काठमाडौं।
आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ ।

फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो ।

चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले भने, हलहलमा फिल्मले दर्शक तान्न सफल भएको छ, यो खुसीको कुरा हो ।’
विशेषतः फिल्मलाई सबै बर्गले वर्गले रुचाएका छन । रेखा र मुकुनको जोडीको तारिफ भएको छ ।
काठमाण्डौंका अधिकासं जसो हल हाउसफुल रहेको निर्माण पक्षले बताएको छ । अष्टनारायण लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको काठमाण्डौ बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी बताए ।

आर्थिक मन्दिका बाबजुद पनि दर्शकहरु चलचित्र हेर्न आउनु सुःखद् कुरा हो, निर्देशक देउजा थप्छन ‘चलचित्रलाई दर्शकले मन पराउनुभएको छ, हामी सम्पुर्ण चलचित्र टिम खुसी छौं ।’ फिल्मका कार्यकारी निर्माताबलराम शाही ठकुरीले दर्शकको साथप्रति कृतज्ञ रहेको बताए । उनले धेरै समयपछि दर्शकलाई राम्रो चलचत्रि दिन सफल भएको महसुस भएको बताए ।
यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ । फिल्मको पहिलो हाफमा कमेडी भरपूर छ । दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।न्युज कारखाना
काठमाडौं, २५ फागुन ।
युट्युबरबाट बक्सर बनेका जेक पलले माइक टाइसनसँग भिडन्त गर्ने भएको छ।
आगामी जुलाई २० मा एक प्रदर्शनीका बिचमा उनले बक्सिङ खेलका हेवीवेट लिजेन्ड माइक टायसनको सामना गर्ने तयारी गरेका हुन ।
यो कार्यक्रम नेटफ्लिक्समा विशेष रूपमा प्रसारित हुनेछ । ८० हजार सिट क्षमताको एटी एन्ड एट स्टेडियम, टेक्सासको अर्लिङ्टनमा आयोजित हुनेछ।
‘आयरन माइक, ५७ अन्तिम पटक जुन २००५ मा व्यावसायिक रूपमा भिडन्तमा उत्रिएका थिए । ५०–६ क्यारियर रेकर्ड भएका उनले ४४ जीतहरू नकआउटको माध्यमबाट हासिल गरेका थिए ।
पूर्व विश्व हेवीवेट च्याम्पियन टाइसन इतिहासमा उत्कृष्ट बक्सरहरू मध्ये एक मानिन्छन।न्युज कारखाना
मुम्बइ, २३ फागुन ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोह निकै भव्य थियो। अम्बानी परिवारको यो घटनाको जताततै चर्चा भइरहेको छ । अनन्त–राधिकाको समारोहमा पूरै बलिउड पुगेका थिए ।
यस पार्टीमा अमिताभ बच्चनदेखि सलमान खान, शाहरुख खानसम्म सबै ठूला नामका स्टार देखिएका थिए । अम्बानीको पार्टीमा धेरै स्टारहरुले पनि परफॉर्म गरेका थिए । तर, कंगना रनौत यो प्रि–वेडिङबाट गायब रहेकी छिन् । अब अभिनेत्रीले अम्बानीको पार्टीमा डान्स गर्ने सेलिब्रेटीको खिल्ली उडाएकी छिन् ।
कंगना रनौतले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक लेख सेयर गरेकी छिन् । यस लेखमा लेखिएको छ कि कसरी स्वर नाइटिंगेल लता मंगेशकरले एक अन्तर्वार्तामा पैसाको लागि कुनै पनि विवाहमा प्रदर्शन नगर्ने बताएकी थिइन्। यसका लागि कंगनाले उनको तारिफ गर्दै अप्रत्यक्ष रूपमा सेलेब्सको आलोचना गरेकी हुन् ।
कंगनाले लेखेकी छिन्, ‘मैले धेरै आर्थिक समस्याबाट गुजरेकी छु । तर लता जी र म मात्र दुई व्यक्ति हौं, जसका गीतहरू धेरै हिट छन्, फेशन का जलवा, घनी बाउली हो गई, लन्डन थुकमाडा, सादी गली, विजय भवः हाम्रो नाम हो। तर मलाई अरू जति प्रलोभन कहिल्यै भएन, मैले बिहेमा कहिल्यै नाचिन ।’
अभिनेत्रीले थप लेखेकी छिन्, ‘मलाई धेरै सुपरहिट आईट्युन्स गीतहरू पनि अफर आएका थिए । चाँडै मैले अवार्ड शोबाट पनि टाढा भएँ। लोकप्रियता र पैसालाई अस्वीकार गर्न बलियो चरित्र र मर्यादा चाहिन्छ। सर्टकटको संसारमा युवा पुस्ताले इमानदारीबाट मात्र पैसा कमाउन सकिन्छ भन्ने कुरा बुझ्नु पदर्छ।
कगना रनावत सधैं आफ्नो स्पष्ट बयान को लागी परिचित छिन् । यदि कसैलाई उनको स्टाइल मन पर्यो भने धेरैले उनलाई ट्रोल पनि गर्छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने कंगना हालै फिल्म ‘तेजस’मा देखिएकी थिइन् । यस चलचित्रमा उनले वायुसेनाका पाइलट ‘तेजस’को भूमिका पनि निभाएकी थिइन । तर, फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेन ।
अब कंगना उनको फिल्म ‘इमर्जेन्सी’मा देखिने भएकी छिन् । यो फिल्म १४ जुनमा हलमा रिलिज हुँदैछ ।न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
दुई पटकको ग्राण्डस्लाम च्याम्पियन सिमोना हालेपलाई डोपिङको आरोपमा चार वर्षको प्रतिबन्ध खेलकुद मध्यस्थता अदालतले ९ महिनामा घटाएको छ ।
यो निर्णयले रोमानियाका पूर्व विश्व नम्बर एक ३२ वर्षीय हालेप तुरुन्तै टेनिसमा फर्किन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यदि पुर्ववत निर्णय कायम भइरहेको खण्डमा उनको करियर समाप्त हुने डर थियो।
‘सामु राखिएका सबै प्रमाणहरू सावधानीपूर्वक विचार गरिसकेपछि कास प्यानलले हालेपले सम्भाव्यताको सन्तुलनमा स्थापित गरेको छ ।’
‘परिणामको रूपमा एमसिटी प्यानलले निर्धारण गर्यो कि हालेपले पनि सम्भाव्यताको सन्तुलनमा उनको एन्टी डोपिङ नियम उल्लङ्घनहरू जानाजानी थिएनन्।’
यद्यपि सीएएस प्यानलले एमसीटी सप्लिमेन्ट प्रयोग गर्दा हालेपले आफ्नो उल्लङ्घनका लागि केही स्तरको गल्ती वा लापरवाही फेला पारे पनि उनले केटो एमसीटी सप्लिमेन्ट प्रयोग गर्दा सावधानी नअपनाएको जनाएको छ । तर, उनको नियत भने नभएको उल्लेख गरेको छ ।न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा लाजियोलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो ।
बायर्न म्युनिखको जितमा ह्यारी केनले २ तथा थोमस मुलरले एक गोल गरेका थिए ।
यसअघि पहिलो लिगमा लाजियोले बायर्नलाई १-० गोलले पराजित गरेको थियो ।
त्यस्तै पिएसजीले पनि रियल सोसियडाडमाथि समग्रमा ४-१ को नतिजासहित क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।न्युज करखाना ा
काठमाडौँ ।
त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।
त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।न्युज करखाना
काठमाडौँ, २२ फागुन ।
गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
श्रीषाले १ दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ । मोडल ‘नान पो’ म्यानमारकी हुन् ।

