२०८२ चैत्र २६
२०८२ चैत्र २६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।

तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो  ।

बैंककै डेपुटी सीईओ रहेको खनाललाई बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

सीईओ बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो । सर्ट लिष्टमा खनालसहित कृष्ण बहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।न्युज कारखाना

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउले निजी क्षेत्रको मनोबल घटाएको निजी क्षेत्रका तीनवटा संस्थाले जनाएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभइ सुनुवाईको मौका दिनुपर्ने माग राखेको हो । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्ने उल्लेख गर्दै थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न तीनवटै संगठनले सरकारलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ-  ‘मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीं कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुँदैन ।’

कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने संयुक्त विज्ञप्तिमा जनाइएको छ । देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता रहेकाले यसबेला उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने निजी क्षेत्रको माग छ । न्युज कारखाना

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि बुधबार सुन तोलामा १ लाख ४० हजार ५०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८००  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

भक्तपुर- स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक जना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल।

भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीस्थान निवासी इन्जिनियर दुवालले पछिल्लो नौ वर्षको छोटो अवधिमा पाँच वटा ठूला उद्योगहरू सञ्चालन गर्न सफल भएका छन्। ती उद्योगहरूमा उनले सयौं नवयुवाहरूलाई रोजगारी उपलब्ध गराइरहेका छन्।

‘केही काम गर्नका लागि सवैभन्दा पहिलो प्यासन (लगाव) हुनुपर्छ,’ उनको अनुभव छ, ‘लगाव नै नभएपछि चाहिँ केही पनि गर्न सकिन्न। त्यस्ता युवा विदेशीको नोकर नै हुन जाने हो।’

त्यसकारण निरासा पालेर होइन, गरे के हुन्न भन्ने उत्साहका साथ मिहनेत गर्नुपर्ने खाँचो उनी औंल्याउँछन्। उदाहरण दिँदै उनी थप्छन्, ‘पानी खानका लागि सबैभन्दा बढी आफू तिर्खाएको महसुस गर्नुपर्‍यो, जब तिर्खाको महसुस नै गर्दैनन्, उसको अगाडि कसैले पानी अगाडि राखे पनि उसले खानेवाला छैन।’

यही कारण युवाहरूमा केही गर्ने हुटहुटी पहिलो आवश्यकता रहेको उनको बुझाइ छ।
ख्वप कलेज देकोचा भक्तपुर, नेपाल इन्जिनियरिङ कलेज नेक दुवाकोट चाँगुनारायण भक्तपुरमा प्राध्यापनरत् उनी नयाँ सोधखोज अर्थात् इनोभेसनमा जोड दिन्छन्।

यही स्वभावका कारण परम्परागत इँटाभटा व्यवसायमा संलग्न उनले परम्परागत पेशाबाटै माथि उठेर केही नयाँ उत्पादन थाले। इँटाको विकल्पमा उनले लामो अनुसन्धान, देशविदेश भ्रमणपछि इको प्यानकाले उत्पादन थाले सन् २०१४ मा।

भौतिक निर्माणमा इँटाको विकल्पमा प्रयोग गर्न सकिने इको प्यानल उनकै नेतृत्वमा नेपालमै पहिलो पटक उत्पादन थालेको थियो। अहिले यही उत्पादन उनले देशैभरि दिइरहेका छन्। विदेशबाट आउने यस्तो निर्माण सामाग्रीसँग पैठाजोरी खेल्दै उनी संघर्षरत् पनि छन्। इको प्यानल भनेको स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो।

इको प्यानलबाट थालिएको उनको व्यापार व्यवसाय निर्माण सामग्रीमै केन्द्रित छन्। पछिल्लो वर्ष सन् २०२३ मा उनको नेतृत्वमा पोखरामा पोखरा इको रेड ब्रिक्सको उत्पादन थालिएको छ। उनले यससँगै प्रिफ्याब एण्ड विण्डोरलगायतका निर्माणसँग सम्बन्धित उत्पादन उद्योगहरू सञ्चालन गरेका छन्। यी उद्योगहरूबाट उनले मनग्य कमाइ पनि गरिरहेका छन्।

‘अवसर समात्नका लागि जहिले पनि उफ्रिरहने हो,’ उनको विश्लेषण छ, ‘अवसर आउँला र त्यो बेला मात्रै उफ्रुँला भनेर बस्यो भने त्यो जीवनभरमा पनि त्यो आउँदैन।’

जे होस् युवाहरुले केही न केही गर्नेपर्ने उनको अनुरोध छ। सुरुवात कम रिस्क र सानो पुँजीबाट थाल्दै त्यसैलाई विस्तारै विस्तार गर्दै अगाडि बढ्न सकिने सुझाव उनको छ। युवाहरूको केही गर्न चाहने यो हुटहुटीलाई इन्टरनेटको यो जमानाले पनि धेरै सहज बनाइदिएको उनको बुझाइ छ।

इन्टरनेटबाट देशविदेशका कुराहरू थाहा पाउने भएकाले धेरै कुरा सिक्न सकिने उनको बुझाइ छ।
नेपालमा रोजगारी नपाएको भन्दै विदेश जाने युवाहरूको लर्को केही वर्षयता थेगिनसक्नु छ।

