२०८३ कार्तिक १
२०८३ कार्तिक १

मुम्बइ, ७ चैत ।

शैतानले १०० करोडको किर्तिमानी कमाइ गरेको छ ।  योसँगै अजय देवगनको नाममा दुई कीर्तिमान पनि बनेको छ ।

भारतीय समाचार माध्यमका अनुसार  ‘शैतान’ १०० करोड क्लबमा सामेल भएपछि अजयको यो फिल्म १०० करोड कमाउने उनको करियरको १४औँ फिल्म बनेको छ ।

 

यससँगै अजयले यस मामिलामा बलिउडका किंग खान अर्थात् शाहरुख खानलाई निकै पछाडी छाडेका छन । ध्यान दिनु पर्ने कुरा के छ भने सबैभन्दा धेरै १०० करोड फिल्म दिने मामिलामा सलमान खान पहिलो नम्बरमा छन्, उनले १७ वटा फिल्मलाइ १०० करोडको क्लबमा रखाउन सफल भएका छन ।

 

यसैगरी, अक्षय कुमार यस लिस्टमा दोस्रो नम्बरमा छन्, उनले अहिलेसम्म १६ वटा फिल्मवाट कम्तिमा १६०० करोड कमाइदिएका छन ।

यस्तो अवस्थामा अजय देवगन सबैभन्दा बढी १०० करोड कमाउने फिल्मको सूचीमा तेस्रो स्थानमा रहेको छन्, उनले शैतानसहित १४ वटा फिल्म १०० करोड क्लबमा पुर्‍याएका छन ।

 

त्यसपछि मात्रै वलिउडका बादशाह शाहरुख खानको नाम आउँछ, उनी चौथो स्थानमा छन् ।न्युज कारखाना

 

 

मुम्बई, ७ चैत ।

अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । अजयले आफ्नो करियरमा अहिलेसम्म धेरै किसिमका क्यारेक्टरमा देखा परेका छन र धेरै ब्लकबस्टर फिल्म दिएका छन्।

 

जसका कारण पनि उनका फ्यानहरू अजयको अभिनयका लागि पागल छन् र उनको हरेक फिल्मको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्। हाल अजयले आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘शैतान’ बाट बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । यो अलौकिक फिल्मले तुफान गतिमा कलेक्सन गरेको छ र योसँगै अजयको नाममा दुई रेकर्ड पनि कायम भएको छ ।

 

अजय देवगनको फिल्म ‘शैतान’ मार्च ८ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै फ्यानहरु फिल्मको प्रतिक्षामा थिए । जब यो हरर थ्रिलर थिएटरमा पुग्यो, दर्शकको भीड यसलाई हेर्न जम्मा भयो।  ‘शैतान’ ले समीक्षकबाट मात्रै होइन, दर्शकबाट पनि निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

 

गुजराती फिल्म ‘वश’ को हिन्दी रिमेक ‘शैतान’ मा अजय देवगनबाहेक आर माधवन, ज्योतिका र जानकी बडीवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो फिल्मको कथाले दर्शकलाई रुचाएको छ । योसँगै यो फिल्मले १० दिनमा १०० करोडको आँकडा पार गरेर चमत्कार गरेको छ ।

 

सिद्धार्थ मल्होत्राको ‘योधा’ र अदा शर्माको ‘बस्तर द नक्सल स्टोरी’ जस्ता नयाँ फिल्मबाट ‘शैतान’ले बक्स अफिसमा प्रतिस्पर्धा पनि गरिरहेको छ तर पनि यसले अन्धाधुन्ध पैसा छापिरहेको छ । सैकनिल्कको रिपोर्ट अनुसार, ‘शैतान’ ले रिलिजको ११ औं दिनमा ३ करोड कमाएको थियो भने योसँगै ११ दिनको घरेलु बजार कलेक्सन १०६.०५ करोड पुगेको छ ।

 

