काठमाडौ, ३२ साउन ।
सेयर बजारले बिहीबार सकारात्मक संकेत देखाएको छ । यस दिन नेप्से सूचक ८.०१ विन्दुले बढेर २०३३.१३ अंकमा आएको छ । १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसअघि विशेषगरी बजारमा ब्याजदर वृद्धिको हल्ला बेस्सरी चलेको थियो । सबै बैंकले बढाउन सक्ने अनुमान पनि भइरहेको थियो । तर ब्याजदर बढाउनेमात्र होइन, घटाउने बैंकहरु पनि भए । एक दर्जन बैंकले ब्याजदर बढाए पनि विशेषगरी ठूला र सबल बैंकहरुले भने ब्याजदर घटाए । केहीले स्थिर पनि राखे ।
यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् ।
काठमाडौ, ३२ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठुलो १३०, टनेल गोलभेडा सानो ७५,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ५०,मुडे आलु रातो ४२,भारतीय आलु रातो ३६,भारतीय प्याज सुकेको ५८,लौका ६०,हरियो फर्सी ८०,घिरौला ३५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल २०, गाजर ११०, मूला सेतो हाइब्रीड ६०,सेतो रातो ४०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,मकै बोडी ७०, टाटे सिमी ७०,तितो करेला ५०,ब्रोकाउली १००, कागती १२० रुपैयाँ, भिण्डी रू ९०,पिंडालू ६०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ६०,तामा ९०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १२०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी ५०,हरियो धनिया १००,खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २२०, चाइनिज लसुन २५०,लसुन हरियो १८०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खु्र्सानी ५० , फूजी स्याउ ३५०,अम्बा ३००,जुनार ३२०,तोफु ११०,तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।
काठमाडौ, ३२ साउन ।
नेपाली बजारमा बिहीबार पनि सुनको भाउ घटेको छ। सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौ, ३२ साउन ।
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।
यो आइपीओमा कुल १३ लाख ६४ हजार ३५३ जनाले आवेदन दिएकामा १३ लाख ५६ हजार ८३५ जनाको आवेदन गोलाप्रथाका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ । ७ हजार ५१७ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, रिलायबल नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
काठमाडौ, ३२ साउन ।
प्रि ओपन सेसनमा नेप्से सूचक ०.८५ विन्दुले बढेको छ । यससँगै सूचक २०२५.९८ अंकमा आएको छ । ४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौ, ३२ साउन ।
हिमालयन क्यापिटलले बिहीबारदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ को बिक्री खुला गरेको छ । क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।
यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्ष रहेको छ ।
काठमाडौ, ३२ साउन ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६४.८७ प्रतिशतले घटेर २२ करोड १४ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ करोड ४ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको अवधिमा खराब कर्जा ह्वातै बढेको तथा सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी १४.८६ प्रतिशतले घटेर १ अर्ब १५ करोड ९७ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ६४.८९ प्रतिशतले घटेर ३७ करोड ४३ लाख ६२ हजार रुपैयाँमा आएको छ । खराब कर्जा २.४३ प्रतिशतले बढेर ४.२६ प्रतिशतले पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ६८ पैसाले घटेर २० रुपैयाँ ९८ पैसामा आएको छ । प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता ७२.५९% छ । वितरणयोग्य नाफा ७६ करोड ६२ लाख ४९ हजार रुपैयाँ छ ।
काठमाडौ, ३२ साउन ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ७० पैसा र बिक्री दर १६९ रूपैयाँ ४६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९० रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५६ पैसामा खरिदबिक्री गर्न सकिने छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसा कायम गरिएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३१ रुपैयाँ र बिक्री दर ३५.४७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ कायम भएकाे छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.३९ पैसा विक्रीदर ४३२.३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ ।
काठमाडौ, ३१ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ८२, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४२, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ६०, हरियो फर्सी ८०, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ, बन्दा लोकल २०, गाजर ९०, मूला सेतो ७०, सेतो रातो ५०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ६०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली ९०, कागती १२०, भिण्डी ६०, पिंडालू ५०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी ७०, लोकल काक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १३०, अनार २८०, नासपाती ७०, आभोकाडो ५००,कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी ५०, हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, लसुन हरियो १२०, रुख कटहर ४५, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५० , फूजी स्याउ ३५०, अम्बा ३००, जुनार ३२०, तोफु ११०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।
काठमाडौ, ३१ साउन ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बुधबार साउन ३१ गते अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार साउन ३० गते साँझ ५ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिइ सकेका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो ।
हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।