२०८३ कार्तिक १
२०८३ कार्तिक १

काठमाडौँ । बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले वेब सिरिज ‘हिरामाण्डी: द डायमण्ड बजार’ को सफलतापछि नयाँ फिल्मको तयारी शुरु गरेका छन् ।

भन्सालीले नयाँ फिल्म ‘लभ एन्ड वार’ को घोषणा गरिसकेका छन् र यस फिल्मका लागि रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल जस्ता स्टारहरूलाई लिने तय गरिसकेका छन् । यो फिल्म सन् २०२६ मा हलमा रिलिज हुनेछ ।

मिडिया रिपोर्टका अनुसार यो फिल्म आगामी अक्टोबर २४ मा फ्लोरमा जानेछ र त्यससँगै पहिलो शेड्युल सुरु हुने बताइएको छ ।

सञ्जय लीला भन्सालीको फिल्मको भव्यतालाई ध्यानमा राखेर यो ठूलो शेड्युल लामो हुने बताइएको छ । ‘लभ एन्ड वार’ भंसालीसँग विक्की कौशलको पहिलो सहकार्य हुनेछ, जबकि रणवीर कपूर र आलिया भट्ट यसअघि निर्देशकसँग काम गरिसकेका छन्।

रणबीरले भन्सालीको ‘सावरिया’ (२००७) बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए र आलियाले २०२२ मा ‘गंगुबाई काठियावाडी’ मा अभिनय गरेकी थिइन् ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेत्री अदिति राव हैदर र अभिनेता सिद्धार्थ विअवाहिक बन्धनमा बाँधिएका छन् ।

तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्यहरु मात्र सहभागी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहपछि दुवैले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

२०२१ मा एक फिल्ममा काम गरेपछि सिद्धार्थ र अदिति नजिकिएका थिए । सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको हो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

अदिति शाही परिवारसँग सम्बन्धित छिन्, अदितिको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो। अदिति हैदराबादकी निजाम थिइन् । साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरेकी थिइन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागिन् । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।

अदिति र सिद्धार्थ दुवैको यो दोस्रो विवाह हो । सिद्धार्थको पहिलो विवाह सन् २००३ मा मेघनासँग भएको थियो । यो विवाह २००७ मा टुटेको थियो । त्यस्तै अदितीको पहिलो विवाह अभिनेता सत्यदीप मिश्रसँग भएको थियो, जब उनी २१ वर्षकी थिइन् । चार वर्षपछि दुवैको सम्बन्धविच्छेद भएको थियो ।न्युज कारखाना

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग चलचित्रका मुख्य पात्र विजय बरालको अनुवारमा देखिन्छ ।

त्यसपछि सुरु हुन्छ गीत, जसमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन् । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ । बाउबाजेको पालादेखि नै माग्दै हिँड्नु परे पनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र अपेक्षा बोलेको छ ।

शिक्षाबिनाको जिन्दगी रातजस्तै निष्पट्ट अँध्यारो रहेको भन्ने गीतले छोराको उज्जवल भविश्यका लागि बुवाले गर्ने संघर्षको कथा देखाएको छ ।

भिडियोमा विजयसँगै चलचित्रका अर्का मुख्य कलाकार प्रकाश सपूत फिचर्ड छन् । प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ । विजय बराल र प्रकाश सपूत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

चलचित्रको थिम पोस्टरले नै उत्सुकता जगाएको सिनेमाको टिजर सार्वजनिक भएपछि हाइप बढाएको छ । टिजरले नै प्रतिक्षित बनाएको चलचित्रको गीत पनि मर्मस्पर्शी रहेको छ । गीतले बुवा र छोराको सम्बन्धको कथालाई थप देखाउने प्रयास गरेको छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

गीतको लिंक- https://www.youtube.com/watch?v=ZI3xXyeCtY8

न्युज कारखाना

काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले अब फिल्म ‘डेनी डेन्जरस’ बनाउने भएका छन् ।

बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरेका हुन् । यो निश्चलको पाँचौं निर्देशकीय फिल्म हुनेछ ।

निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ । फिल्ममा अभिनय गर्ने कलाकारको बारेमा भने जानकारी गराइएको छैन । यो फिल्मको छायांकन तिहारपछि सुरु गरिने बताइएको छ । न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले संजय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिदै आफुले नेपाली फिल्ममा काम गर्ने बताएका हुन् । नवाजले आफुले नेपाली फिल्ममा केहि न केहि काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए ।

उनले भने- ‘म अभिनयको सवालमा केहि गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ । यस्तो फिल्म बनाउन ठुलो सहास चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफुले न्यानो आतिथ्य पाएको बताउदै नेपालीहरुले निकै राम्रो व्यबहार गरेको बताए ।न्युज कारखाना

काठमाडौं । काठमाडौं-कलिङ लिटेटरी फेस्टिभलमा लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान गरिएको छ। हिमालय होटलमा आयोजित समारोहबीच उपाध्यायलाई काली-कर्णालीको लोकसाहित्य ग्रन्थका लागि २० हजार राशिको यशश्वी प्रज्ञा पुरस्कार तथा यशश्वी बुक अवार्ड २०२४ अर्पण गरिएको हो।

काली-कर्णालीको लोकसाहित्य तथा संकृतिको लामो खोज तथा अनुसन्धानबाट उत्खनन तथा प्रारुप सामग्री एकितृत गरी उपाध्यायले विशद ग्रन्थ प्रकाशित गरेर नेपाली लोकसाहित्यमा ठूलो योगदान पुर्‍याएको भन्दै आयोजकले उनलाई सम्मान गरिएको जनाएको छ।

