२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

भक्तपुर, १६ कार्तिक ।

भक्तपुरका इटा उद्योगीहरुले सरकारसँग कर्जाको किस्ता र ब्याँज बुझाउने अवधि बृद्धिको माग राखेका छन् ।

 

भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरवार काठमाडौंसमक्ष उनीहरुले उक्त माग राखेका हुन् । त्यसका लागि उनीहरुले बुधबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
भौतिक संरचना निर्माणको लागि आबश्यक सामग्रीहरुमध्ये ईटा प्रमुख वस्तुमा पर्दछ, ज्ञापनपत्रमा भनिएको छ, देशभर उत्पादित ईटाले यसको माग परिपूर्ति गर्दै आएको छ । यसले ईटा आयात गर्नुपर्ने अवस्था रहेको छैन ।


ईटा उद्योग सुख्खा याममा संचालन हुने र गरीवीको रेखामुनी रहेका जनताहरुलाई रोजगार दिने खुला आकाश मुनी सञ्चालन हुने मौसमी उद्योग भएको भन्दै यस उद्योग सञ्चालनको समयमा बेमौसमी वर्षाले ठूलो परिमाणमा काँचो ईटा नष्ट हुन गइ लगानी डुब्न जाने र कामदारहरुलाई पेश्की बाँड्नु पर्ने भएकोले लगानी जोखिम उद्योगको रुपमा पनि लिइने उनीहरुको भनाई छ ।

२०७६ सालको कोभिड १९ संक्रमणको समयदेखि नै ईटा उद्योग संचालनको अवस्था दयनीय रहेको, २०७७ सालमा पनि काभेडिको संक्रमणको अवस्था यथावत जस्तै रहेकोले सो बर्ष पनि पर्याप्त कामदारहरु नआएको उनीहरुको जानकारी गराए । यसले भक्तपुर जिल्लामा संचालित ईटा उद्योगहरु पूर्ण रुपमा बन्द रहेको उनीहरुले जनाए ।


‘आ.व. २०७८-७९ र २०७९-८० सम्म पनि जिल्लामा रहेका ईटा उद्योगहरुमध्ये ६०-७० प्रतिशत मात्र ईटा उद्योगहरु संचालनमा आएका र त्यसरी संचालित ईटा उद्योगहरुले पनि ५०-६० प्रतिशत अर्थात् २-३ राउण्ड मात्र ईटा उत्पादन गरी उद्योग बन्द गर्नुपरेको थियो,’ ज्ञापनपत्रमा भनिएको छ,  यसरी ईटा उद्योगहरु संचालनको संख्यामा ¥हास आउनु र ईटा उद्योग संचालनमा नैराश्यता छाउनुमा कोइलाको मूल्यबृद्धि हुनु, कोइला खरिद गर्दा अग्रीम रकम पठाउनुपर्ने प्रावधान हो ।

यसले गर्दा गुणस्त्तरिय कोइला आपूर्ति नभएको र उद्योगीहरुमा वित्तीय संकटका कारण बिषम परिस्थिति सृजना हुन गएकोले यस आर्थिक संकटको अवस्थालाई मनन गरी ईटा उद्योगीहरुलाई पर्न गएको वित्तीय संकटलाई सम्वोधनको लागि पहल हुन मन्त्री समक्ष हार्दिक अनुरोध गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुवाट ऋण लगानी, पुर्नकर्जा लगानी हुन नसकेकोले उद्योगी व्यवसायी एवम् आम सर्वसाधारणले सहज तरिकाले कर्जा पाउन नसक्दा र विगतको कोभिड महामारीको असर तथा रसिया युक्रेन युद्धका कारणले व्यापार व्यवसायमा हास आउँदा भौतिक संरचना निर्माणको गति प्राय ठप्प हुन गइ निर्माण सामग्रीहरुको माग न्यून अवस्थामा रहेकोले विगत २-३ वर्ष अगाडिबाट उत्पादित ईटा समेत विक्रीवितरण हुन नसकी उद्योग परिसरमा नै ठूलो परिमाणमा ईटा स्टक रहंदा ईटा उद्योगी व्यवसायीहरुमा चरम वित्तीय संकट सृजना भएको उनीहरुले बताए । यस्तो अवस्थामा उद्योगीहरुले वैंक तथा वित्तीय संस्थावाट लिएको ऋणको किस्ता र व्याज तोकिएको भाखामा नै बुझाउन नसकेको यथार्थता रहेको पीडा उनीहरुले पोखेका छन् ।