वास्तवमा सन् २०१० यता बनेका सबै हरर विधाका फिल्म मध्ये  ‘शैतान’ सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्मसमेत बनेको छ । याे सूचीमा  ‘राज ३’ दोस्रो स्थानमा छ । यसले ७० करोड रुपैयाँ कमाएको थियो । जहाँ ‘रागिनी एमएमएस’ यो सूचीमा तेस्रो नम्बरमा छ । यो फिल्मले ४६=७८ करोडको व्यापार गरेको छ ।

 

‘शैतान’ लाई विकास बहलले निर्देशन गरेका हुन् । चलचित्र दुष्ट शक्तिको चंगुलबाट आफ्नी छोरीलाई बचाउने बाबुको वरिपरि घुम्छ। ‘दृश्यम २’ पछि अजय देवगनले यो फिल्ममा फेरि एकपटक पारिवारिक पुरुषको भूमिकामा कमब्याक गरेका छन् ।न्युज कारखाना

काठमाडौं, ६ चैत ।

यसवर्षको प्रतिक्षित फिल्म ‘महाजात्रा’ सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिएको छ । अर्थात् चैत ९ गतेदेखि नेपालसहित विश्भर एकसाथ प्रदर्शन हुने फिल्म सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउनेछन् । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मले मनोरञ्जनसँगै संदेश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको बताए ।

‘हामीलाई आइडिया फुरेपछि त्यसलाई जात्राकै सेटअपमा तीन पात्रमार्फत व्यक्त गर्दा न्यायपूर्ण हुने लागेर यसमा राखिएको हो । यसमा राजनीति जोडिएको छ तर फिल्म त्यसमा केन्द्रीत भने छैन । यो जात्राकै सेटअपमा तयार भएको फिल्म हो’, निर्देशक भट्टराईले भने ।


आफूले भन्नु पर्ने राष्ट्रिय विषय भएकाले त्यसलाई जात्रामार्फत व्यक्त गर्न लागेको बताउदै निर्देशक भट्टराईले तीन पात्र बाहेक नयाँ कलाकार र परिवेश रहेको बताए ।

‘यसमा फडिन्द्र, मुन्ना र जोएशसँगै नयाँ अनुहारले नयाँ परिवेशलाई भित्राएका छन् । फिल्म हेरेपछि उस्तै कथा वा परिवेशलाई लिएर उठिरहेको प्रश्नको जफाव पाउनु हुनेछ भन्नेमा विश्वस्त छु । जात्रा शृङ्खलाकै निरन्तरता भएकाले त्यसमा जोडेका हौँ’, निर्देशक भट्टराईले भने ।
अभिनेतासँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले फिल्म बजार र दर्शकलाई हेरेर तयार गरिएको बताए ।

‘हामीले जात्रा शृंखलाको लिगेसीलाई बढाउने गरी महाजात्रा तयार गरेका छौँ । यसमा हरिवंश दाई जोडिनु भएकाले महाजात्रा भएको छ । फिल्मले सामाजिक दायित्व र दर्शकलाई मनोरञ्जन दिने दुवै दायित्वलाई निर्वाह गरेको छ’, अभिनेता बानियाँले भने ।


अभिनेता हरिवंश आचार्यले आफू ‘जात्रा’ मार्फत नै गायकको रुपमा शृङ्खलामा जोडिएको बताउदै यसपटक भूमिकामै रहेको जानकारी दिए । उनले निर्देशक भट्टराई र षटकोण आर्ट्सले निर्माण गर्ने फिल्म प्रति आफू ढुक्क भएर काम गर्न सक्ने वातावरण रहेको बताए ।

 

‘अहिले महाजात्रा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको सन्दर्भ नेपाली फिल्मकै लागि गौरवको विषय बनेको छ । किनकि यो भव्य रुपमा प्रदर्शन हुँदै गरेको आभास सार्वजानिक पोस्टरले दिएको छ । अहिले नेपालीले मात्र हेरिरहेको फिल्म विस्तारै विदेशी दर्शकले पनि हेर्ने दिन आउनेछ । त्यो स्थानमा पु¥याउन महाजात्रा पनि एक खुड्किलो हो’, अभिनेता आचार्यले भने ।

फिल्ममा अभिनेता आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्ने उनले बताए ।

उनले भने,‘नकारात्मक कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ । यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ ।’


