२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

भरतपुर, २३ भदौं ।

दुई ट्रक एक आपसमा ठोक्किँदा एक ट्रक चालकको मृत्यु भएको छ ।

सो दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु हो ।

महेन्द्र राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्प नजिकै दुइ ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयलेन जनाएकाे छ । चितवन प्रहरी कार्यालयका अनुसार पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक र पूर्वतर्फ जाँदै गरेको प्र २–३–००२ ख ५६०९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन ।

 

अर्को ट्रकका सहचालक रौतहटका रविनकुमार यादव (१८ वर्ष) भने सख्त घाइते भएका छन अर्का चालक बारा निजगढका निकेश राउत कुर्मी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परेर सख्त घाइते भएका चालक कुँवरको उपचारका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

 

महाेत्तरी, २२ भदौ । 

माओवादी केन्द्रको रुपान्तरण अभियान कै क्रममा महोत्तरीमा खटपट सुरु भएको छ ।

 

संस्थापन र संस्थापन इतर पुर्व जनमोर्चा धारको विवादका कारण विशेष गरि क्षेत्र न.१ मा खटपट सुरु भएको हो ।

महोत्तरीका जिल्ला इन्चार्ज समेत रहेका राजु खडका र गिरिराजमणी पोखरेल पक्षधरविच भएको विवाद रुपान्तरण अभियान कै क्रममा उत्कर्षमा पुगेको छ । तर, खडका रुपान्तरण अभियानमा सर्लाहीको नेतृत्व गरिरहेका छन भने महोत्तरीमा अच्युतम काफ्ले कमाण्डर बनेका छन । लामो समयदेखी पाटीभित्र चलिरहेको आन्तरिक टसल सतहमा देखिएपछी केन्द्रमा समेत यसकाे ध्यानाकर्षण गराइएकाे छ ।

 

मधेश प्रदेशको कमाण्डर बनेर आएका केन्द्रिय सचिव लीलामणि पोखरेलले खासै विवाद नरहेको वताउँछन् तर आन्तरिक विवादलाई सचिव पोखरेलले सुल्झ्याउने प्रयास नगरेको कतिपय नेताहरुको आरोप छ । रुपान्तरण अभियानलाई प्रभावकारी बनाउन बर्दिबास नगर नेतृत्वविहिन बने पछि बहुमतले रुद्र सुस्लिङलाई अगाडि सारेको र यहीवाट विवाद सुरु भएको बुझिएको छ । वडा तहवाट सुरु गरिने भनिएको रुपान्तरण अभियानमा सुस्लिङ मगरलाई अगाडि सार्नु नै रहस्यमय बनेको संस्थापन पक्षको जिकिर छ ।

 

यता नगरमा पुर्व नगरप्रमुख बिदुर कार्की पक्षधरहरुले भने पाटी लामो समयदेखी  बन्दी भएको र जनताको घरदैलोमा जादा जिम्मेवारीपुर्ण ढंगले प्रस्तुत हुनुपर्ने भएकाले रुद्र सुस्लिङ्गलाई पाटीको बहुमत सदस्यले जिम्मेवारी दिएको दावी गरेका छन । माओवादी केन्द्रको आधार इलाका मानिएको क्षेत्र न.१ मा यस्तै विवादहरुले कमजोर बन्दै गएको छ । अघिल्लो स्थानिय तहको निर्वाचनमा बर्दिवास, गौशाला माओवादी केन्द्रले जितेको थियो भने संघमा समेत माओवादी केन्द्रले नै जितेको थियो ।

 

तर यो निर्वाचनमा माओवादी केन्द्रले प्रदेश `ख´ मा वाहेक सवै पालिका मात्र हैन संघ समेत गुमाउनु पर्‍यो । नेताहरुविचको आन्तरिक टसलले कार्यकर्ता समेत दुई कित्तामा उभिएका छन । एकथरीले पाटीको विधि र प्रक्रियालाई मिचेको भन्दै आलोचना गरिरहेका छन भने अर्कोथरीले पाटी बलियो वनाउन यो नै उत्तम अस्त्र भएको बताउदै आएका छन ।

