काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोहि मूल्यमा यसको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो १७ पैसाले घटेको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको थियो।
मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५४ पैसा कम हो । सोमबार यसको खरिद मूल्य १६४ रुपैयाँ २५ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ एक पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।
मंगलबार पनि युएई दिराम, साउदी अरेबियन र मलेसियन रिंगिटको कारोबार रकम स्थिर रहेको छ । लगातार दुईदिनदेखि यि मुद्राको कारोबार रकम स्थिर रहेको थियो ।
जसअनुसार मंगलबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ४२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६ पैसा तोकिएको छ।
काठमाडौं, १९ बैशाख । भारतवाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मुल्यको बिवरण दिएको छ ।
निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो ।
डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि निगमले स्वचालित बिद्यीवाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।
काठमाडौ, १८ वैशाख ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ, अमला ९० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, लेकल घिउ सिमी ३५ रुपैयाँ, घिरौला ५० रुपैयाँ, चमसूरको साग १२० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ८० रुपैयाँ, न्यूरो ७० रुपैया, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १२० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २०० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौं, १८ वैशाख
सेयर बजार सोमबार बन्द रहने भएको छ।
वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।
अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ।
यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८०मा काठमाडौं महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको छ । महानरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, खर्च हुन नसक्ने देखेपछि महानगरपालिकाले २२ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।
संशोधित अनुमानअनुसार साउन यता ९ महिनाको कुल खर्च जम्मा २४ दशमलव १४ प्रतिशत मात्रै भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चैतसम्ममा ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गर्न भएको छ । महानगरपालिकाले अझै १७ अर्ब ९ करोड २८ लाख रुपैयाँ खर्च गर्न बाँकी छ ।
गत आर्थिक वर्ष २०७८/०७९को पहिलो ९ महिनामा महानगरले ३० दशमलव ३४ प्रतिशत खर्च गरिसकेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अन्तिम बजेट रुपमा आएको १८ अर्ब १५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।
पछि उनले संशोधन गराएर १६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँमा झारेका थिए । गत वर्ष चैत मसान्तसम्म ५ अर्ब १ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो । ४३ करोड रुपैयाँको खर्च रकम भने केही बढेपनि चालु आवको बजेटको तुलनामा ९ महिनामा महागरको खर्चदर ६ प्रतिशतले कम छ ।
शिक्षामा बाहेक अन्यमा छैन प्रगति
काठमाडौं महानगरपालिकाले ५ वटा क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको थियो । जसमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाहेक अन्य खर्चहरु न्यून देखिएका छन् । प्रशासनिक खर्चमा काठमाडौं महानगरपालिकाले ३ अर्ब ५३ करोड ८१ लाख छुट्याएकोमा १ अर्ब ८८ करोड ५० लाख खर्च गरेको हो, जुन विनियोजनको ५३ दशमलव २८ प्रतिशत हो ।
आर्थिक विकासको क्षेत्रमा महानगरले राखेको २२ करोड ९२ लाख रुपैयाँमध्ये १ करोड ७१ लाख रुपैयाँ अर्थात ७.४७ प्रतिशत मात्रै खर्च गरेको छ । सामाजिक विकासतर्फ ३ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ कुल बजेटमध्ये ३५.५१ प्रतिशत अर्थात् १ अर्ब ३० करोड रुपैयाँ, ८७ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
सबैभन्दा धेरै बजेट भएको पूर्वाधार विकास क्षेत्रतर्फ खर्च भने १५ प्रतिशत मात्रै भएको छ । पूर्वाधार विकास १३ अर्ब ६ करोड ८४ लाख रुपैयाँमध्ये १ अर्ब ९८ करोड ३० लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ पनि महानगरको खर्च न्यून रहेको छ । यो क्षेत्रमा महानगरले २ अर्ब १ करोड १६ लाख छुट्याएकोमा २४ करोड ६६ लाख ३४ रुपैयाँ हजार अर्थात् १२.२६ प्रतिशत मात्रै खर्च गरेको हो ।
काठमाडौंले सबैभन्दा धेरै खर्च चालु आवमा सामाजिक विकासको क्षेत्रगत बजेट अन्तर्गत शिक्षामा गरेको छ । शिक्षातर्फ १ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ बजेट रहेकोमा १ अर्ब ८ करोड २१ लाख खर्च गरेको छ । जुन विनियोजित रकमको ६० दशमलव ५९ प्रतिशत हो ।
३ शीर्षकमा शून्य खर्च
आगामी आर्थिक वर्षको बजेटको लागि तयारी सुरु गर्ने समय भइसक्दा पनि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ३ वटा शीर्षकमा अझै खर्च गर्न सकेको छैन । जलस्रोत र सिँचाइको लागि छुट्याएको ८ लाखमध्ये एक लाख रुपैयाँ पनि खर्च गर्न सकेको छैन । यस्तै वन शीर्षकमा छुट्याएको १० लाख पनि महानगरले चलाउन सकेको छैन ।
