काठमाडौं, २० भदौं ।
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन ।
काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट हिजो मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
यसरी पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घले रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागमती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौँकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो ।
उक्त मोटरसाइकलहरु खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७ प ३३९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगंजमा थप अनुसन्धान तथा कारबाहीका लागी पठाईएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं, २० भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीकृष्णा जन्माअष्टमीको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले आज हिन्दु धर्मालम्बीहरुले मनाइरहेको पर्ब श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिएका हुन् ।
‘कृष्णाष्टमी २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रधानमन्त्री दाहालले आफनो शुभकामना सन्देशमा भनेका छन ।
काठमाडौं, २० भदौं ।
नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल मलेसियाकाे राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ । जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ।
जारी प्रतिस्पर्धामा लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइ सकेका छन्। नेपाल र युएई दुवै राष्ट्रिय टोलीको समान ८ अंक रहेको छ।
तर, युएई नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहँदा नेपाल भने दोस्रो स्थानमा छ। आजको खेलले समूह विजेता र उपविजेताको टुगो लाग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
काठमाडौं, २० भदौं ।
एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्कदैछ।
विश्वकप बिजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह १२ः३० बजे स्वदेश फर्किन लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सो टोलीको भब्य स्वागत गरिने छ ।
समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफुलाई उभ्याउनु आफैमा ऐतिहासिक भएको क्रिकेटरहरुले जनाएका छन ।
बुटवल ।
नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।
हालै सम्पन्न भएको निकै चर्को आन्तरिक प्रतिस्पर्धामा कडेँल दुई मतले मात्रै बिजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएको घोषणा गरिएको छ ।
विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा पराजित भएका अर्का प्रतिस्पर्धी रिजाल भने ४७७ मत मात्रै प्राप्त गरेर अध्यक्ष हुनवाट बञ्चित हुनु परेको छ ।
काठमाडौं, २० भदौं ।
आज श्रीकृष्ण जन्माष्टमी ।
भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।
पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।
उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन ।
सो अवसरमा आज सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।
काठमाडौं, २० भदौं ।
हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्टयाङ्गको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
हनुमत कुमार यादव,गाैर, १९ भदौ ।
नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवस रौतहट शाखाले विभिन्न कार्यक्रम गरि भव्य तथा सभ्य रुपमा मनाईएको छ । जिल्लाको सदरमुकाम गौर स्थित आफनो रेडक्रसको सभाहलमा कार्यक्रम गरेकाे छ । कार्यक्रम रौतहट शाखाका सभापति राज किशोर प्र ० यादवको सभापतितवमा विधिवत रुपमा पानसमा दिप प्रज्वलन गरि सुरु गरिएको थियो ।
