२०८३ भाद्र ५
२०८३ भाद्र ५

काठमाडौं, २८ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको दक्षिण पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित  हल्का वर्षाको भइरहेको  छ ।

 

दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका  पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक  बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका  केही  स्थानहरू लगायत देशका  पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी  भू-भागका  एक दुई  स्थानमा  मेघ  गर्जन र चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेश,  बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका  एक दुई  स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने,  गेग्रान बहाव,  बाढी,  पहिरो,  भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौं, २८ भदौ ।

सरकारले आज सार्बजनिक बिदा दिएको छ ।

 

सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्बजनिक बिदा दिएको हो ।

 

आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिदैँछ ।

 

गत मंगलबार हृदयघातवाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएकाे हाे । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाईएको छ ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्बजनिक बिदा दिईएको हो ।

राैतहट,भदौ २७ गते ।
रौतहट जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको परोहा नगरपालिका वडा नं–९ रामपुर टोलका अन्दाजी ४० वर्षिय अवधेश पटेल बुधबार बिहान करीब ११ बजेर ४५ मिनेटको समयमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
पटेलले विहानको समयमा आफनै खेतमा मोटरले पानी तान्ने क्रममा सोही ठाउँमा बिधुत प्रवाह भएर करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका निमित प्रहरी प्रवक्ता उमाशंकर प्रसाद गुप्ताले जानकारी दिनु भयो । मृत्क पटेलको शव प्रदेशिक अस्पताल गौरमा पोस्मार्टम पछि परिवाजनलाई जिम्मा लगाईएको र घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

कृष्ण तिवारी ,रौतहट ,भदौ २७ गते ।

नेपाल पत्रकार महासंघ रौतहट शाखामा लगाइएको ताला झन्डै तीन महिनापछि बुधबारबाट खुलेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी सहितका पत्रकारहरुको रोहवरमा महासंघमा गरिएको तालाबन्दी बुधबार दिउँसो तीन बजे खुलाइएको छ । नयाँ सदस्यता र सदस्यता नवीकरण सम्बन्धमा विवाद भएपछि पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष रबिन्द्र साह को नेतृत्वमा केही पत्रकारहरुले गत असार ३ गते पत्रकार महासंघको कार्यालय गौर शाखामा तालाबन्दी गरेका थिए ।

सरकारि सेवा सुविधा लिने र पत्रकारिता पेशाभन्द अन्य पेशामा लागेकालाई सदस्यता नवीकरण नगर्ने पत्रकार महासंघको केन्द्रिय कार्यालय काठमाडौंको परिपत्र अनुसार पत्रकार महासंघ रौतहटले महासंघको सदस्यता लिएर पनि पत्रकारिता पेशा छाडेर अन्य विभिन्न पेसामा लागेका सदस्यलाई यस चालू आर्थिक बर्षमा सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि असन्तुष्ट बनेका पत्रकारहरुले निर्णय सच्याउन माग गर्दै महासंघमा तलाबन्दी गरि आन्दोलित भयका थिए ।

साथै उनिहरुले आफू अनुकुलका ब्यक्तिलाइ नयाँ सदस्यताको लागि नाम सिफारिस गर्नुपर्ने पनि माग गरेका थिए । महासंघमा देखिएको विवाद सल्टाउन पत्रकार महासंघ रौतहटले नयाँ सदस्यताका लागि महासंघमा आबेदन दिएका ५१ जनाकै नाम महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा केही दिन अघि मात्र पठाएको थियो । नयाँ सदस्यताका लागि परेको सबै आबेदकको नामावलि महासंघको केन्द्रिय कार्यालयमा पठाइएको र सदस्यता नवीकरणमा देखिएको विवाद समेत समाधान भैसकेकोले महासंघमा लगाइएको ताल्चा खोलिएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन ।

सकृय रूपमा निरन्तर पत्रकारिता गरिरहेका सम्पुर्ण पत्रकारलाई सद्स्यता नवीकरण गरि विवाद समाधान गरिएकोले पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस युनियनका केन्द्रिय सदस्री तथा पत्रकार महासंघ रौतहटका सल्लाहकार सन्जय कार्की, प्रेस चौतारिका केन्द्रिय सदस्य रमेश तिमल्सिना, समाजवादि प्रेस संगठनका केन्द्रिय सदस्य कृष्ण तिवारी , फोटो पत्रकार संघका अध्यक्ष प्रभात झा, प्रेस सेन्टरका रौतहट जिल्ला अध्यक्ष सुब्बा कार्की, महासंघ रौतहटका पुर्व उपाध्यक्ष अशोक पहाडी, महासंघका रौतहट जिल्ला सचिव मदन ठाकुर लगाएत पत्रकारको रोहवरमा ताल्चा खोलिएको महासंघका जिल्ला अध्यक्ष झाले बताए ।

 

