२०८२ चैत्र २६
२०८२ चैत्र २६

काठमाडौं, ३० फागुन ।

लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रित गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक भएको छ । लामो समयदेखि जापान बस्दै आएका गायक पन्तको स्वरमा सजिएको गीतको शब्द पनि उनै पन्तले लेखेका हुन् । गीतको म्युजिक एरेन्ज रमेश कडरियाले गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । जसमा कलाकार रचना पन्त र केशव भट्टराईले सुन्दर अभिनय गरेका छन् । म्युजिक भिडियो गायकको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

ताकेया भनेको जापनिज केटीको नाम भएको भन्दै गायक पन्तले लामो समयपछि फेरि संगीतको दुनियाँमा फर्कन पाएकोमा खुशी ब्यक्त गरे । यसअघि उनको  ‘बन्दिपुर पाखैमा बिर्सु भन्छ त्यो तिम्रो तस्बिर झलझली आखैमा’ बोलको गित सार्वजनिक भइसकेको छ ।

न्युज कारखाना

काठमाडौं, २९ फागुन ।

नेपाली समाजको यथार्थपरक घटनामा आधारित घाउमा मलम लगाउँदा सजिलै निको हुने, तर मुटु भित्र चिरिएको घाउ झन बल्झदै जाने र कहिल्यै निको नहुने रहेछ । भन्ने सामाजिक मर्म बोकेको  नेपालभाषाको म्यूजिक भिडियो गीत “लहिनां तयागु दुधा.”को प्रिमियर हाइलाइट्स नेपालको युट्युबमार्फत भएको छ ।

यसको प्रिमियर  फागुन २९ गते काठमाडौंस्थित रञ्जना सिनेप्लेक्स, न्यूरोड फसिकेवमा एक कार्यक्रम गरी सम्पन्न भएको हो ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको नगर कीर्तिपुरको जोशीननी हेरिटेज होम्समा नेपालभाषाको गीत “लहिनां तयागु दुधाः लिथ्वया वल य.माँ….” म्यूजिक भिडियो छायाँकन कार्य नेवाः साधना कला केन्द्रको व्यानरमा निर्माण भएको भएको हो ।

उक्त गीतमा संगीत, एरेन्ज रेकर्ड, मिसिङ र मास्टरिङ बरिष्ठ संगीतज्ञ दिप तुलाधरको रहेको छ । कलाकारहरुमा गायिका सरस्वती मानन्धर, खलनायक सुरेन्द्र श्रेष्ठ, नायिका मिरा डंगोल, राजेश श्रेष्ठ, गायिका सुद्धलक्ष्मी श्रेष्ठ, गायक ताराराम मुनकर्मि बालकलाकार सुजी नेपालीको प्रमुख भूमिका रहेको छ भने सहभूमिकामा प्रेम कार्की र शोभा कार्कीको अभिनय हेर्न पाइने छ । प्रविधिक तर्फ श्रृंगारमा मिरा डंगोल, क्यामेरा, सम्पादन र कलरिङ राजेश शाक्यको रहेको छ भने यसको निर्देशन नेपालभाषा क्षेत्रका वरिष्ठ लेखक तथा निर्देशक पवन जोशीले गरेका हुन् ।
कार्यक्रम नेवा साधना कला केन्द्रको अध्यक्ष तथा गीतका रचनाकार र सहनिर्देशक सुन्दरमान श्रेष्ठ –बागमति भाई)को सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि वरिष्ठ संगीतकार धन बहादुर गोपाली रहेका थिए । गोपालीले नेपाली समाजमा देखिने गरेको मद्यपानका कारण परिवारमा आउने विपतिको बारेमा कलात्मक रुपमा प्रस्तुत गीतले समाजको विकृति हटाउन टेवा पुग्ने विचार व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा कलाकेन्द्रका सल्लाहकार पौभा साय्मिको बिशेष आतिथ्यताको मन्तव्यको क्रममा राज्यले नेपाल भाषा र नेपाल संवत्लाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइसकेको हुँदा अब जनस्तरबाट र नेपालभाषाका कार्यक्रममा कसैले बुझे पनि नबुझे पनि आफ्नै भाषाको प्रयोग गर्न र तिथी मितिको रुपमा नेपाल संवत्को प्रयोग व्यापक बनाउनु पर्ने धारणा पनि व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाको वडा नं. १८का वडाअध्यक्ष न्हुछेंकाजी महर्जनले नेपालभाषाको विकासमा योगदान दिनुहुने गीतकार तथा संगीतकारहरुको प्रवद्र्धनमा वडाले निकट भविष्यमा महोत्सव गर्ने तयारीमा रहेको जानकारी दिए । त्यस्तै शान्ति खलःका संस्थापक सदस्य तथा समाजसेवी कुष्णबहादुर साहु श्रेष्ठको पनि उपस्थिति रहेको कार्यक्रममा बाक्लो संख्यामा गीत संगीतका पारखीहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं, २९ फागुन ।

रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन्।

प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिँदैन। फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ।

फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ। विशेषगरी फिल्मको दिवा र रात्री शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेका छन्। फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ले भोलिका दिनबाट बक्स अफिसमा अझै राम्रो व्यापार गर्ने देखिएको छ। तर, फिल्मले दोस्रो सातामा जति शोज पाएको छ, सबै शोजमा दर्शकको अकुपेन्सी राम्रो छ।

प्रदर्शन अगावैबाट उच्च ‘हाइप’ मिलेको यस फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन्। कतिले फिल्म बुलन्द भनेका छन् भने कतिले मेकिङ, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनय रुचाइएका छन्। यही कारण हलमा दर्शक पनि बढिरहेका हुन्।

यस्तै, नेपालपछि अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भएको यो फिल्मलाई विदेशी दर्शकहरुले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन्। यो फिल्मले अष्ट्रेलियामा समेत हाउसफुलको निरन्तरता पाइरहेको छ।

दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एक खालको चासोको विषय बनाइदिएको पाइन्छ।

यतिबेला हलमा स्वदेशी र विदेशी सहित ६ फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ। यसका बावजूद पनि फिल्म व्यापारमा कमजोर देखिएको छैन। दोस्रो हप्तामा देशभरका हलमा फिल्मको अकुपेन्सी ७० प्रतिशतमाथि रहेको छ। कति हलहरुले अन्य फिल्मलाई भन्दा बढी शोज ‘अगस्त्य’लाई प्रदान गरेका छन्।

देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई देशभर १९ शो दिएको छ। कमजोर समीक्षा पाउँदा पनि फिल्मको व्यापार स्थिर रहनु निर्माण टिमका लागि ठूलो जीत देखिएको छ। विशेषगरी फिल्मले युवापुस्तालाई हलमा तानेको देखिन्छ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य’ हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नो टिम सहित शनिबार बेलुकी दरबारमार्गमा रहेको क्यूएफएक्स हलमा पुगेका थिए।

फिल्म हेरेर मेयर बालेनले निर्देशको चोधरीको सोच, कलाकारहरुले गरेको मेहेनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका थिए।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ।

दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ’च्याप्टर २’का लागि उत्साहित भएको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ।न्युज कारखाना

काठमाडौं, २९ फागुन ।

अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ। कुनै न कुनै उपाय अनिवार्य छ। सहरमा रहर छन्, महल छन्। सहरमा घर नजिक नजिक छन्, गाउँमा घर टाढा छन्। तर, माया गाढा छ।

रेखा थापा बसेको अपार्टमेन्ट आाइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा। अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक गल्तीमा साथ दिन्छिन्। पूजा छविलाई पैसा थुत्ने मनसायमा हुन्छिन्। छवि ‘प्ले ब्वाई’ कथामा छन्। छवि जति पनि खर्च गर्न तयार। यो समाज यस्तै छ, यौन जीवन आफूले गर्दा ठिक अरूले गर्दा बेठिक, औंला तेर्सिन्छ।

फिल्ममा गरिबी जीवनबाट हुर्किएकी पूजा शर्माले आफ्नो बाध्यता रहेको र कसैसँग हिँड्दैमा मस्किँदैमा ज्यान नसुम्पिएको दर्शाएकी छिन्। भन्नुको मतलव पुरुषहरू अर्काको कमजोरी र गरिबीमा खेल्न चाहन्छन्।

अपार्टमेन्टमा रेखा थापा, बेनिशा, पूजालगायत बस्छन्, त्यहाँ बिलासिताको मस्ती देखाइएको छ। मस्तीपछिको तनावहरू पनि उत्तिकै। हरदम रेखाले त्यहाँ आउने समस्यालाई आफ्नै समस्या ठानेर बहिनीहरूलाई संरक्षण गर्छिन्, सिकाउँछिन्। माया गर्छिन्। मुना पात्रकी रेखाले लक्ष्मीप्रसाद देबकोटाको कविताको भन्दा अझ यथार्थपरक भूमिका निभाएकी छिन् भन्दा फरक पर्दैन।

