मुम्बइ, १७ फागुन ।
सन् २०२३ मा पठान र जवानसँग बक्स अफिसमा हलचल मच्चाउने फाइटर अभिनेत्री दीपिका पादुकोण हालै आफ्नो गर्भावस्थाको खबरका कारण चर्चामा छिन् ।
तर, अभिनेत्री वा उनको परिवारले यसबारे कुनै प्रतिक्रिया दिएनन्, न त यो जोडीले आधिकारिक रूपमा घोषणा गरेका छन् । तर अहिले दीपिका पादुकोण र रणवीर सिंहले फ्यानलाई खुसीको खबर दिएका छन् ।
यस अवसरमा जोडीले एउटा सुन्दर पोस्ट सेयर गरेका छन्, जुन सामाजिक सञ्जालमा तिब्र गतिमा भाइरल भइरहेको छ र फ्यानहरुले उनीहरुलाई बधाई दिइरहेका छन् ।
रणवीर सिंह र दीपिका पादुकोणले सोशल मिडिया प्लेटफर्म इन्स्टाग्राममा एक विशेष पोस्ट साझा गरेका छन्, जसमा एउटा तस्विरमा बच्चाको सामानको बीचमा प्यारा डिजाइनमा लेखिएको थियो, सेप्टेम्बर २०२४ दीपिका र रणवीर। यस पोस्टको क्याप्शनमा, अभिनेत्रीले दुई हात जोडेको इमोजी र अदृश्य इमोटिकन साझा गरेकी छिन्।
पोस्ट सेयर हुने बित्तिकै सेलेब्स र फ्यानहरूको कमेन्टमा प्रतिक्रियाको वर्षा भइरहेको छ । कृति सेननले कमेन्टमा लेखेकी छिन्, ‘ओएमजी दुबैलाई बधाई छ ।
गायिका श्रेया घोषालले लेखिन्, ओएमजी, म धेरै उत्साहित छु। तिमी दुबैको लागि धेरै खुसी छ। धेरै धेरै बधाई छ।’
एक फ्यानले लेखेका छन्, बलिउडकी आमा वास्तविक जीवनमा आमा बन्न लागेकी छिन् ।
उल्लेखनीय छ कि ५ जनवरी १९८६ मा जन्मिएकी दीपिका पादुकोण ३८ वर्षकी भइन् । उनले सन् २०१८ मा अभिनेता रणवीर सिंहसँग विवाह गरेकी थिइन्, त्यसपछि ६ वर्षको विवाहपछि यो जोडी पहिलो पटक अभिभावक बन्न लागेका हुन् । हालै बाफ्टामा उनको उपस्थितिपछि यो खबर आएको हो । अवार्ड शोमा प्रेजेन्टर रहेकी दीपिकाले सारी लगाएर पेट छोप्ने प्रयास गरिरहेकी थिइन् ।न्युज कारखाना
काठमाडौँ, १७ फागुन ।
‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुँदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित भएका पृथक स्वरका धनि चर्चित गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् ।
बिहीबार काठमाडौँ जमलस्थित विश्वज्योति चलचित्र भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले गायनमा पुनः आगमन गर्दा पाएको साथले हौसला मिलेको बताए । ‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु । जेम्स दाईका कारण यो सम्भव भएको हो । आश छ, पहिला झैँ माया पाउने छु’, गायक श्रेष्ठले भने, ‘समयअनुसार आफूलाई परिमार्जित गर्ने कोसिश गरेको छु । आगामी दिनमा पनि समय सापेक्ष गीत सार्वजनिक गर्नेछु ।’
उनले सार्वजनिक गरेको गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत रहेको छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन् । उनी नेपाल आएपछि गायक तथा सङ्गीतकार जेम्स प्रधानसँग भेट भएपछि साङ्गीतिक सहकार्य जुटेको हो ।

‘मैले गीतलाई तयार गरेर राखेको थिएँ । एकदिन गायक श्रेष्ठ आएर सुने । यही गीतमार्फत पुनः गायनमा सक्रियता दिन्छु भनेपछि हामीले सहकार्य गरेका हौँ’, सङ्गीतकार प्रधानले भने,‘यो गीतको श्रव्यदृश्य पनि मैले नै तयार गरेको छु । हामीले धेरै सोचेर गीतको मर्मअनुसार दृश्याङ्कन गरेका हौँ ।’
कार्यक्रममा उपस्थित गायक शशी गुरुङले आफू झैँ दुई दशक पश्चात सक्रियता देखाएको भन्दै गायक श्रेष्ठलाई शुभकामना दिए । उनले भने,‘म पनि बाइस वर्षपछि केही दिन अगाडि मात्र नयाँ गीत लिएर आएँ । संजयलाई पनि निरन्तरता दिनुपर्छ भन्न चाहन्छु । उनको गायन शैली र गायनको मिठास गज्जब छ ।’