काठमाडाैं, २४ भदाै ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय २० मिलिग्रामसहित सोही नगरपालिका-३ मोतिपुर बस्ने २५ वर्षीय हरिश रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०३ ००१ प ०४५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हरिशलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४७ ग्राम ८५ मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ वालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सन्जीव चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

झापाकाे मेचीनगर नगरपालिका-१० खयरडाँगी शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-९ बस्ने १९ वर्षीय अशोक नेम्वाङ र सोही नगरपालिका-१० खयरडाँगी बस्ने ३० वर्षीया दिपा चौधरी रहेका छन् ।

 

लागूऔषध विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले अशोकलाई २ सय मिलिग्राम उक्त पदार्थ तथा नगद ४ हजार रूपैयाँसहित र दिपालाई १ ग्राम ५ सय ५० मिलिग्राम उक्त पदार्थ तथा ३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

 

मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयाबाट अवैध लागूऔषध गाँजा करिब ५० केजीसहित कैलाश गाउँपालिका-१ जल्की बस्ने ३५ वर्षीय गणेश थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको बा.६ च १८४७ नम्बरको कारलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी कार चालक थापालाई  पक्राउ गरेको हो ।

 

 

काठमाडौं, २४ भदौ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु प्रकरणका दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।

इजिप्टमा आयोििजत जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपचारका लागि अस्पताल ल्याइएकी बालिकाको पालो कुर्दाकुर्दै मृत्यु भएको प्रकरणमा दोषी देखिएकामाथि कानुनी कारबाही हुने प्रतिबद्धता जनाएका हुन् ।

उच्च स्वरोसहित समस्या देखिएपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको पालो कुर्दाकुर्दै मृत्यु भएको थियो ।

उक्त घटनाका दोषीमाथि कारबाही हुने बताएका उनले आफूले घटनाबारे जानकारी पाएलगत्तै इजिप्टबाट नै सचिवलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको बताए ।

 

काठमाडौ, २४ भदौ ।

निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

 

मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका कारण बजार प्रभावित भएको अनुमान गरिएको छ । भदौंका लागि बैंकहरुले ब्याजदर बढाएकाले पनि बजार थप प्रभावित भएको हो ।

 

यद्यापि, अब असोजमा भने ब्याजदर केही घट्न सक्ने अनुमान गरिएको छ । किनभने अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकममध्येबाट ६० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।

 

८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माछापुच्छे बैंक र शिवम् सिमेन्ट्स परेका छन् । २७६ कम्पनीको ४३ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

 

काठमाडौं, २४ भदौ।

भारतीय गायन रियालिटी शो ‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना लामाले आगामी असोज ६ गते ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा कन्सर्ट गर्ने भएकी छन् ।

 

साधना कला केन्द्रले आयोजना गर्न लागेको ‘जेट्शन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ च्यारिटीका लागि हुनेछ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

 

केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बताए ।
‘बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकाहरुलाई विद्यालय जान समस्या भएको पायौं । ह्वीलचेयरमा उनीहरु विद्यालय जान सक्ने अवस्था देखिएन ।

 

यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरुलाई गाडी अथवा भेन किन्ने उद्देश्य हो’, मिलनले भने ।

मिलनले कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने बताए । ‘उनले १२ वटा हिन्दी गीत गाउनेछिन् । नेपाली गीतको हकमा ओएसआर डिजिटलबाट सार्वजनिक भएका गीतहरु गाउनेछिन्’, मिलनले भने । कार्यक्रममा नेपाली अपांग बालबालिकाहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुशीको कुरा भएको बताए ।
आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन् । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन् । आफू गायक सबिन राई, १९७४ एडीलगायतका व्याण्डको फ्यान भएको उल्लेख गर्दै उनले ‘यो मन त नेपाली हो’ र ‘प्यार जिन्दगी’ बोलको गीत सुनाएकी थिइन् ।

 

कपिलवस्तु, २४ भदौ ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा  घाँस काट्ने क्रममा करेन्ट लागेर स्थानीय ५० का धनबहादुर थापाको  मृत्यु भएको छ ।

विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा करेन्ट लागेर मृत्यु भएका थापाको शव परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ  ।

 

काठमाडौं, २४ भदौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः बिभाजित अवस्थामा पुगेको छ ।

 

संस्थापन पक्षधरसँग असन्तुष्ट रहदै  आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाए पछि एनआरएनए पुनः बिभाजनको दिसातर्फ गएको हो ।

 

संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको जनाईएको छ ।

 

शनिबार कुँवरको सभापतित्व तथा  पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्वन्न संघको बिशेष साधारणसभाले आगामी मार्च भित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

 

जसअनुसार गत जुलाई सम्म सम्पन्न गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नोभेम्बरसम्म पछि सार्न गरिएको प्रस्ताव सभाबाट पारितसमेत भएको छ।

 

साथै, संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन मार्च भन्दा पहिले सम्पन्न गर्नेगरी परिषद बैठकले निर्णय गर्ने गरी प्रस्ताव पनि पारित भएको अध्यक्ष कुँवरले जानकारी दिएका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।