२०८३ असार १६
२०८३ असार १६

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।

बजेट भाषणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ब्लूबस सेवा संचालन गर्ने घोषणा गरेका हुन् ।

साथै अर्थमन्त्रीले काठमाडौं उपत्यकासहित देशभरका सडकलाई धुलोरहित बनाउन बजेटको व्यवस्था गरेको घोषणा गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब  ३० करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री वाग्लेले शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब  ३० करोड बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

बजेट भाषणमा अर्थमन्त्री वाग्लेले उर्जा, उत्पादन प्रशारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले आउदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गर्दै २ सय सडक पुल निर्माण गरिने घोषणा गरेका छन् ।

उनले पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने घोषणा गरेका छन् । त्यस्तै नारायणगढ बुटवल सडक खण्ड र कमला–कन्चनपुर खण्ड निर्माण सम्पन्न गरिने घोषणा गरेका छन् ।

अर्थमन्त्रीले अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने बताउदै सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको घोषणा गरेका छन् ।

उनले द्रूतमार्गको ४० पुल र ४ सुरुङ द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका छन् भने हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड, कर्णाली राजमार्गका लागि १ अर्ब र मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्रीले घोषणा गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेका छन् ।

बजेट भाषण मार्फत अर्थमन्त्री डा. वाग्लेले  राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, उनले सूचनाप्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको बताएका छन् । उनले भनेका छन्- ‘नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउने छौँ । डिजिटल सार्वजनिक विकास पूर्वाधारमा लगानी विस्तार गर्ने छौँ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा गर्दै यो सेन्टर देशकै पहिलो सार्वभौम सेन्टर हुने बताएका हुन् ।

उनले भनेका छन्- ‘काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गर्नेछौं । हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्युट क्षमता उपलब्ध गराउनेछौं ।’एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज राष्ट्रिय योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठकको बस्दैछ ।

आज बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा योजना आयोगको पूर्ण बैठक दिउसो १ बस्दैछ भने त्यसपछि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस हुने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि बजेट वक्तव्य संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुदैछ ।

हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज बजेट ल्याउन लागेको हो।

यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची संघीय संसद सचिवालयले सार्बजनिक गरको छ ।

गत बर्ष अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए । अर्थमन्त्री पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत,  पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र  वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९. १ प्रतिशतको बजेट सार्वजनिक गरेका थिए । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट शुक्रबार सार्वजनिक हुने भएको छ ।

हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले यही शुक्रबार बजेट ल्याउन लागेको हो।

यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची संघीय संसद सचिवालयले सार्बजनिक गरको छ । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।