२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

काठमाडौं, १३ कात्तिक ।

प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढेको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८१ अंक बढेर १८७६.४७ विन्दुमा पुगेको छ।

 

अघिल्लो कारोबार दिन आइतबार २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा बन्द भएको नेप्से सोमबार प्रि–ओपन सेसनमा ०.८१ अंकले बढेको हो ।

सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको यो सेसनमा १२ स्टकको ५४ हजार ९६२ रुपैयाँ ५० पैसाबराबरको ५४६ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ ।

काठमाडौं, १२ कात्तिक ।

दशैं बिदापछि खुलेको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १० दिनपछि खुलेको पहिलो दिन आइतबार सेयर बजार २८.१८ अंकले ओरालो लागेको हो ।

यसदिन नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा पुगेर बन्द भएको छ । २७ लाख १२ हजार १२३ कित्ता सेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी ४ करोड ८ लाख ५६ हजार रुपैयाँको काराबारका साथ शीर्ष स्थानमा रहँदा कारोबारको पहिलो दिन नै सोनपुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरमा नकारात्मक सकिर्ट लगेको छ ।

काठमाडौं, १२ कात्तिक ।

चालु साताको पहिलो कारोबार दिन आइतबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो साताको अन्तिम  कारोबार दिन दशैं बिदा अघिको बिहीबार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा बन्द भएको नेप्से आइतबार प्रि-ओपन सेसनमा ०.२५ अंक घटेर १९०३.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १० स्टकको २ लाख ६८ हजार ९०७ रुपैयाँबराबरको १ हजार २५५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

काठमाडौं, १२ कार्तिक ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

 

जस अनुसार भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसामा कारोबार हुदाँ युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा कायम हुदाँ अष्ट्रेलियन डलर एकको खरिददर ८४.४७ पैसा तथा बिक्रि दर ८४.८५ रुपैयाँ र क्यानेडियन डलर एकको खरिददर ९६.३१ रुपैयाँ र बिक्री दर ९६.७५ रुपैयाँ कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ८ं.८६ तथा बिक्रि दर ८.९० रुपैयाँ कायम हुदाँ सिंगापुर डलर १ को खरिददर ९७.०५ रुपैयाँ तथा बिक्रि दर ९७.४९ रुपैयामा कारोबार हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ .४४ रूपैयाँ र बिक्री दर ३६.६० रूपैयाँ कायम गरेको जनाएको राष्ट्र बैंकले युएई दिराम एकको खरिद दर ३६.१८ तथा बिक्रिी दर ३ट.३५ रुपैयाँमा खरिदबिक्रीका लागि अनुमति दिएको छ ।

काठमाडौं, ११ कार्तिक ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा तथा युरोपियन युरो १ को खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा कायम गराएको जानकारी दिएको छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसाले भाउ पाउँदा अष्ट्रेलियन डलर १ को खरिददर ८४.४ पैसा तथा क्यानेडियन डलर १ को खरिददर ९६.३१ पैसा तथा बिक्रिदर ९६.७५ पैसा कायम गरेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

हेमन्त केसी,सुर्खेत, २ कात्तिक ।

भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८.६ प्रतिशत जनसंख्यमा आधारभूत खानेपानीको पहुँच पुगेको छ। जलस्रोत तथा उर्जा विकास मन्त्रालयले उपलब्ध गराएको डाटा अनुसार कर्णालीको ३ लाख ६६ हजार ०३७ परिवार मध्य ३५.६ प्रतिशत परिवारले घर परिसर भित्र, बाहिर धारा जडान गरि पानी खाइरहेका छन्।

४४.४ जनसंख्यले पाइपबाट घर परिसर बाहिर धाराको पानी खाइरहेको मन्त्रालयले जनाएको छ। ०४ प्रतिशत परिवारले ट्युवेलको पानी खाने गरेको समेत तथ्यांकमा उल्लेख छ। २.१ प्रतिशत नागरिकले इनारबाट , ०.१ ले जारको पानी, खुल्ला इनार र कुवाको पानी प्रयोग गर्ने घर धुरी संख्या २.५ प्रतिशत, २.१ प्रतिशतले खोलाको पानी प्रयोग गरिरहरको समेत योजना महाशाखा सिडिइ गोपाल शर्माले बताए। २०१९ को डाटा अनुसार कर्णालीमा ३.५ प्रतिशत जनसंख्यलाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ।

कुन जिल्लामा कतिले कस्तो पानी पिउँछन्?

