहीका लागी पठाईएको छ।

 

विराटनगर, १९ भदौ ।

कलेज बसको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्करबाट रंगेली नगरपालिका–१ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडिको भित्री सडक खण्डमा विद्यार्थी पुर्‍याएर फर्कने क्रममा कलेज बसले ठक्कर दिएको थियो।

ग १ ख ७६९९ नम्बरको बसले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए। ठक्कर दिने बस र चालक विराटनगर ३ का ५६ वर्षीय दलबहादुर कार्कीलाई पक्राउ गरेको उनले बताए।

 

हुम्ला १९ भदौ ।

मंगलबार बेलुकी सिमकोट गाउँपालिका–५ को बजार क्षेत्रको एक जनाको घरबाट जुवाको खालबाट पाँच जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा प्रहरीले मारेको छापाबाट नगदसहित जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले मंलबार बेलुका जुवाको खालबाट पाँच जना जुवाडे र नगद एक लाख ६३ हजार ३४५ रुपियाँ नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

जुवा खेली रहेको सूचना प्रहरीले जानकारी पाएपछि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरीको टोलीले नगद र जुवाडे नियन्त्रणमा लिएको हो।

 

दिल्ली, १९ भदौ ।

भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालको सूचना प्रविधि क्षेत्रमा  लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् ।

दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले भने, ‘नेपाल आकर्षक लगानी गन्तव्यको रुपमा रहेको छ।  भारतीय लगानीकर्ताहरुका लागि न भाषाको समस्या छ, न यातायात खर्च नै बढी छ।  नेपालको मौसम राम्रो छ र नेपाल सरकारले थुप्रै कर छुट पनि दिएको छ। नेपालमा अंग्रेजी बोल्न सक्ने दक्ष, युवा जनशक्तिको संख्या बढ्दै गएको छ र औसत पारिश्रमिक पनि कम छ।’

उनले नेपाल सरकारले विदेशी लगानीकर्ताहरुलाई विभिन्न कर छुट दिनुका साथै श्रम कानूनमा सुधार गरेको, ‘ड्राइ पोर्ट’ को निर्माण भै रहेको र १६ ओटा नयाँ विशेष आर्थिक क्षेत्र निर्माण गर्न लागेको जानकारी दिए।  उनले नेपालसंग सीमा जोडिएका भारतीय राज्यहरुमा ५० करोड मानिसहरु बसोबास गर्ने  र भारत तथा नेपालबीच दोहोरो कर छुट सम्बन्धी सन्धि भएकाले पनि भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्यको रुपमा रहेको बताए।

एडब्लुएसको दक्षिण एसिया प्रशिक्षण तथा प्रमाणीकरण विभागका प्रमुख अमीत मेहताले सूचना प्रविधिमा दक्ष जनशक्तिले देशको अर्थतन्त्रमा महत्व पूर्ण योगदान दिने विभिन्न अध्ययनहरुले देखाएको बताए।  उनले राम्रो डिजिटल सीप भएका व्यक्तिहरुले अन्य व्यक्तिको तुलनामा ६५ प्रतिशतसम्म बढी आम्दानी गरिरहेको पनि जानकारी दिए।  एडब्लुएस दक्षिण एसियासंगै आबद्ध लोकेश मेहराले सरकारले आफ्ना प्राथमिकताहरु निर्धारण गरेपछि तिनलाई प्राप्त गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नु पर्ने बताए।  ‘अब तपाईंहरुले डिजिटल सेवा विस्तारतर्फ ध्यान दिनु पर्छ,’ उनले भने।

बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख प्रविधि अधिकृत अन्जनी फुयालले डिजिटल क्षेत्रमा नेपालले ठूलो फड्को मारेको र नेपालको सूचना प्रविधि क्षेत्र सफलताको कथा भएको बताए।  ‘नेपालका विश्वविद्यालयहरुले क्लाउडमा आधारित नवीनतम पाठ्यक्रमहरु पढाइ रहेका छन् र विश्वस्तरका नेपाली स्नातकहरु उत्पादन गरिरहेका छन्।  नेपालगंज र पोखरामा बसेर नेपाली युवाहरुले विश्वका ठूला कम्पनीहरुमा  काम गरिरहेका छन्।  सुन्दर प्रकृति तथा पहाडहरुका बीच काम गर्न भारतीय तथा संसारभरिका ‘डिजिटल नोम्याडहरुका लागि नेपाल एक सुन्दर  गन्तव्य बन्दै गएको छ,’ उनले भने।

अमेजन वेब सर्भिसेजका भारतस्थित एक अधिकारी विक्रान्त सत्संगीले नेपाललाई डिजिटल एक्सिलरेशन परियाजनालाई छिटै अगाडी बढाउन सुझाव दिए।  उनले नेपालमा उत्पादन भैरहेका आइटी स्नातकहरुलाई देशमै रोके राख्न सरकार, उद्यमीहरु र विश्वविद्यालयहरुले मिलेर काम गर्नु पर्ने बताए।

समझदारीपत्रमा हस्ताक्षर

उक्त समारोहमा दिल्लीस्थित इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमन, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान तथा काठमाडौंस्थित जेनेस एकेडेमीबीच आपसी सहकार्य, अनुसन्धान तथा  शिक्षक, विद्यार्थीहरुको आदानप्रदान सम्बन्धी सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो।