अर्का गायक भीम तुलाधरले गायक श्रेष्ठको आवाज अन्य भन्दा छुटै मिठास भएको बताए । ‘संजयले दुई दशक अगाडि पाएको चर्चा लोभ लाग्दो थियो । विविध कारणले उसले पाउनु पर्ने सफलता पाएन । अमेरिका पुगेर पनि नेपाल फर्किएर सङ्गीतमा भविष्य देख्नु सुखद कुरा हो । उसलाई निरन्तरताको कामना’, गयाक तुलाधरले भने ।
कार्यक्रममा गायक बबिन प्रधान, कविन्द्र श्रेष्ठ, डिजाइनर अनिल स्थापित, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले गायक श्रेष्ठको गायन यात्राको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए । सार्वजानिक भिडियोमा जेसिका प्रधानको रङ्ग संयोजन र सम्पादन, जेम्स प्रधानको शब्द र सङ्गीत, श्याम तामाङले छायाङ्कन गरेका हुन् ।न्युज कारखाना
गीतकाे लिंक : https://youtu.be/-WmUoJ0u8T8?t=1
महोत्तरी, १७ फागुन ।
रातु नदी उत्त्खननको बिषयलाई लिएर राजनीति दलहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्त्खनन भएको भन्दै बिहीबार दलहरुले सयुक्त रुपमा मुद्दा दर्ता गरेका हुन् ।
वातावरणमा प्रतिकुल असर पार्नेगरी आईई रिपोर्ट बनाएको, मापदण्डविपरीत नदिजन्य पदार्थ उत्त्खनन गरेको, स्थानीय सरकारले नै अवैध दोहनमा पक्षपोषण गरेको जस्ता प्रश्न उठाएर मुद्दा दायर गरिएकाे हाे ।
नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतसहितका प्रतिनिधिहरुले १२ वटा कार्यालयहरुलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महोतरी जिल्ला समन्वय समिति, महोतरी, बर्दिबास नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयको कार्यालय महोतरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश, देव विष्णु कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.,राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स प्रा.लि.दोलखा जिल्ला भिमेश्वर नगरपालिका र राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति सातादोवाटो ललितपुरलाई विपक्षी बनाइएको छ ।
उक्त रिटको यही फागुन २० गते नै पेशी तोकिएको निवेदकको तर्फबाट बहस गर्ने अधिबक्ता पदम बहादुर श्रेष्ठले जानकारी दिए ।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ ।

गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न पाउँछन् । गीतमा उनको जोडीका रुपमा मुकुन भुसाल छन् । गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।न्युज कारखाना
गीतकाे लिंक : https://youtu.be/FuRX4u0_ULM?si=3cdZAH273ppxInVL

काठमाडौँ, १७ फागुन ।
नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्ले प्रदर्शनका लागि वितरण गर्दै छ ।
उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दै छ ।
नेपाली फिल्मको बजार विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एमएसएम इन्टरटेनमेन्टस्ले ‘जात्रा’का दुवै शृङ्खला दर्शकको मन जितेको कारण विश्वभर एकसाथ भव्य रुपमा प्रदर्शन हुने जनाएको छ । उक्त कम्पनिका सञ्चालक छत्र थापाले प्रवासमा रहनुभएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँको समुहलाई अन्यको तुलनामा बढी विश्वास गर्नुका साथै आशावादी रहने गरेको बताए ।
वितरक थापाले भने,‘नेपाल झैँ विदेशमा दर्शकको प्रतीक्षामा रहनुमा जात्राको अघिल्लो शृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता र सफलता पनि हो ।’ विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको फिल्मको बजार बलियो देखिएको छ । सोही कारण एमएसएम इन्टरटेनमेन्टस्ले आगामी लाइनअपमा ‘पुजार सार्की’,‘घर ज्वाईं’,‘रीमै’ जस्ता फिल्म छन्, जसमा नेपाली मौलिकता र विषयलाई समेटिएको छ ।
