काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (माघ १८) बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
“इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०।१२, डिजेलमा रु. ४।६६ र एलपी ग्यासमा सिलिन्डर रु. ४५।४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८ ले घटेर आएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ । सभार बाह्रखरी
निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेलरमट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।
डिजेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आउँदा किन ४ रुपैयाँ मात्रै मूल्य घटेको हो भनेर निगमका प्रवक्ता मनोजकुमार ठाकुरलाई प्रश्न गर्दा उनले १ महिना पहिले डिजेलमा ७ रुपैयाँ मूल्य वृद्धि हुँदै ४ रुपैयाँ मात्रै वृद्धि गरेको बताए ।
उनले भने, ‘१ महिना पहिले डिजेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य वृद्धि भएर आएको बेला ४ रुपैयाँ मात्रै मूल्य वृद्धि भएको थियो । अहिले त्यहीँ मूल्य मिलाउन ७ रुपैयाँ घटेर आउँदा ४ रुपैयाँ मात्रै घटाएको हो ।’ सभार कलि्क माण्डु ।
आरके श्रीवास्तव,राैतहट,२७ गते मंसिर ।
रौतहट । रौतहटको वृन्दावन नगरपालिका–८ मा सञ्चालित कुन्ती इट्टा उद्योगमा आजदेखि भट्टी बाल्ने काम सुरु गरिएको छ । प्रहरी प्रशासनले इट्टा पोल्ने कार्य तत्काल सुरु नगर्न निर्देशन दिएपछि त्यहाँ कार्यरत कामदारहरू प्रतिकारमा उत्रिएका छन् ।
इट्टा उद्योगसँग आफ्नो रोजीरोटी प्रत्यक्ष रूपमा जोडिएको बताउँदै कामदारहरूले उद्योग सञ्चालनमा अवरोध नलगाउन माग गरेका छन् । इट्टा व्यवसायी संघले प्रहरी प्रशासनसँग मिलेर इट्टा पोल्ने कार्यमा रोक लगाउन खोजेपछि आफूहरू आक्रोशित बनेको कामदारहरूको भनाइ छ ।
उद्योगमा कार्यरत सबिर अन्सारीले भने, “मेरो पूरा परिवार यही इट्टा उद्योगमा निर्भर छ । यहाँ काम गरेर आएको पैसाले घर चल्छ । उद्योग चलेन भने तलब कहाँबाट पाउने ? परिवार कसरी पाल्ने ? प्रहरी र संघ मिलेर हामीमाथि दमन गर्न खोजिरहेका छन् । यदि उद्योग चल्न दिइएन भने हामी जे पनि गर्न तयार छौं ।”
कामदारहरूका अनुसार हाल आर्थिक मन्दीका कारण रोजगारीको अभाव छ । इट्टा उद्योग सञ्चालन भए सयौँ श्रमिकले रोजगारी पाउने उनीहरूको दाबी छ । सरकारले इट्टा सञ्चालनका लागि निश्चित समयसीमा तोकेको भए पनि मौसम प्रतिकूल भई पानी परेमा उद्योगीहरूले लाखौँ रुपैयाँको क्षति बेहोर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । यस्तो क्षतिमा न त कतैबाट क्षतिपूर्ति पाइने, न त सहयोग नै हुने गरेको गुनासो छ ।
इट्टा उद्योग सञ्चालकहरूले सहयोग गर्न नसक्ने अवस्था भए कम्तीमा काम गर्न दिने वातावरण बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले उद्योग सञ्चालनमा अनावश्यक अवरोध नलगाई श्रमिकको जीविकोपार्जनलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
आरके श्रीवास्तव,राैतहट,२० गते मंसिर ।
रौतहट । खाप र बंकुल मार्ग हुँदै सञ्चालन हुँदै आएको छोटी भन्सार नाका केही समयदेखि अवरुद्ध भएपछि जेनजी २.० समूहले नाका तत्काल पुनः सुचारु गरिदिन माग गरेका छन् । जिल्ला भन्सार कार्यालय गौरका प्रमुख भन्सार अधिकृत विकास कुमार रजकलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले दैनिक जनजीवन, व्यापार–व्यवसाय तथा आपूर्तिमा देखिएको गम्भीर अवरोधका कारण नाका खुला गर्नु अपरिहार्य भएको बताएका छन् ।