सन् २०२१ को तथ्याङ्क अनुसार ३ लाख ६६ हजार ०३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत परिसरभित्र पानी पिउने घरधुरीको संख्या १ लाख ३० हजार ४६५ परिवार रहेको छ। धारा, पाइपमार्फत परिसर बाहिर १ लाख ६२ हजार ६१९ जनाले पानी खाइरहेका छन्। १हजार ६३५ घरधुरीले ट्युवेलमार्फत पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको डाटामा उल्लेख छ।

राम्रोसँग ढाँकिएको कुवामार्फत पानी पिउने परिवारको संख्यामा ७ हजार ५७३ रहेको छ। ९ हजार २१० परिवारले खुल्ला रूपमा रहेको राम्रो कुवाको पानी खाने गरेको मन्त्रालयले जनाएको छ। ४८ हजार ६९९  जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ। ४ हजार २७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ। जार र बोतलमा पानी पिउनेको संख्य ४८० घरघुरी रहेको छ । त्यस्तै अन्यमा १ हजार ८० घरधुरी रहेको छ।

डोल्पामा ९ हजार ३८० घरधुरीमा ३ हजार ११७ घरधुरीले घर भित्र धारा बनाएर पानी खाइरहेको पाइएको छ भने, ४ हजार २५२ घरधुरीले घर बाहिर परिसरमा धारा बनाएर पानी खाइरहेको तथ्यांकमा उल्लेख छ। राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुल्ला कुवाको पानी १९२ घरधुरी, १ हजार ४१३  घरधुरीलाई थोपा पानी, ३६३ घरमा खोलाको पानी र अन्यबाट ११ घरधुरीले पानी डोल्पामा खाइरहेको मन्त्रालयले जनाएको छ। १२ हजार ४३० घरधुरी रहेको मुगुमा २ हजार १०४ घरधुरीले घर मित्र पानी खाइरहेका छन् भने घर बाहिरको धारामा ५ हजार ६७५ घरले पानी खाएको उल्लेख छ। राम्रो सँग ढाकिएको कुवाको पानी ३ परिवारका र खुल्ला कुवाको पानी ४३ घरले, थोपा पानी ४ हजार २४३ घरधुरीले, ३५० घरले खोलाको पानी, जार बोतलको १, अन्य ११  परिबारले पानी प्रयोग गरिरहेको पाइएको छ।

हुम्लामा ११ हजार २०४ घरधुरीमा २ हजार २२३ घरधुरीले घरभित्र पाइप मार्फत पानी प्रयोग गर्दछन् भने घर बाहिर परिसरमा ७ हजार १५७ घरले पानी प्रयोग गरिरहेका छन्। त्यस्तै २ घरले ट्युवेल, ढाकिएको कुवाको पानी २ घर, राम्रोसँग ढाकिएको  कुवाको पानी ३, खुल्ला कुवाको पानी २०, थापाको पानी १ हजार ५५५, नदी र खोलाको पानी ८५ परिबार, १५९ परिवारले अन्य स्रोतबाट पानी पिउँछन्। जुम्लामा २४ हजार ४२२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको संख्य ९ हजार ८८६ रहेको छ । १० हजार ३३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ । ढाकिएको कुवाको पानी १५ परिवार र खुल्ला कुवाको पानी ४४ घरले पिउने गरेका छन्। थोपाको पानी ३८ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन्। नदी खोलाको २१४ घरले पानी पिउछन्। अन्य ६० परिवारले बिभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विकले बताइन्।

कालिकोटमा २६ हजार ७२० घरधुरी मध्य ६ हजार २९३ घरधुरीले घर भित्र नै पानी पिउने गरेको छन भने परिसर बाहिरका १३ हजार ५९५ घरधुरीले पानी प्रयोग गर्दछन्। टयुववेलको पानी १ घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी २३७ घर, थोपाको पानी ६३६० घरधुरी, २२५ घरले नदी खोलाको पानी, अन्य १६ र जारको पानी १ घरले पिउने गरेका पाइएको छ।