फिल्मका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताए । ‘हामीलाई दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत शृङ्खलालाई निरन्तर दिन हौसाएको हो’, कार्यकारी निर्माता बानियाँले ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।
फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
बलिउड फिल्म ‘आर्टिकल ३७०’ फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले बक्स अफिसमा निकै माया पाइरहेको छ ।
यामी गौतमको फिल्म ‘आर्टिकल ३७०’ ले ६ दिनमा ३० करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।
सैकनिल्कको रिपोर्ट अनुसार ‘आर्टिकल ३७०’ ले छैटौं दिनमा पुग्दा ३.१० करोडको व्यापार गरेको छ। योसँगै घरेलु बक्स अफिसमा ‘आर्टिकल ३७०’ को कुल कलेक्सन ३२.५५ करोड पुगेको छ । याेसँगै फिल्मले रिलिज भएको चार दिनमै बजेटकाे रकम उठाइसकेकाे थियाे ।
यामी गौतम स्टारर फिल्म ‘आर्टिकल ३७०’ ले कश्मीरबाट संबिधानको धारा ३७० हटाएको प्रसङगलाइ देखाएको छ । फिल्ममा यामी गौतमका साथै प्रिय मणी, अरुण गोविललगायतका कलाकारको अभिनय रहेको छ ।न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ । फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन् । सौरभ चौधरी निर्देशित फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ ।
यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन् । शोको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शोहरु उपलब्ध गराएका छन् ।

फिल्मका लागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ । यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए । उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ । यो कुराले पनि फिल्मको चर्चा निकै चुलिएको छ ।
यसै गरी, अर्का कलाकार नाजिरले फिल्मकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ ।
फिल्ममा सौगात र नाजिरको एक्सन लुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र र निश्चल बस्नेतको झलकले पनि फिल्मको महत्व बढाइदिएको छ । टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोरले पनि चर्चा उत्तिकै पाइरहेको छ ।
फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।
न्युज कारखाना
काठमाडौं १६ फागुन।
यही फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजर र ट्रेलरमा अभिनेता प्रमोद अग्रहरिको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ । आफूले अभिनय गरेका हरेक फिल्ममा भिलेन चरित्रमा देखिँदै आएका प्रमोदले यो फिल्ममा ‘त्रिपाठी’ चरित्रमा आफ्नो भिलेन लुक्स दर्शकलाई देखाउँदैछन् ।
ट्रेलरमा समावेश अग्रहरिले बोलेको ‘म आज् स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम्’ संवाद दर्शकहरूले औधी मन पराएका छन् ।प्रमोदका अनुसार फिल्मको ‘त्रिपाठी’ चरित्र बाहुबली जस्तै हो । अर्थात् सबै कुरा उसकै अन्डरमा छ । उसको आफ्नै सञ्जाल छ र उसको इसारा बिना समाजको केही कुरा पनि वरपर चल्दैन ।
‘मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार नै लाग्छन् । फरक चाहिँ त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने मात्र हो । किनकी हरेक फिल्ममा मेरो चरित्र फरक परिवेश र फरक शैलीको हुन्छ’, प्रमोद भन्छन् ।