९८४ पृष्ठको ग्रन्थमा काली-कर्णाली क्षेत्रको लोकसाहित्य, लोकसंस्कृति, लोकगीत र संगीतका सबै क्षेत्रको विश्लेषण गरिएको छ। सम्मान कार्यक्रमका वक्ताहरूले ग्रन्थ काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको एतिहासिक दस्तवेज भएको बताएका थिए। उनीहरूले पुस्तक अध्ययन गर्दा सिंगो काली-कर्णाली क्षेत्रलाई बुझ्न सकिने धारणा राखेका थिए।

उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकदेउडा गीतका स्रष्टा हुन्। भव्य समारोहबीच सम्मानित हुन पाउँदा खुसी र जिम्मेवारी दुवै थपिएको उनले बताए।न्युज कारखाना

टिकापुर । युवा कवि मोतीराम भट्टको १५९औं जयन्ती टीकापुर सामुदायिक पुस्तकालयले विविध कार्यक्रमका साथ मनाएको छ।

पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा टीकापुर नगरक्षेत्रका विभिन्न विद्यालय तथा क्याम्पसका २९ जना विद्यार्थीले रचना वाचन गरेका थिए। उनीहरूले साहित्यमा मोतीराम भट्टले पुर्‍याएको योगदानको चर्चासहितका साहित्यिक प्रस्तुति प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सामुदायिक पुस्तकालय संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, विशिष्ट अतिथि टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी, टीकापुर बहुमुखी क्याम्पसका प्राध्यापक डा. धनकृष्ण उपाध्याय, विरेन्द्र विद्या मन्दिर क्याम्पसका प्राध्यापक डा. चक्रप्रसाद अधिकारी र विरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डा. योगेन्द्र बजगाईंले पनि भट्टले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

सोही समारोहमा स्थानीय समाजसेवी पुष्पहरि न्यौपानेले विविध विधाका ५५ थान पुस्तक टीकापुर सामुदायिक पुस्तकालयलाई प्रदान गरेका छन्।न्युज कारखाना

काठमाडौँ । तीजको दिन पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक गरिएको छ ।

भोजपुरी भाषामा तयार पारिएको ‘करेजा निकरी’ बोलको गीतमा भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको गायन छ भने रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द छ । गीतमा निकिता चाण्डक, पल शाह र प्रकाश शाह नृत्य गर्दै प्रस्तुत छन् ।

पल र प्रकाशबीचको टकराव देखाउन खोजिएको गीतमा निकितालाई बोल्ड अवतारमा देखिएकी छिन् ।

फिल्ममा उनी यो गीतमा मात्र देखिनेछिन् । तराईंको मध्य मधेशको गाउँलाई सेटअप बनाएर गीत खिचिएको छ । यो गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पल दोहोरो भूमिकामा छन् । पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, योगेश भण्डारी, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, निमा पाण्डे आदिको पनि अभिनय रहेको फिल्मलाई अभिनेत्री पूजा शर्माले निर्माण गरेकी हुन् ।

गीतको लिंक- https://www.youtube.com/watch?v=tEA7e-F5wMs

न्युज कारखाना

काठमाडौँ । बलिवुडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडी रहेका छन् । शुक्रबार सार्बजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् ।

जस अनुसार श्हरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबात कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनि रेड चिलिज रहेको छ भने आइपिएल टिम कोलकोता नाइट राइडर्स समेत रहेको छ ।

त्यस्तै बलिवुडमा शाहरुख खानपछि उनकै विजिनेस पार्टनर समेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । जुही चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकोता नाइट राइर्ड्स दुवैमा साझेदारी रहेको छ ।

त्यसपछि बलिवुड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन् । ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ । ऋतिकपछि चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन् । अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ । अमिताभ बच्चनको अभिनय बाहेक थुप्रै कम्पनीहरुमा रणनीतिक लगानी रहेको छ ।

त्यस्तै पाँचौं स्थानमा बलिवुडका निर्माता एवम निर्देशक करण जोहर रहेका छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनि धर्मा प्रोडक्सन रहेको छ ।न्युज कारखाना

काठमाडौँ । निर्देशक कृषा चौलागाईंले निर्देशन गर्ने फिल्म ‘पिताम्बर’मा दयाहाङ राईको इन्ट्री भएको छ । दयाहाङले ‘पिताम्बर’ को निर्माण टिमसँग सम्झौता गरेका हुन् ।

फिल्ममा यसअघि नै सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, आर्यन सिग्देल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी जस्ता कलाकारहरू अनुबन्धित भइसकेका छन् ।

अब यस फिल्ममा पहिलोपटक दयाहाङ, सौगात र प्रदीप एकसाथ देखिनेछन् । हाल वर्कसप चलिरहेको यस फिल्मको आगामी साताबाट दोस्रो चरणको छायांकन सुरु गरिँने भएको छ ।  पहिलो चरणको छायांकन गत वर्ष नवलपरासीमा भएको थियो । यस फिल्ममा प्रदीप एक्सन भूमिकामा रहेको बताइएको छ ।

फिल्ममा दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारी लगायतको पनि विशेष भूमिका रहनेछ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको निर्माता विशाल चौलागाई हुन् । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मको लागत करिब ५ करोड रहेको बताइएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।