५४ हजार ५९४ घर भएको दैलेखमा १८ हजार ६७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार ८०३ घरधुरीले पानी प्रयोग गर्दछन्। ५३१ घरधुरीले ढाकिएको कुवाको पानी र खुल्ला कुवाको पानी १२५४ घरघुरीले पानी पिउँछन्। ८ हजार ९३१ घरधुरीले थापाको पानी प्रयोग गरिरहेका छन्। नदी खोलाको पानी ३०० घरधुरीले, अन्य माध्यमबाट ७५ र जार बोतलको २१ घरधुरी रहेका छन्।

जाजरकोटमा ३७ हजार ४५३ घरधुरी मध्य १३ हजार १५४ घरधुरीले घर भित्र नै पानी प्रयोग गरिरहेका छन् भने घरको परिसर बाहिर १८ हजार ३१२ घर, बन्दकुवाको पानी ६४, खुल्ला कुवाको पानी ३८२, थोपा पानी ५०४४, ३५३ परिवारले खोलाको, २१ परिबारले जार, १२३ परिवारले बिभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको  खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए। ३७ हजार २९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार १५७ घरघुरीले घर भित्र नै पानी प्रयोग गरिरहेकोमा घर बाहिर परिसरमा १८ हजार ९८६ परिवार रहेका छन्। १९ ढाकिएको कुवामा र २९९ परिवारले खुल्ला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ।  त्यस्तै २ हजार ६०८ परिवारले थोपाको पानी र १९५ परिवारले खोलाको पानी, जारको पानी ८ परिवार र अन्य १८ परिवारले बिभिन्न स्रोतबाट पानी पिउने गरेका छन्।

५४ हजार ६७२ घरधुरी रहेको सल्यानमा घर भित्र पानी पिउनेको संख्या २० हजार २८ रहेकोमा घरबाहिर परिसरबाट पानी ल्याउने परिवारको संख्या २६ हजार ५० रहेको छ। त्यस्तै ६९८ परिवारले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी १ हजार ६९७ परिवार , थोपा पानी ५ हजार ३८८ परिवार रहेको छ । ७२३ परिवारले खोलाको, ६ परिवारले जार र अन्य स्रोतबाट पानी पिउनेको संख्या ८२ रहेको छ।

प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार ८२२ घरध्री रहेकोमा घरभित्र पानी पिउनेको संख्या ३९ हजार ७७० रहेकोमा घर बाहिर परिसरमा पानी प्रयोग गर्नेको संख्या ३३ हजार ७६० रहेको छ। त्यस्तै १ हजार ६३२ परिवारले टयुववेलको पानी प्रयोग गर्दछन्। ६ हजार १८० घरधुरीले ढाकिएको कुवाबाट, खुल्ला कुवाबाट ५ हजार ८२ घर, ९ हजार २८३ घरले थोपा पानी, नदी खोलाको पानी पिउनेको संख्या १ हजार ४६८ परिवार, ४२२ परिवारले जार, अन्य स्रोतबाट पानी पिउनेको संख्या ५२५ रहेको छ। न्युज कारखाना

काठमाडौं, २ असोज ।

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयरसहित २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट ४ लाख ८७ हजार ९१० कित्ता सेयर बाँकी रहेको थियो ।

 

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

काठमाडौं, २ कात्तिक ।

चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढेर बन्द भएको छ । प्रि–ओपन सेसनमा १९०८.६६ विन्दुमा पुगेको बन्द हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक बढेको छ।

 

बिहीबार प्रि–ओपन सेसनमा ११ स्टकको २०० कित्ता सेयर किनबेच हुँदा १ लाख १ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

काठमाडौं।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

 

राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसामा कारोबारको अनुमति दिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसाले भाउँ पाउँदा क्यानेडियन डलर १ को खरिददर ९७ रूपैयाँ ९२ पैसा तथा बिक्रीदर ९७ रूपैयाँ ९६ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिद दर ८४ रूपैयाँ ५२ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल १ को ३५ रूपैयाँ ४४ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।

हेमन्त केसी,सुर्खेत, १ कार्तिक ।

छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानविन गर्न बनेको समिति बुझाएको प्रतिबेदनमा २३ लाख रकम फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ ।

पटक-पटक खाजा प्रकरणको समाचार प्रकाशित भएपछि कार्यपालिकाको बैठकले बनाएको छानमिन समितिले २३ लाख ५८ हजार ४४५ रुयैयाँ रकम हिनामिना भएको निष्कर्स निकालेको हो।