प्रमोद परासीका हुन् । फिल्मको ट्रेलरले मधेसकै कथा देखाएको छ । प्रमोदको बुझाईमा उनले ‘अगस्त्य च्याप्टर १’को जस्तै कथा परासीमा देखेका छैनन् । ‘यस्तो कथा मैले अन्य ठाउँमा देखेको छु, भारतमा पनि देखेको छु । मैले त्यो देखेको क्यारेक्टरलाई मात्र फिल्ममा उतारेको हुँ । पहिरन, लुक्स उनीहरुबाटै लिएको हो’, प्रमोद खुल्छन् ।
प्रमोदले ‘त्रिपाठी’ क्यारेक्टरका लागि राम्रै तयारी गर्नुपरेको रहेछ । ‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनु जस्तै हो नि । त्यसकारण पहिरनदेखि सबै कुरा जुटाउन तयारी गरियो । मुख्य कुरा विचार हो, शारीरिक रुपमा देखिनु भन्दा पनि चरित्रको विचारको तयारी ठूलो कुरा हो । सबैभन्दा पावरफूल त आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो नि । जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ । आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को तयारी नै हो’, प्रमोद भन्छन्, ‘म पुषदेखि नै त्यो क्यारेक्टरमै थिएँ । संवाददेखि सबे कुराहरुको तयारी गरिएको थियो ।’
आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्छन् भन्ने कुरामा प्रमोद ढुक्क छन् । ‘ट्रेलर हेर्दै मेरो संवादले धेरैलाई छोइसकेको छ । सामाजिक सञ्जाल होस् या युट्युबमा आएका प्रतिक्रियाबाट नै ती कुरा थाहा पाइसकेको छु । दर्शकले मेरो क्यारेक्टरको बारेमा कुरा गरिरहनुभएको मैले सुनेको छु । किनभने हामीले बनाउने क्यारेक्टर भनेको हाम्रै वरपर समाजमा देखिने क्यारेक्टर नै हुन्’, उनी भन्छन् ।

प्रमोद आफ्ना हरेक चरित्र आफ्ना लागि चुनौतिपूर्ण ठान्छन् । ‘मेरो चरित्र मेरै लागि चुनौतिपूर्ण हुन्छ । त्यसो हुँदा मैले अरुको चरित्रसँग किन चुनौति मान्ने ? यो फिल्ममा रहेका बाँकी ६,७ जना कलाकारबीच एकापसमा राम्रै सहकार्य भयो । मलाई लाग्छ यो फिल्ममा एउटा राम्रो काम भएको छ’, उनी भन्छन् ।
प्रमोद आफ्नो चरित्रका लागि शतप्रतिशत तयारी गरेको दाबी गर्छन् । ‘फिल्मको वर्कसप भएको थिएन, दुई चारपटक स्क्रिप्ट पढें । बीचमा बुवा बित्नुभएपछि घर आउनुपर्यो । उहाँको काम सकेर पछि फिल्म युनिटसँग जोडिएँ । फिल्मको स्क्रिप्ट पढिरहँदा आफ्नो क्यारेक्टरबाट के आउनेवाला छ भन्ने मलाई थाहा थियो, त्यही अनुसार तयारी गरें’, प्रमोद भन्छन् ।
प्रमोदको अनुभवमा फिल्मको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो । ‘उसले गरेको क्रियाकलापले कसैलाई असर पर्दा ऊ भिलेन हुन्छ । तर मैले गरिरहेको कुरा त आफ्ना लागि राम्रै हुन्छ नि । मेरो क्यारेक्टर समाजका लागि पोजेटिभ छ या नेगेटिभ छ भन्ने दर्शकको हेराईमा भर पर्छ । अगस्त्य च्याप्टर १ हेरेर निस्कँदा दर्शकले यो कुरा पक्कै सम्झनुहुन्छ’, उनी भन्छन् ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा प्रमोदका अलावा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
फिल्म यही शुक्रबार अर्थात् १८ गतेबाट नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।न्युज कारखाना
मुम्बइ, १६ फागुन ।
बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ यतिबेला ठूलो बजेटको फिल्म ‘बडे मियाँ छोटे मियाँ’का कारण चर्चामा छन् ।कहिले फिल्मको बारेमा नयाँ अपडेट आउँछ भने कहिले नयाँ फिल्मको कथा बाहिर आउँछ। दुवै कलाकार पछिल्लो समय चलचित्रको प्रमोशनमा व्यस्त छन् ।
हालै लखनउमा फिल्मको प्रमोशनका क्रममा टाइगर श्राफले अक्षयलाई ‘भारतको टम क्रुज’ भन्दै तारिफ गर्न थालेका थिए ।
