२०८३ भाद्र ५
२०८३ भाद्र ५

मुकेश मुमार यादब,सिरहा, ५ असोज।

सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा पसलसहितको घरमा छापा मारेको छ ।

 

विशेष सुचनाको आधारमा आएको राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले पसलसहितको घरमा छापा मार्ने क्रममा घरको चारैतिरबाट सशस्त्र प्रहरीले घेरेर बसेपछि स्थानीय व्यवसायी आतङ्कित बनेको छन ।

 

बुधवार करिव ३ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख कार्यालय प्रमुख सुरेश अाचार्ययको नेतृत्वमा आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्था चौकमा रहेको कल्याण ट्रडेर्सको पसलसहतिको घरमा चारैतिरवाट घेरा हाले पछि स्थानीय व्यावसायी आतङ्कीत बनेका हुन ।

 

टोलिले पसल, गोदाम र घर खानलासी गरिसकेर पनि हतियारसहितका प्रहरीले घर घेरेर बस्दा आफूहरु रातभरी सुत्न नसकेको व्यासायी बताउँछन्। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्येक दराज देखी बच्चाहरुको झोलासमेत खोलेर हेरेका थिए ।  रातभर हतियारधारी प्रहरीको घेराबन्दिमा बस्नुपर्दा निकै नै तनाब भएको उनीहरूकाे कुराे छ ।

 

स्थानीय व्यसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कारबाही गर्दा हुन्छ तर पसलमा बम, बारुद्ध राखेको जस्तो प्रहरीले घेरा हालेर बस्दा व्यासायीहरुमा थप मानसिक तनाव भएको बताए । उनले भने,  ‘यो पसल यहाँका हाेलसेल व्यासायी गर्छ ।’ साे सक्षेत्रका व्यसायीहरुलाई कपडा आपुर्ति गर्ने पसलमा प्रहरी लगाएर राजश्वले अनुसन्धान र खानतलासी गरे पछि  सिरहाका ब्यावसायी अातंकित बनेकाे उनकाे भनाइ छ ।

व्यासायी साहले भने, ‘व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरिवाना गर्दा हुन्छ तर व्यावसाय ठप्प भएर मानसिक तनाव खेपिरहेका व्यासायीलाई यो व्यवहारले थप पीडा दिएकाे छ ।’

राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले गोदाममा खानतलासी गरी विल विजक,भन्सारका प्रज्ञा पत्र, खरिद बिक्री खाता लगायतका आवश्यक कागजात लिएर छापा मार्ने पसल तत्कालको लागि शिल गरिएको उधोग वाणिज्य संघ मिर्चैयाका महासचिव भरत महासेठले जनाए ।

 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको र प्रहरीले निगरानी गरिरहेको विषयमा आफू जानकार भएपनि औपाचारीक जानकारी नभएको बताए। यस सम्वन्धमा थप जानकारी लिन पुग्दा राजस्व अनुसन्धान कार्यालय इटरीबाट खटिएको टोलीले सम्पर्कमा आउन चाहेनन्। कार्यालयमा फोन सम्पर्क गर्दा कार्यालयको फोन समेत उठेन।

काठमाडौं, ५ असाेज । काठमाडौं महानगरपालिका वडा नं २६ ठमेलस्थित ऐतिहासिक कमलपोखरीमा निर्मित छाँंया सेन्टर तत्काल भत्काउन दवाव दिन शुक्रबार राजधानीमा रयाली तथा कोणसभा हुने भएको छ ।

 

सम्पदाप्रेमी समाज नेपाल काठमाडौंको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रम अनुसार शुक्रबार दिउँंसो २ बजे काठमाडौंको इन्द्रचोकबाट जुलुश सुरु हुने आयोजक समाजको अध्यक्ष कविन्द्र डंगोलले बताए ।

 

कार्यक्रम अन्तर्गत ठमेल छायाँं सेन्टर, काठमाडौंमा कोणसभा हुने उनले बताए ।

काठमाडौं, ५ असोज । अखिल क्रान्तिकारीले शिक्षा बिद्येयकका बारेमा सडक अन्तक्रिया गर्ने भएको छ ।

 

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्न लागेको हो ।

 

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार शिक्षा बिद्येयकमा धेरै नै त्रुटी भएको तथा निजामती कर्मचारीको तुलनामा शिक्षकहरुलाई तलब भत्ता, सेवा र सुबिधा कम भएको उनले बताईन ।

 

‘शिक्षकहरुको जायज माग सम्बोधन गर्नका लागि सडक अन्तरक्रिया देखी सरकार समक्ष लबिगसम्मका काम गर्दछौं’ उनले भनिन ।

काठमाडौं, ५ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

 