गायक तथा संगीतकार तुला पर्वतले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि निर्देशक तुला स्वयमले नै गरेका छन् ।

यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ । भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो ।न्युज करखाना
भिडियाे लिंक : https://youtu.be/Hn9ljfqL5zc
काठमाडौँ ।
नेपालले नेदरल्याण्डसलाई १८५ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।
त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।न्युज करखाना
काठमाडौँ ।
जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुँदै छ ।
टियु मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला बलिङ गर्ने भएको छ ।
जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र
एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अरिफ सेख, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, र अविनाश बोहोरा ।न्युज करखाना
मुम्बइ, २२ फागुन ।
अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा रिलिज हुँदैछ ।
फिल्मको ट्रेलर निकै आकर्षक छ । तर के तपाईलाई थाहा छ यो फिल्मका लागि फिल्मका स्टार कास्टले कति पैसा पारिश्रमिक लिए ? त्यो हामी बताउने छौं ।
सबैभन्दा पहिले मुख्य अभिनेता अजय देवगनको कुरा गरौं, उनले फिल्मका लागि ठूलो रकम लिएका छन । भारतीय सञ्चारमाध्यका अनुसार अजयले यो फिल्मका लागि २५ करोड भारु लिएका छन् ।
फिल्मको ट्रेलरमा आर माधवन निकै डरलाग्दो देखिएका छन् । अभिनेता पनि मुख्य भूमिकामा छन् । माधवनले फिल्मका लागि १० करोड पारिश्रमिक लिएको बताइएको छ ।
फिल्ममा साउथ अभिनेत्री ज्योतिकाको पनि महत्वपूर्ण भूमिका छ । अभिनेत्री शैतानका लागि ५ करोड भारु पारिश्रमिक लिइएको छ । यो फिल्ममा जानकी बोडिवालाले अजय देवगनकी छोरीको भूमिका निभाएकी छिन् । जानकीमा मात्रै कालो जादू हुन्छ । जानकीले यो फिल्मका लागि २–३ करोड भारु लिएकी छिन् ।
शैतान फिल्म कालो जादूमा बनेको हो । फिल्ममा आर माधवन तान्त्रिकको भूमिकामा छन् । फिल्म थ्रिलर र हररले भरिपूर्ण छ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई निकै रुचाइएको छ । यो फिल्ममा अजय देवगन र आर माधवन पहिलो पटक स्क्रिन सेयर गर्दैछन् ।
अजय र माधवनको यो फिल्म मार्च ८ मा हलमा रिलिज हुँदैछ । फ्यानहरु पनि यसको प्रतिक्षामा छन् ।न्युज करखाना