लन्डन, २४ भदौं ।
बेलायतका पाँच पूर्व मेट्रोपोलिटन पुलिस अधिकारीहरूलाई बेलायती प्रधानमन्त्री ऋषि सुनक र स्वर्गीय महारानी एलिजाबेथ द्वितीय लगायतका विरुद्ध व्हाट्सएपमा घोर आपत्तिजनक जातिवादी सन्देशहरू पठाएको अभियोगमा दोषी ठहर गरिएको छ।
प्रतिवेदनका अनुसार पाँचैजना अधिकृतले सन् २००१ र २०१५ को बीचमा प्रहरी बलबाट अवकाश लिएका छन् र पाँचै जना अधिकृतले आफ्नो अपराध स्वीकार गरेका छन् ।
प्रधानमन्त्री सुनक र पूर्व गृह सचिव प्रिती पटेल, स्वर्गीय महारानी एलिजाबेथ द्वितीय र राजकुमार ह्यारी जस्ता भारतीय मूलका राजनीतिज्ञहरूलाई जातिवादी सन्देशहरू पठाइएको कुरा बाहिर आएपछि लन्डनको वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उनीविरुद्धको आरोपको सुनुवाइ भएको थियो।
अदालतको रिपोर्ट अनुसार। र आफ्नी पत्नी मेघन मार्कल विरुद्ध व्यंग्य समावेश छ।
आरोपहरूका अनुसार व्हाट्सएप च्याट समूहमा साझा गरिएका सन्देशहरूमा प्रिन्स विलियम र उनकी पत्नी केट जस्ता शाही परिवारका अन्य वरिष्ठ सदस्यहरू र पाकिस्तानी मूलका पूर्व स्वास्थ्य सचिव साजिद जाविदजस्ता राजनीतिज्ञहरू पनि उल्लेख गरिएको थियो। प्रहरीको भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्ने कमाण्डर जेम्स हरमनले ती सन्देशहरू जातिवादी र भेदभावपूर्ण सामग्री एकदमै डरलाग्दो छ र प्रतिवादीहरूले एक पटक पुलिस अफिसरको रूपमा काम गरेपछि हामी विश्वास गर्छौं कि यस केसले पुलिसको विश्वासलाई उल्लेखनीय रूपमा हानि पुर्याउन सक्छ।
स्कटल्याण्ड यार्डले भने कि संलग्न अधिकारीहरूले आफ्नो क्यारियरको अवधिमा मेट पुलिसका विभिन्न भागहरूमा काम गरेका थिए र सबैले कूटनीतिक संरक्षण समूहमा समय बिताएका थिए, जुन अहिले संसदीय र कूटनीतिक संरक्षण कमाण्ड भनेर चिनिन्छ।
यी हुन दोषीः
ल्यान्डेइलो, कारमार्थनशायरका ६६ वर्षीय पिटर बुथले अनलाइन सन्देशमार्फत घोर आपत्तिजनक नस्लवादी सन्देश पठाएको चारवटा मुद्दामा दोषी स्वीकार गरे। उनले अप्रिल २००१ मा मेट पुलिसबाट अवकाश लिएका थिए।
क्याम्बरली, सरेका ६२ वर्षीय रोबर्ट लुइसले अनलाइन सन्देश मार्फत घोर आपत्तिजनक जातिवादी सन्देशहरू पठाउने आठ वटा गन्तीमा दोषी स्वीकार गरे। उनले मे २०१५ मा मेट प्रहरीबाट अवकाश लिएका थिए ।
बोर्नेमाउथ, डोर्सेटका ६७ वर्षीय एन्थोनी एल्समले अनलाइन सन्देशद्वारा घोर आपत्तिजनक नस्लवादी सन्देशहरू पठाएको तीनवटा गन्तीहरूमा दोषी स्वीकार गरे। उनले मे २०१२ मा मेट प्रहरीबाट अवकाश लिएका थिए ।
स्टोमार्केट, सफोकका ६७ वर्षीय एलन हलले अनलाइन सन्देशद्वारा घोर आपत्तिजनक नस्लवादी सन्देशहरू पठाएको तीनवटा गन्तीहरूमा दोषी स्वीकार गरे। उनले २०१५ जुनमा मेट प्रहरीबाट अवकाश लिएका थिए ।
स्वान्सीका ६५ वर्षीय ट्रेभर लुटनलाई अनलाइन सन्देशहरू मार्फत घोर आपत्तिजनक नस्लवादी सन्देश पठाएको अभियोग लगाइएको छ। उनले अगस्ट २००९ मा मेटबाट सेवानिवृत्त भए।
छैठौं पूर्व मेट पुलिस अफिसर, माइकल चाडवेल, ६२ अनलाइन सन्देश द्वारा घोर आपत्तिजनक नस्लवादी सन्देशहरू पठाउने एक गणनामा दोषी नभएको स्वीकार गरेका छन् र मुद्दा खडा हुने अपेक्षा गरिएको छ। मुद्दाको सजाय पछि सुनाइनेछ ।
मोरक्को, २४ भदौं ।
गत शुक्रबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या २००० नाघेको छ ।
भूकम्पले मोरक्कोमा ठूलो क्षति पुर्याएको छ, जसबाट मोरक्कोलाई पुनः प्राप्ति हुन लामो समय लाग्नेछ।
अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्ट अनुसार मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । यस भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७२ किलोमिटर दक्षिणपश्चिममा थियो। मोरक्को सरकारले भूकम्पमा हालसम्म २०१२ जनाको मृत्यु भएको र २०५९ जना घाइते भएको बताएको छ ।
जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था गम्भीर छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
मोरक्कोको कासाब्लान्का र रबात सहरहरूमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको मानिसहरूले बताएका छन्। एकजना वृद्ध महिलाले आफूहरू सुतिरहेका बेला अचान
क ढोका ढल्किएको आवाज सुनेको बताइन् । यो देखेर उनी डराए र तुरुन्तै घरबाट भागिन् ।
