२०८३ बैशाख २६
२०८३ बैशाख २६

 

काठमाडौ, ८ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ५५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ८०, हरियो फर्सी ८०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ । एक सातामा ठुलाे गाेलभेडा झन्डै ६० रूपैया सस्ताे भएकाे छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५०, बन्दा लोकल ४५, गाँजर १००, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ९०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १६०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा १४०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १३०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो २००, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०, अम्बा १२०, जुनार ३००, तोफु ११०, पिंडालू ६०, तामा ९०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

 

काठमाडौ, ८ भदौ ।

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज भदौ ८ गते शुक्रबार अन्तिम दिन हो ।

 

लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ ७ गते सम्ममा १० लाख ९० हजार ९५३ जनाले १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १७.२३ गुणा बढी आवेदन हो ।

 

यस कम्पनीले भदौ ५ गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको हो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ । यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।

 

यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २% अर्थात १७ हजार १६२ कित्ता सेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो ।  सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ असार ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ वैशाख २२ गतेसम्म बाहल रहनेछ ।

 

काठमाडौ, ८ भदौ ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३९ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

 

दरम खोला हाइड्रोले बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं.११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य ८०% सम्पन्न भइसकेको कम्पनीले जनकारी गराएको छ ।

 

काठमाडौ, ८  भदौ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ कायम गरिएकाे छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ०९ पैसा र बिक्री दर १४३ रूपैयाँ ७४ पैसामा खरिदबिक्री हुनेछ ।

 

 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ ०० पैसा,  अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८१ पैसा कायम गरिएकाे छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९९ पैसा र बिक्रीदर  १० रूपैयाँ ३ पैसा कायम भएकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५१ रुपैयाँमा र कुवेती दिनार १ को खरिदमूल्य ४२७.५५ पैसा  विक्रीदर ४२९.५ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।

 

 

काठमाडौ, ७ भदौ ।

हिमालयन एभरेष्ट इन्स्याेरेन्सले ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ ।

 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

 

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

 

काठमाडौ, ७ भदौ ।

दिन सकारात्मक बनेको सेयर बजार तेस्रो दिन बिहीबार फेरि घटेको छ । यस दिन नेप्से सूचक ३१.५२ विन्दुले घटेर २०१३.९३ अंकमा आएर अडिएको छ । १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् ।

 

१९९० लाई टेवा दिएर फर्किएको बजार गति लिने अपेक्षाविपरीत  पुनः घटेको हो । यसबाट पुनः अनिश्चितता उत्पन्न भएको छ । अब बजारले कुन विन्दुमा पुगेर बाउन्स ब्याक हुन्छ भन्ने चासो पनि बढेको छ । लाभांशको सिजन नजिकिंदै गर्दा बजारको प्रदर्शन कमजोर देखिएको छ । घटेको बजारमा एक–दुई दिन क्रेता देखिए पनि तुरुन्तै ट्रेडरहरु हावी हुने प्रवृत्ति देखिएको छ ।

 

यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् ।

 

काठमाडौ, ७ भदौ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको थियो । मूल्य बढेसँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ ।

 

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो ।

 

यस्तै, बिहीबार १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो ।

 

काठमाडौ, ७ भदौ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ । यससँगै सूचक २०४५.८५ अंकमा आएको छ । १ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ४२२ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल २८ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, ७ भदौ ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूहअन्तर्गतका छन् । बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन् ।

बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरूले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्स्याेरेन्सदेखि रियल सेक्टरका कम्पनीहरू थिए ।

 

गत वर्ष हाइड्रोपावर कम्पनीहरूले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो ।

 

स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूहअन्तर्गतका कम्पनीहरू छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् । जसअन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

 

काठमाडौ, ७ भदौ ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १.२२ प्रतिशत रहेको एनपीएल अहिले बढेर २.६९ प्रतिशत पुगेको हो ।

रिपोर्ट अनुसार सबै बैंकहरुको एनपीएल बढेको छ । तर मर्जरमा गएका बैंकहरुको भने एनपीएल अत्याधिकमात्रामा बढेको देख्न सकिन्छ । सबैभन्दा धेरै एनपीएल कुमारी बैंकको रहेको छ । अघिल्लो वर्षको असारसम्म १.११ प्रतिशत रहेको यो दर अहिले बढेर ४.७७ प्रतिशत पुगेको हो । यो ३२९ प्रतिशतको वृद्धि हो ।

कुमारी र एनसीसी बैंक मर्ज भएर कुमारी बैंकको नाममा एकीकृत कारोबार भएको हो । यसको प्रोभिजन बापतको रकम पनि धेरै बढेको छ । जसले गर्दा यस बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएको छ ।  दोस्रोमा हिमालयन बैंकको एनपीएल धेरै छ । यसको उक्त दर ४.५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १.५९ प्रतिशत थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि निष्कृय कर्जा दर १.४९ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ ।

 

त्यस्तै, सेन्चुरीलाई गाभेको प्रभु बैंकको पनि एनपीएल १.८६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । मर्जर भएका बैंकहरुको नाम यो सूचीको शीर्ष स्थानमा रहेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था मजबुत बनाउने भनेर मर्जरको नीति लिएको थियो । तर अहिलेको अवस्था हेर्दा मर्ज भएका बैंकहरुको अवस्था झनै नाजूक देखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।