नगरको नेतृत्वको लागी खडकाले ज्ञान बहादुर गोलेलाइ अगाडि सारेका थिए भने बिदुर कार्की पक्षधरले रुद्र सुस्लिङ्गलाई अगाडि सारेका थिए । जिल्ला इन्चार्ज समेत रहेका खडकाले सन्तुलित नेतृत्व गर्न नसकेको आरोप लगाउदै पाटीभित्रको सम्पुर्ण उत्तारचढावलाई खडकाले नै जिम्मेवारी लिनुपर्ने कतिपय नेताहरुको तर्क छ ।

 

 

 

 

 

हङकङ, २३ भदौं ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले भिजन सहित नेतृत्व गर्न आफु तयार भएको बताएका छन ।

 

एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा आगामी कार्यक्रमको लागि अध्यक्षका प्रत्यासी समेत रहेका शर्माले एनआरएनए नेतृत्वको लागि देश विकास गर्ने भिजन लिएर आफू अगाडि बढेको बताए ।

 

“एनआरएनएको नेतृत्व लिने तयारी मैले पैसालाई साथ लिएर गरेको छैन,” शर्माले हकङकङका एनआरएनए  अभियन्ताहरूसँगको छलफल कार्यक्रममा भने, “मेरो भिजन भनेको विदेशमा बस्ने केही हजार नेपालीलाई होइन, लाखौँ श्रमिक नेपालीलाई धनी बनाउने हो र उनिहरुलाई स्वदेश फर्काउने नै रहेको छ ।”

 

शर्माले मध्यपूर्वलाई क्षेत्रीय संयोजक मात्र दिए हुन्छ, उपाध्यक्ष दिए हुन्छ अध्यक्ष पर्दैन भन्ने नसोच्न समेत सबै अभियन्तालाई अनुरोध गरेका छन् ।

“२० वर्ष अगाडि अभियानको सुरुवात अन्तर्गत रसियामा पहिलो एनसीसी खुले पछि दोस्रो कतारमा खुलेको हो,” शर्माले भने, “मैले मध्यपूर्वमा बस्ने श्रमिक हुन या अमेरिका बेलायतमा बस्ने डाक्टर हुन्, सबैलाई अपनत्व हुने गरेर नेतृत्व लिने तयारी गरेको छु।”

 

शर्माले श्रमिक वर्गको हित तथा देश विकासको लागि सरकारको सहभागितामा सामूहिक लगानी कोषको अवधारणा आफूले अगाडी बढाएको बताए । उनले अहिले वार्षिक १३ खर्ब रेमिट्यान्स भित्रने गरेकोमा त्यसलाई प्रोत्साहन गर्न सकेमा थप १० खर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रने भन्दै सरकारको सहभागितामा प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता रहेको औल्लाए ।

 

अहिलेसम्म अभियानले सामाजिक कामको नेतृत्व गरेको भन्दै शर्माले आफूले सामाजिक कामलाई निरन्तरता दिएर आर्थिक मुद्दामा एनआरएनएलाई हिडाउने मिसन बोकेको बताए ।

 

“खाडीका मलेसिया, कोरिया र युरोपमा बस्नेले सिप सिकेर फर्केका छन ,अमेरिकामा बस्ने डाक्टरलाई पब्लिक हेल्थको बारेमा जानकारी छ,” शर्माले भने, “हामीले सबै विदेश बस्ने नेपालीलाई अभियानमा जोडेर नेपाललाई विकसित बनाउने योजना नै हो।”

 

हङकङ एनसीसीले कोभिडको समयमा नेपालमा निकै ठूलो काम गरेको भन्दै शर्माले आफू स्वायत्त एनसीसीको पक्षमा रहेको जानकारी गराए ।

 

