काठमाडौ, ६ भदौ ।
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूह अन्तर्गतका छन् । बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन् ।
बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरुले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्स्याेरेन्सदेखि रियल सेक्टरका कम्पनीहरु थिए । गत वर्ष हाइड्रोपावर कम्पनीहरुले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो । धितोपत्र बोर्डका प्रवक्त मुक्ति नाथ श्रेष्ठले हाइड्रोपावर कम्पनीहरुले चाहिने कागजपत्र समयमा बुझाएकाले यिनीहरुको छिटो काम हुने गरेको बताउँछन् ।
उनले अरु कम्पनीहरुले आवश्यक कागज पत्र बुझाउन समय लगाउने गरेको बताए । त्यसैले यिनीहरुको प्रक्रिया ढिलो हुने गरेको उनको भनाई छ । त्यसो त, यो चालु आर्थिक वर्षको पहिलो महिना हो । अरुले पनि विस्तारै अनुमति पाउने छन् । यस अवधिसम्म सोनापुरले मात्र आइपीओ निष्कासनको अनुमति पाएको छ ।
स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूह अन्तर्गतका कम्पनीहरु छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् । जस अन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।
काठमाडौ, ६ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेडा १३०, टनेल गोलभेडा सानो ६३, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानिय प्रतिकेजी ८० , आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ । तीन दिन अघि १३० रूपैयाँ भाउ रकाे नेपाली गाेलभेडाकाे हिजाे १२० रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर ८०, मूला सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली १४०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०,शरीफा २५०, फूजी स्याउ ३५०, अम्बा १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० रुपैयाँ मा कारोबार भइरहेको छ ।
काठमाडौ, ६ भदौ ।
अपर तामाकोशी हाइड्रोपावरको आज बुधबार भदौ ६ गते वार्षिक साधारण सभा बस्दैछ ।
साे सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
नेपाल धितोपत्र बोर्डले अपर तामाकोशीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद बिक्री खुला गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत पुँजी संकलन गर्न लागेको हो । हकप्रद सेयरका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
यता, कम्पनीले सभा र हकप्रद निष्कासनका लागि साउन २६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, साउन २५ गतेसम्म कायम लगानीकर्ताले हकप्रद भर्न र सभामा भाग लिन सक्नेछन् ।
काठमाडौ, ६ भदौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४० पैसा र बिक्री दर १३३ रूपैयाँ ०० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ १४ पैसा र बिक्री दर १४४ रूपैयाँ ८० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ०१ पैसा र बिक्री दर १६९ रूपैयाँ ७७ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.७० रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९८ रुपैयाँ २७ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा काराेबार हुदाँ बुधवार दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९४ पैसामा काराेबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.७२ पैसा विक्रीदर ४३१.६६ पैसा कायम भएकाे छ ।
काठमाडौ, ६ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेडा १३०, टनेल गोलभेडा सानो ६३, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानिय प्रतिकेजी ८० , आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ । तीन दिन अघि १३० रूपैयाँ भाउ रकाे नेपाली गाेलभेडाकाे हिजाे १२० रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर ८०, मूला सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली १४०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०,शरीफा २५०, फूजी स्याउ ३५०, अम्बा १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० रुपैयाँ मा कारोबार भइरहेको छ ।
काठमाडौ, ५ भदौ ।
हिलटन हाइड्रो इनर्जी र स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएका छन् । जसमा हिलटन हाइड्रोको सभा भदौ २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, स्नो रिभर्स लिमिटेडको दोस्रो साधारण सभा भदौ २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा यस कम्पनीले पनि सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
काठमाडौ, ५ भदौ ।
अघिल्लो दिन १९ सयकै लाइनमा झरेको नेप्से मंगलबार पुनः २ हजारकै लाइनमा फर्किएको छ । यस दिन नेप्से सूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन २७७ कम्पनीको ६० लाख ३१ हजार कित्ता सेयर कारोबार भएको छ । २८ करोड ५९ लाख रुपैयाँसहित कारोबार रकममा कुमारी बैंकको संस्थापक सेयर परेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः युनाइटेड अजोड इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।
काठमाडौ, ५ भदौ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँ नोक्सान व्यहोर्नु परेको छ । यो कर तिर्नुभन्दा अघिको नोक्सान हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा नोक्सानी घटेको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानीमा केही कमी आएको हो ।
अघिल्लो वर्ष २४ करोड ४६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा गत वर्ष बढेर ३५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ४० रुपैयाँ ४१ पैसा छ । चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ । यसको जगेडा कोष ८७ करोड ९७ लाख रुपैयाँ ऋणात्मक छ ।
काठमाडौ, ५ भदौ ।
नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साेमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौ, ५ भदौ ।
प्रि ओपन सेसनमा नेप्से सूचक ०.१४ विन्दुले बढेको छ । यससँगै सूचक १९९८.१४ अंकमा आएको छ । ३ लाख ४८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ११ सय २४ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।