काठमाडौं, २९ भदौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सबन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।
साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन् । जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम–१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङकाे गत मंगलबार निधन भएकाे थियाे भने हिजाकाे बैठक शाेक प्रस्ताब पारित गरेकाे थियाे ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० लाई दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
काठमाडौ, २८ भदौ । नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएकाे छ ।
अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसामा खरिदबिक्री हुदाँ क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा तथा बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३१ पैसा र बिक्री दर १६६ रुपैयाँ ०६ पैसा कायम हुन पुगेकाे छ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसाकाे भाउ पाउँदा दक्षिण काेरीया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसामा काराेबार गर्न सकिनेछ ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ र बिक्री दर ३५.४८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँमा काराेबार गर्ने अनुमति दिएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.२५ पैसा र विक्रीदर ४३१.२ पैसामा काराेबार हुनेछ ।
काठमाडौ, २८ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६०, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो ६०, लोकल गोलभेडा सानो ५५, घिउ सिमी लोकल ४०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका २०, हरियो फर्सी ५०, घिरौला २५ रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ८०, हाइब्रीड मूला ११०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती १८०, भिण्डी ३०, न्यूरो ८, रातो बन्दा प्रतिकेजी २००, लोकल काक्रो १२०, अदुवा प्रतिकेजी १५० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार ३२०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ४००, छडी माछा ३००, बचुवा माछा ३५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ६५, लसुन हरियो ३००, छ्यापी सुकेको २००,भेडे खुर्सानी ८०, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १३०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ५० मा कारोबार भइरहेको छ ।
मुम्बई, २८ भदौं । शाहरुख खानको जवानले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । यसमा सबैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
शाहरुखको दोहोरो भूमिकालाई मानिसहरुले निकै रुचाइरहेका छन् । बुवाको भूमिकामा पनि शाहरुखको स्वैग प्रष्ट देखिन्थ्यो । जवान चाँडै ४०० करोड क्लबमा सामेल हुन लागेका छन्। फिल्मले ७ दिनमै यति ठूलो कलेक्सन गरेको छ । जवान थिएटरहरूमा लहरहरू मचाउँदैछ, अब प्रशंसकहरू यसको ओटिटी रिलीजको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। जवानको ओटीटी अधिकार बेचिएको छ। यो फिल्म कुन ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ भनी जानौं ।
शाहरुख खानको जवानले बक्स अफिसमा मात्र राम्रो कमाई गरिरहेको छैन, यसको ओटीटी राइट्स पनि करोडौंमा बिक्री भएको छ । यसपछि फिल्मको नाफा निकै राम्रो हुने र यो फिल्म लामो समयसम्म हलमा रहनेछ ।
यदि रिपोर्टहरू विश्वास गर्ने हो भने नेटफ्लिक्सले जवानको ओटीटी अधिकारहरू किनेको छ। नेटफ्लिक्स र जवान बीचको सम्झौता करोडौंको छ। रिपोर्टका अनुसार जवानको ओटीटी अधिकार २५० करोड भारुमा बेचिएको छ । यद्यपी यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । जे होस, शाहरुखको जवानले ओटिटी प्लेटफर्ममा सर्बाधिक मुल्यमा बिक्रीको रेकर्डसमेत राखेको छ ।
जवानको ओटीटी रिलिज मिति अझै खुलाइएको छैन। नियम अनुसार कुनै पनि चलचित्र थिएटरमा रिलिज भएको ४ हप्तापछि ओटीटी प्लेटफर्ममा रिलिज हुन्छ । तर जवानले संकलन गरिरहेको हुनाले अलि ढिलो रिलिज हुनेछ ।
जवानको बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने फिल्मले सात दिनमा भारतमा ३६८.३८ करोडको व्यापार गरेको छ । यो फिल्मले तमिल र तेलुगुमा पनि राम्रो कलेक्सन गरिरहेको छ । विश्वव्यापी सङ्कलनको कुरा गर्दा जवानले ६०० करोड रुपैयाँ नाघेको छ ।