शर्माले गैरआवासीय नागरिकता जारी हुनु अभियानको उपलब्धी भएको भन्दै यसमा थप सुधार गर्दै लैजान आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “गोर्खाजका मुद्दालाई टुंगोमा लग्न म जहिले पनि लागिरहेको छु,” शर्माले थपे, “यो टुंगोमा नपुग्दासम्म म तपाईँहरूसँग साथमा हुने छु ।”

 

अहिलेको कार्यसमितिका अध्यक्ष त्रय सम्मानित व्यक्तिहरू रहेकोले सहज निर्वाचन गरेर अरूलाई नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको शर्माले बताए ।

 

एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरको दोस्रो साता काठमाडौँमा हुदैँ छ । अध्यक्षका प्रत्यासी रहेका शर्मा विश्वभरका गैरआवासीय नेपाली अभियन्तासँग अन्तरक्रिया तथा सुझाव लिन हङकङ आइपुगेका हुन् । शर्माले यस अभियानका क्रममा एसिया, मध्यपुर्व, युरोप, अस्ट्रेलिया, अमेरिका क्षेत्रको स्थलगत अध्ययन गरेर गैर आवासीय नेपालीहरु र अभियन्ताहरुको सल्लाह सुझाव लिएर आगामी नेतृत्वको लागी तयार भएको बताएका छन ।

 

ढाका, २३ भदौ ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी  ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन् ।

 

त्यस क्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसका नकारात्मक असर पनि लजवायु परिवर्तनमा देखिन थालेको बताए । पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उनको भनाइ थियो । यद्यपि कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत रहेको उनको भनाइ थियो ।

 

सापकोटाले दक्षिण एसिया क्षेत्रका खास गरी तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने बताए । सापकोटाले नेपालले पूर्वाधार विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी सम्मेलनलाई गराए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ चाहिएको उल्लेख गरे ।

 

सापकोटाले जलवायु परिवर्तनले निम्त्याएका असरहरुबाट प्रभावित दक्षिण एसियाली मुलुकहरुले त्यसका साझा दुस्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उनको भनाइ थियो । सापकोटाले दिगो विकास लक्ष्य हासिल गर्न विकासका पूर्वाधारको निर्माण गर्नुपर्ने र पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्ने विरोधाभासपूर्ण चुनौतीको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए ।

 

उनले नेपालको धनकुटा र स्याङ्जामा स्थानीय तहहरुले मौलिक रुपमा एकीकृत फोहोर व्यवस्थापन प्रणाली अपनाइहरेको भन्दै त्यो नेपाल स्वयं र अरु मुलुकहरुका लागि पनि नमुनायोग्य हुन सक्ने बताए । जैविक र अजैविक फोहोर छुट्याएर पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई प्रयोग गर्ने र रोजगारी श्रृजनासँगै आर्थिक विकासमा समेत उक्त प्रयोग फलदायी देखिएको चर्चा उनले गरे । सापकोटाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, दिगो पानी व्यवस्थापन र फोहोर व्यवस्थापनमा दक्षिण एसियाली मुलुकहरुबीच साझा प्रयास, अभुभवहरुको आदानप्रदान र सहकार्य जरुरी रहेको औंल्याए ।

 

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित काँग्रेसका प्रदीप पौडेल,  एमालेका ठाकुर गैह्रे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोभिता गौतम र संसदको पूर्वधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् ।

बंगलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसदभित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ । दक्षिण एसियाका अन्य मुलुकले पनि आफूले जस्तै क्लाइमेट मार्लियामेन्ट निर्माण गरुन भन्ने उद्देश्यले बंगलादेशले उक्त कार्यक्रम आयोजना गरेको सापकोटाले बताए ।

 

