काठमाडौ, ५ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ११०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, भारतीय प्याँज सुकेको ७५, लौका ७०, हरियो फर्सी ७०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ । हिजाे गाेलभेडा १३० रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ३५, गाजर ११०, मूला सेतो ७०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १५०, कागती १३०, भिण्डी रू ७०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १३०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया ३५०,खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०, फूजी स्याँउ ३५०, अम्बा ३००, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ २००, तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।
काठमाडौ, ५ भदौ ।
माथिल्लो मैलुङ खोला जलबिधुतको आइपीओमा आवेदन दिने म्याद पुनः थप भएको छ ।
स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा भदौ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि यस कम्पनीले आज अर्थात् भदौ १ गतेसम्म आवेदन दिन सक्ने जनाएको थियो । तर, आइपीओ जारी भएको समयमा आयोजना प्रभावित क्षेत्रमा अविरल वर्षाका कारण बाढी पहिरो आएकोले म्याद थप गरिएकाे कम्पनीले जनाएको छ ।
यसले भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता समस्या कारण यातायात सञ्चालन अवरुद्ध भएकाले तोकिएको संकलन केन्द्रमा दरखास्त फारम बुझाउन सहज नहुने विशेष परिस्थिति र्सिजना भएको कम्पनीले जनाएको । फलस्वरुपः आइपीओमा आवेदन दिने समय थप गरेको कम्पनीको भनाई छ ।
यस कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १०% अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । यसले १ सय अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई छुट्याइएको छ ।
त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाकै वडा नं. २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नं. ५ का स्थानीयका लागि निष्कासन खुला भएको छ । यी क्षेत्र बाहेक रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी गरिएको छ ।
यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
स्थानीयले यस आयोजनाको आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक र एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
काठमाडौ, ५ भदौ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २५ पैसा कायम गरिएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२ रुपैयाँ र बिक्री दर ८५.४१ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा खरिदबिक्रीकाे अनुमति पाएसँगै दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर ९ रूपैयाँ ९२ पैसा कायम गरिएकाे छ ।
त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ र बिक्री दर ३५.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँ कायम हुदाँ कुवेत दिनार १ को खरिदमूल्य ४३०.६१ पैसा विक्रीदर ४३२.५६ पैसामा काराेबार हुनेछ ।
काठमाडौ, ४ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य १२०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानिय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ७५, लौका ७०, हरियो फर्सी ८०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ । हिजाे नेपाली गाेलभेडाकाे भाउ १३० रूपैयाँ थियाे ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली १५०, कागती १६०, भिण्डी ७०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ, लोकल काक्रो ८०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो ४५० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रूपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २००, चाइनिज लसुन २४०, लसुन हरियो २००, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, फूजी स्याँउ ३५०, मौसम १२०, जुनार ३२०, तोफु ११०, पिंडालू ७०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० रूपैयाँ कारोबार भइरहेको छ ।
काठमाडौ, ४ भदौ ।
नेपाल राष्ट्र बैंकले आज आज सोमबारका लागि विभिन्न मुलुकका मुद्रा विनिमयदर सार्बजनिक गरेकाे छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २७ पैसा र बिक्री दर १४४ रूपैयाँ ९२ पैसा कायम गरिएकाे छ ।
आज अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९६ पैसा रहेको छ विक्रीदर ८५ रुपैयाँ ३५ पैसा कायम हुदाँ क्यानेडियन डलर ९७ रुपैयाँ ९३ पैसामा, सिंगापुरे डलर ९७ रुपैयाँ ७६ पैसामा काराेबार हुनेछ ।
जापानी येन १० को ९ रुपैयाँ १३ पैसा भाउँ पाउँदा चाइनिज युआन भने १८ रुपैयाँ २२ पैसा खरिददरमा र विक्रीदर भने १८ रुपैयाँ ३० पैसामा काराेबार हुनेछ ।
यस्तै,खाडी मुलुकहरु मध्ये युएई दिराम ३६ रुपैयाँ १२ पैसा खरिददर, कुवेती दिनार ४३१ रुपैयाँ ०३ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ९३ पैसा, कतारी रियाल ३६ रुपौयाँ ४० पैसा साउदी रियाल ३५ रुपैयाँ ३८ पैसामा काराेबार हुनेछ ।
काठमाडौं, ४ भदौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् ।
क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइतबार राती ९ः३० बजे क्यानडा प्रस्थान गरेका हुन ।
अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन ।
यस्तै वन तथा बातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।