पैसा भएकाहरू अमेरिका अष्ट्रेलिया त नभएकाहरू कतार, मलेसिया, युनाइटेड अरब इमिरेटस् अनि साउदी अरबजस्ता खाडी मुलकहरूमा कामका लागि निस्कने युवाहरू ठूलो जमात छ।

अध्यागमन विभागका अनुसार सन् २०८० मा मात्रै ८ लाख ७ हजार ६ सय ९३ नेपाली रोजगारीका लागि विभिन्न देश गएका छन्। यसरी विदेश जानेमा ७ लाख १८ हजार ९ सय ३० पुरुष र ८८ हजार ७ सय ६३ महिला छन्। अहिले पनि एयरपोर्टबाट दैनिक सयौं नागरिकहरू विदेशिने क्रम जारी छ। उनीहरुले स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर विदेश जानुपरेको गुनासो पोख्ने गरेका छन्।

विभागका अनुसार गत एक वर्षमा रोजगारीलगायत विभिन्न उद्देश्यले विदेश जाने नेपालीको संख्या भने १६ लाख २१ हजार ५ सय ६६ रहेको थियो। त्यसरी एक वर्षमा विदेश जाने नेपालीमध्ये स्थायी बसोबासका लागि जानेको संख्या ६८ हजार ३ सय ९३ रहेको छ।

यसैगरी, अध्ययनका लागि जाने पनि ठूलो संख्यामा रहेका छन्। गत एक वर्षमा मात्रै विभिन्न देशमा अध्ययनका लागि जानेको संख्या १ लाख ११ हजार २ सय ८९ छ। गत वर्ष विदेशमा घुमघाम तथा तीर्थयात्रा गर्न जानेको संख्या २ लाख १२ हजार ३ सय ६० जना रहेको छ।

यसैगरी, सो अवधिमा स्वास्थ्य परीक्षण गर्न जानेको संख्या २० हजार ५ सय ३ रहेको छ। यस्तै, सो अवधिमा व्यापारको सिलसिलामा विदेश जानेको संख्या २० हजार ४९ रहेको छ।

यस्तै, विगत एक वर्षमा विदेशमा बसेका आफ्ना परिवारका सदस्यहरूलाई भेटघाट गर्न जानेको संख्या १ लाख ६३ हजार ३ सय ८४ रहेको छ।

के का लागि कति विदेशिए?

रोजगारी : ८ लाख ७ हजार ६ सय ९३
अध्ययन : १ लाख ११ हजार २ सय ८९
घुमघाम एवम् तीर्थयात्रा : २ लाख १२ हजार ३ सय ६०
स्वास्थ्य परीक्षण : २० हजार ५ सय ३
स्थायी बसोबास : ६८ हजार ३ सय ९३
परिवारका सदस्यलाई भेट्न : १ लाख ६३ हजार ३ सय ८४
स्रोत : अध्यागमन विभाग

न्युज कारखाना

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि मंगलबार सुन तोलामा १ लाख ४० हजार ६०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९००  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि सोमबार सुन तोलामा १ लाख ४१ हजार ८०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १००  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौं । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात गरिएकोमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात गरिएको थियो ।

विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको बैदेशिक व्यापार भएको थियो । अहिल्लो आर्थिक बर्षको तुलनामा कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको विभागले जनाएको छ । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात २.३९ र निर्यात ३.६१ प्रतिशतले घटेको छ ।

यस अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग ७ खर्ब २९ अर्ब ७० करोड बराबर रहेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात भएको छ भने ८६ अर्बको निर्यात भएको विभागले जनाएको छ । त्यस्तै नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार घाटा चीनसँग २ खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । १० महिनामा चीनबाट २ खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात भएको छ भने २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।

त्यस्तै १० महिनामा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको पेट्रोल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । न्युज कारखाना