हाई ओक्टेन एक्शन ड्रामा फिल्मबाट दुबै कलाकार पहिलो पटक ठूलो पर्दामा सँगै देखिन लागेका हुन् । प्यानल छलफलको क्रममा टाइगर श्राफले आफ्ना स्टार अक्षय कुमारको शक्तिशाली स्टन्ट र कार्यको लागि प्रशंसा गरेका छन् । टाइगरले अक्षयको तारिफ गर्दै भने, ‘बलिउडमा यति धेरै वर्षदेखि अक्षय कुमारले आफ्नो स्टन्टको स्तरमाथि राखेका छन्, जसरी टम क्रुज हलिउडमा देखिएका छन् ।’
प्यानल डिस्कशनमा टाइगर श्राफले अगाडी भने, ‘जब हामी सबै हलिउड फिल्म ‘ मिसनः इम्पोसिबल’ मा टम क्रुजको कामको तारिफ गर्दा थाकेका छैनौं, तब एक मिनेटको लागि रोकिएर सोच्नुपर्छ कि हाम्रो देशमा छ, टम क्रूज यहाँ छन्।’
यति मात्र होइन टाइगर श्राफले ‘एम १७’ मा टम क्रुजले गरेको सास फेर्ने साहसी हवाईजहाज स्टन्टको स्मरण गराउँदै भारतको टम क्रुज अर्थात् अक्षय कुमारले सन् १९९९ देखि अहिलेसम्म यही काम गरिरहेको बताए ।
अक्षय कुमारको फिल्म ‘खिलाडी ४२०’ को बारेमा कुरा गर्दै टाइगरले भने कि यस फिल्ममा अक्षय कुमार स्टन्ट प्लेनमा चढेर १००० फिटको उचाइबाट हट एयर बेलुनमा हाम फालेका थिए । यस्तो स्टन्ट गर्ने बलिउडमा अक्षय कुमार एक्लो हुन सक्छन् ।
सो प्यानल डिस्कसमा ्जरब अक्षय कुमारलाई कुनै सुरक्षा प्रोटोकल बिना स्टन्ट पुल अफ गर्ने बारे सोधिएको थियो, अक्षय कुमारले धेरै सरलताका साथ जवाफ दिए, ‘हो, म भर्खरै उफ्रिएँ।’
यसपछि जब अक्षयलाई सोधियो कि उनले यो स्टन्ट कसरी गरे ? त्यसको जवाफमा अक्षय कुमारले भने, ‘म अलिकति मानसिक रूपमा विचलित थिएँ ।
अक्षय कुमार र टाइगर श्राफको बहुप्रतिक्षित आगामी फिल्म बडे मियाँ छोटे मियाँ चाँडै ठूलो पर्दामा रिलिज हुँदैछ । यो चलचित्रको रिलिज मिति अप्रिल ९ राखिएको छ । अली अब्बासले निर्देशन गरेको यो फिल्मको बजेट ३५० करोड भारु भनिएको छ । अब यो स्टन्ट र केमेस्ट्रीले भरिपूर्ण फिल्मलाई फ्यानहरुले कति रुचाउछन् त्यो हेर्न बाँकी छ ।
यस फिल्ममा अक्षय कुमारसँगै टाइगर श्राफ, मानुषी छिल्लर र अलाया एफ र सोनाक्षी सिन्हा मुख्य भूमिकामा देखिनेछन् ।न्युज कारखाना
मुम्बइ, १६ फागुन ।
सुपरस्टार रजनीकान्तको फ्यान फलोइङ सधैं उच्च रहेको छ ।
दक्षिण भारत देखि उत्तर भारतसम्म लाखौं फ्यानहरू उनको अभिनय र फिल्मका लागि पागल हुने गरेका छन ।
साउथ मुभी बाहेक रजनीकान्तले बलिउड फिल्ममा पनि काम गरिसकेका छन्, जहाँ पनि दर्शकको माया पाएका छन् । तर, दिग्गज सुपरस्टार २४ वर्षदेखि बलिउड फिल्मबाट टाढा रहेका थिए तर अब रजनीकान्तले आफ्नो २४ वर्षको निर्वासन अन्त्य गर्ने निर्णय गरेका छन् । उनी फेरि बलिउड फिल्ममा कमब्याक गर्न तयार देखिएका छन ।
रजनीकान्तले चर्चित बलिउड निर्माता–निर्देशक साजिद नाडियाडवालासँग सहकार्य गर्ने पक्का भएको छ । साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले आफ्नो एक्स अकाउन्टमा रजनीकान्तसँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘महान रजनीकान्त सरसँग सहकार्य गर्न पाउनु साँचो सम्मान हो, हामी सँगै यो अविस्मरणीय यात्रामा लाग्ने तयारी गर्दैछौं ।’
सलमान खानको फिल्म किकलाई साजिद नाडियाडवालाले निर्देशन गरेका हुन् । पछिल्लो पटक उनले वरुण धवनको फिल्म ‘बावल’ निर्माण गरेका थिए ।
रजनीकान्तको कुरा गर्दा बलिउडमा उनको अन्तिम फिल्म ‘बुलन्दी’ थियो । यो फिल्म सन् २००० मा सिनेमाघरमा रिलिज भएको थियो । यो फिल्म ‘बुलन्दी’ मा रजनीकान्तसँगै अनिल कपूर, रविना टण्डन र रेखा मुख्य भूमिकामा थिए।
उनी पछिल्लो पटक फिल्म लाल सलाममा देखिएका थिए । तर, उनको फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । लाल सलामलाई ऐश्वर्या रजनीकान्तले निर्देशन गरेका हुन् ।न्युज कारखाना