काठमाडौ, २६ साउन ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तको खुद नाफा ६२.८४% ले घटेर ७६ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याँज आम्दानी १६.५६% ले घटेर १९ करोड ७ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ ।
साथै, सञ्चालन नाफा ७७.७२% ले घटेर १ करोड ९ लाख २८ हजार रुपैयाँमा आएको छ । खुद नाफासँगै प्रति सेयर आम्दानी पनि ५ रुपैयाँ ६५ पैसाले घटेर ३ रुपैयाँ ३४ पैसामा आएको छ । प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ २६ पैसा छ ।
काठमाडौ, २६ साउन ।
माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले असार २८ गतेदेखि स्थानीय बासिन्दालाई प्रिमियम भाउमा आइपीओ निष्कासन गरेको हो । यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २% अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ ।
जसअनुसार १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आइपीओ बिक्रीमा ल्याएको हो । उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ तथा इन्द्र सरोवर गाउँपालिकाको वडा नं ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
काठमाडौ, २६ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ५०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ५४, लौका ५०, हरियो फर्सी ७०, घिरौला ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ५०, भन्टा डल्लो ६०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ४०, ब्रोकाउली ७०, कागती १३० रुपैयाँ, भिण्डी ४०, पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप २००, लप्सी ६०, हरियो धनिया १५०, लसुन हरियो १२०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रुख कटहर ३५, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौ, २६ साउन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार घोराही सिमेन्ट कम्पनी, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ ।
घोराही सिमेन्टको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ ।
घोराहीको सेयर कारोबारका लागि नेप्सेले ‘जीसीआइएल’ संकेत दिएको छ ।
यस्तै, थ्रीस्टार हाइड्रोपावरको पनि कुल ४९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८५.६५ रुपैयाँदेखि २५६.९५ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘टीएसएचएल’ संकेत दिएको छ ।
उता, अप्पर स्याङ्गे हाइड्रोपावरको पनि कुल २२ लाख कित्ता सेयर बिहीबार सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८४.५४ रुपैयाँदेखि २५३.६२ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘युएसएचएल’ संकेत दिएको छ । यी ३ वटै कम्पनीको सेयर कारोबार आइतबारदेखि सुरु हुनेछ । तोकिएको ओपनिङ रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । पहिलो कारोबार मूल्यलाई आधार मानेर नियमित कारोबार सुरु हुनेछ ।
काठमाडौ, २६ साउन ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा कायम गरिएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, दक्षिण काेरियाली वन १०० को खरिदमा १० रूपैयाँ ७ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३६ रुपैयाँ कायम गरिदिएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१ रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ ।
काठमाडौ, २५ साउन ।
नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद मूल्य १३२ रुपैयाँ २१ पैसा रहेको छ भने विक्रीदर मूल्य १३२ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, युरो १ को १४५ रुपैयाँ १० पैसामा काराेबार हुनेछ ।
हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको थियो।
बेलायती पाउण्ड स्ट्रलिङ १६८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैया ४५ पैसा र क्यानेडियन डलर ९८ रुपैयाँ ४७ पैसामा काराेबार हुदाँ सिंगापुर डलर ९८ रुपैयाँ २६ पैसामा खरिदबिक्री हुनेछ ।
जापानी येन आज १० को ९ रुपैयाँ २२ पैसामा काराेबार हुदाँ चाइनिज युआन १८ रुपैयाँ ३५ पैसा कायम गरिएकाे छ ।
उता खाडी क्षेत्रका मुलुकहरुमा कतारी रियाल खरिद मूल्य १ को ३६ रुपैयाँ ३० पैसा, साउदी रियालकाे ३५ रुपैयाँ २४ पैसा, युएइ दिराम ३६ रुपैयाँ, मेलसियन रिङगेट भने २८ रुपैयाँ ९२ पैसा कायम हुदाँ कुवेती दिनार ४२९ रुपैयाँ ८३ पैसा र बहराइन दिनार ३५० रुपैयाँ ७१ पैसामा काराेबार गर्न सकिनेछ ।
काठमाडौ, २४ साउन ।
सन नेपाल लाइफ इन्स्याेरेन्सले ३२ साउनदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गर्ने भएको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ ।
यसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले यसमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा १४ भदौसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
काठमाडौ, २३ साउन ।
हिमालयन क्यापिटलले ३२ साउनदेखि बन्दमुखि म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ निष्कासन गर्ने भएको छ । क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्न लागेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।
यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ ।
काठमाडौ, २४ साउन ।
प्रि-ओपन सेसनमा नेप्से सूचक १.१३ विन्दुले घटेको छ । यससँगै सूचक २०१८.७२ अंकमा आएर अडिएको छ । १६ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१२ कम्पनीको ३२ सय ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० पटक सेयर कारोबार भएको छ । ५ कम्पनीको भाउ बढ्दा ५ वटैको भने घटेको छ । कारोबार भएका बाँकी कम्पनीको मूल्य भने स्थिर रहेका छन् ।
काठमाडौ, २४ साउन ।
सुनको भाउ लगातार तीनदिन घटेको छ । यो तीनदिनमा सुनको भाउ भने ५०० रुपैयाँले घट्न पुगेको छ । जसमा सोमबार, मंगलबार सुनको भाउ क्रमशः १०० र ३०० रुपैयाँले घटेको थियो । त्यसैगरी बुधबार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।