अर्थमन्त्री महत करिब १ साता क्यानडामा रहने छन । क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर आवसीय नेपाली र अन्य दातृ निकायहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनीहरुसँग नेपालमा लगानी भित्र्याउन विषयमा मन्त्री महतले छलफल गर्नेछन ।
यस्तै अर्थमन्त्री महतले यसैक्रममा विदेशी लगानीकर्ताहरुसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको छ ।
उक्त सम्मेलनमा भाग लिएर अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
काठमाडौ, ३ भदौ ।
नेप्से सूचक आइतबार ११.९९ विन्दुले घटेर २०११.१४ अंकमा आएको छ । १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । समग्रमा हेर्दा सेयर बजारका लगानीकर्ताको मनोविज्ञान कमजोर देखिएको छ । बैंकहरुले अस्वस्थ प्रतिस्पर्धा गरी ब्याजदर बढाएपछि त्यसको प्रभाव सेयर बजारमा परेको अनुमान गरिएको छ ।
हुन त सबै बैंकले ब्याजदर बढाएका छैनन् । यद्यपि, १ दर्जन बैंकले ब्याजदर बढाएका छन् । केहीले स्थिर राखेका छन् भने कतिपयले घटाएका पनि छन् । तथापि, सेयर बजारका लगानीकर्ताको मनोविज्ञान भने खासै सकारात्मक बनेको पाइएन ।
आइतबार २६९ कम्पनीको ४४ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६ करोड ६३ लाख रुपैयाँसहित आएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र ज्योति विकास बैंक परेका छन् ।
भैरहवा, ३ भदाै ।
रुपन्देहीको ठुटीपिपलमा अवस्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारीका सदस्यले लुम्बिनी विशिष्टकृत सहकारी संघको परियोजनामा लगानी गर्न पाउने भएका छन । सहकारीहरुको लगानीमा विशिष्टीकृत सहकारी संघ रुपन्देही मार्फत निर्माणधीन दुग्ध प्रसोधन परियोजनामा सहकारी संस्थाहरुले मात्रै लगानी गर्ने भएपनि टुगा आस्थाले वित्तिय सेयरसम्बन्धी कार्यविधि २०८० तयार गरी संस्था मार्फत सदस्यहरुलाई लगानी गर्ने व्यवस्था मिलाएको हो ।
राष्ट्रिय गौरबको आयोजनाको रुप लिएको यूएचटी दुग्ध प्रशोधन परियोजनामा सदस्यलाई सहकारी अभियानसँगै उत्पादनशील अभियानमा हातेमालो गराउन, सेयर लगानीको साक्षरता बढाउन र सदस्यहरु पनि परियोजनाकाट लाभन्वित हुन भन्ने उद्देश्यका साथ संचालक समितिको प्रयास कार्यविधी बनाई ५ लाख सम्म लगानी गर्न सकिने टुगा आस्था साकोसका अध्यक्ष डिबी थापाले बताए । 
उत्पादन क्षेत्रमा सदस्यहरुलाइ जोड्न सस्थाको संचालक समितिले लगानी कार्यबिधी निर्माण गरि सो बारे पहिलो चरणमा संचालक, लेखा, सल्लाहकार, उपसमिति, सेवाकेन्द्र उपसमिति, टोलप्रमुख पदाधिकारी नेतृत्वलाई लक्षित गरि अभिमुखीकरण गराएको छ ।
सहकारीहरुको लगानीमा दुग्धको प्रसोधन गरी विभिन्न पदार्थहरु बनाउने लक्ष्यका साथ तिलोत्तमाको पहुनीमा परियोजना निर्माणको क्रममा छ । प्रदेशस्तरीय परियोजनाको उत्पादन असोजमा सुरु गर्ने लक्ष्यका साथ निर्माणको काम जारी रहेको छ । २ चरणमा सम्पन्न हुने परियोजनाको पहिलो चरणको काम दुधका विभिन्न उत्पादनहरु रहेको छ भने यो सम्पन्न भए पछि दुधको आयु लामो समय सम्म बढाउन सकिने युएचटी प्रविधि दोस्रो चरणमा परियोजनाले भित्र्याउनेछ ।
परियोजनाबारे लुम्बिनी विशिष्टकृत सहकारी संघका अध्यक्ष खगराज शर्माले सदस्यहरुलाई दुग्ध प्रसोधन परियोजनाबारे जानकारी र संभावना बारे अभिमुखीकरण गर्दै ५ वर्षमा लगानी उठ्ने विश्वास र लक्ष्यका साथ परियोजना अगाडि बढिरहेको बताए । हामीले सुरुमा दुधका उत्पादन र दुधको प्रसोधनको काम गरेपनि विस्तारै पशुफर्म, रिसर्च सेन्टर, उन्नत जातको गर्भधान। पशुको आहारा जस्ता कृषिसँग सम्बन्धित अन्यको पनि परिकल्पना गरेको बताए ।
आस्था विकास संस्थाका मुख्य प्रबन्धक लक्ष्मण थापाले सहकारीको कार्यविधी बारे जानकारी गराउदै व्यक्तिले संस्था मार्फत एक सदस्यले १ हजार देखि ५ लाख सम्म लगानी गर्न पाउने व्यवस्था रहेको बताए । उनले परियोजनाले दिएको लाभं सदस्यले पुर्ण रुपमा पाउने यसमा सहकारीले केही नराख्ने बताए । कार्यक्रममा ७९ जना सहभागिहरुबाट २० लाखभन्दा बढी लगानीको लिखित प्रतिबद्धता गर्नुको साथै घरपरिवार, आपÞmन्त सदस्यलाइपनि लगानीको लागि प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै संस्थाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा तथा चार वर्षिय व्यवसायिक रणनीतिक योजनाको तेस्रो आवधिक समीक्षा पनि गरेको छ । संस्थाको असारमसान्तसम्मको कुल ७६ करोड ३ लाखको वासलात रहेको पूंजीमा ७ करोड ६४ लाख सेयर पूंजी, ४६ करोड २७ लाख बचत निक्षेप, ५६ करोड ९५ लाख ऋण लगानी, सस्थागत पूंजी ४ करोड ६३ लाख र स्थिर सम्पत्ति २ करोड रहेको जानकारी दिएको छ । लक्ष्यको ८९ प्रतिशत प्रगति हासिल गरेको समिक्षा गर्दै करिब १ करोड ८२ लाख शुद्ध बचत (मुनाफा) गरेको विवरण सहितको प्रस्तुती मुख्य प्रवन्धक थापाले गरेका थिए ।

काठमाडौ, ३ भदौ ।
माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँड नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।
सो आईपीओमा प्रतिकित्ता २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। यसमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
काठमाडौ, ३ भदौ ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम एनआइसी एसिया क्यापिटलमार्फत् हुने भएको छ ।
अप्पर लोहोरेको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइसी एसिया क्यापिटलले गर्नेछ । यस कम्पनीले केही समयअघि मात्र आईपीओ जारी गरेको हो ।