२०८३ कार्तिक १
२०८३ कार्तिक १

काठमाडौँ । आज विश्व सम्पदा दिवस, प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा सम्पदाहरूको संरक्षणलाई लिएर विभिन्न कार्यक्रम, गोष्ठीहरू गर्ने गरिन्छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस मनाउने गरिएको हो । आज नेपालमा प्रकृतिको संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाको सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिदै छ ।

दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् । २०७२ सालको भूकम्पले नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको थियो । विश्वसम्पदा सूचीमा नेपालका काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत छन् । तर यि सम्पदाहरुको उचित संरक्षण र प्रवद्र्धन भने हुन सकिरहेको छैन । सम्पदाहरुको संरक्षणको मुल उद्देश्य भनेको नयाँ पिढीलाई सम्पदाहरु र त्यसका इतिहाँसलाई अवलोकन गर्न मिल्नेगरी जस्ताको तस्तै बचाउनु हो । तर, लोपोन्मुख स्थितिमा पुगेका पुराना कला र ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि भने अहिलेसम्म कसैको ध्यान जान सकिरहेको छैन ।

बहुमूल्य सम्पदाका रूपमा सुचिकृत भएका पुराना स्थान तथा भौगोलिकता नै विश्व सम्पदा क्षेत्रका रुपमा चिनिन्छन् । सन् १९७९ मा पाटन दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ स्तुपा, चाँगुनारायण मन्दिर र स्वयम्भूनाथ विश्व सम्पदा सूचिमा राखिएका थिए । विश्व सम्पदा सूचिमा सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पनि रहेका छन् । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । बलिवुडको २०२५ को सुपरहिट फिल्म ‘सैयारा’ को टिम फेरी अर्को फिल्ममा दोहोरिने भएको छ । निर्देशक मोहित सुरी, निर्माता अक्षय विधानी तथा मुख्य कलाकार अहान पाण्डे र अनीत पड्डा नयाँ प्रोजेक्टका लागि पुनः एकजुट भएका छन् ।

‘सैयारा’ टिमले नयाँ फिल्मको घोषणा गरेपनि फिल्मको नाम भने तय गरिएको छैन । सामाजिक सञ्जाल र मिडियामा फिल्मको नाम सैयारा- २ हुनसक्ने अड्कलबाजी चलेपनि निर्माण पक्षले यो फिल्मको नाम सैयारा- २ नहुने स्पष्ट गरेको छ ।

यो नयाँ फिल्म एक भावनात्मक प्रेमकथामा आधारित हुने बताइएको छ, जसमा गहिरो भाव र संगीतलाई विशेष रूपमा जोड दिइनेछ । निर्माण टिमका अनुसार फिल्मको कथा अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

यशराज फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म यसै वर्षदेखि छायांकनमा जाने तयारीमा छ ।

सैयारा फेम अभिनेता अहान पाण्डेले यसअघि आफ्नो दोस्रो फिल्म चर्चित निर्देशक अली अब्बास जफरसँग गर्ने घोषणा गरिसकेका छन् | एभरेष्ट न्यूज एजेन्सी,

बज्जिकाञ्चल संवाददाता,रौतहट,०१ गते वैशाख । नव वर्ष २०८३ को अवसरमा सरमुजवा स्थित गुजरा माई पिकनिक स्थलमा “युवाका साथ नयाँ वर्ष” विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बौद्धीमाई नगरपालिकाका युवाहरूको पहलमा आयोजित कार्यक्रममा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष पूर्व मन्त्री प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रमुख अतिथि साहले युवाहरू राष्ट्र निर्माणका मेरुदण्ड भएको उल्लेख गर्दै संगठित भएर विकास र समृद्धिको अभियानमा लाग्न आह्वान गर्नुभयो । यसैबीच, उहाँ पछिल्ला दिनहरूमा पर्सा जिल्ला, बारा जिल्ला र रौतहट जिल्ला का विभिन्न पालिकामा कार्यकर्तासँग भेटघाटमा सक्रिय रहनुभएको आम जनता पार्टीका सचिवालय सदस्य रामशरण यादवले बताए । कार्यक्रमले युवामा नयाँ ऊर्जा र सकारात्मक सोच अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ ।

काठमाडौँ । दिवंगत बलिवुड गायिका आशा भोसलेको मुम्बईस्थित शिवाजी पार्क शवदाह गृहमा पूर्ण राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।

उनलाई महाराष्ट्र प्रहरीले गार्ड अफ अनर दिएको थियो । बलिउड गायकहरूले उनको गीत ‘अभी ना जाओ छोडकर…’ गाएर उनलाई बिदाइ दिएका थिए ।

सोमबार बिहान उनको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि उनको मुम्बईस्थित निवास कासा ग्रान्डेमा राखिएको थियो । उनलाई राष्ट्रिय झण्डाले बेरिएको थियो र सलामी दिइएको थियो ।