एकातर्फ निर्माण कार्य गरे वापत व्यवसायीहरुले समयमा नै भुक्तानी पाउन नसक्दा यसको प्रत्यक्ष असर ईटा उद्योगहरुमा पर्न गएको छ भने अर्कोतर्फ नेपाल सरकारले आ.व. २०७७÷७८ र २०७८÷७९ मा पूंजीगत शीर्षकमा एकदमै न्यून रकम खर्च गरेको कारण भौतिक निर्माण कार्यले गति लिन नसक्दा अपेक्षाकृत रुपमा ईटा विक्री वितरण हुन नसकी ईटा उद्योगहरुमा पूजीँ अभाव भएको भनाई उनीहरुको थियो । आगामी दिनमा उद्योग संचालन गर्नसक्ने सामथ्र्य नै नभएर ईटा उद्योगीहरु पानी विनाको माछा झैं छटपटाइरहेका छन्, उनीहरुको सामूहिक भनाई थियो । हालका दिनमा उद्योग व्यवसायहरु आर्थिक संकटको चपेटाले तहस नहस भइरहेको उनीहरुले बताए । यस प्रकारको गंभिर आर्थिक संकटवाट ईटा उद्योगहरु पनि अछुतो रहेका छैनन्, उनीहरुले भने, जिल्लामा संचालित ईटा उद्योगहरुमाथि मडारिरहेको आर्थिक संकटको कालो वादल हटाउन मन्त्रीज्यूबाट पहल हुनेछ भन्ने विश्वास लिएका छौं ।


ऋण उपलव्ध गराउने वित्तीय संस्थाहरुले ईटा उद्योगीहरुले लिएको ऋणको किस्ता र व्याज बुझाउन ताकेता गर्दा भाखाभित्र साँवा र व्याँजको किस्ता बुझाउन नसक्दा धितो सुरक्षण वापत बैंक तथा वित्तीय संस्थालाई दिएको जेथाजमानी (घरजग्गा) लिलाम विक्रीको प्रक्रियालाई अगाडि वढाउंदै उद्योगीहरुको उठिबास गराउने काम भैरहेको उनीहरुको भनाई छ । यस संकटपूर्ण अवस्थाको गम्भीर्यतालाई हृदयंगम गरी तत्कालको लागि बैंकको व्याजदरलाई एकल अंक (सिंगल डिजिट) मा राखी ईटा उद्योगीहरुले लिइरहेको कर्जाको साँवा र व्याँजको किस्ता बुझाउने अवधी २०८२ साल आषाढ मसान्तसम्म कायम गर्ने गरी ईटा उद्योगीहरुको निर्विकल्पीय माग कार्यान्वयन गर्ने गराउने व्यवस्थाको लागि उनीहरुले अनुरोध गरे । ज्ञापनपत्र संघका कार्यबाहक अध्यक्ष आशाकाजी त्वानाबासुले हस्तान्तरण गरेका थिए ।

 

 

 कात्तिक १६, काठमाडौं।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा कायम भएको छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसाले भाउ पाउँदा अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ३१ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ६९ पैसा तथा क्यानेडियन डलर ९५ रूपैयाँ ७९ पैसा तथा बिक्री दर ९६ रूपैयाँ २२ पैसामा कारोबार गर्न सकिनेछ ।

 

युएइ दिराम १ को खरिद दर ३६ रूपैयाँ २० पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३७ पैसा, साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६० पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं, १५ कात्तिक ।

