काठमाडौ, १५ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०, टनेल गोलभेडा सानो ८०, घिउ सिमी लोकल २५, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, आलु सेतो ३४, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ४५, लौका ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३६० रुपैयाँ ,गाँजर ११०, बन्दा लोकल १०, मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ८०, ब्रोकाउली ८०, कागती १३० रुपैयाँ, भिण्डी रू ३५, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ९०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३००,केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५५० रुपैयाँ, कालो अंगुर ५००, किवि ७५०, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १८०, हरियो धनिया १००,लसुन हरियो ९०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २७०,रुख कटहर ३५, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।
काठमाडौ, १५ साउन ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँ कायम गरिएकाे छ ।
हिजो डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४रूपैयाँ ०८ पैसा र बिक्री दर १४४ रूपैयाँ ७४ पैसामा काराेबार भएकाे थियाे ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५१ रुपैयाँमा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३१ रुपैयाँ र बिक्री दर ८७.७१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५२ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३१ पैसा र बिक्रीदर १० रूपैयाँ ३६ पैसा कायम गरिएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९६ रुपैयाँ तथा कुवेत दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा विक्रीदर ४२९.९२ पैसामा काराेबार गर्न सकिने जनाएकाे छ ।
काठमाडौ, १४ साउन ।
भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आइतबार कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । भगवती हाइड्रोपावरले २४ असारदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको छ । यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
काठमाडौ, १४ साउन ।
आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको हो ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ । यसअघि यो सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो ।
यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४५० रुपैयाँ थियो ।
काठमाडौ, १३ साउन ।
जानकी फाइनान्सको शनिबार साधारणसभा बस्दैछ । कम्पनीले २६ औं सभा बोलाएको हो ।
यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरणसम्बन्धी एजेन्डा छैन ।
कम्पनीले गत वर्ष भने १५ प्रतिनिधि बोनस सेयर र कर तिर्न ०.७९ प्रतिनिधि लाभांश वितरण गरेको थियो । साधारण सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्दै छ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा, मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । १ साउनसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
काठमाडौ, १२ साउन ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ८६ हजार कित्ता सेयर शुक्रबारबाट लिलामी प्रक्रियामार्फत् बिक्रीमा राखिएको छ।
एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ८५ हजार ९४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६२ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
लगानीकर्ताले काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत) मा खरिद आवेदन दिन सक्नेछन्।
खरिद आवेदन दिने अन्तिम म्याद साउन १८ गतेसम्म तोकिएको छ।
काठमाडौ, १२ साउन ।
चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ८०० रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य शुक्रबार प्रतितोला ९०० रुपैयाँ घटेको हो।
अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ९०० रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९०० रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि शुक्रबार तोलामा ४० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौ, १२ साउन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट र मल्टिपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । सिनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २०३ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
हकप्रद बिक्रीका लागि यसले शुक्रबार बुक क्लोज गर्ने भएको छ । यसआधारमा आज बिहीबार साउन ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
सिनर्जी पावरले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
काठमाडौ, १२ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५६, घिउ सिमी लोकल २५, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १२०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ११०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ६०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५००, किवि ८००, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १५०, हरियो धनिया ५०,लसुन हरियो ८०, खु्र्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०,रुख कटहर ३५, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।
काठमाडौ, १२ साउन ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस्रअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा कायम गरिएकाे छ । हिजो डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसामा तथा युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसामा काराेबार भएकाे थियाे ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा र बिक्री दर १७० रूपैयाँ ३९ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ २२ पैसा र बिक्रीदर १० रूपैयाँ २७ पैसामा काराेबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.६ रुपैयाँमा खरिद बिक्रीकाे अनुमति दिएकाे छ । साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६.४२ पैसा विक्रीदर ४२८.३८ पैसा कायम गरिएकाे छ ।