फिल्म ‘जात्रा’ मार्फत मुन्नाको रुपमा दर्शकसँग साक्षात्कार गरेका रवीन्द्र झा अहिलेका व्यस्त कलाकार हुन् । प्राय निर्माता तथा निर्देशक उनलाई स–साना भूमिकामा अभिनय गराउन तत्पर छन् । तर, उनलाई फिल्ममा स्थापित गराउने ‘जात्रा’ शृङ्खलामा उनको भूमिका सशक्त छ ।
‘मुन्ना सोझो व्यक्ति हो । तर, उसको जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ । मधेशबाट काठमाडौँ आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गरेको हो’, अभिनेता झाले भने ।

सुन र पैसा देखेर भाग्ने मुन्नालाई आवश्यकता र परिस्थितिले गडबड गर्न बाध्य बनाएपनि उसले कसैको हत्या वा नोक्सानी गर्ने नियत नभएको उनले बताए । यसपटक ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ रमाइलोसँगै संदेश मुलक बनेको उनले बताए ।

 

‘फिल्मले अघिल्ला शृङ्खला भन्दा बढी रमाइलो दिन्छ नै साथै यसले संदेश पनि दिन्छ । गम्भीर विषयवस्तुलाई निर्देशक भट्टराईले फिल्मी शैलीमा रमाइलो किसिमले प्रस्तुत गर्नुभएको छ । यो फिल्ममा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’, अभिनेता झाले भने,‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ । मधेशबाट आएको पात्रले कसरी काठमाडौँमा सङ्घर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ ।’

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्का अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

यो फिल्म मार्च २८ देखि साउदी अरेबियामा प्रदर्शन हुँदैछ । पहिलोपटक कुनै नेपाली फिल्म साउदी अरेबियामा प्रदर्शन हुन् लागेको हो । यस्तै फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा गरिरहेको प्रचारप्रसारले नेपालसँगै विदेशमा समेत दर्शकलाई फिल्मप्रति चाख बढाएको छ ।
नेपाल भ्रमणका क्रममा फिल्म ‘महाजात्रा’ ले मजदुरदेखि मेयर हर्क साम्पाङसम्म, रिक्सा, बस, सफारीदेखि रत्नपार्कको पुलसम्म प्रचार सामग्री राखेको छ । नेपालमा यस किसिमको भव्य प्रचारप्रसार कमै फिल्मको हुने गरेको छ । क्रिकेट लाइभदेखि अनलाइन विज्ञापन गरिरहेको फिल्मले नेपालसँगै विश्वव्यापी विष्फोटक व्यापार गर्ने अनुमान गरिएको छ । फिल्मका कलाकारसँगै कार्यकारी निर्माता समेत रहेका अभिनेता बानियाँले नेपाली फिल्मको बजार बढाउन प्रचारप्रसारमा कम्जुस्याई गर्न नहुने बताए ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।न्युज कारखाना

मुम्बइ, ६ चैत ।

भारतमा सिनेमाको कुरा गर्ने हो मुख्य कुरा फिल्मले बक्स अफिसमा १०० करोड कमायो कि कमाएन भनेर हेरिन्उँछ ।

 

धेरै पटक कुनै फिल्म १०० करोड कमाएर पनि फ्लपको श्रेणीमा पर्छ किनभने यसको बजेट धेरै हुन्छ। यसै वर्ष रिलिज भएको ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ यसको ठूलो उदाहरण हो, जसको बजेट २०० करोड रुपैयाँ रहेको बताइएको छ ।

 

तर एउटा मलयालम फिल्म ‘प्रेमालु’ चर्चामा छ । मात्र १० करोडको बजेटमा बनेको यो फिल्मले विश्वभर १०९ करोड कमाएको छ ।

 

मिडिया रिपोर्टमा भनिएको छ कि यो सन् २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो ब्लकबस्टर हो । फिल्मका सबै पात्र युवा कलाकारले नै निर्वाह गरेका छन् । करिब एक महिना अघि रिलिज भएको ‘प्रेमालु’ सर्वाधिक कमाउने मलयालम फिल्मको सूचीमा पाँचौं स्थानमा पुगेको छ ।