‘यहाँ मन्त्री सरहका एक सांसदको नेतृत्वमा क्लाइमेट पार्लियामेन्ट’, गठन गरिएको रहेछ’, ढाकाबाट सापकोटाले भने,  ‘दक्षिण एसियाली मुलुकहरुमा वातावरण प्रदूषण रोक्न, जलवायु परिवर्तनको असर न्यूीकरण गर्न र  चुनौतीको सामूहिक रुपमा फेस गर्न सबै सदस्य राष्ट्रले ‘क्लाइमेट पार्लियामेन्ट’ बनाउनुपर्छ भन्ने लबिङमा उहाँहरु हुनुहुँदोरहेछ ।’
बंगलादेशका सभामुख डा. शिरिन शार्मिन चौधरीले उदघाटन गरेको सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।

 

इम्फाल, २३ भदौं ।

मणिपुरमा केही महिनादेखि कुकी र मेइती समुदायबीच तनावको वातावरण रहेको छ ।

 

यस उत्तर पूर्वी राज्यको तेङ्गनौपाल जिल्लाको पल्लेल क्षेत्रमा बिहानै सुरक्षा बल र सशस्त्र व्यक्तिहरूबीच दुई ठाउँमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ भने सेनाका मेजरसहित करिब ५० जना घाइते भएका छन्।

 

अधिकारीका अनुसार दुई अज्ञात समूहबीच बिहान ६ बजेबाट सुरु भएको गोली हानाहान निरन्तर जारी रह्यो । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ । जबकि अर्का एक घाइतेलाई गम्भीर अवस्थामा इम्फालको रिम्समा भर्ना गरिएको छ।

गोलाबारीको खबर फैलिएसँगै थौबल र काक्चिङका विभिन्न ठाउँका मानिसहरू पल्लेलमा पुगे पनि तनावपूर्ण वातावरण देखेर उनीहरूलाई असम राइफल्सका अधिकारीहरूले रोकेका थिए।

 

दुई अज्ञात समूहको गोली हानाहानमा ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भीडलाई रोक्ने प्रयासमा असम राइफल्सले अश्रु ग्यास प्रहार गरेपछि सेनाका मेजरसहित ५० जना घाइते भएका थिए।

 

न्युयोर्क, २३ भदौं ।

पूर्व हाउस स्पिकर न्यान्सी पेलोसीले शुक्रबार घोषणा गरेकी छिन कि उनी २०२४ मा कांग्रेसमा पुनः चुनाव लड्ने छिन् किनभने डेमोक्र्याटहरूले बहुमत जित्न खोजिरहेका छन् । उनले भनिन, ‘लोकतन्त्र खतरामा छ।’

 

‘अब पहिले भन्दा धेरै, हाम्रो शहरलाई सान फ्रान्सिस्कोको मूल्यहरू अगाडि बढाउन र हाम्रो रिकभरीलाई अगाडि बढाउन आवश्यक छ,’ पेलोसीले ट्वीटमा भनिन, ‘ूहाम्रो देशलाई संसारलाई देखाउन अमेरिका चाहिन्छ कि हाम्रो झण्डा अझै पनि त्यहाँ छ, सबैका लागि स्वतन्त्रता र न्यायको साथ। यसैले म पुनः चुनावको लागि तयार छु र सम्मानपूर्वक तपाईंको भोट माग्छु।’

 

पेलोसीको २०२४ को निर्णयको बारेमा जानकारी दिँदै, यो रिपोर्ट गरिएको छ कि पेलोसीले बिडेनलाई पुनः निर्वाचित गर्न र जेफ्रीलाई अर्को सदनको सभामुख बनाउने काम गर्दा लोकतन्त्र सन्तुलनमा रहने विश्वास छ। पेलोसी सदनका लागि पार्टीको सबैभन्दा धेरै फन्ड रेजर र प्रमुख राजनीतिक रणनीतिकार हुन्।

 

हामी तपाईंलाई भनौं कि पेलोसीलाई रिपब्लिकन आलोचकहरूले लामो समयदेखि एक राजनीतिक खलनायकको रूपमा चित्रण गर्दै आएका छन्, जसले उनलाई अति वामपन्थी उदारवादीको रूपमा हेर्छन् र आफ्नो छवि र कार्यहरू प्रयोग गरेर आफ्नो लागि ठूलो रकम जुटाउँछन्।