सिरहा, ७ जेठ । सिरहाको गोलवजार नगरपालिका ४ स्थित एनआईसी एसीया बैंकका शाखा प्रमुख र स्थानिय भु–माफियाको सेटिङमा ऋणीले धितो राखेको जमिन कौडीको भाउमा विक्रि गरेको पाईएको छ। गोलबजार शाखाका तत्कालिन प्रमुख तेज प्रसाद पोखरेलले भु–माफिया र विचौलियाहरुको आर्थिक प्रभावमा परि व्यवसायीलाई गुमड्हामा पारेर धितो जग्गा कौडिको भाउमा विक्रि गरेको पाइएको हो ।
गोलबजार नगरपालिका ४ का आरके ट्रेडर्स, कृष्ण अटो मोवाई तथा निजी कर्जा लिएका व्यसायी दुर्गेस कुमार साहलाई तत्कालिन शाखा प्रमुख पोखरेले गुमराहमा पारेर कडोरौं मूल्यको धितो बापत राखेको ९ कठ्ठा जग्गा विचौलिया संगको सेटिङमा लिलाम गरी विक्रि गरेका छन्।
एनआईसि एसिया बैंकबाट २०७७ सालमा करिव २० करोडको जग्गा धितो राखेर ५ करोड ९५ लाख रुपैया ऋण लिएको आरके ट्रेडर्सका संचालक व्यवसायी दुर्गेस साहले जनाएको छ। उनले, ‘ऋण लिने वेलामा बैंकले ७।९ प्रतिशत व्यावदरमा ऋण स्विकृत गरेको थियो। मैले नियमित रुपमा व्याज पनि बुझाउदै आएको थिए। पछिल्लो समय आर्थिक मन्दिका कारण करिव एक वर्षको व्याज वुझाउन नसकिएको बताए।
उनले भने, ‘  व्याज तिर्न मैले अर्को जग्गा विक्रि गर्ने तरखरमैै थिए। तर तत्कालिन शाखा प्रमुख पोखरेल र स्थानिय व्यवसायी तथा गोलवजार नगरपलिकाका निर्वाचित कार्यपालिका सदस्य ९विचौलिया० फुलेस्वर नायकको आर्थिक सेटिङमा मलाई जानकारीविनाकै १५ करोडमा विक्ने ५ कठ्ठा जग्गा ३ करोड ५० लाखमा विक्रि गरे। एतm जग्गा विचौलिया नायकको ससुरा महाविर साह महतो सुडीको नाममा विक्रि गरिएको जनाए।
९ कठ्ठा १० धुर जग्गामध्येय पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौं मूल्यको जग्गा काठमाडौं ११ का पूजा पोखरेलको नाममा विक्रि गएरिएको छ। उनी तत्कालिन शाखा प्रमुख पोखरेलको आफन्त छिन्। ’


बंैकले निश्चित विचौलियाको प्रलोभनमा परी निलामी बिक्रि गरेको विरुद्धमा आज स्थानिय व्यवसायीहरु आन्दोलनमा उत्रिएको गोलवजार व्यापार संघका महासचिव राकेश कुमार गुप्ताले जनाएको छ। उनले भने, ‘ बैंकले गरेको व्यवसायीमाथिको ज्यादती विरुद्ध चरणवद्ध आन्दोलन गर्ने बताए ।
आर्थिक मन्दिका कारण व्याज बुझाउन नसक्दा बैंकले करोडौंको जग्गा विचौलियाको प्रलोभनमा परि लिलाम गरिएको जग्गा फिर्ता गरिएन भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।’

एनआइसी एसिया बैंकले गरेको बदमासीको विरुद्धमा बैंकलाई बुझाएको ज्ञापन पत्रको वेवास्ता गरेकोले आज बाध्य भएर शान्तिपुर्ण आन्दोलनमा उक्रिएको   व्यवसायी विक्रम साहले जनाएको छ । उनले भने, ‘बैंकले लिलाम गरेको जगा फिर्ता र बैंकले गरेको यो निर्णयलाई सच्याएन भने व्यसायीहरुले गरेको आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी एनआईसी एसिया बैंक नै हुने छ।’
आज गरिएको आन्दोलनलाई पनि बैंकले वेवास्ता गरे भोली देखी चरणबद्ध कडा आन्दोलन गर्न बाध्य हुने व्यावसायीहरुको भनाई छ।

बैंकहरुले आर्थिक मन्दीको समयमा पनि व्यवसायीहरुको अवस्थालाई मध्येनजर नगर्दै विभिन्न किसिम मानसिक यातना दिएकै कारण सयकडौं व्यपारीहरु सटर बन्द गरेर विस्थापित हुने गरेको जिल्ला उद्योग वाण्ज्यि संघका अध्यक्ष विकास सारडाले जनाएको छ। उनले, ‘बैंकले व्यवसायीहरुमाथी गरेको ज्यादतीका कारण व्यवसायीहरु आत्मदाह र आत्माहत्याको शिकार बनिरहेको छ। उनले भने, ‘ राष्ट्रय बैंकको लचिलो नितिले गर्दा केही सहज भएको छ।, ‘यसले मात्र व्यावसायीलाई पुग्दैनन्। सरकारले व्यावसायीहरुको लागी केही नयाँ प्याकेज सहितको व्यवस्था गरिनुपर्ने उनको भनाई रहेको छ।’
बैंकका कर्मचारीहरुले ऋणीहरुमाथी गरिएको अमानवीय व्यवहारका कारण सिरहामा करिव ३० जना भन्दा बढी व्यवसायीहरु आनाहकमा आत्महत्या गरी ज्यान गुमाईसकेको व्यवसायीहरु बताउछन्। देश नै आर्थिक मन्दिले अक्रान्त बनिरहेको वेला बैंकका कर्मचारीहरुले व्यवसायीमाथी गरिएको ज्यादतीका कारण जिल्लाबाट करिव सैकडौं व्यापारीहरु पलायन भएको व्यावसायीहरुको भनाई छ। न्युज कारखाना

काठमाडौँ । साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दामाथि पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । जसअनुसार आइतबार करिब ५ अर्ब २५ करोड रुपैयाा बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।

नेप्सेको सर्भरमा समस्या आएका कारण आजको कारोबारको पूर्ण विवरण हेर्न समस्या भएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५०  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ११० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।