कार्य समितिको बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा आज बिहान ११ः०० बजे पनि बस्न लागेको हो ।

 

आजको बैठकमा हिजो देखी धारणा राख्न सुरु गरेका केन्द्रिय सदस्यहरु मध्ये बाँकी केन्द्रिय सदस्यले आ आफनो धारणा राख्नेछन् ।

 

सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए ।

 

‘संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको’ प्रतिवद्धता बैठकमा खडकाले गरेका थिए ।

 

हिजोको बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।

आरके श्रीवास्तव,रौतहट,०४ गते असोज ।
रौतहट । रौतहटमा बाइकको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको छ । जिल्लाको कटहरियामा ती महिलाको ज्यान गएको हो । मोटरसाइकिलको ठक्करले कटहरिया नगरपालिका ४ बहादुरपुरकी अन्दाजी ४० वर्षीया रिता देवी दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गत भदौ ३१ गते आइतवारका दिन बेलुकी साढे ७ बजे कटहरिया सन्तपुर सडकखण्डको लालबकैया पुलपारी मोटरसाइकिलको ठक्कर बाट दास घाइते भएकी थिइन् । उनको विरगंज स्थित सुर्या हसिपटलमा उपचारको क्रममा आज मृत्यु भएको हो ।
देवाहिगोनाही नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले दासको ज्यान गएको जिल्ला प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी गराए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

 

बज्जिकाञ्चल,कटहरिया,असाेज ०४ गते ।
राैतहटकाे कटहरियामा माओवादी केन्द्रकाे विस्तारित बैठक सम्पन्न भएको छ । तीन महिने अभियान घरघरमा माओबादी जनजनमा माओबादी (माओवादी केन्द्र )को मूल नारा सहित केन्द्रीय सर्कुलर अनुसार कटहरीया नगरपालिकाको बिस्तारीत बैठक सम्पन्न भएकाे छ ।
कटहरिया नगरपालिका वडा नम्बर ५ अन्तर्गत रहेको विवाह मण्डप भवनको सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे । नगर कमिटी अध्यक्ष नसरूदिन अंसारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे छ ।
सो कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य अनिल श्रेष्ठ, बिशिष्ट अतिथि प्रदेश सदस्य विन्देशवर राय यादव, बिशिष्ट अतिथि कटहरिया नगरपालिका का इन्चार्ज धिरज पटेल, अतिथि अखिल बिधार्थी क्रान्तिकारी का नेता राजेश पटेल लगायतका नेता कार्यकर्ताहरूको उपस्तिथीमा सम्पन्न भएको छ । सो कार्यक्रम बाट प्रत्येक वडा मा असोज ६ गते देखी वडा कमिटीको बिस्तारीत बैठक गर्ने भने तय गरिएको छ । साथै प्रत्येक वडाको वडा ईन्चार्जको जिम्मेवारी तोकिएको छ ।

 

काठमाडौं, ५ असोज ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चटयाङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भु-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

 

राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरुमा सामान्य बदली र बांकी भू-भागहरुमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भु-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

 

कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भु-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्टयाङ्ग र तराईमा हावाहुरीको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौं, ४ असोज । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ। सिंहदरबारमा सरकारका चार मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको हो।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति छ। यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन्।

गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट रहँदै आएका छ्न। शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। आन्दोलन पक्ष र सरकारबीच आज बिहान पनि वार्ता भएको थियो।

रौतहट,भदौ २९ गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा मिति २०८०–५–२९ गते र परोहा नगरपालिकामा मिति २०८०–५–३१ गतेका दिन नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक समपन्न भएको छ । नगरपालिकाको आयोजनामा संचालन भएको बैठकमा, नगरपालिकाको नगरप्रमुख ज्यको अध्यक्षतामा दुईओटा नगरस्तरीय परियोनजा सल्लाहकार समितिमा शिक्षा, स्वास्थ्य, साामजिक, योजना, महिला तथा बालबालिका विकास शाखा, नगरपालिकाको वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाको सदस्यहरु र आमन्त्रित संस्था आसमान नेपालको पदाधिकारी र क्इम्ऋऋ संस्थाको पदाधिकारीहरु सहभागी भएको थियो ।
यू।के।ऐड।को आर्थिक सहयोग र पिपुल इन निड नेपालको प्राविधिक सहयोगमा क्इम्ऋऋ पर्साको समन्वयमा आसमान नेपालद्धारा संचालित रौतहट जिल्लाको गरुडा र परोहा नगरपालिकामा आरम्भ परियोजना अन्र्तगत नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा आसमान नेपालको आरम्भ परियोजनाको परियोजना संयोजक श्री जगदिप बन्ठा ज्यूले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरिएको थियो । साथै सो प्रगति प्रतिवेदनमाथी परियोजना सल्लाहकार समितिकोे बैठकले छलफल गरिएको थियो । साथै विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना भएको किशोरीलाई कसरी दिगो रुपमा निरतरता गर्ने, सामुदायिक सिकाई केन्द्र स्थानपना र संचालनका, साक्षर पालिका अभियान आदि विषय वस्तुमा रही यो परियोजना सल्लाहकार समितिको बैठकमा छलफल गरिएको थियो । विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना हुनकोे लागि मदत आसमना नेपालले २६० जना गरुडाको किशोरीहरु र ३२० जना परोहा नगरपालिकाको किशोरीहरुलाई गरिएको थियो ।