हस्ताक्षर समारोह पछि बोल्दै  इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमनकी उपकूलपति डा अमिता देवले आफ्नो विश्वविद्यालयमा ५,००० छात्राहरुले अध्ययन गरिरहेको र आफ्नो विश्वविद्यालयका स्नातकहरुले राम्रो आम्दानी गर्नुका साथै आआफ्नो क्षेत्रमा नेतृत्व गरिरहेको बताइन्। ‘मुलुकका सीमाहरू भनेका भावनात्मक कुराहरु मात्र हुन्।  यस्ता साझेदारीहरुद्वारा हामीले अनुसन्धान, इन्टर्नशिप तथा दोहोरो डिग्री जस्ता कार्यक्रम अगाडी बढाउने छौं,’ उनले भनिन्।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक प्राध्यापक डा बसन्त जोशीले प्राविधिक शिक्षाको क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य गर्न पाउँदा अनुसन्धान तथा पठनपाठनको क्षेत्रमा ठूलो सहयोग पुग्ने बताए।  आफ्नो धन्यवाद मन्तव्यमा दिल्लीस्थित नेपाली दूतावासकी मिनिस्टर काउन्सिलर श्रीमती निता पोख्रेल अर्यालले  भारतीय प्रविधि उद्यमी तथा व्यवसायीहरुलाई नेपालमा व्यवसाय विस्तार गर्न आग्रह गरिन्।

उक्त कार्यक्रम जेनेस सलुशन तथा नास आइटीको सहयोगमा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको थियो।

 

 

 

काठमाडौं, १९ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो। भेटमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सहभागिता र चीन भ्रमण, विचाराधीन विभिन्न विधेयकका सम्बन्धमा छलफल भएको छ।

 

काठमाडौं, १९ भदौ ।

सरकारले असोज १ गतेदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ। दसैं, तिहार र छटलगायत मुख्य चाडपर्वलाई लक्षित गर्दै गत वर्ष झैं संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो।

 

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी रोक्न जिल्ला प्रशासन कार्यालयसहित उपभोक्तासँग सरोकार राख्ने ९ वटा विभागका अधिकारी सम्मिलित कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी रहेको बताए।

चाडपर्वमा हुने कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न अनुगमन गर्न लागिएको उनको भनाइ छ। संयुक्तअनुगमन टोलीमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका सदस्य हुनेछन् । संयुक्त अनुगमनका लागि मन्त्रालयले यस अघि नै संयुक्त छलफल गरिसकेको छ ।

 

संयुक्त अनुगमनमा यातायात, राजमार्ग छेउछाउका होटल तथा रेष्टुराँ, खुद्रा तथा थोक पसल र बजार, खाद्यान्न, माछामासु, दूध, पानी, मिठाइ, दूध, लत्ताकपडा, फलफूल लगायतका क्षेत्र प्राथिमिकतामा छन्।

 

धनगढी, १८ भदौ ।

कैलाली जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिका विरुद्ध मानहानी मुद्दा दायर भएको छ।
बिज्ञापन

मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरेका हुन्। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरिएको जनाइएको छ। रिटमाथि बिहिबार बहस तोकिएको रिट दायरकर्ता पाठकले बताए।

जिल्ला अदालत सम्झौता विपरित कुनै काम नगर्न र नगराउन आदेश दिए पनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको थियो। अदालतको आदेश विपरित उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको हो।

 

जिल्ला न्यायधिश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबिच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरितको कुनै पनि कार्य नगर्नु नगराउन भनि मुलुकी देवानी सहित २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनु ।’

 

दार्चुला, १९ भदौ ।

दार्चुलाको लेकम गाउँपालिकामा गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते सार्वजनिक बिदा कायम गर्न मुख्यमन्त्रीलाई पत्राचार गरिएको छ।

गाउँपालिकाले सोमबार पत्र पठाउदै दुई दिन सार्वजनिक बिदा दिन अनुरोध गरेको हो।

दार्चुलाको केही स्थानमा भदौ ७ गते गौरा मनाइएको छ भने शैल्यशिखर क्षेत्रसहित अधिकांश स्थानमा भदौ २१ गते गौरा मनाउने तयारी छ।

 

काठमाडौं, १९ भदौ । 

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले सीमित कार्य गर्ने धितोपत्र दलालको रूपमा थप ११ कम्पनीलाई लाइसेन्स दिएको छ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीका अनुसार थप ११ कम्पनीले धितोपत्र दलालको लाइसेन्स पाएका हुन्।

लाइसेन्स पाउने नयाँ ब्रोकर कम्पनीहरुमा गरिमा सेक्युरिटिज लिमीटेड(ब्रोकर नम्बर ७८), पाही इन्भेष्टमेन्ट प्रालि(ब्रोकर नम्बर ७९), इन्दिरा सेक्युरिटिज प्रालि(ब्रोकर नम्बर ८), श्री आकाशभैरव सेक्युरिटिज लिमीटेड(ब्रोकर नम्बर ८१), श्री एनएमबी सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८२), श्री सानिमा सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८३), श्री मिल्की वे सेयर ब्रोकर कम्पनी लिमीटेड(ब्रोकर नम्बर ८४), श्री क्यापिटल हब प्रालि(ब्रोकर नम्बर ८५), श्री स्टकस्कार्टस सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८६), श्री एसपीएसए सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८७) र श्री ब्लु चिप सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८८) रहेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।