गौर, २७ भदौ । पुर्वमन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहबिरूद्द गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साह बिरूद्द गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन ।
उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ बिपक्षी बनाएका छन।
सांसद साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।
जनता समाजबादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्यसमेत रहेका यादवको मुद्धामा चाँडै सुनवाई हुने अदालतले जनाएको छ ।
काठमाडौं, २७ भदौ । सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् ।
प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । उक्त विधेयक संशोधनविना पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।
विशाल बस्नेत/महोत्तरी, २७ भदौ
महोत्तरीको बर्दिवासमा ११ जिल्लाको साहित्यिक सम्मेलन हुने भएको छ। मोतिराम भट्टको १५८औं जन्मजयन्तिको अवसरमा गौरिशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा गर्ने उदेश्यले ११ जिल्लाका साहित्यकार सहभागी भएर सम्मेलन हुने भएको हो।
३० वैसाखमा बर्दिवासको गौतम होटलमा हुने उक्त घोषणासभामा घोषणापत्र समेत सार्वजनिक गर्ने तयारी गरिएको छ।
पहाड र मधेशको साहित्यलाई जोड्ने अभियान अन्तर्गत गौरीशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा राखिएको कार्यक्रमका संयोजक प्रेम घिमिरेले जानकारी दिए।
सभामा बागमती प्रदेशका सिन्धुली, दोलाखा, रामेछाप र मधेशका ८ जिल्ला गरि ११ जिल्लाका साहित्यकारहरु सहभागी हुनेछन्।
सहभागी साहित्यकारले आफ्नो भौगोलिक संस्कृति अनुसार बिबिध भाषाहरुमा आफ्ना रचनाहरु समेत प्रस्तुत गर्ने आयोजक पक्षले जनाएको छ।
पछिल्लो समय साहित्यिक केन्द्रकोरुपमा विकास हुँदै गएको बर्दिवासले रचना प्रकाशनमा समेत केन्द्रिय नेतृत्व गरिरहेको छ।
गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानले पनि महोत्तरीलाई साहित्यिक पर्यटनकोरुपमा विकास गर्ने सहायक उदेश्य वोकेको यस्का अभियन्ताहरुले बताए।
बृहत् उदेश्यसहित जन्माउन लागेको उक्त प्रतिष्ठानले साहित्यलाई जिवित राख्न बर्दिवासले केन्द्रिय नेतृत्व गर्ने बताइएको छ।
अहिले जिल्ला स्तरिय फरक-फरक बिधाका डेढ दर्जन साहित्यिक संगठन महोत्तरीमा सक्रिय छन्। न्युज कारखना
रौतहट, २७ भदौं ।
फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन ।
चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन ।
फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ पक्राउ गरेको हो ।
उनलाइ सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी पक्राउ परेसँगै नक्कली नागरिकता बनाउने गिरोह नै रहेको खुले पछि थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं, २८ भदौं । आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन ।
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पबित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् ।
मुख्यत; ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भने जसलाई वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिनेछ ।
धार्मिक र परम्परागत मान्यता अनुसार ब्राह्मणले ल्याएको कुश जजमानकहाँ पुर्याउन र त्यो कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने भएकाले आज राखिने कुशकाे बिशेष मान्यता रहेको छ ।
सनातन धर्मावलम्बीले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
काठमाडौं, २८ भदौ ।
संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाह संस्कार गरिने भएकाे छ ।
पार्टी मुख्यालयवाट हिजाे पार्थीव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्परावाट अन्तिम धार्मिक संस्कार सकाए पछि आजै अपरान्ह १२ बजे अन्तिम संस्कार गरिन लागिएकाे हाे ।
गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थीव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबार देखी राखिएकाे थियाे । र, हिजाे पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।
मंगलबार दिउँसो भने पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका शीर्षनेता, कार्यकर्ता, शुभेच्छुकहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेकाा थिए ।
नेम्वाङको अन्त्येष्टि बिहीबार पुशपति आर्यघाटमा गर्ने कार्यक्रम छ भने सोही दिन सरकारले नेम्वाङको सम्मानमा सार्वजनिक बिदा दिने भएको छ । उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरककारले निर्णय गरेको छ ।