बज्जिकाञ्चल,भदौ २९ गते ।
बालबालिकामा लगानी ः सुनिचित भविष्यको थालनीे भन्ने मुल नाराका साथ रौतहटमा आसमान नेपालले भदौ २९ गतेका दिन ५९ औँ राष्ट्रिय वाल दिवस—२०८० विविध कार्यक्रम गरी मनाईयो । यू।के।ऐडको आर्थिक सहयोग र पिपुल इन निड नेपालको प्राविधिक सहयोगमा क्इम्ऋऋ पर्साको समन्वयमा आसमान नेपालद्धारा संचालित आरम्भ परियोजना अन्र्तगत रौतहट जिल्लाको विभिन्न स्थानीय सरकारहरुको आयोजनमा आसमान नेपालले सहकार्य गरी राष्ट्रिय बाल दिवस २०८० मनाएको छ । परोहा नगरपालि र गढीमाई नगरपालिकाको आयोजनामा प्रभातफेरी ९¥याली० कार्यक्रम, मौलापुर र कटहरीया नगरपाकिलाको आयोजनामा हाजिरी जवाफ प्रतियोिगता, राजपुर नगरपालिकाको आयोजनामा वक्तित्वकला प्रतियोगिता र श्री माध्यमिक विद्यालय गहडी गुटी, गरुडा नगरपालिकाको आयोजनामा नृत्य प्रतियोगिता, वक्तित्वकला र हाजिरीजवाफ प्रतियोगिता आसमान नेपालले सहकार्य गर्दै यो ५९ औँ राष्ट्रिय बाल दिवस २०८० दिवस मनाएको छ ।
गढीमाई नगरपालिकाले आयोजना गरेको प्रभातफेरी कार्यक्रमा श्री गुदर माध्यमिक विद्यालय समनपुर र आसमान नेपालले सहकार्य गर्दै गढीमाई नगरपालिकामा ५९ औँ राष्ट्रिय बाल दिवस २०८० मनाएको थियो । श्री गुदर माध्यमिक विद्यालय समनपुरको ३०० भन्दा बढी विद्यार्थीहरुको उपस्थितीमा गढीमाई नगरपालिकाले नेतृत्व गरेकोे यो प्रभातफेरी कार्यक्रममा आसमान नेपालको आरम्भ परियोजना र जेम्स परियोजनाको प्रतिनिधिहरुको सहभागीतामा गढीमाई नगरपालिकामा परिक्रमण गरी बाल अधिकार सुनिचितको नारा लगाई प्रभातफेरी कार्यक्रम कोण साभामा परिणत भई यो कार्यक्रम मनाएकोे थियो । साथै पालिका, विद्यालय र आसमान नेपालको तर्पmबाट बाल अधिकार सुनिचित गर्न प्रतिबद्धता कार्यक्रम समेत गरिएको थियो ।
यसैगरी परोहा नगरपालिकाको आयोजनामा तथा श्री ब्रहमजोती माध्यमिक विद्यालय, लौकहा र आसमान नेपालको सहकार्यमा परोहा नगरपालिकामा प्रभातफेरी कार्यक्रम गरी ५९ औँ राष्ट्रिय बाल दिवस २०८० मनाएको थियो । श्री ब्रहमज्योति माध्यमिक विद्यालय, लौकहाको २५० भन्दा बढी विद्यार्थीहरुको उपस्थितीमा परोहा नगरपालिकाले नेतृत्व गरेकोे यो प्रभातफेरी कार्यक्रममा आसमान नेपालको आरम्भ परियोजनाको प्रतिनिधिहरुको सहभागीतामा परोहा नगरपालिका परिक्रमण गरी बाल अधिकार सुनिचित गरी वालवालिकाको विकासमा टेवा पुगोस भन्ने नाराका साथ प्रभातफेरी कार्यक्रम कोण साभामा परिणत भई यो कार्यक्रम समापन भएको थियो । साथै पालिका, विद्यालय र आसमान नेपालको तर्पmबाट बाल अधिकार सुनिचि गर्न प्रतिबद्धता कार्यक्रम समेत गरिएको थियो ।