 

प्रेमलुका निर्देशक गिरीश एडी हुन् । फिल्ममा नास्लेन के. गफुर, ममिता बैजु, संगीत प्रताप, श्याम मोहन एम, मीनाक्षी रविन्द्रन, अखिला भार्गवन र अल्ताफ सलीम जस्ता कलाकारहरूले काम गरेका छन्। विक्रम र पुष्पा जस्ता चलचित्र निर्माण गरेका फहद फासिलले चलचित्र निर्माण गरेका हुन् ।

 

यो फिल्म पहिलो पटक मलयालममा रिलिज भएको थियो। प्रतिक्रिया राम्रो आए पछि निर्माताले तेलुगु भाषामा पनि रिलिज गरेका छन् । इन्डस्ट्री ट्र्याकर सक्निल्कको रिपोर्ट अनुसार प्रेमलुको बजेट करिब १० करोड रुपैयाँ रहेको छ । फिल्मले विश्वभर १०९ करोड कमाएको छ । भारतमा सबै भाषामा फिल्मको कलेक्सन ५७.९७ करोड रहेको छ ।

 

यो फिल्म छिट्टै ओटीटीमा रिलिज हुँदैछ । रिपोर्टका अनुसार यो फिल्म डिज्नी हटस्टारमा रिलिज हुन लागेको हो । यद्यपी यस सम्बन्धमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । हिन्दी सिनेमा प्रेमलुको नाम धेरैले सुनेका छैनन् तर यो फिल्मले दक्षिणमा चमत्कार गरेको छ, जसले मलयालम फिल्म उद्योगलाई नयाँ ऊर्जा दिएको छ।न्युज कारखाना

मुम्बइ, ३ चैत ।

सन्नी देओलका छोरा करण देओललाई पनि ‘लाहोर १९४७’ मा कास्ट गरिएको छ ।

फिल्ममा सन्नी र करण पहिलो पटक एक अर्कासँग स्क्रिन सेयर गर्दैछन् ।

 

‘गदर २’ को ठूलो सफलतापछि मानिसहरु सन्नी देओलको नयाँ प्रोजेक्टको उत्सुकताका साथ पर्खिरहेका छन् । उनको आगामी फिल्म ‘लाहोर १९४७’ लाई लिएर निकै उत्साहित रहेका  छन ।

 

आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्दैछन् । आमिरले फिल्ममा केमियो गर्ने कि नगर्ने भन्ने खुलाइएको छैन तर आमिर आफैले यो फिल्ममा केमियो गर्ने बताएका छन् ।

 

रिपोर्टका अनुसार करणले सन्तोषी र आमिर खान दुवैलाई मन परेको फिल्मको लागि अडिसन दिएका थिए । अब सनी र करणको क्यारेक्टरसँग सम्बन्धित एउटा ठूलो अपडेट आएको छ ।

 

सन्नी देओलले आफ्नो छोरा करण देओलसँग पहिलो पटक ‘लाहोर १९४७’ मा स्क्रिन सेयर गर्दैछन् । निर्देशक राजकुमार  सन्तोषीले आफ्नो पहिलो फिल्ममा बाबु छोरालाई पिच गर्न लागेको खुलासा गरेका छन् ।न्युज कारखाना

 

 

काठमाडौं, २ चैत ।

गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म उपहार दोस्रो सातामा प्रवेश गरेको  छ । दोस्रो सातामा पनि फिल्मले दर्शकको अभाव भोग्नु परेको छैन ।  दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म उपहार यतिबेला देशभरका हलहरुमा सफलताकासाथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले मालिकापछि यो फिल्मबाट ५ बर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । यो फिल्म रिलिज पश्चात उनको क्रेज नघटेकाे चर्चा भैरहेको छ । साथै, यश पटक हलमा पूजा र बेनिशाको पनि राम्रो क्रेज देखिएको थियोे । यस्तै निर्देशक देउजाको कामको पनि तारिफ भैरहेको छ ।