उनको आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । उनी ९२ वर्षकी थिइन् । आशा भोसले आफ्नो ८२ वर्षको गायन करियरमा नौ फिल्मफेयर पुरस्कारसहित १०० भन्दा बढी पुरस्कार जितेकी थिइन् । उनलाई देशको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषणबाट सम्मानित गरिएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

 

बज्जिकाञ्चल संवाददाता,रौतहट, ०९ मंसिर ।

रौतहटको वृन्दावन नगरपालिका- ९ भुसाहामा एक महिलाको विभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय शेख आदिलकी २५ वर्षीया पत्नी तरीमा खातुनलाई सोमबार राति निर्मम रूपमा हत्या गरी घरभित्रै रहेको भुस राख्ने ठाउँमा खाडल खनेर गाडिएको अवस्थामा प्रहरीले मंगलवार बिहान फेला पारेको हो। प्रहरीका अनुसार मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन्।

 

घटना सार्वजनिक भएपछि खातुनका ससुरा शेख अली मोहम्मद सहित घरका सबै परिवारजन डेढ वर्षीय नाती मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरीले जनाएको छ। स्थानीयवासीले घरबाट दुर्गन्ध आउनथालेपछि प्रहरीलाई खबर गरेका थिए।

 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट आएको टोलीले घरको पछाडिपट्टि रहेको भुसको थुप्रो भित्र खाडल खनेर लुकाइराखिएको अवस्थामा शव बरामद गरेको हो। शव अत्यन्तै क्षत-विक्षत अवस्थामा भेटिएको र दुराचारको आशंका पनि भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले घरमा रहेका सबै सदस्य फरार भएको र घटनालाई गम्भीर अपराधको रूपमा लिएर अनुसन्धान तीव्र बनाइएको बताएको छ।

 

फरार अभियुक्तहरूको खोजी जारी छ भने शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ। घटनाले गाउँभर त्रास फैलिएको छ र स्थानीयहरू न्यायको माग गर्दै आन्दोलित बनेका छन्।

काठमाडौं । तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष प्रदर्शन हुने भएको छ ।  सांस्कृतिक परिवेश, परम्परा र भावनात्मक सम्बन्धलाई समेट्दै चलचित्रले तामाङ समुदायको मौलिकता र युवा पुस्ताबीचको सम्बन्धलाई गहिरो रूपमा उजागर गर्ने प्रयास गरेको छ। यस चलचित्रलाई तामाङ चलचित्र उद्योगको प्रगतिको प्रतीकका रूपमा हेरिएको छ।

चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामा हुन् । नायक एंव निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया,बिच्छी,कसम तिमीलाई, जम्काभेट, दुवाली,सानु लगायत एक दर्जन चलचित्रमा नायक एंव निर्देशकको रुपमा अभिनय र निर्देशन गरिसकेका छन ।

निर्माताहरू लोसाङ लामा र इकेश लामा, सहनिर्देशक विश्वजंग माझी, द्वन्द्व निर्देशन राजु दोङ तामाङ र छायांकन प्रज्वल राउतले गरेका छन्। चलचित्र टिमका अनुसार प्राविधिक पक्षमा कुनै सम्झौता नगरिकन सशक्त रूपमा निर्माण गरिएको छ।चलचित्रको शीर्ष गीतमा बिछोड र बियोगको मार्मिक भावना व्यक्त गरिएको छ। उक्त गीतमा नायक हुत्त सञ्जय लामाको प्रभावशाली अभिनय दर्शकको विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

चलचित्रमा नायक हुत्त सञ्जय लामालाई नायिका सुनिता लुङ्बाले साथ दिएकी छन्। दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी लुङ्बाले यो चलचित्रलाई विशेष रुपमा आसा राखेको बताए ।
“सबै चलचित्रमा मेहनत गरेकी छु, तर यो चलचित्र हेरेर म आफैं रोएँ,” उनले भनिन्, “किनभने यो चलचित्र साँच्चै नै उत्कृष्ट बनेको छ।”

चलचित्रमा हुत्त सञ्जय लामा र सुनिता लुङ्बासँगै तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन लगायतका कलाकारहरुको अभिनय देख्न पाउनेछ ।काठमाडौं तथा वरपरका दर्शकहरूलाई चलचित्रको विशेष प्रदर्शनमा सहभागी भई साथ दिन आयोजकले हार्दिक आह्वान गरेका छन्। यस चलचित्रले तामाङ भाषिक चलचित्र उद्योगमा नयाँ सन्देश र उचाइ थप्ने विश्वास गरिएको छ।

https://youtu.be/tJZEhv-9rFk?si=yAcJFirnd6v7ezd3

 

बज्जिकाञ्चल संवाददाता, १३ गते असार । 

जनकपुरधाम । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य तथा आम सांस्कृतिक मोर्चाका केन्द्रीय इन्चार्ज विजय यादव ‘निर्विज’ ले मधेश प्रदेश सरकारले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेकोमा गम्भीर आपत्ति जनाएका छन्।