तर, निर्देशक ज्ञानेन्द्र देउजाले फरकपन दिएका छन्। मदन ल्हासाबाट फर्किँदा मुना मरिसकेकी हुन्छिन्, तर त्यहाँ मदन विदेशबाट घर अपाङ्ग भएर फर्किँदा मुनाले हेरविचार गर्दा मरेको कथा देखाइको छ। यो चलचित्र टिमको खुबी हो, कथा आफैं बनाउने हो। नत्र मुना-मदनको कथा चोरीको आरोप लाग्न सक्थ्यो।

काठमाडौंमा बाटो-बाटोमा चिया बेच्दै गरेकी रेखासँग मदनको भेट हुन्छ, मदन अर्थात् मुकन। चिया खाँदै गरेका मुकुनको विस्तारै-विस्तारै रेखासँग चियारंग भन्दा गाढा माया हुन्छ। ट्याक्सी चालक मदनले रेखालाई चिया हाउस खोल्न सुझाव दिन्छन्। त्यो सपना पूरा गर्न विदेश जाने, कमाउने सपना देखाउँछन् मदनले। चियाभन्दा गाढा माया छ भन्दै गर्दा गुन्डाहरूको उपस्थिति रहन्छ।

उनीहरू भन्छन्, चिया पसल नि हामी समाल्छौं, तिम्रो मुना पनि।

त्यहाँ झगडा हुन्छ। रेखा छ महिनाकी गर्भवती हुँदा पनि उनको एक्सन फाइट हेर्न लायकको छ। चलचित्र उपहार दिएकी रेखाको जोखिमलाई जति तारिफ गरे पनि साध्य छैन। त्यहाँ मदनको गाडी जलाइन्छ, गुन्डाहरूबाट। मदन रुन्छन् – मैले किस्तामा निकालेको गाडी, कसरी अब किस्ता तिर्ने?

रेखा भन्छिन्- हारेको छैनौं, मरेको छैनौं, म छु नि।

मदन विदेश जान्छन्, रेखाले लक्ष्मण रेखा तोड्दिनन्। पूजा, बेनिशाको मोजमस्ती लफडा त छँदैछ। सडकमा चिया पसल खोलेकी मुना (रेखा) भव्य महलमा चिया पसल खोल्छिन्। व्यापार पनि राम्रो चल्छ। अरूको लफडा समस्या मिलाँउदै फिल्म चलिरहकै हुन्छ। मुकुन अर्थात् मदन रेखाको श्रीमान् सात वर्षपछि नेपाल फर्किने कुरा आउँछ।

लामो समयपछि आफ्नो श्रीमान् विदेशबाट फर्किँदा कसलाई खुसी मिल्दैन र? एयरपोर्टमा श्रीमानको प्रतिक्षामा रहेकी रेखा छाँगाबाट खस्छिन्। जब मदन अपाङ्गता भएर स्वदेश फर्किन्छन्।

उनको उपचारको लागि हरसम्म प्रयास गर्छिन्, बिहे त भएको छैन किड्नी ट्रान्सप्लान्टको लागि आधिकारिताको लागि बिहे पनि गर्छिन्।

रेखाको माया छ साकार भयो। तर कालो बादल छाँउछ, उनको भव्य चिया पसलमा। जब महानगरको डोजर चल्छ।

रेखाले थ्री इडियट फिल्ममा अमिर खानले साथीलाई बचाए शैलीमा बचाएकी हुन्छिन् मदनलाई। निको हुँदै गर्दा बिहे गर्ने तयारी हुन्छ मुना-मदनको। पोसाक पनि तयार, रेखा मुकुन पनि तयार। चिया पसल देखेर मख्ख परेका मुकुनलाई के थाहा, रेखाले ऋणपान आफूले चढेको स्कुटी बेचेर कर्मचारीलाई तलब दिन हम्मे परेर आफ्नो उपचार गरेको।

बिहेकै दिन मुनाको चिया पसलमा महानगरको डोजर चल्छ। घर धनीले नक्सा पास नगरी नियम मिचेर जग्गा हडपेर महल बनाएको भनेर। रेखा प्रतिकारमा उत्रिन्छिन्, तर उनको बल खेर जान्छ।