धेरै जसो दर्शकले फिल्म दोहोरियाएर हेरेको प्रतिक्रिया दिए । उर्लाबारी-९ मोरङका प्रदिप धिमालले फिल्म राम्रो लागेको कारण पुन: हेरेको बताए । उनले भने- सबैको कथा समेटिएको छ ।  अधिकांश दर्शकले यसको विषयवस्तु, कमेडी र कलाकारको अभिनयको खुलेरै तारिफ गरिरहेका छन्।

 

दर्शकहरु भन्छ्न , ‘फिल्मले अहिलेको समसामयिक विषयवस्तुलाई उठाएको छ। साथमा, यसको कमेडी गज्जबको छ। लामो समयपछि एउटा रमाइलो र मीठो कथामा फिल्म हेर्न पाइयो।’

 

नायिका रेखा थापाले अमेरिकाबाट खुसी व्यक्त गरिन्। उनले फिल्मलाई दर्शकले मन पराएको सुनेर खुसी लागेको सुनाइन्।

 

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा,  अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

 

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन रेहको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा , भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद,
फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ।न्युज कारखाना

काठमाडौं, २ चैत ।

नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा पनि दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै यो नेपालसँगै प्रवासमा रहेका नेपालको लागि ४० देशको २५० बढी सहरमा प्रदर्शन हुँदैछ । यो अहिलेसम्मकै ठूलो रिलिज हो ।

 

विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन् । प्रवासमा रहेका नेपाली यो पारिवारिक फिल्म नेपाल झैँ रमाइलोसँग हेर्न पाउने छन् ।

उक्त कम्पनीका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दै छ ।

 

यसका साथै, बेलायतमा रेगुलर वक्सअफिसमा प्रदर्शन हुने ‘महाजात्रा’ साउदी अरेबियामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दैछ । अर्थात् यस अगाडि साउदी अरेबियामा कुनै नेपाली फिल्म प्रदर्शन भएको छैन । एमएसएम इन्टरटेन्मेन्टस् र मध्यपूर्व देशका वितरक कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसनको प्रयासले साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा ‘महाजात्रा’ प्रदर्शन हुँदैछ ।

 

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलााकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन् ।

 

यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ ।न्युज कारखाना

मुम्वइ, २ चैत ।

वलिउड चलचित्र निर्देशक रामगोपाल वर्मा अब राजनीतिमा प्रवेश गर्ने भएका छन् ।

आफ्नो एक्स ह्यान्डल मार्फत राजनीतिमा प्रवेश गर्ने उनले औपचारिक घोषणा गरेका छन् । आफ्नो निर्णयलाई आकस्मिक निर्णय भन्दै उनले लेखेका छन्, ‘अचानक निर्णय, पिठापुरमबाट चुनाव लडिरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ ।’

 

यस सिटबाट पवन कल्याणले पनि चुनाव लड्ने भएका छन् । तेलुगु अभिनेता र जनसेना पार्टीका नेता पवन कल्याणले पनि आन्ध्र प्रदेश चुनावको योजनाको बारेमा बताइसकेका छन । पवन कल्याणको पार्टी जनसेनाको आधिकारिक एक्स ह्यान्डलमा एक भिडियो शेयर गरिएको छ, जसमा उनले चुनाव लड्ने कुरा गरिरहेका छन्। जसको क्याप्शनमा उनले लेखेका छन्, ‘म पिठापुरमबाट चुनाव लड्दैछु।’

 

जसअनुसार अब एउटै सिटबाट साउथ सुपरस्टार पवन कल्याण र फिल्म मेकर रामगोपाल वर्मा चुनावी मैदानमा रहने भएका छन् । आन्ध्र प्रदेशको विधानसभा सीट पिथापुरम हो र यहाँबाट रामगोपाल वर्मा पवन कल्याणसँग प्रतिस्पर्धा गर्नेछन्। रामगोपाल वर्मा कुन पार्टीबाट उम्मेदवार हुनेछन् भन्ने कुरा खुलेको छैन तर पवन कल्याण आफ्नो जनसेना पार्टीबाट चुनाव लड्ने भारतीय सञ्चारमाध्यमले लेखेका छन ।

 