उत्तर अफ्रिकी देश मोरक्कोमा विगत १२० वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।
काठमाडौं, २४ भदौं ।
राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
टुकोनको हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो ।
चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनको मिति सारिएको टुकोनले जनाएको छ । ६६ जिल्लामा आफ्नो संगठन विस्तार गरेको महासंघले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरु सहभागी गराउने बताइएको छ ।
महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, महंगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी भाद्र २९ गते राप्रपा नेपालले आयोजना गर्ने विरोध प्रदर्शनमा ट्रेड यूनियन महासंघ नेपाल ९टुकोन०को सक्रिय सहभागिता रहने निर्णय गरेको छ ।
श्रमिकहरुको हकहितको लागि निरन्तर संघर्षमा रहेको सो महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिकको विभेद श्रमिकहरुको लागि न्यायोचित बृद्धि नभएको ठहर गर्दै मंहँगी, भ्रष्टाचार र बाँच्न पाउने अधिकारप्रति सम्बन्धित पक्षको उदासिनता विरुद्धमा देशव्यापी ‘श्रमिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
आगामी माघ महिनामा सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनबाट श्रमिकप्रतिको न्यायपूर्ण प्रतिबद्धता समेत सार्वजनिक गर्र्ने महासंघले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ ०२ पैसा कायम रहेकाे छ भने युराेपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।

लायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २३ पैसा र बिक्री दर १६६ रूपैयाँ ९८ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५ पैसामा तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३४ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसामा काराेबार हुदाँ दक्षिण काेरीया वन १०० को खरिदमा ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ९ रूपैयाँ ९७ पैसामा खरिदबिक्री हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँमा काराेबार हुनेछ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.३१ पैसा विक्रीदर ४३१.२५ पैसामा काराेबार हुनेछ ।
काठमाडौंं, २४ भदौं ।
आज देखी काठमाडौंमा बिपी साहित्य महोत्सव २०८० सुरु हुदैँछ ।
प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना हुन लागेको हो । सो साहित्य महोत्सव नेपाली कांग्रेसले गर्दैछ ।
आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाले सो महोत्सवको उद्घाटन गर्नेछन् । सो महोत्सव केन्द्रिय कार्यालय, सानेपामा हुनेछ ।
बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको सो महोत्सवलाई भब्य र सभ्य तरिकाले समापन गराउनका लागि नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोग रहेको छ ।
महोत्सवमा आगामी भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहनेछ ।
भक्तपुर, २४ भदाैं ।
नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले बिदाको दिन बिना पास चलेको सरकारी गाडीलाई प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत शनिबार भक्तपुरमा भएको कार्यक्रमबाट तीन वटा गाडी समातिएका छन् ।
शनिवार सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले गाडीको साँचो प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुरको जगातीमा तीन वटा गाडी समातिएका हुन् ।
युवा सङ्घ नेपाल भक्तपुर जिल्लाको अगुवाइमा भएको कार्यक्रममा भक्तपुरको भक्तपुर नगरपालिका व्यासी र जगाती चोकमा युवा झण्डा बोकेर बसेका थिए । टोलीले भक्तपुरमा समातिएनन् भने भक्तपुरको जगाती सूर्यविनायकमा तीन वटा भेटिएको हो ।
बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै परिवारसँग घुम्ने र निजी काममा प्रयोग गर्ने विकृतिलाई रोक्न युवा सङ्घ भक्तपुरले यस्तो अभियान चलाएको सहभागी युवाले बताए । सम्पूर्ण युवाहरूले राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्षसँग समन्वय गरी कार्यक्रम गरेका थिए ।
हेटौडा, २४ भदौं ।
बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।
आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन ।
