२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, २१ भदौं ।

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिबेशनको लोगो सार्वजनिक भएको छ ।

 

प्रतिनिधि सभाका सदस्य तथा बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले सामाजिक सन्जालबाट प्रदेश प्रथम अधिबेशनको लोगो सार्वजनिक गरेका हुन् ।

हिमालदेखी भित्री मधेशसम्मलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै असोज ८ र ९ गते काठमाडौंमा अधिबेशन सम्पन्न हुने भएकोले लोगोमा काठमाडौं र काठमाडौंको सभ्यतालाई पनि प्रस्तुत गरिएको छ ।

 

एमाले बागमती प्रदेश प्रथम अधिबेशन प्रचार कमिटिमा उपसचिव तथा प्रचार विभाग प्रमुखको संयोजकत्वमा शरद सापकोटा, समीर बलामी, नरेन्द्र न्यौपाने, आशिस अस्लामी, श्याम सुन्दर पुडासैनि र अनिश्मा बस्नेत सदस्यहरु रहेका छन् । प्रचार कमिटिले तयार गरेको लोगोमा गौरीशंकर हिमालबाट सूर्य उदाइसकेको देखाएको छ । गौरिशंकर हिमाल नेपालको समयको मापनविन्दु मानिन्छ । यस्तै पहाडी जिल्लाहरुको प्रतिनिधित्वको लागि पहाड पनि राखिएको छ ।

 

भित्री मधेशलाई प्रतिनिधित्व गर्ने गरी सौराहाको एकसिङ्गे गैंडा र मकवानपुरको शहिदपार्कको शहिदका मुर्तीहरु राखिएको छ । यस्तै काठमाडौको पहिचान स्वरुप पशुपतीनाथ, बौद्व स्तुपा, धरहरा समाबेश गरिएको छ । बागमती सभ्यतालाई पनि लोगोमा राखिएको छ । पार्टिको लाल झण्डा पनि फहराइएको छ ।

 

लोगोमा रातो, सेतो, निलो र पहेँलो रंग समाबेश भएको छ । बागमतीको कृषि क्षेत्रलाई पहेँलो रंगले प्रतिनिधित्व गर्छ भने निलो रंगले पहाडी जिल्ला र खोलानाला, नदीलाई प्रतिनिधित्व गर्छ ।

 

नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिबेशनहरुको मिति तोकिएपछी प्रदेश अधिबेशनहरु तयारीमा जुटेको हो ।

 

लुम्बिनी प्रदेशले हालै प्रदेश अधिबेशन सम्पन्न गरी नयाँ नेत्रित्व चयन गरिसकेको छ । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ  ।

 

टोकियो, २१ भदौं ।

जापानले बिहीबार बिहान राष्ट्रिय अन्तरिक्ष एजेन्सीको मुन ल्यान्डर बोकेको रकेट एच आइ आइ ए प्रक्षेपण गरेको छ।

 

खराब मौसमका कारण गत महिना तीन पटक मिसन स्थगित गरे पनि बिहिवार बिहान भने जापान अन्ततः मुन मिशन अभियान सफल बनाउन सफल भयो ।

यो प्रक्षेपण तानेगाशिमा स्पेस सेन्टरबाट रकेट मार्फत गरिएको थियो । बारम्बार खराब मौसमका कारण जापानी अन्तरिक्ष एजेन्सीले चन्द्रमाको प्रक्षेपण मिति परिवर्तन गर्नुपरेको थियो । जापानिज एरोस्पेस एक्सप्लोरेसन एजेन्सी एच आइ आइ ए ले प्रक्षेपण गर्न लागेको मुन मिसन  ‘मुन स्निपर’ मा रकेटले ल्यान्डर बोकेर चार देखि छ महिनामा चन्द्रमाको सतहमा पुग्ने अपेक्षा गरिएको छ ।

 

जापानको चन्द्रमा मिसनले ब्रह्माण्डको विकासको अनुसन्धान गर्न डिजाइन गरिएको एक्स रे इमेजिङ उपग्रह पनि लैजाने छ। कार्यक्रमलाई जाक्साको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो, जसले अंग्रेजी र जापानी दुवै भाषामा प्रसारण प्रदान गरिएको थियो  । जापानले लामो समयदेखि आफ्नो चन्द्रमा मिसनमा काम गरिरहेको छ ।

 