जनसेना पार्टीले विधानसभा चुनावका लागि कुल १७५ सिटमध्ये २१ सिटमा प्रतिस्पर्धा गर्नेछ । जहाँ भाजपाले १० सिट र टीडीपीले १४४ सिटमा चुनाव लड्नेछ।

 

६१ वर्षीय राम गोपाल वर्मा बलिउडका चर्चित फिल्म निर्देशक–निर्माता हुन्। उनले सत्य, कटरा, रंगीला, सरकार, कौन, रक्तचरित्र, कम्पनी, वीरप्पन, भूत जस्ता फिल्म बनाएका छन् । रामगोपाल वर्माले धेरैजसो सस्पेन्स थ्रिलर फिल्म बनाएका छन् । रामगोपाल वर्माले साउथ इन्डस्ट्रीमा पनि काम गरेका छन् ।न्युज कारखाना

मुम्वइ, २ चैत ।

भारतीय फिल्म उद्योगमा धेरै कलाकारहरू छन् जसले नकारात्मक भूमिका खेलेका छन् र जसका लागि ती नकारात्मक भूमिकामा धेरै मन पराइयो।

 

पद्मावतमा रणवीर सिंहको खिल्जीको चरित्र होस् वा केजीएफ–२ मा सञ्जय दत्तको डरलाग्दो लुक, यी कलाकारहरूले यी फिल्महरूमा दमदार अभिनय मात्र गरेनन्, करोडौं रुपैयाँ पारिश्रमिक पनि लिएका थिए ।

 

तर जब भारतको सबैभन्दा धेरै पारिश्रमिक लिने खलनायकको चर्चा हुन्छ, त्यसमा न सञ्जय दत्तको नाम समावेश हुन्छ, न सैफ अली खानको न त रणवीर सिंहको नाम, त्यसोभए खलनायक बन्नका लागि सबैभन्दा बढी पैसा लिने कलाकारहरू को हुन् ? आज हामी तपाईलाई बताउछौँ ।

 

कमला हसन
यश बाहेक साउथका सुपरस्टार कमल हसन पनि सबैभन्दा धेरै पारिश्रमिक लिने खलनायक बनेका छन्, उनले नाग अश्विनको कल्की २८९८ मा खलनायकको भूमिका निर्वाह गरेबापत २५ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।

 

विजय सेतुपति
साउथ सुपरस्टार विजय सेतुपतिले शाहरुख खानको फिल्म जवानमा खलनायकको भूमिका निर्वाह गरेबापत करिब २१ करोड भारु लिएका थिए । जवानमा विजय सेतुपतिको अभिनय निकै रुचाइएको थियो ।

 

सैफ अली खान
यदि बलिउडको कुरा गर्ने हो भने सैफ अली खान पहिलो स्थानमा छन्, जसले आदिपुरुषका लागि १० करोड भारु लिएका थिए । तर, यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।

 

इमरान हाशमी
टाइगर ३ मा इमरान हाशमीले पहिलो पटक खलनायकको भूमिका निर्वाह गरेका थिए । उनले यो भूमिकाका लागि १० करोड भारु लिएका थिए । फिल्म टाइगरमा सलमान खान र कट्रिना कैफ मुख्य भूमिकामा छन् ।

 

सञ्जय दत्त
सञ्जय दत्तले साउथ फिल्म केजीएफ–२ मा खलनायकको भूमिका निभाएका थिए । उनको चरित्रको नाम अधिरा थियो । सञ्जय दत्तले यो भूमिकाका लागि ८ देखि ९ करोड भारु पारिश्रमिक लिएका थिए ।

यश
निर्देशक नितेश तिवारीले साउथ इन्डस्ट्रीमा धेरै ब्लकबस्टर फिल्महरू दिएका यशसँग उनको आगामी फिल्म रामायणमा रावणको भूमिकाका लागि कुराकानी गरिरहेका छन्।