रौतहट जिल्ला संयोजक सोनु कुशवाहाले नेतृत्व गरेको टोलीले आएको ज्ञापनपत्रमा भन्सार नाका बन्द हुँदा कृषि तथा नाशिने वस्तु ढुवानी रोकिएको, स्थानीय व्यापारीको आय–व्ययमा ठूलो असर परेको र सर्वसाधारणको दैनिक आवत–जावत अत्यन्त कठिन बनेको उल्लेख छ ।
उनका अनुसार वैकल्पिक मार्ग अभावले ढुवानी खर्च अत्यधिक वृद्धि भएको छ, जसले किसानदेखि व्यवसायीसम्म सबैलाई प्रत्यक्ष प्रभावित पारेको छ ।
ज्ञापनपत्रमा अवरुद्ध मार्ग तत्काल सञ्चालन गर्न, आवश्यक प्रशासनिक तथा सुरक्षा व्यवस्था मिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा स्थानीय तहसँग निरन्तर समन्वय गर्दै नाका सञ्चालनमा पारदर्शिता सुनिश्चित गर्न कार्यालयलाई अनुरोध गरिएको छ ।
छोटी भन्सार नाका पुनः सुचारु भएपछि सीमावर्ती व्यापार, जनजीवन र आर्थिक गतिविधि सहज हुने अपेक्षा व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक ३० गते ।
रौतहटकाे देवाही गोनाही नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ५३ करोड १६ लाख ३२ हजार ६ सय ७६ रुपैयाँको बजेट सार्वजनिक गरेको लेखाप्रमुख प्रदिप यादवले जानकारी गराउनु भएको हाे ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटमा संघीय तथा प्रादेशिक तहका विभिन्न शीर्षकबाट प्राप्त रकमसहित घर–जग्गा रजिष्ट्रेसन तथा बैंक मौज्दात प्रमुख श्रोत बनेका छन् ।
११ औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रेमलाल साहले कृषिलाई विशेष जोड दिइने घोषणा गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, सरसफाइ, भौतिक पूर्वाधार, विद्युत, पर्यटन तथा संस्कृति जस्ता क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको भए पनि कृषि नगरपालिकाको प्रमुख फोकस रहने नगर प्रमुख साहको भनाइ छ ।
नगरसभामा वडा अध्यक्षहरू,वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू,कर्मचारी,शिक्षक र स्वास्थ्यकर्मी,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी,पत्रकार,विभिन्न राजनीतिक दलका प्रतिनिधि ,स्थानीय बुद्धिजीवी र समाजसेवी को उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद जयचन्द्र पटेल रहनुभएको थियो । गत असार १० गते ल्याउनुपर्ने बजेट विभिन्न कारणबस ढिलो आएकाे भएकोपनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
देवाही गोनाही नगरपालिकाले प्रस्तुत गरेको बजेट र नीति–कार्यक्रमले कृषि उत्पादन वृद्धि, जनजीविकामा सुधार तथा नगरको दीर्घकालीन विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
भारतबाट डिजेल प्रतिलिटर ६.५३ पैसा मूल्य बढेर आए पनि ३ रुपैयाँ मात्रै मूल्य बढाएको हो । भने, पेट्रोल भारतबाट २.५४ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।
निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी भारतबाट बढेर आएको मूल्यभन्दा घटाएर मात्रै मूल्य बढाएको हो । सभार नेपाल प्रेस
आरके श्रीवास्तव,राैतहट,कार्तिक २४ गते ।
रौतहटको कटहरिया बजारस्थित विवाह मण्डप भवनमा आज सम्पन्न चिठ्ठा कुपन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । श्री दुर्गा पूजा समिति, कटहरिया–५ द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा ४ हजारभन्दा बढी कुपन काटिएको समितिका सहयोगी तथा निराला जेनरल स्टोरका सञ्चालक महाशक्ति साहले जानकारी दिनुभयो ।
साहका अनुसार, “स्थानीय व्यापारी र उपभोक्ताबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । जनताको उत्साह र सहभागिता अत्यन्तै उत्साहजनक रह्यो,” उहाँले बताउनुभयो ।