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीको  चन्द्रमामा अवतरण गर्ने यो पहिलो प्रयास हो। यस वर्षको मे महिनामा एक निजी जापानी कम्पनीको अघिल्लो प्रयास असफल भयो। स्लिम (चन्द्रमा जाँच गर्न स्मार्ट ल्यान्डर) एक धेरै सानो अन्तरिक्ष यान हो, लगभग १०० किलोग्राम वजनको । यसको तुलनामा चन्द्रयान–ण्३ ल्यान्डर मोड्युलको तौल लगभग १,७५० केजी थियो। स्लिमको मुख्य उद्देश्य छनोट गरिएको साइटको १०० मिटर भित्र सटीक अवतरण गर्नु हो।

 

कराँची, २१ भदौं ।

पाकिस्तानमा एक प्रिन्सिपलले ४५ महिला तथा छात्राहरू माथी यौन दुब्यव्यहार गरेको खुलेको छ ।

 

कराँची सहरबाट बलात्कारी प्रिन्सिपल इरफान गफुर मेमनले दिएको पीडा र यातानाको खबर बाहिर आएसँगै उनको कर्तुत खुलासा भएको हो ।

 

समाचार अनुसार ४५ महिलासँग ब्लाकमेल र केहीलाइ बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका छन् । उनको मोबाइलबाट कैयौं महिलाको भिडियो पनि फेला परेको छ, जुन विद्यालयको सीसीटीभीमा कैद भएको थियाे ।

 

विद्यालयमा केही क्यामेरा लुकाएर राखेका थिए, जसमा रेकर्डिङ गरेर उनले महिला शिक्षक र छात्राहरूलाई ब्ल्याकमेल गर्ने गर्थे । अनुसन्धान टोलीले उनको सेलफोनबाट यस्तै २५ वटा छोटो भिडियो क्लिप पनि बरामद गरेको छ ।

 

काठमाडौ, २१ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, भारतीय गोलभेडा सानो ४५, टनेल गोलभेडा सानो ४३, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ३०, घिरौला ३५ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर ११०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ४०, न्यूरो ९०, रातो बन्दा २००, लोकल काक्रो ९०, अदुवा प्रतिकेजी १४० रूपैयाँ रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३००, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ तथा रहु माछा ३५०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १४०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २७०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो ३००, रुख कटहर ९०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ११०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

काठमाडौं, २१ भदौं ।

काठमाडौं वार्ड नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ ।

 

नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रिय सभापतीसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो ।

 

कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाइ ,उच्च ज्वरो तथा  निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।

 

उनी टिकटक देखी सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहदैँ आएका थिए ।

 

काठमाडौ, २१ भदौ ।

हाथवे इन्भेष्टमेन्ट नेपालको आज बिहीबार भदौ २१ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ ।

 

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो।

 

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

 

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ ।

 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

 

काठमाडौं, २१ भदौं ।

आज प्रतिनिधिसभा बैठक  बस्दैछ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आज बस्ने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर हुनेछ । जसअनुसार कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।

 

साथै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीमा राखिएको संसद सचिवालयले जनाएको छ।

 

 

 

काठमाडौं,२१ भदौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ आज हुदैँछ ।

 

नावालिग बलात्कारको मुद्दाको पेसीको अन्तिम सुनुवाइ अझै हुन नसकिरहेको बेला बिहिबारका लागि तोकिएको हो ।

गत भदौ १० गते लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासमा परेको भए पनि अन्तिम समयमा  ‘हेर्न नभ्याइने’ भन्दै सारिए पछि बिहीबारका लागि पेसी तोकिएको हो।

 

तर, पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीआमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएर टुंगिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइए पछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न पुनः आदेश दिएको हो । सोही आदेश अनुसार आएको प्रमाणका आधारमा आजको पेशीमा छलफल हुने जनाईएको छ।

 

काठमाडौ, २१ भदौ । 

नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ५३ पैसा र बिक्री दर १४३ रूपैयाँ १७ पैसामा खरिदबिक्री गरिनेछ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३३ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८७  पैसा र बिक्रीदर ८५ रुपैयाँ २५ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ २ पैसा कायम भएकाे छ।

 

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा कायम रहेकाे जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाएकाे छ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.२ पैसा  विक्रीदर ४३२.१५ पैसामा खरिदबिक्री हुनेछ ।

 

 

 

काठमाडौं, २१ भदौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने भएको छ ।

 

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध तथा पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको अमेरिका– चीन भ्रमणका बारेमा छलफल हुने भएको हो ।

 

सो समितिकी सचिव बबिता मिश्रका अनुसार बैठक बिहान १०ः३० बजे बोलाईएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका जाँदैछन भने त्यहाँवाट सोझै उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कने छन् ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।