काठमाडौ, २२ साउन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको छ । महासंघले आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जनाएको हो ।
मूल्य घटेसँगै साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, साेमबार चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।
काठमाडौ, २२ साउन ।
प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ । ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९५ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौ, २२ साउन ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४७.९५% ले थोरै हो । अघिल्लो वर्ष बैंकले ९० करोड ४७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ४२.५७ प्रतिशतले घटेको छ ।
इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो । यसअवधिमा बैंकको वितरणयोग्य नाफा पनि १९.९३% ले घटेर ३३ करोड ६३ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ । यसको खराब कर्जा २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशतमा आएको छ ।
महालक्ष्मीको प्रतिसेयर आम्दानी घटेर ११ रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा छ ।
काठमाडौ, २२ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १५०, टनेल गोलभेडा सानो ९५, घिउ सिमी लोकल ३०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ५०, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याँज सुकेको ५०, लौका ४०, हरियो फर्सी ७०, घिरौला २० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाँजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ६०, टाटे सिमी ७०, तितो करेला ३०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ३५,पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ८०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १८०, लप्सी ७०, हरियो धनिया १५०, लसुन हरियो १००, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २६०,रुख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।
काठमाडौ, २२ साउन ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज सोमबार (साउन २२ गते) अन्तिम दिन हो ।
कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको हो । जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९% अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयरमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।
यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला भएको हो । यसमा माग भन्दा बढी आवेदन परिसकेका कारण सोमबार बिक्री बन्द हुन लागेको होे । आइतबार साँझ ५ः६ बजेसम्मको तथ्यांक अनुसार १० लाख ५० हजार १९६ जना आवेदकले १ करोड १९ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
काठमाडौ, २२ साउन ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २८ पैसामा काराेबार भइरहेकाे छ ।
हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसामा काराेबार भएकाे थियाे ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२९ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा कायम हुन पुगेकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसाले भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १४ पैसा र बिक्रीदर १० रूपैयाँ १८ पैसामा काराेबार गर्न सकिनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४३०.२८ पैसा विक्रीदर ४३२.२३ पैसामा काराेबार हुनेछ ।
काठमाडौं, २२ साउन ।
बहु प्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ
।
निमार्ण सुरु भएको झन्डै चार बर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।
अब ‘ब्रेक थु’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकि रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।
सो ‘ब्रेक थु’ हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन । उनकाे उपस्थितिमा साे ‘ब्रेक थु’ गरिने छ ।
यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज ‘ब्रेक थु’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलकाे सुरूङकाे काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
काठमाडौ, २१ साउन ।
चालु साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेकाे छ । बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हाे ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सूचीृकत कम्पनीहरुले नाफा बढाएको रिपोर्ट निकालेकै बेला बजार थप घट्दा आम लगानीकर्ता भने अन्योलमा परेका छन् ।
यस दिन २६५ कम्पनीको ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन् ।
काठमाडौ, २१ साउन ।
चिरख्वा हाइड्रोपावरले २८ साउनदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने लागेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ ।
यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी हुनेछ । कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको हो ।
यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात ८० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यस कम्पनीको आईपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन पाउनेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
काठमाडौ, २१ साउन
। प्रि ओपन सेसनमा नेप्से सूचक ५ अंकले बढेको छ । यससँगै सूचक २०९५.४२ अंकमा आएको छ । ७० लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको २३ हजार ३२८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १२३ पटक सेयर कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा १६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।