२०८२ साल भदौ १ गतेदेखि असोज १६ गतेसम्म सञ्चालन गरिएको “चिठ्ठा कुपन योजना” अन्तर्गत सहभागीले खरिदमा आधारित कुपन प्राप्त गरेका थिए ।
कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारहरू चिठ्ठामा परेको थियो । प्रथम पुरस्कार स्मार्ट टिभी – १ जना,द्वितीय पुरस्कार फ्रिज १ जना,तृतीय पुरस्कार साइकल – १ जनालाई परेकाे थियो ।
त्यस्तै
चौथो पुरस्कार धाेनी साबुन – १०० जना, पाँचौं पुरस्कार धाेनी साबुन,छैठौं पुरस्कार एक्सट्रा डिटर्जेन्ट २५ जना,सातौं पुरस्कार नम्बर १०० जनालाई परेको थियोे ।
साहले थप भन्नुभयो, “स्थानीय बजारमा पारस्परिक विश्वास र सहकार्य बढाउन यस किसिमका कार्यक्रमले सकारात्मक प्रभाव पार्छन्। आगामी वर्षहरूमा पनि यस्तो योजना निरन्तर ल्याइनेछ।”
समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यवसायी, उपभोक्ता र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ।
निराला जेनरल किराना पसल, कटहरिया–५ रौतहटले कार्यक्रमको मुख्य सहयोगीको भूमिका निर्वाह गरेको थियो ।
कार्यक्रममा स्थानीय व्यवसायी, उपभोक्ता तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
काठमाडौं,१४ गते कार्तिक ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राखेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले कात्तिक १५ गते देखि लागु हुनेगरि डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँले घटाएको हो ।
त्यस्तै हवाइ इन्धनको आन्तकिर तर्फ लिटरमा १ रुपैयाँ र अन्तराष्ट्रियतर्फ अमेरिकी डलर ७ ले बढेको निगमले जनाएको छ । सभार अर्थ संसार
काठमाडौं। सुनसरीस्थित काब्रा समूहले उत्पादन गरेको टप बिस्कुट कुहिएको अवस्थामा बजारमा बिक्री भइरहेको खुलासा भएपछि उपभोक्ता अधिकार र खाद्य सुरक्षाको गम्भीर प्रश्न उठेको छ। बजारमा सहज रूपमा उपलब्ध यो बिस्कुट खान खोज्दा कुहिएको भेटिएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन्।
राम निवास काब्राको नेतृत्वमा सञ्चालित यस समूहले उत्पादन गरेको बिस्कुट अहिले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ। तर काब्रालाई कहाँबाट फाइदा हुन्छ, कसरी फाइदा निकाल्न सकिन्छ भन्ने बाहेक अन्य चिन्ता उनलाई हुने अवस्था देखिँदैन। सामान्य जीवन स्तर भएका उपभोक्ताको स्वास्थ्यमाथि कस्तो असर पर्छ भन्ने विषयमा उनको चासो रहेको भए बजारमा कतिको निम्न गुणस्तरको उपभोग्य सामान गइरहेको छ भन्ने कुरामा पनि ध्यान पुग्ने थियो। तर यहाँ उनलाई पैसा कसरी बढी कमाउन सकिन्छ भन्ने मात्र चिन्ता छ, यसैले सायद यस्तो कुहिएको बिस्कुट बजारमा पठाउने गरिएको होला।
उपभोक्ता विकास श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने, पसलबाट किनेको बिस्कुटको प्याकेट खोल्दा पहिलो पिस नै गनाएको महसुस भयो। पूरा प्याकेट खोलेर हेर्दा बीचको भागमा रहेको बिस्कुट कुहिएको थियो। उनले थपे, पहिले सुनेको थिएँ, आज आफैंले भोगेँ। खान खोजेको बिस्कुट कुहिएको रहेछ, यो उपभोक्ताको स्वास्थ्यमाथि ठूलो खेलवाड हो।
भोक लागेको कारणले बिस्कुट खान खोज्दा यस्तो अवस्था देखेपछि श्रेष्ठले तत्काल फोटो खिची प्रमाणका रूपमा सुरक्षित राखेको बताए। उनको यो अनुभव एकल घटना मात्र होइन। स्थानीयहरूले यसअघि पनि काब्रा समूहका बिस्कुटमा यस्ता समस्या देखिएको बताउँदै आएका छन्। कुहिएको वा गुणस्तरहीन टप बिस्कुट बारम्बार बजारमा भेटिनु कम्पनीको उत्पादन प्रक्रिया र गुणस्तर नियन्त्रण व्यवस्थामा गम्भीर लापरबाही रहेको संकेत हो।
