२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

ओटावा, ३ असोज ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको कथित हत्यामा भारतको संलग्नता रहेको कुरा गरे पछि तिब्र बिबाद सुरू भएको छ ।

 

भारतले ट्रुडोले लगाएका यी आरोपको खण्डन गरिरहेको बेला प्रधानमन्त्री  ट्रुडोको आरोपको खण्डन गर्दै क्यानडाका विपक्षी नेता पियरे पोइलिभ्रेले अब सबै तथ्यसहित स्पष्ट रूपमा आउनु पर्ने बताएका छन्।

 

‘मलाई लाग्छ कि प्रधानमन्त्रीले सबै तथ्यहरूसँग स्पष्ट हुनु आवश्यक छ। हामीले सबै सम्भावित प्रमाणहरू जान्न आवश्यक छ ताकि क्यानेडियनहरूले त्यसमा निर्णय गर्न सकून,’ पोइलिभ्रेले पत्रकारहरूसँग भने ।

 

क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि अरु के गर्ने ? भन्ने प्रश्नमा पोइलिभ्रेले यस्तो जवाफ दिएका हुन ।

 

पोइलिभ्रेले भने, ‘प्रधानमन्त्रीले कुनै तथ्य दिएका छैनन्। उनले बयान मात्रै दिएका छन्। म मात्र यो जोड दिन्छु कि उनले क्यानाडालीहरूलाई सार्वजनिक रूपमा भनेका कुरामा हामी थप जानकारी जान्न चाहन्छौं।’

 

उनले थप जानकारी नदिइएमा आरोप झूटो वा पत्याउन नसकिने बताए । सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले हिजो दिएको निष्कर्षमा पुग्न सहयोग पुग्ने प्रमाण चाहिनेसमेत बताएका छन ।

ट्रुडोले हरदीप सिंह निज्जरलाई गोली हानी हत्या गरेको आरोप भारत सरकारलाई लगाएका थिए। उनले आफ्नो देशका राष्ट्रिय सुरक्षा अधिकारीहरूको भनाई उद्यृत गर्दै  ‘भारत सरकारका एजेन्टहरूले’ क्यानाडाली नागरिकको हत्या गरेको दाबी गरेका थिए । त्यसपछि भारत र क्यानडा बिच तनाब बढेकाे छ ।

 

 

काराबाख, ३ असोज ।

अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ ।

 

रोयटर्सका अनुसार अजरबैजानले मंगलबार आर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ ।

 

मंगलबारबाट अजरबैजानले आर्मेनियाविरुद्ध युद्ध सुरु गरेको आर्मेनियाली अधिकारीले बताए ।

 

अजरबैजानको सैन्य आक्रमणमा मंगलबार २५ जनाको मृत्यु भएको छ । जसमा दुई जना सर्वसाधारण पनि छन् । यसबाहेक अजरबैजानको आक्रमणमा १३८ जना घाइते भएका छन् ।

 

अजरबैजानले आर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो। यसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ। अजरबैजान यो क्षेत्र कब्जा गर्न चाहन्छ। त्यही भएर उनीहरुले यहाँ आक्रमणलाई तिव्र बनाएका छन् ।

काठमाडौं, २ असोज ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

 

मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

 

भेटमा विपद् जोखिम न्युनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो । उपाध्यक्ष श्रेष्ठले विपद् जोखिम न्युनिकरणमा निकै अघि बढेको बताए ।
भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति थियो ।

 

काठमाडौं, २ असोज ।

विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा छलफल गर्न बोलाइएको वार्तामा शिक्षक उपस्थित भएनन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजका लागि बोलाइएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधि अनुपस्थित भएका हुन्।

शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी आह्वान गरिए पनि मन्त्रालयको एकल प्रयत्नमा विधेयकमा परिमार्जन सम्भव नभएको भन्दै उनीहरू अनुपस्थित भएका हुन्।

महासंघले दिएका सुझाव समावेश नगरी संसद्मा विधेयक पेस गरिएको भन्दै शिक्षकहरूले असन्तुष्टि जनाउँदै आएका छन्। महासंघले विधेयकप्रति असहमति जनाउँदै १८ बुँदे माग प्रस्तुत गरेको छ।

आफूहरू भोलिदेखि दबाबमूलक आन्दोलनमा उत्रने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। माग सम्बोधन गराउन असोज ३ गते काठमाडौंमा भेला भई बृहत् आन्दोलनको तयारी शिक्षकले गरेका छन्।

 

काठमाडौं, २ असोज ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित श्री आधारभूत विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मगरले विद्यालयको एक लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दामा मगरसँग एक लाख ९० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

अनुसन्धान हुँदा मगरले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी विद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी गर्ने सर्तमा विद्यालयको एक लाख ९० हजार रुपैयाँ लिएको खुलेको अख्तियारले जनाएको छ।

आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाइ गरी लिएको उक्त रकम हालसम्म फिर्ता नगरी हिनामिना गरेको देखिएको हुँदा मगरविरुद्ध सम्पत्ति हानि, नोक्सानी÷हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ।

 

काठमाडौं, २ असोज ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका छन् ।

पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका हुन् । संविधान संशोधन गर्दा धेरै विषयमा विचार पु¥याउनुपर्ने उनको भनाइ छ ।

 

दुईपटक संविधान संशोधन गरिसकेको भन्दै उनले संविधान संशोधनअघि अहिले आवश्यक छ कि छैन भनेर विचार गर्नुपर्ने बताए ।

आवश्यक परेको अवस्थामा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर व्यापक छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ ।

 

काठमाडौं, २ असोज ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ।

केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए।

पार्टी सभापति रवि लामिछाने रोल्पा जाने भएका छन्। पार्टी उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जाने छन्।

महामन्त्री ढकाल कालिकोट जानेछन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बैतडी, सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने ढकालले जानकारी दिए।

केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट खटाइएका छन्।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने छन्।

सांसद र केन्द्रीय नेताहरूले ल्याएका सुझाव, गुनासाहरूलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समेटिने पार्टीले जनाएको छ। संविधान दिवसका सन्दर्भमा पनि रास्वपा पहिलो चरणमा जिल्ला जान लागेको हो। तीन चरणमा जिल्ला गएर, सुझाव संकलन गरेर दस्तावेजलाई पूर्णता दिने रास्वपाको तयारी छ।

 

काठमाडौं, २ असोज ।

खानेपानी मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ। मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित सात जना सहसचिवको सरुवा गरेका हुन्।

खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा भएको छ। विभागको महानिर्देशकको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई दिइएको छ।

मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशकको जिम्मेवारी संघीय मामिला खानेपानी आयोजना विराटनगरका प्रमुख सुरत बमलाई दिइएको छ। सहसचिव बालमुकुन्द श्रेष्ठको संघीय आयोजना सुर्खेत, रामचन्द्र काफ्लेको बुटवल तथा प्रज्जव प्रजापतिको हेटौंडा र जक्की अहमदको जनकपुर सरुवा भएको छ।

गत वैशाख २४ गते नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीबाट खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि उनले पहिलो पटक उच्चस्तरीय कर्मचारीको सरुवा गरिएको छ।

 

काठमाडौं, २ असोज ।

बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो।

जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको संघका सचिव देव गिरीले बताए। नयाँ निर्णयअनुसार जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ। पछिल्लो आठ दिनमा तीन पटक मूल्य वृद्धि भएको हो।

 

२५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो। त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो।

राैतहट,असाेज ०१ गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा मिति २०८०–५–२९ गते र परोहा नगरपालिकामा मिति २०८०–५–३१ गतेका दिन नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक समपन्न भएको छ । नगरपालिकाको आयोजनामा संचालन भएको बैठकमा, नगरपालिकाको नगरप्रमुख ज्यको अध्यक्षतामा दुईओटा नगरस्तरीय परियोनजा सल्लाहकार समितिमा शिक्षा, स्वास्थ्य, साामजिक, योजना, महिला तथा बालबालिका विकास शाखा, नगरपालिकाको वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाको सदस्यहरु र आमन्त्रित संस्था आसमान नेपालको पदाधिकारी र क्इम्ऋऋ संस्थाको पदाधिकारीहरु सहभागी भएको थियो ।
यू.के.ऐड.को आर्थिक सहयोग र पिपुल इन निड नेपालको प्राविधिक सहयोगमा क्इम्ऋऋ पर्साको समन्वयमा आसमान नेपालद्धारा संचालित रौतहट जिल्लाको गरुडा र परोहा नगरपालिकामा आरम्भ परियोजना अन्र्तगत नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा आसमान नेपालको आरम्भ परियोजनाको परियोजना संयोजक श्री जगदिप बन्ठा ज्यूले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरिएको थियो । साथै सो प्रगति प्रतिवेदनमाथी परियोजना सल्लाहकार समितिकोे बैठकले छलफल गरिएको थियो ।
साथै विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना भएको किशोरीलाई कसरी दिगो रुपमा निरतरता गर्ने, सामुदायिक सिकाई केन्द्र स्थानपना र संचालनका, साक्षर पालिका अभियान आदि विषय वस्तुमा रही यो परियोजना सल्लाहकार समितिको बैठकमा छलफल गरिएको थियो । विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना हुनकोे लागि मदत आसमना नेपालले २६० जना गरुडाको किशोरीहरु र ३२० जना परोहा नगरपालिकाको किशोरीहरुलाई गरिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।