काठमाडौ, २ साउन ।
जानकी फाइनान्सले साउन १३ गते साधारण सभा बोलाएको छ । कम्पनीले २६ औं सभा डाकेको हो । यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
कम्पनीले गत वर्ष भने १५% बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदै छ ।
यस कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि जानकीले आज मंगलबार साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । साउन १ गते सोमबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
काठमाडौ, १ साउन ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१।७७ रुपैयाँ रहेको कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४७।२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७।९६ रुपैयाँ रहेको छ ।
हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा कायम भएको थियो भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा रहेको थियो ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१।७१ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५० रुपैयाँ पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा पुगेको छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा तथा दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३३ पैसा र बिक्रीदर १० रूपैयाँ ३८ पैसामा खरिदबिक्री हुनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.११ रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं, ३१ असार ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ । हरेक आईओसीले प्रत्येक १ र १६ सा तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।
नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा र घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ ।
काठमाडौ, असार ३१ ।
नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा कायम गरिएकाे छ ।
हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसामा तथा युरो एकको खरिद दर १४६ रूपैयाँ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसामा काराेबार भएकाे थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ९७ पैसा र बिक्री दर १७२ रूपैयाँ ७४ पैसा,अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.९१ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ । जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३४ पैसा र बिक्रीदर १० रूपैयाँ ३९ पैसामा किनबेच हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१२ रुपैयामा काराेबार गर्न सकिने जनाएकाे छ ।
रूपन्देही, ३० असार ।
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ ।
शनिबार दिउँसो १ बजे बस्नेगरी सो बैठक आह्वान प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।
गत असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचना अनुसार लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको उन्नाइसौं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको हो ।

प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ।
काठमाडौं, ३० असार । आज पनि बैंक तथा बित्तिय संस्थाहरू पनि खुल्ला हुने भएका छन् ।
चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको बिषयलाई ध्यानमा दिदै शनिवार पनि बैंक तथा बित्तिय संस्था खुल्ला नै रहन लागेका हुन् ।
सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज शनिवार बैंक तथा बित्तिय संस्थाहरु खुल्ला भएका हुन ।
जसअनुसार चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
काठमाडौ, २९ असार ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (शुक्रबार) ठुलो नेपाली गोलभेडा, भटमासकोशा र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा २२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ, रातो मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ ।
उता, सुकेको प्याज ५० रुपैयाँ, लोकल गाजर, स्थानीय काउली, भटमासकोशा, पालूगो साग, न्यूरो, ब्रोकाउली, लोकल काक्रो प्रतिकेजी ८५ रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, स्थानीय ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मूला ४५ रुपैयाँ, लोकल सेतो मूला १४ रुपैयाँ, भन्टा लाम्चो ८६ रुपैयाँ, डल्लो भन्टा ११६ रुपैयाँ ६७ पैसामा काराेबार भइरहेकाे छ ।
तने बोडी ७६ रुपैयाँ, मकै बोडी, हाइब्रीड घिउ सिमी, भारतीय मेवा ९६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १३५ रुपैयाँ, लौका र घिरौला प्रतिकेजी ६५ रुपैयाँ तोकिदा परवर प्रतिकेजी ३८ रुपैयाँ, चिचिण्डो ४६ रुपैयाँ ६७ पैसा, झिगूनी ६६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, भिण्डी ८६ रुपैयाँ, पिंडालू, स्कूस, हरियो प्याज, रातो बन्दा र जिरीको साग प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, रायोको साग ९६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री भएकाे छ ।
उता, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ४५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, इमली १३६ रुपैयाँ ६७ पैसा, तामा १३० रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १३२ रुपैयाँ पर्नेछ ।
यसैगरी, अनार ४२५ रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, दसहरी आँप १२६ रुपैयाँ ६७ पैसा, चोसा १३५ रुपैयाँ, कलकत्ते आँप ६६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर ४७५ रुपैयाँ, कालो अंगुर ५६५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २८८ रुपैयाँ पर्नेछ ।
यसैगरी अकबरे खुर्सानी प्रतिकेजी ४५० रुपैयाँ, भेडे खुर्सानी ७६ रुपैयाँ, हरियो लसुन २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २५५ रुपैयाँ, सुकेको नेपाली लसुन २०६ रुपैयाँ ६७ पैसा, सुकेको छ्यापी १४० रुपैयाँ, रहु माछा १४० रुपैयाँ, रहु ताजा माछा ३२० रुपैयाँ, बुचवा माछा २५० रुपैयाँ र मुंगरी र छडी माछा ३३० रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।
काठमाडौं, २५ असार ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ रहेको जनाएको छ । सोमबार जेठ मसान्तसम्मको विवरण सार्वजनिक गरेको राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति११ अर्ब ३० करोड अमेरिकी डलरमा रहेको जनाएको हो ।
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई गत जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा गत जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असारमसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९÷८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले आफ्नो विवरणमा उल्लेख गरेको छ ।
गत जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरुक्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।
काठमाडौं, २५ असार ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको जनाएको छ ।
राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको बैंकले जनाएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थतथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ७.८३ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
काठमाडौं, २५ असार ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको जनाएको छ ।
राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ खर्ब ८८ करोड बराबरको भएको थियो ।
गत जेठसम्म कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड,अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाब्एको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।