सभामुख पाठकले बोलाएको सर्बदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । साे बैठक प्रदेश सचिवालय भवनमा बाेलाइएकाे छ । गत भदौं १८ गते देखी बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ ।
उक्त बैठकमा सहमति कायम गरी पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन । सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।
हेटौँडा, २४ भदौं ।
समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ ।
मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेवाट सुरु हुनेछ ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायतले उक्त सभालाइ सम्बोधन गर्नेछन ।
एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुषालका अनुसार देशैभरी सन्देश सभा गर्दै आएको मोर्चाले आइतबार बाग्मती प्रदेशको सन्देशसभा हेटौडामा गर्न लागेको हो ।
माेर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेकाे छ ।
आरके श्रीवास्तव,रौतहट,भदौ २३ गते ।
रौतहट । गणिनाथ–गोविन्द जयन्तीको अवसरमा कानु समाज कल्याण समिति रौतहटले विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरेको छ । जिल्लाको मध्य भाग गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको गणिनाथ–गोविन्द मन्दिर प्रांगणमा सो कार्याक्रम आयोजन गरिएको छ ।
निर्माणाधीन धर्मशालामा सहयोग गरेको भन्दै समाजले प्रदेश सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्र, देवाहीगोनाहीका नगर प्रमुख प्रेमलाल साह कानु, गरुडा नगर प्रमुख कन्थमनि प्रसाद कलवार सहित विभिन्न वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मानित गरिएको छ ।
कार्यक्रमको अध्यक्षता कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले गर्नु भएको थियो । लोकदेवतालाई गणिनाथ–गोविन्द कूलदेवता मान्ने समुदायले गणिनाथ–गोविन्द जयन्ती मनाएका छन् । हरेक वर्ष कृष्णाष्टमीको लगत्तै आउने शनिवारका दिन विश्वभर गणिनाथ गोविन्द जयन्ती मनाइने गरिन्छ । गणिनाथ–गोविन्दको पूजा दशौँ शताब्दीदेखि गरिँदै आएको विश्वास गरिन्छ । कानु, हलुवाई, कान्दु, मधेसिया आदि नामले चिनिने जाति समुदायले कूलदेवताको रुपमा गणिनाथ–गोविन्द जयन्ती मान्ने गरेका छन् ।
नेपालको सबै प्रदेश तथा भारतको विभिन्न प्रदेशमा कानु समुदायका साथै अन्य जातिले पनि गणिनाथ–गोविन्द पूजा भव्यताका साथ गर्दै आएका छन् । शुक्रबार साँझदेखि सुरु हुने तीन दिवसीय पूजा आइतवार बिहान गंगास्नान गरी सूर्यलाई अध्र्य दिएर सम्पन्न गरिए पनि मूलपूजा शनिवार नै हुने गर्दछ । गणिनाथ, गोविन्दसँगै सूर्य र हनुमानको पूजा पनि गरिने चलन छ ।
नेपालको रौतहट, सर्लाही, झापालगायतका जिल्लामा लोकदेवता गणिनाथ–गोविन्द भगवानको मन्दिर निर्माण गरिएका छन् । जबकी तराई मधेशका हरेक जिल्लाका साथै काठमाडौँ र चितवन आदि ठाउँमा समेत भव्यतापूर्वक पूजा हुने गरेको पाइन्छ । शिवनगरमा भएको वार्षिक पूजामा सर्लाही, रौतहट र बारा जिल्लाका साथै भारतको विभिन्न ठाउँबाट हजारौँ भक्तजनको उपस्थिति भएको समितिका जिल्ला अध्यक्ष सर्फलाल प्रसाद गुप्ताले जनाएका छन् ।
आरके श्रीवास्तव,रौतहट,२३ गते भदौ ।
रौतहटको माधवनारायण नगरपालिकामा आज जनता समाजवादी पार्टीको युवा समिति गठन भएको छ । नगर स्तरीय यूवा भेला बाट श्याम सुन्दर यादवको अध्यक्षतामा २१ सदसीय कार्य समिति गठन गरिएको जसापाका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले जानकारी गराउनु भएको हो ।

गठित युवा समितिको उपाध्यक्षमा अजित कुमार यादव,सचिवमा कृष्णा चौधरी,सह सचिवमा जयनारायण पासवान,कोषाध्यक्षमा गजेन्द्र प्रसाद यादव रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अनिल कुशवाहा,प्रदीप यादव,राधाचन्द्र यादव,शम्भु कुमार यादव,जयलाल राम,राहुल राम,रुपेश ठाकुर,रुपेश कुमार यादव,सरोज कुमार पासवान,विकेश राय लगायतका व्यक्तिहरु रहेका छन् । सो अवसरमा मधेश प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव,पूर्व नगरप्रमुख विरेन्द्र यादव, माधवनारायण नगरपालिकाकी उपप्रमुख निर्मलादेवी रमन,युवा संघका जिल्ला अध्यक्ष पूनप्रताप पटेल लगायतका जसपाका नेता कार्यकर्ताहरुको उपस्थिती र