साथै कार्यालयको छतमा संस्थाको छाप सहितको झन्डा झन्डात्तोलणरेडक्रस र रौतहट शाखाले सम्पादन गरेका कार्यक्रम समीक्षा,शुभकामना प्रदान र रेडक्रस अभियान प्रशिक्षण सम्बन्धि गतिविधि कार्यक्रम सम्पन्न गरिएकाे थियो । कार्यक्रममा स्वागत मन्तव्य जि का स समिति एवम् गौर रक्त संचार केन्द्रको संयोजक संजय कुमार यादवले गर्नु भएको थियो । भन्ने विभिन्न बक्ताहरु आफ्नो आफ्नो कुराहरु राखेका थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि को रुपमा जिल्लाको सबै भन्दा पुरानो गौर नगरपालिकाका नगर प्रमुख श्म्भु साह, विशिष्ट अतिथिको रुपमा रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्र, तथा मधेश प्रदेश नेरेसोका अध्यक्ष फुल महम्मद मियाँ लगायत पूर्व सभापति डा . नन्दकिशोर झा, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ, नेपाली सेनाका मेजर तथा सस्त्रका प्रहरी नायव उपरीक्षक, सहायक प्रशिक्षक संतोष नेपालका साथ जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु उपशाखाका पदाधिकारी सदस्य, पत्रकार, कर्मचारी लगायत भद्रभलादमीहरू समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम लाई शाखाका मन्त्री धर्मेन्द्र सिंहले संचालन गर्नु भएको थियो ।
सागर संगम ठाकुर, रौतहट ,भदौ १९ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहले आफु माथी लगाईएको आरोप बारे खण्डन गरेको छ । वडामा भएको नाला निर्माणमा वडा अध्यक्षले मनपरी गरेको भन्दै वडा सदस्य खुबलाल दास र गौरीशंकर पंडितले आफनो नाम जोडी वडावासीमा झुठा भ्रमक छरिरहेको आरोप लगाउनु भयो । निर्वाचित जनप्रतिनिधीले बजेट चलाउने अधिकार नरहेको भन्दै वडा अध्यक्षले नै बजेट चलाएको भन्दै लगाएको आरोप झुठा कपोकल्पित र निराधार रहेको वडा अध्यक्ष साहले बताएका छन ।
धरहरीमा भएको नाला निर्माणको सम्पुर्ण जिम्मेवारी वडा सदस्य गौरीशंकर पंडितले लिएर निर्माण कार्य शुरु गराएको र केही ठाउँमा विवाद हुदाँ नालाको काम रोकिए पछि त्यस्को सबै दोस आफु माथि थुपारिएको वडा अध्यक्ष साहले बताए । वडा अध्यक्ष साहले मंगलबार वडा कार्यालयमै आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आफू लाई उपभोक्ता समितिद्वारा भएको नाला निर्माणकार्य संग जोडेर बदनाम गराउने षड्यन्त्र रचेको बताएका छन् ।
केहिदिन धार्मिक यात्राको लागि भारत जादा यता आफ्नै पाइनल बाट निर्वाचित भएका वडा सदस्यहरु बजेटको भागवण्डा नमिल्दा विपक्षीसंग मिलेर आफू बिरोध षड्यन्त्र गरेको बताए । अध्यक्ष साहले नाला निर्माणको क्रममा सडकको उत्तरपट्टी रामज्ञा ठाकुरको घर देखि शुरु गरिएको नाला नरायण साह कानुको घर संम्म निर्माण कार्य भएको र बिचको एक ठाउँमा बिधुत्तिय पोलका कारण काम रोकिएको भन्दै त्यसबारे पनि जनतामा गलत भ्रम फैलाउन वडा सदस्य सक्रिय भएको बताउनु भयोे ।
वडा सदस्य दास र पंडितले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट पाँच÷पाँच लाख पाउनु पर्ने र नदिदा जनतामा भ्रम छरिएको बताए । सकडको दक्षिण तर्फ रुदल पंडितको घर सम्म नाला निर्माण भएको र मुख्य नाला संग जोडनका लागि स्थानिय तेजनरायण साहको घर एलैनिमा परेको हुदाँ घर भतकाई नाला निर्माण गर्नु पर्ने स्थानियहरुको भनाई पछि काम रोकिएको अध्यक्ष साहले बताए ।
सडकको दक्षिण तर्फ रहेको एलानी जग्गामा तेजनरायण साहले घर नहटाउदाँ निर्माण कार्य रोकिएको र त्यो विवादबारे मुदा जिल्ला अदालतमा चलिरहेको अध्यक्ष साहले भने । अध्यक्ष साहले नाला निर्माण नभएको ठाउँमा दुवै वडा सदस्यले विवाद गराएर काम रोकिएको र अहिले आएर त्यसको सबै दोस आफु माथी थुर्पान खोजिएको बताए । निर्माण कार्यका सबै जिम्मा लिएको वडा सदस्यहरु नै आफनो जिम्मेबारीबाट पछाडि हटने र आफु चोखो बन्न खोजेको वहाँले बताउनु भयो ।
विधुतको पोल सार्न प्राधिकरणको हाकिम संग कुरा गरि अधुरो रहेको केही ठाँउको नाला पनि सुचारू गराउने प्रतिबद्धता जनाए । पत्रकार सम्मेलन मार्फत वडा अध्यक्ष साहले आफू निर्वाचित भएको १६ महिनामा वडामा कायापल्ट हुने खालको विकास गरेको बताए । वडा अध्यक्ष साहले विवादका कारण रोकिएको ठाउँमा सहमति भए अउदो सोमबार देखि निर्माण कार्य शुरु गरिने प्रतिवद्धता जनाउनु भयो ।
अध्यक्ष साहले वडा भरिमा कृषि कार्यको लागि विधुतिय पोल समय समयमा किसानलाइ मल खाद बीउ विजन एक्सप्रे टंकी ,बाटोघाटो, नाला निर्माण, जिर्न अवस्थामा रहेको स्वास्थ्य चौकीको मर्मत संम्भार र वडा कार्यालयमा रंग रोदन गरि सञ्चालन लगायतको थुप्रै विकास निर्माणकार्य गरिसकेको र बाकी रहेको कार्य यस आर्थिक वर्ष २०८०÷८१ मा गरिने लक्ष्य रहेको बताएका छन् ।