यादवले लेखीको नियुक्तिको आधार र योग्यतामाथि प्रश्न उठाउँदै तत्काल सच्याउन माग गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै यादवले गृह तथा सञ्चार मन्त्रालयका राजकुमार लेखीका भाइ भएकै आधारमा किशोर कुमार लेखीलाई नियुक्त गरिएको आरोप लगाएका छन्। उनले किशोर कुमार लेखीलाई चलचित्र, नाट्य, संगीत वा साहित्य कुनै पनि विधामा अनुभव नभएको व्यक्ति भन्दै यस किसिमको नियुक्तिले मुख्यमन्त्री सतीश कुमार सिंहको सुशासनको नारामाथि प्रश्नचिह्न खडा गरेको बताएका छन्।

यादवले मधेश प्रदेशमा सक्षम कलाकार तथा संस्कृतिविद्हरूको अभाव नहुँदा नहुँदै पनि अनुभवहीन व्यक्तिलाई नियुक्ति गरिनुले ‘कार्यकर्ता भर्ना’को प्रवृत्ति देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री सिंहलाई यस विषयमा तत्काल ध्यानाकर्षण गराउँदै यदि यो नियुक्ति नसच्याइएमा आम सांस्कृतिक मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यादवले यदि किशोर कुमार लेखीलाई पदबाट नहटाइए तत्काल सडकमा उत्रिने चेतावनीसमेत दिएका छन्।

राजेन्द्र महतो,सिरहा,०१ गते असार ।
गुरु बसिष्ठको स्वरमा रहेको “ठिकै छ मेरी प्रिय ” गीत असार ६ गते शुक्रबार सार्वजनिक हुने भएको छ ।
कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।
गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल
स्टुडियोमा गरिएको हो । ड्र्यागन मोशन पिक्चरद्वारा प्रस्तुत गरिएको गीत क्लासिकल र राक ट्रागेडी रहेकोले हामीले बजारमा ल्याउन लागेको निर्माण टीमले जनाएको छ ।


निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेका छन् ।
गीतको ,मिक्स/मास्टरिङ-महेश्वर राज भण्डारी र सम्पादन सन्देश शाहले गरेको छ।गीतमा गीत/संगीत-शेखर ठकुरीको रहेको छ ।
गीतको सिनेमेटोग्राफी-साजन ठाकुर , रंग- राजेन्द्र मोक्तान ,
भि एफ एक्स -सत्यम राणा,ग्राफर- नरेश अधिकारी , फोकस-निरञ्जन थापा तथा भिडियो कन्सेप्ट-ड्रागन मोशन पिक्चर रहेको छ।
गीत शुक्रबार ६ गते सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।
गीत ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।

काठमाडौं,२०८२ जेठ २८ गते । 
बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी प्रयास हो ।
काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको गीतका शब्द उनका पिता इ. प्रमोद खतिवडाले लेखेका हुन् । सडक विभागमा कार्यरत इञ्जिनियर प्रमोद पेशाले प्राविधिक भए पनि साहित्य र संगीतप्रतिको अभिरुचिका कारण उनका कलमबाट यसअघि पनि विभिन्न भावनात्मक गीतहरू जन्मिइसकेका छन् ।
गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन्, जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ। निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन्। भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।
सिर्जनामा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको छ। राष्ट्रिय भावनाले भरिएको बाल गीत भएकोले, यस गीतले बाल चेतनामा देश प्रतिको माया र सद्भाव जागृत गराउने आशा गरिएको छ । गीतले न्यानो पारिवारिक सम्बन्धसँगै देश र माटोप्रतिको समर्पणलाई सरल शब्द र मिठो धुनमार्फत उजागर गर्ने प्रयास गरेको छ ।
यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्। गायन, नृत्य, कविता वाचन, चित्रकलालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीतमार्फत पुनः उजागर भएको छ ।
‘घरकी फूलबारी’ Paridhi Khatiwada नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। बाल स्वर, सरल शब्द र राष्ट्रिय चेतनाले भरिएको यस गीतले दर्शक श्रोताको मन जित्ने विश्वास गरिएको छ ।

भिडियो लिंक
https://youtu.be/BvIHsI5hNtw

काठमाडौं –

नवगायक संकल्प श्रेष्ठको डेब्यु  गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन्। गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन्। भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा धु्रव, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ।

भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन्। कथा, पटकथा र सह-निर्देशन सैलेश त्साजनले सम्हालेका छन्।

चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘संकल्प  श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो। भिडियोका निर्माता विवेक गुरुङ हुन्। निर्माण टोलीले भिडियो हेरेर आफ्ना सुझाव तथा प्रतिक्रिया दिन सबै दर्शक-श्रोतालाई आग्रह गरेको छ।

भिडियो लिंक: https://youtu.be/JIrVjKv-c1I?si=HBH2Wb4O2yObaxXL

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।