जसअनुसार यश अब खलनायकको भूमिकामा देखिने भएका छन्, जसमा रणवीर कपूर भगवान रामको भूमिकामा देखिनेछन् भने दक्षिण अभिनेत्री साई पल्लवी सीता माँको भूमिकामा देखिने छन् । मिडिया रिपोर्टका अनुसार यश यस फिल्ममा रावणको भूमिका निभाउन लागेका छन् र यस फिल्मका लागि उनलाई १०–२० करोड नभई १५० करोड भारु पारिश्रमिक दिइनेछ, जसले गर्दा उनी भारतमा सबैभन्दा धेरै कमाउने खलनायक बन्ने छन्।न्युज कारखाना

मुम्बइ, २ चैत ।

अजय देवगन, आर माधवन र ज्योतिकाको फिल्म ‘शैतान’ गत मार्च ८ मा सिनेमाघरमा रिलिज भएको थियो।

 

यो फिल्म रिलिज भएको ७ दिन भैसकेको छ तर फिल्मको घरेलु र विश्वव्यापी कलेक्शन हेर्दा यो फिल्म छिट्टै अजय देवगनको अर्को १०० करोड कमाउने फिल्म बन्ने देखिएको छ ।

 

यो फिल्मले छैटौं दिनमा पुग्दा अजय देवगन कै अर्को फिल्म ‘दृश्यम’ को रेकर्ड तोडेको छ । दोस्रो सप्ताहन्त नजिक छ र फिल्मले जसरी कमाइ गरिरहेको छ, त्यो हेर्दा यो फिल्मले छिट्टै अजय देवगनको अर्को फिल्मको विश्वव्यापी रेकर्ड तोड्ने देखिन्छ, त्यो पनि घरेलु बक्स अफिसमा कमाई गरेर ।

 

सैकनिल्कको रिपोर्ट अनुसार ‘शैतान’ ले पहिलो दिन १४.७५ करोड कमाएको थियो। दोस्रो दिन १८.७५ करोड, तेस्रो दिन २०.५ करोड, चौथो दिन ७.२५ करोड, पाँचौं दिन ६.५ करोड र छैटौं दिन ६.२५ करोड कमाएको छ ।

 

फिल्मको सातौं दिनको बक्स अफिस कलेक्सनसँग सम्बन्धित प्रारम्भिक तथ्यांक पनि बाहिर आएको छ, जसअनुसार फिल्मले अहिलेसम्म ३ करोड १६ लाखको व्यापार गरेको छ । फिल्मले अहिलेसम्म ७७.१६ करोड कमाइ सकेको छ ।

 

सन् २०१५ मा रिलिज भएको अजय देवगनको फिल्म ‘दृश्यम’ को लाइफटाइम कलेक्सन करिब ६७ करोड थियो। जसलाई ‘शैतान’ले छैटौं दिनमा ७४ करोड भन्दा बढी कमाई गरेर तोडेको थियो । फिल्मले जसरी दैनिक ६ करोडको आँकडा पार गरिरहेको छ, त्यो हेर्दा छिट्टै फिल्मले २०१० मा रिलिज भएको  ‘वन्स अपन अ टाइम इन मुम्बई’को विश्वव्यापी बक्स अफिस कलेक्शनको रेकर्ड तोड्ने देखिन्छ ।

 

बलिउड हंगामाका अनुसार १४ वर्षअघि रिलिज भएको यो फिल्मले विश्वभर ८२.१३ करोड कमाएको थियो । विश्वव्यापी कलेक्सनको हिसाबले  ‘शैतान’ ले १०० करोडको आँकडा पार गरिसकेको छ । तर चाखलाग्दो कुरा के छ भने ‘शैतान’ को घरेलु सङ्कलन मात्रै यति हुन गइरहेको छ कि ‘वन्स अपन अ टाइम’ को विश्वव्यापी सङ्ग्रह पनि सुरक्षित छैन।

 

यो फिल्मपछि अजय देवगन फेरि एकपटक अप्रिलमा  ‘मैदान’ लिएर सिनेमाघरमा आउदैँ छन् । यसपछि उनको ‘रेड २’ र ‘सिंघम अगेन’ पनि यसै वर्ष रिलिजको तयारीमा छन् । यी फिल्महरू पछि अजयको अर्को फिल्म ‘दे दे प्यार दे’ पनि मे १, २०२५ मा रिलिज हुने छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।