नेपालको सुनसरीस्थित कारखानाबाट उत्पादन हुने टप बिस्कुटको मूल्य दस रुपैयाँ तोकिएको छ। यसको सम्पर्क कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा रहे पनि उपभोक्ताको गुनासो सुन्ने र समाधान गर्ने कुनै प्रभावकारी संयन्त्र रहेको छैन। अझ भन्नुपर्दा, काब्रा समूहले राखेको टोल फ्री नम्बर समेत लाग्दैन। यसले मात्र पनि काब्राको लापरवाही कतिको रहेछ भन्ने कुरा बुझ्न धेरै गाह्रो छैन।
उपभोक्ताहरूले सो कम्पनीमाथि कडा कारबाहीको माग गरेका छन्। कुहिएको बिस्कुट बेचेर जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कम्पनीलाई किन जोगाइन्छ? एक उपभोक्ताले प्रश्न गरे। उपभोक्ता संरक्षण ऐनअनुसार यस्तो कार्य सीधै दण्डनीय अपराध हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ ले यस्ता अपराधमाथि कडा कानुनी सजायको व्यवस्था गरेको छ। ऐनको धारा ११ अनुसार गुणस्तरहीन, अमानक, म्याद गुज्रिएको वा स्वास्थ्यका लागि हानिकारक वस्तु उत्पादन, बिक्री वा वितरण गर्न पाइँदैन। यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई उपभोक्ताको स्वास्थ्यमा हानि पुर्याएको ठहर गरिन्छ। त्यस्तै, धारा १२ मा यस्ता अपराधमा संलग्न व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने स्पष्ट उल्लेख छ। दोहोर्याएर यस्ता कार्य गर्ने व्यक्तिमाथि अझ कडा सजाय लागू गरिने व्यवस्था ऐनले गरेको छ।
उपभोक्ताको स्वास्थ्यमा असर पुगेको अवस्थामा धारा १३ बमोजिम सम्बन्धित कम्पनीले पीडित उपभोक्तालाई क्षतिपूर्ति तिर्ने कानुनी दायित्व राखिएको छ। तर कानुनी प्रावधान कागजमा मात्र सीमित देखिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि यस्ता घटनापछि सामान्य अनुगमन गर्ने परम्परा दोहोर्याउँदै आएको छ, तर कारबाही भने दुर्लभ हुने गरेको छ। चाडपर्वको मुखमा मात्रै सीमित अनुगमन र प्रेस नोट प्रकाशन गरेर जिम्मेवारी टार्ने प्रवृत्तिले बजारमा कुहिएका र म्याद गुज्रिएका वस्तु बिक्री खुलमखुला भइरहेका छन्। नियमित अनुगमन र गुण परीक्षणको अभावले यस्तो अवस्था बारम्बार दोहोरिँदै आएको छ।
यस्तो गम्भीर अवस्थामा नियमनकारी निकायको तत्काल र प्रभावकारी हस्तक्षेप आवश्यक देखिएको छ। केवल घटना भएपछि मात्र होइन, निवारक उपायहरू अपनाएर यस्ता घटना हुन नै नदिने प्रणाली विकास गर्नुपर्ने विज्ञहरू बताउँछन्। उत्पादन कम्पनीहरूमाथि कडा निगरानी, गुणस्तर परीक्षण अनिवार्य बनाउने र नियम उलङ्घन गर्नेहरूमाथि कडा कारबाही गर्ने व्यवस्था हुनुपर्छ।
उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्ताहरूलाई पनि आफ्नो अधिकारप्रति सचेत हुन र यस्ता घटना भएमा सम्बन्धित निकायमा तुरुन्तै उजुरी गर्न आग्रह गरेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सकिने उनीहरू बताउँछन्।
काब्रा समूहले आफ्नो उत्पादनको गुणस्तर सुधार गर्न तत्काल पहल गर्नुपर्छ। उत्पादन प्रक्रियामा कडाइ, गुणस्तर नियन्त्रण परीक्षण र उचित भण्डारण व्यवस्था सुनिश्चित गर्नुपर्छ। यदि कम्पनीले यी कुराहरूमा ध्यान नदिएमा यसले आफ्नो ब्राण्ड छवि मात्र नभई उपभोक्ताको विश्वास पनि गुमाउनेछ। अन्ततः व्यापार समाप्त हुने खतरा पनि रहन्छ।
यो घटनाले खाद्य सुरक्षा प्रणालीमा कत्तिको ठूलो खाडल रहेको देखाएको छ। सरकार, निजी क्षेत्र र उपभोक्ता सबैको जिम्मेवारीपूर्ण भूमिका बिना यो समस्याको समाधान सम्भव छैन। उपभोक्ताको स्वास्थ्य सुरक्षा सर्वोपरि हुनुपर्छ र यसमा कुनै सम्झौता हुनुहुँदैन भन्ने कुरा सबैले बुझ्नुपर्छ।
कम्पनीले उपभोक्तालाइ सहज सम्पर्क गर्ने व्यवस्था नगर्दा ऐनले के भन्छ ?