 

गत वर्ष उनका पति पल पेलोसी अमेरिकी राजनीतिमा अत्यधिक विभाजनकारी समयमा डेमोक्रेटिक नेताको खोजीमा परिवारको सान फ्रान्सिस्कोको घरमा आक्रमण गर्दा गम्भीर घाइते भएका थिए।

 

हवाई, २३ भदौ‌ ।

माउको एउटा सहरमा ठूलो आगलागी भएको एक महिनापछि अझै ६६ जना बेपत्ता छन्।

 

हवाई गभर्नर जोस ग्रीनले शुक्रबार भने कि कामदारहरूले जलेको ठाउँबाट विषाक्त मलबे हटाउन जारी राखेका छन्, यो प्रक्रिया लगभग एक वर्ष लाग्न सक्छ।

ऐतिहासिक सहर लहैनालाई भग्नावशेषमा पुर्‍याएको अगस्ट ८ मा भएको आगलागीमा आधिकारिक मृत्यु हुनेको संख्या अझै ११५ पुगेको छ ।

 

यो संख्या दुई हप्ता भन्दा बढी समय देखि अपरिवर्तित रहेको छ। बिहीबार सम्म माउ पुलिस विभागका अनुसार ती पीडित मध्ये ६० को मात्र पहिचान भएको थियो। अधिकारीहरूले भनेका छन् कि केही पीडितहरूको दाहसंस्कार गरिएको छ।

सेप्टेम्बरको सुरुमा काउन्टी र संघीय अधिकारीहरूले अझै पत्ता नलागेका ३८० भन्दा बढी व्यक्तिहरूको सूची प्रसारित गरेका थिए । गभर्नरले अनलाइन प्रसारित टिप्पणीहरूमा भने कि शुक्रबारसम्म सूची ६६ व्यक्तिहरूको सुची घटाइएको थियो।

 

हवाईको स्वास्थ्य विभाग, जसले राज्यमा मृत्यु प्रमाणपत्रहरू जारी गर्दछ, अधिकारीहरूले कसरी आगोका पीडितहरूलाई प्रमाणित गर्दैछन् भन्ने प्रश्नहरूको जवाफ दिएनन्।

 

आगलागीबाट बचेकाहरूलाई आफ्नो घर र व्यवसायको भग्नावशेषको सर्वेक्षण गर्न फर्कन अनुमति दिइएको छैन। गभर्नरले शुक्रबार भने कि बासिन्दाहरू र व्यवसाय मालिकहरूलाई छिट्टै अनुसूचित पर्यवेक्षित भ्रमणहरूमा बर्न जोन भ्रमण गर्न अनुमति दिइनेछ। ‘हामीलाई भनिएको छ कि खरानी एकदम विषाक्त छ, त्यसैले हामी सावधान रहनु पर्छ,’ ग्रीनले भने।

 

अमेरिकी वातावरण संरक्षण एजेन्सी र युएस आर्मी कोर्प्स अफ इन्जिनियर्सले लाहैनाबाट विषाक्त भग्नावशेष हटाउन काम गरिरहेका छन्। ग्रीनले सफा गर्न एक वर्ष लाग्ने र करिब १ अर्ब अमेरिकी डलर खर्च हुने बताएका छन्।

 

‘छ हजार भद्ददा बढी आगलागी पीडितहरू अझै पनि होटलको कोठामा आश्रय लिइरहेका छन्,’ ग्रीनले भने। उनले संघीय आपतकालीन व्यवस्थापन निकायले राज्यलाई आगामी १८ महिनासम्म विस्थापित व्यक्तिका लागि आवास अनुदान र भाडा सहयोग उपलब्ध गराउन सहयोग गरिरहेको बताए ।

 