 

कार्यकापालिकाको बैठक र नगरसभा जनप्रतिनिधिले खाजा र खानामा झण्डै ४२ लाख खर्च गरेको समाचार प्रकाशित भएको थियो। उक्त समाचार प्रकाशित भएपछि छानमिन समिति गठन गरिएको थियो। एक वर्ष अवधिमा (२०७९ जेठ देखि हाल २०८० जेठ ) जम्मा १६ वटा कार्यपालिकाको बैठक र २ वटा नगरसभा बसेको थियो।

उक्त बैठकमा जनप्रतिनिधिले उक्त रकमको खाजा , नास्ता खाए भनि नगरपालिकाको लेखाशाखाबाट फिर्जी बिल प्रयोग गरि ३० लाख ४८ हजार ४६५ रुपैयाँ होटललाई भुक्तानी दिइसकेको निष्कर्ष निकालेको छ।  खाजा नास्ताको बिल भन्दा बढी अर्थात २३ लाख ५८  हजार ४४५ रकम झुटा बिल प्रयोग गरेर लेखा शाखाबाट रकम भुक्तानी भएको पाइएको हो।

छानमिनको क्रम्मा कार्यपालिकाका १५ बैठक , २ वटा नगरसभा , भू उपयोगको बैठक २ वटा , जनप्रतिनिधिको बिदाई र स्वागत कार्यक्रम १ वटा , कर्मचारीको परीक्षा सञ्चालन समितिको १ वटा कार्यक्रमको रकम खर्च भुक्तानी भएको छ। प्रतिबेदनमा कर्मचारीले नै खाना र खाजाको रकम अनियमितता गरेको उल्लेख गरिएको छ।

त्यस्तै ११ लाख ४२ हजार १४५  हजार रुपैयाँको अर्को बिल बाँकी  रहेको भन्दै  प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले तोक आदेश गरेर लेखामा पठाएका थिए । उक्त रकम मध्यबाट बास्तविक रकम भुक्तानी गर्नुपर्ने ६८ हजार ५६० रुपैया मात्र भएको  कार्यपालिकाले औल्याएको छानमिन समितिका संयोजक प्रेम खत्रीले जानकारी दिए।

भुक्तानी भएको पहिलो बिल ३० लाख ४८ हजार ४६५ मध्यबाट खाजा , नास्ताको जम्मा ६ लाख ९ हजार २० रुपैया मात्र बास्तविक बिल भएको कार्यपालिकाले निस्कर्ष निकालेको छ। लेखाशाखा र प्रमुख प्रशासकीय अधिकृतसँगै होटल व्यवसायीको मिलेमत्तोमा भारी रकम बदमासी गरेको कार्यपालिकाले नै औल्याएपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले सो रकम फिर्ता गर्छु भनेपनि हाल सम्म रकम फिर्ता नगरेको संयोजक खत्रीले बताए। कार्यपालिकाको बैठकमा आएर फर्जी बिल बनाएको कुरा स्वीकार गर्दै उक्त रकम फिर्ता गर्छु भनि असोज २४ गते सम्म समय दिइएपनि रकम नगरपालिकाको खातामा जम्म नभएको उनले बताए।

रोकाय सम्पर्कमा समेत नआएको उनले बताए । यत्ता कार्यपालिकाको मिति २०८० असोज २५ गते बसेको कार्यपालिकाको बैठकले भदौ ३० गते पेश छेडागाड नगरपालिकाको खाजा नास्ता प्रतिबेदन २०८० पटक ,पटक छलफल गरिएको, असोज २५ गते लिखित स्पस्टीकरण  मागिएको सो स्पष्टिकरण नआएकोले प्रतिबेदनको राय, सुझाव अनुरुप आलेप र मलेपको परामर्शबाट एकीन गरी सम्वन्धित पक्षबाट असुल उपर गर्ने निर्णय गरेको छ।

त्यस्तै झुटा ,फर्जी बिल पेश गर्ने होटल ,पसल व्यवसायीलाई कार्यपालिकाको कार्यालयले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उक्त स्ष्पटीकरण चित्त बुझदो नआए अन्य कारबाहीको लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको खत्रीले बताए। न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।