उपभोक्ताको हित र अधिकार सुनिश्चित गर्न सरकारले लागू गरेको ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ ले प्रत्येक उत्पादन तथा सेवा प्रदायकलाई सम्पर्क नम्बर, ठेगाना वा गुनासो सुन्ने माध्यम अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ।
तर केही कम्पनीले आजसम्म पनि आफ्नो उत्पादनमा यस्तो विवरण समावेश नगरी उपभोक्तालाई सम्पर्कविहीन अवस्थामा छाड्ने गरेको पाइएको छ। यस्तो कार्य ऐन विपरीत मानिन्छ र त्यसमा कानुनी कारबाहीको व्यवस्था रहेको छ।
उपभोक्ता संरक्षण ऐनको धारा ३० र ३१ मा उल्लेख छ— वस्तु वा सेवा बिक्री वितरण गर्दा त्यससँग सम्बन्धित सम्पूर्ण विवरण स्पष्ट रूपमा जनाउनुपर्ने र उपभोक्तासँग सम्पर्क गर्न सक्ने माध्यम राख्नुपर्ने। यसलाई बेवास्ता गरेमा धारा ५३ अनुसार ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ।
यस्तै उपभोक्ताको स्वास्थ्य, सुरक्षा वा हितमा हानि पुर्याउने कार्य भएको ठहर भएमा सम्बन्धित कम्पनी वा व्यापारीलाई एक वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ।
सरकारले उपभोक्ताको स्वास्थ्य,सुरक्षा र आर्थिक हितलाई केन्द्रमा राख्दै बजारमा पारदर्शिता कायम गर्नु जरूरी देखिएकाे छ।
आरके श्रीवास्तव,राैतहट,भदौ २३ गते ।
विकास मसला उद्योग, विरगंज पर्सा द्वारा उत्पादित ‘क्यूरी मसला’ को प्रचारप्रसार तथा व्यवसाय विस्तारको उद्देश्यले रौतहटको मौलापुरस्थित होटल पार्कमा होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको छ ।
‘हरेक गृहणीको रोजाई क्यूरी मसला’ नारासहित सम्पन्न सो कार्यक्रमको अध्यक्षता स्थानीय व्यवसायी तथा निरला जेनरल किराना पसलका सञ्चालक महाशक्ति निरालाले गर्नुभएको थियो ।
कार्यक्रममा विकास मसला उद्योगका सञ्चालकद्वय विकास अग्रवाल र विवेक अग्रवाल उपस्थित रहनुभएको थियो । उहाँहरूले उत्पादनमा अपनाइएको गुणस्तर, स्वाद र नेपाली परिकारहरूसँगको सामञ्जस्यबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागी व्यवसायीहरूलाई कुपन सिस्टममार्फत आकर्षक उपहारहरू वितरण गरिएको थियो । कार्यक्रममा हिमगिरी हाईजिन लिमिटेडका पुण्य लुँइटेल र मिन्टु सिंह, खेतान चिया उद्योगका प्रबन्ध निर्देशक ईश्वर दवाडी, जनक खड्का र महेश गुप्ता, तथा हाईजिन पैक्स नेपालबाट भोला महतो र मदन साह लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो ।
सञ्चालक महाशक्ति निरालाले कार्यक्रमको सफलता प्रति सन्तोष व्यक्त गर्दै स्थानीय व्यवसायीहरूलाई गुणस्तरीय घरेलु मसला उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।
सञ्चालक विकास अग्रवालले भने, “हामीले क्यूरी मसला विशेष गरी नेपाली स्वाद अनुसार उत्पादन गरेका छौँ, र हरेक गृहणीको भान्सामा हाम्रो स्थान बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेका हौँ।”
कार्यक्रमले स्थानीय स्तरमा घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ । साे अवसरमा क्यूरी मसालाकाे राम्रो व्यवसाय गर्ने दुई जनालाई टिभिएस माेटरसाईकिल,ईभि माेटरसाईकिल र अन्य उपहारहरू पनि प्रदान गरिएको थियोे ।
राकेश ठाकुरले सञ्चालन गरेको कार्यक्रममा भाेजपुरीका चर्चित कलाकार सुनिल पंण्डित,एमएल पटेल लगायतका कलाकारहरूले सहभागीहरूलाई भरपूर मनाेरंजन गराएका थिए । कार्यक्रममा बारा,राैतहट र सर्लाहीका व्यवसायीहरू सहभागीता रहेको थियो ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।