लन्डन, २३ भदौं ।

अफ्रिकी देश मोरोक्कोमा एका विहानै शक्तिशाली भूकम्प गएको छ ।

 

भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार सो भुकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।

 

भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण अाउन बाँकी छ ।

 

हैदाराबाद, २३ भदौं ।

तेलुगु देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडू भ्रष्टाचारको आरोपमा शनिबार बिहान पक्राउ परेका छन् ।

 

प्रहरी अधिकारीले भने कि पूर्व मुख्यमन्त्रीलाई सीआईडीले नन्द्याला शहरको ज्ञानपुरमस्थित आरके फंक्शन हलबाट बिहान ६ बजे पक्राउ गरेको थियो। एसआईटी और सीआईडीका अधिकारीहरूका अनुसार कौशल विकास घोटाला मामिलामा चन्द्रबाबु नायडूलाई पक्राउ गरिएको हो ।

 

सीआईडीले चन्द्रबाबु नायडू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो।

 

नायडूलाई पठाइएको सूचनामा, सीआडी को आर्थिक अपराध शाखा (ईओडब्ल्यू) का प्रहरी नायब उपरीक्षक एम धनुन्जुयुडुले भने, ‘तपाईलाई जानकारी छ कि तपाईंलाई आरके फंक्शन हल, ज्ञानपुरममा बिहान ६ बजे पक्राउ गरिएको छ।’ सूचना अनुसार आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्रीलाई आईपीसीको सम्बन्धित धारा अन्तर्गत पक्राउ गरिएको हो।

 

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूले दुई दिनअघि आफूलाई हिरासतमा लिन सकिने बताएका थिए । करोडौं रुपैयाँ घुसखोरी र घोटाला गरेको आरोप उनी माथी रहेको छ ।

 

मुम्बई, २३ भदौं ।

शाहरुख खानको जवान कस्तो छ  ? जवानको बक्स अफिस कलेक्शन कस्तो छ ?  के जवान हिट हो ? जवानले १०० करोड रुपैयाँ कहिले पार गर्नेछ ? शाहरुख खानको ‘जवान’ रिलिज भएपछि यस्ता प्रश्नहरु धेरै सुनिन थालेका छन् ।

 

यद्यपि किङ खानले पनि फ्यानको यी प्रश्नको उत्तर दिदै बक्स अफिसमा पहिलो दुई दिनमै १०० करोडको क्लबमा सामेल भएको छ ।

 

यति मात्र होइन, पहिलो दिनको तुलनामा फिल्मको कमाई भने कम छ । तर शाहरुख खानको फिल्मले विश्वभर राम्रो कलेक्सन गरेको छ, त्यसपछि फिल्मले पहिलो साताको अन्त्यमा कति कमाई गर्छ त्यो हेर्नु रोचक हुनेछ ।

 

बक्स अफिस ट्रयाकर सचनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार जवानले दोस्रो दिन ५३ करोड भारु कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १२७.५० करोड भारतीय रुपैयाँ बराबर पुगेको छ । ५३ करोड मध्ये ४७ करोड हिन्दी भाषाको छ। तर, यो आंकडा पनि ५० करोड भारतीय रुपैयाँ हुनसक्ने अनुमान छ ।

 

कमाईको कुरा गर्ने हो भने जवानले पहिलो दिन ७४.५ करोड भारतीय रूपैयाँ कमाएको थियो, जसमध्ये फिल्मले हिन्दीमा ६५.५ करोड, तमिलमा ५.३ करोड र तेलुगुमा ३.७ करोड कमाएको थियो । यो कमाईसँगै बलिउड फिल्म उद्योगमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने पहिलो हिन्दी फिल्मसमेत बनेको छ ।

 

शाहरुख खानको जवानमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियामणी, योगी बाबु, सुनील ग्रोवर र रिद्धि डोगरा महत्वपूर्ण भूमिकामा छन् । जहाँ दीपिका पादुकोण र सञ्जय दत्तको जबरदस्त क्यामियो देखिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।