सेयर बजार बुधबार एकल अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ।

बुधबार २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।

कठमाडौं, १५ कात्तिक ।

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको  छ।

बुधबार  सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

४ स्टकको २५ हजार ६१४ रुपैयाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ। जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

 

भक्तपुर, १४ कात्तिक ।

उद्योगी व्यवसायीहरुले बैंकले आफूखुशी जथाभावी बैंकको व्याजदर बृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरुसँंग कुनै सल्लाह नै नगरी मनमानी ढंगले ब्याजदर बृद्धि गरेकोले आफूहरु आन्दोलनको तयारीमा रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरजकृष्ण वैद्यले बैंकहरुले नेपाल सरकार, नेपाल राष्ट बैंकलाई समेत वेवास्ता गरी जथाभाबी व्याजदर बृद्धि गरिरहेकोले आन्दोलनको तयारी थालेको सुनाए । हामी उद्योग वन्द गरेर आन्दोलन थाल्ने योजनामा छौं, उनले भने, सुरुमा काठमाडौंका ठूल्ठूला उद्योगहरु वन्द गर्न सुरु हुनेछन् ।

उनले महासंघको आन्दोलनलाई साथ दिन सवै उद्योगीव्यवसायीहरुसँंग अनुरोध गरे । सुरुमा काठमाडौंका ठूल्ठूला उद्योग व्यवसायीहरुले उद्योग वन्द गरेर विरोध हुन थालेपछि जिल्लास्तरमा पनि उद्योग वन्द गरेर सहयोग गर्न उनको अपिल थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बैकको व्याज तिर्न नसकेको भन्दै धितो लिलामी नगर्न बैंकहरुलाई चेतावनी दिए । बैंकले आफनो मात्रै नाफा हेरेर जथाभाबी व्याजदर बृद्धि गरेको आरोप उनको थियो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आन्तरिक तथा पर्यटकलाई चितवन घुम्न आउन आह्वान गरे । यही आह्वानलाई साकार रुप दिन भरतपुर भ्रमण वर्ष २०२४ गर्न लागेको जानकारी उनले गराए ।
कार्यक्रममा दुई संघवीच भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदानको लागि सहमति गरी हस्ताक्षर गरिएको थियो । समझदारीपत्रमा भक्तपुर शाखाकोतर्फबाट अध्यक्ष शिवप्रसाद मानन्धर र चितवन शाखाकोतर्फबाट अध्यक्ष चुननाारायण श्रेष्ठले हस्ताक्षर गरे ।

 

दुई संघवीच भ्रातृत्व सम्बन्ध कायम गर्ने सम्बन्धमा विभिन्न बुँंदाहरुमा लिखित सहमति भएको हो । उक्त उद्देश्य प्राप्तिका निमित्त भक्तपुर उद्योग वाणिज्य संघको सचिवालयमा समझदारीपत्रमा हस्ताक्षर गरी एकएकप्रति लिनेदिने कार्य सम्पन्न भयो ।

समझदारीपत्रमा पहिलो बुँंदामा भक्तपुर र चितवन क्षेत्रको व्यापार तथा उद्योग विकासका लागि एकआपसको अनुभव र विशषज्ञता आदानप्रदान गर्ने र सम्भव भएसम्म लगानी प्रवद्र्धनका लागि दुवै संघ सक्रिय रहनुका साथै सोसम्बन्धी स्रोतहरु खोजी गर्न क्रियाशील रहने रहेको छ ।     दुवै संघको सुदृढीकरण र आपसी सम्बन्ध बलियो बनाउन भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र सचिवालयका कर्मचारीहरुबीच भ्रमण आदानप्रदान गर्ने र दुवै संघले संस्थागत विकासको क्रममा आर्जन गरेको अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै अन्य संघहरुको संस्थागत विकासका लागि आवश्यकताअनुसार संयुक्त पहल गर्ने बुँंदा रहेको छ ।

