काठमाडौ, १२ जेठ ।
समिट लघुवित्त वित्तीय संस्थाको चौधौँ वार्षिक साधारणसभा स्थगित भएको छ । समिटले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ ।
कम्पनीले साधारणसभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो । सभा स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।यसअघि लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो ।
सभामा गत वर्षको नाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोजको मिति तय गरेको थियो ।
काठमाडौ, १२ जेष्ठ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०, मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी ३००,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, कागती १८० रुपैयाँ,चमसूरको साग रू ११०, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार २५० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा (रहु) ३३०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
काठमाडौ, १२ जेष्ठ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिनिमय दर सार्बजनिक गरेकाे छ ।
जसअनुसार बिहिवारको तुलनामा शुक्रबार अमेरिकी डलरकाे बिनिमयदरमा केही गिरावट आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.९८ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ ।
साथै, साउथ कोरियन वन १०० को खरिददर ९.९५ रुपैयाँ छ भने बिक्री दर १० रुपैयाँ छ भने क्यानेडियन १ को खरिददर ९७.१३ र बिकी दर ९८.५७ रहेको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडाैं, ११ जेठ ।
नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ। बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएकाे थियाे । बिहीबार तेजाबी सुन प्रतिताेला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौ, ११ जेष्ठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिददर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिददर १४१ रूपैयाँ ८८ पैसा र बिक्री दर १४२ रूपैयाँ ५३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रूपैयाँ ३१ पैसा र बिक्री दर १६४ रूपैयाँ ०५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
काठमाडौ, ८ जेष्ठ ।
रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।
साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।
काठमाडौ, ८ जेष्ठ ।
नेपाल राष्ट्र बैंकले आजको बिनिमय दर सार्वजनिक गरेको छ।
जसअनुुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५६ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२२ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६४.९८ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.१७ रुपैयाँ रहेको छ ।
यसैगरी, साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३५ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २९.०८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२१ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १९ पैसा छ, बिक्री दर ३५ रुपैयाँ ३५ पैसा छ भने मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २१ पैसा छ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
काठमाडौ, ७ जेठ ।
साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला सुनको मुल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबा भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौ, ७ जेठ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ ।
२ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।
काठमाडौ, ५ जेष्ठ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ८७ पैसा र बिक्री दर १३२ रूपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७९ पैसा र बिक्री दर १६४ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३२ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २० पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।