यस्तै प्रशासनिक सुशासनको लागि छुट्याएको ७५ लाख पनि महानगरले एक रुपैयाँ पनि खर्च गर्न नसकेको हो । यस्तै काठमाडौंको २ वटा शिर्षकमा एक प्रतिशत भन्दा कम खर्च गरेको छ । विज्ञान प्रविधिको लागि छुट्याएको बजेटमा ०.२१ प्रतिशत मात्रै खर्च गरेको छ भने सामाजिक सुरक्षा तथा संरक्षणमा ०.७८ प्रतिशत मात्रै खर्च गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरका वित्त विभागका निर्देशक बुद्धरत्न मानन्धरले धेरै योजनाहरुको बजेट भुक्तानी पाइपलाइनमै रहेकोले खर्च प्रतिशत कम देखिएको बताए । ‘अघिल्लो वर्षको तुलनामा खर्च प्रतिशत कम भएपनि भुक्तानी हुँदा असारसम्म बढ्ने छ, यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्च प्रतिशत बढ्दैछ,’ उनले भने ।
काठमाडौं, १२ वैशाख । सरकारले सवारी चालक अनुमतिपत्र पाँच् वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्ने प्रावधानलाई बढाएर १० वर्षमा गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।
नवीकरण पाँच वर्षमा छिटो हुने भएकोले यसलाई १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएको मन्त्री ज्वालाले बताए । यसले नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत चाप कम हुने मन्त्री ज्वालाको अपेक्षा छ ।
काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ मंगलबार २९ पैसाले घटेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार घटेको हो। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो १० पैसाले घटेको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ एक पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको थियो।
मंगलबार बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३३ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसाले घटेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा कायम गरिएको छ ।
यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
मंगलबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा, र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८० पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४६ पैसा तोकिएको छ।
काठमाडौं, ११ वैशाख । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आजदेखि आईपिओ बिक्री खुला गरेको छ ।
कम्पनीले दुईचरण गरि आईपिओ निष्काशन गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र दोस्रो चरणमा सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।
स्थानीय बासिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आईपिओ जारी गरेको हो । जसअनुसार यस कम्पनीले १०० अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।
यस आईपिओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ अर्थात साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ अर्थात साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ७३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको सेयर नेपाल वैदेशिक रोजगारिमा रहेका नेपालीहरुका लागि उक्त आईपिओ निष्कासन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अंकित दरले ७३ हजार ८७५ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।
यस आईपिओमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले वैशाख २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख २५ गतेभित्र आवेदन दिनु पर्ने हुन्छ ।
स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च स्तरको जोखिम रहेको संकेत गर्छ ।
काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको छ । यसअघि आइतबार ९ पैसाले घटेको अमेरिकी डलरको कारोबार सोमबार स्थिर रहेको हाे । सोमबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको कारोबार सोहि मूल्यमा भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो ५१ पैसाले बढेको छ । सोमबार युरो एकको खरिददर १४४ रुपैयाँ एक पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १६ पैसा कायम गरिएको थियो।
सोमबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७८ पैसाले बढेको हो । आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ २४ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रुपैयाँ २३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा कायम गरिएको छ ।
यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।
सोमबार साउदी अरेबियन र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ। आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ । यसअघि आइतबार पनि यि दुवैको कारोबार सोहि मूल्यमा भएको थियो ।
उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २७ पैसा तोकिएको छ।
काठमाडौ, ११ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १३० रुपैयाँ, रातो आलु ३३ रुपैया, सेतो आलु २५ रुपैयाँ रहेको छ भने स्थानीय काउली १५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरीलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ६० रुपैयाँ, घिरौला २५ रुपैयाँ, चमसूरको साग ७० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ६० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो ३५ रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १९० रुपैयाँ, लौका १५ रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।