साथै उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रियस्तरमा आउने विभिन्न चुनौतिहरु सामना गर्ने क्रममा एकअर्कालाई हानीनोक्सानी नहुने गरी आपसी साझा दृष्टिकोण निर्माण गर्न प्रयत्न गर्ने र सम्बन्धित सूचना तथा प्रकाशनहरु आदानप्रदान गर्नुका साथै अवस्थाअनुसार आवश्यक भएमा उद्योग वाणिज्य क्षेत्रको विकासका लागि व्यावसायिक पैरवी गर्ने रहेको छ ।

दुवै संघहरुबाट उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको विषयमा विकसित नयाँनयाँ गतिविधिहरुको अनुभव र सूचना आदानप्रदान गर्ने र कार्यान्वयनमा सहकार्य गर्ने, दुवै संघले आयोजना गर्ने राष्ट्रियस्तरको औद्योगिक व्यापार मेलामा एकआपसमा सघाउने,     साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई आआफ्नो अनुभव आदानप्रदान गर्ने बुँंदा समझदारीपत्रमा रहेको छ ।

 

समझदारीपत्रमा भक्तपुर र चितवनका व्यवसायीहरुले आआफ्नो क्षेत्रमा उत्पादन गरेका वस्तुहरुको बजारीकरण तथा व्यापार प्रवद्र्धनका लागि दुवै संघले एकआपसमा सहयोग गर्ने, दुवै संघका सदस्यहरु लाभान्वित हुने गरी संघहरुले पहिचान गरेका अन्य क्षेत्रहरुमा समेत आवश्यकताअनुसार नीति निर्माण तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने, दुवै क्षेत्रका कला, साहित्य, संस्कृतिहरुको विकास तथा प्रवद्र्धनमा आपसी सहयोग अभिवृद्धि गर्ने र माथि उल्लेखित बुँदाहरुबाहेक दुवै संघले पहिचान गरेको अन्य क्षेत्रहरुमा समान विचार बनाउन र कार्यक्रमको पहिचान गर्न सकिने गरी दशवटा बुँदाहरु रहेका छन् ।

काठमाडौं, १४ कात्तिक ।

सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा मंगलबार पनि नेगेटिभ सर्किट लागेको छ । पहिलो कारोबारको दिन आइतबार र सोमबार पनि सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो ।

नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको दिन आइतबारदेखि नै नेगेटिभ सर्किट लागेको सोनापुर मिनिरल्सको मंगलबार २५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।

मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको हो ।

पहिलो दिन आइतबार ३५० रुपैयाँबाट १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो भने दोस्रो दिन सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा झरेको थियो ।

काठमाडौं, १४ कात्तिक ।

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.४१ अंक घटेर १८७८.२८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

यो सेसनमा १० स्टकको २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको ७८२ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

काठमाडौं, १४ कात्तिक ।

सद्धार्थ बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । आउँदो ५ मंसिरमा हुने गरी बोलाइएको साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने तयारी बैंकले गरेको छ ।

सोही सभाले बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले २१ कात्तिकमा एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

काठमाडौं, १४ कार्तिक ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

 

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा कायम गरेको छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८९ पैसा कायम गरेको राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८६ पैसा तथा बिक्री दर ८५ रुपैयाँ ५ पैसा तथा क्यानेडियन डलर खरिददर ९५ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ९६ रुपैयाँ ३९ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
 

जापनीज ऐन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ८ रूपैयाँ ९२ पैसामा तथा चाइनिज युआन १ को खरिददर १८.१७ रुपैयाँ तथा बिक्री दर १८.२५ रुपैयामा कारोबार हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा कारोबार हुन सक्ने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३५ रुपैयाँ ५९ पैसा र युएई दिराम १ को खरिददर ३६.१९ पैसा तथा बिक्रिी दर ३६.३५ रुपैयाँमा कारोबार हुनेछ ।

काठमाडौं, १३ कात्तिक ।

लगातार उकालो लाग्दै आएको सुनको भाउ सोमबार भने ओरालो लागेको छ । सोमबार तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।