मौलापुर नगरपालिकाको आयोजनामा र आसमान नेपालको सहकार्यमा नगरस्तरीय हाजरी जवाफ प्रतियोगिता गराई ५९ औँ राष्ट्रिय बाल दिवस २०८० मौलापुर नगरपालिकामा मनाएको थियो । उक्त कार्यक्रमा मौलापुर नगरपालिकाको उपमेयर श्री नागेन्द्र प्र।यादव ज्यु को अध्यक्षतामा संचालन भएको नगरस्तरीय हाजिरी जवाफ प्रतियोगतामा, प्रमुख प्रसाशकीय अधिकृत श्री रामबाबु साह ज्यु, शिक्षा संयोजक श्री राजेन्द्र साह, वार्ड न।१ को वडा अध्यक्ष श्री जैनाथ प्र।कुशवाहा ज्यु, पुर्व वडा अध्यक्ष तथा प्रत्यासी मेयर रामप्रवेश राय यादव ज्यु, वार्ड न १ वडाका सद्स्य श्री ओमप्रकाश कुसवाहा, कार्यापालिका सद्स्य श्री बैजु कुशवाहा अतिथिहरु रहेको थियो । यो नगरस्तरीय हाजिरी जवाफ प्रतियोगता कार्यक्रममा गम्हरिया माध्यमिक। विद्यालय, लक्ष्मिनिया माध्यमिक विद्यालय र मर्यादपुर माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको सहभागितामा हाजरी जवाफ प्रतियोगिता गराई ५९ औँ राष्ट्रिय बाल दिवस २०८० मनाएको थियो । जसमा १६ जना ३ ओटा विद्यालयबाट हाजिरी जवाफ प्रतियोगितामा भाग लिएको थियो ।
कटहरीया नगरपालिकाको वडा नं। ६ कोे श्री आधारभूत विद्यालय भतेपुरको आयोजनामा र आसमान नेपालको सहकार्यमा हाजरी जवाफ प्रतियोगिता गराई ५९ औँ राष्ट्रिय बाल दिवस २०८० कटहरिया नगरपालिकामा मनाएको थियो । जुन हाजिरी जवाफ प्रतियोगतामा जम्मा २७ जनाले सहभागी भएको थियो । भने सोही विद्यालयको ४०० जना जति विद्यार्थी भाईवहिनीहरुको उपस्थिती रहेको थियो । जुन कार्यक्रममा कटहरीया नगरपालिकाको वडा नं। ६ को वडा अध्यक्ष श्री जयराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा श्री आधारभूत विद्यालय भतेपुरको शिक्षक शिक्षिका, समाजसेवी, बुद्धिजिवी र विद्यार्थीभाई वहिनीहरुको सहभागीता रहेको थियो ।


यसैगरी श्री माध्यमिक विद्यालय गहडी गुटी, गरुडा नगरपालिकाको आयोजनामा र आसमान नेपालको सहकार्यमा नृत्य प्रतियोगता, वक्तित्वकला र हाजिरीजवाफ प्रतियोगिता गराई ५९ औँ राष्ट्रिय बाल दिवस २०८० दिवस मनाएको छ । जसमा यो विद्यालयको कक्षा ६ देखि १० कक्षा सम्मको ४० जना विद्यार्थीहरु नृत्य प्रतियोगता, वक्तित्वकला र हाजिरीजवाफ प्रतियोगितामा सहभागी थियो भनो ९०० विद्यार्थी भाई वहिनीहरु कार्यक्रममा सहभागीता रहेको थियो ।
राजपुर नगरपालिकाले, आसमान नेपाल र क्इम्ऋऋ पर्साको सहकार्यमा नगरस्तरीय वक्तित्वकला प्रतियोगिता आयोेजना गरी ५९ औँ राष्ट्रिय बाल दिवस २०८० राजपुर नगरपालिकामा मनाएको थियो । जुन प्रतियोगितामा नगरपालिकामा रहेको सबै माध्यमिक विद्यालयहरुकोहरुको उपस्थिति रहेको थियो । यस प्रतियोगतामा जम्मा १४ जना छात्र र छात्राहरुको सहभागीता रहेको थियो । पालिकाको मेयर श्री डा। मो। राजिक आलम ज्यूको अध्यक्षतामा मनाएको ५९ औँ बाल दिवस कार्यक्रममा आसमान नेपाल, क्इम्ऋऋ पर्सा, आर।डि।सी।नेपाल, नगरपालिकाको जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजिवी र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।