महानगर भन्छ- नियमविपरीत यस्तो गर्न पाइँदैन।

रेखाको के गल्ती घरधनीलाई घोक्रेठ्याक लगाइन्छ। बैंकबाट कालोसूचीको सूचना, त्यो लफडा टिभीमा देखाइको छ। जो मुकुनले हेरिरहेका हुन्छन्।त्यो अस्पष्ट पीडा देखेर उनी आत्महत्या गर्छन्।

बिहेको लागि , आफ्नो ज्यान-मुटु दिन तयार रेखाले शौचालयमा मदनलाई मृत देख्दा पागल हुन्छिन्। मदनको मृत्यु चिया पसलको बोझ, ऋणले बौलाएकी रेखालाई पुराना दिनमा फर्कन निक्कै सकस छ। चिया पसलसँगै रेखाको मन पनि भत्किन्छ, लयमा फर्किएकी छैनन् उनी।

साँच्चै दिदी-बहिनीहरूको फिल्म हो उपहार।  बेनिशा वकिल हुन्, पूजाको चलचित्र क्यारेक्टरमाथि नै उल्लेख छ। छविले मोजमस्तीका नाममा तथानाम हवी बनाएका, अपार्टमेन्ट मोजमस्ती र हर्कतले निकालिएका पूजा-बेनिशा अन्तिममा रेखाकै आडभरोसा बन्छन्।

छविले मोजमस्तीको नाममा उडाएर श्रीमतीलाई डुबाउन्। त्यो चियापसल घर संयोगवश छविकै श्रीमतीको नाममा आउँछ। छविको हर्कत थाहा पाएकी उनले रेखाको लागि सार्थकता देखाउँछिन्। श्रीमानको वियोगमा डुबेकी रेखालाई दिदीले देखाएको माया, सम्मान, संरक्षण सम्झिएर जिउने हौसला दिन्छिन्। छविको कृष्ण चरित्रबाट आजित श्रीमतीले त्यो घर सम्पत्ति रेखाकै नाममा पास गर्दिन्छिन्।

वास्तवमा फिल्म एकदमै राम्रो छ। खोट देखाउने जिम्मा चलचित्र हेरेपछि। वास्तविकतामा साँच्चै सडकबाट सदनसम्मको आवाज बोलेको छ उपहारले। स्वदेशमै केही गर्न सकिन्छ भन्छ उपहारले। हौसला बोकेको छ, उपहारले। साँच्चै अनेकन बाधा, समस्या, उल्झन हुँदा पनि दिदी-बहिनीको माया केहो देखाएको छ उपहारले।

चलचित्रको बजारमा सफलताको खडेरी परिरहेको अवस्थामा तुलनात्मक रुपमा राम्रो चलचित्र ‘उपहार’ बनेको दर्शकलाई आभास हुन्छ। व्यावसायिक चलचित्रहरूमा लामो समयसम्म टिकिरहन सफल अभिनेत्री रेखा थापाको यो चलचित्र झण्डै कमेडीशैलीमा निर्माण गरिएको हलमा पुगेपछि दर्शकले पत्तो पाउँछन्।

चलचित्रले मध्यान्तरअघि भरपुर मनोरञ्जन दिन्छ। अभिनेत्रीहरू रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फरक-फरक चरित्रमार्फत् नोकझोंक र झगडा चलचित्रलाई मनोरञ्जनात्मक बनाएको छ। चलचित्रमा उनीहरूको हर्कत हेर्नलायक छ। हलमा पुगेका दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको उपहार कस्तो छ, हेर्न आवश्यक छ।

चलचित्रमा अञ्जु पन्त, एलिना चौहान,समिक्षा अधिकारीजस्ता नाम चलेका कलाकारले मीठो स्वर दिएका छन्। अर्जुन पोखरेल र बाबुल गिरीले मीठो धुन भरेका छन्। चलचित्रमा ‘वा वा वा’, ‘कहिले बार बिर्सन्छु’ जस्ता गीतले चलचित्रलाई जीवन्त बनाउन सहयोग गरेको छ।कविराज गहतराजको कोरियोग्राफीमा खोट लगाउने ठाउँ छैन। मित्रदेव गुरुङको चलचित्रको सम्पादन कला औसत छ। चलचित्रमा विष्णु घिमिरे कल्पितको सिनेमेट्रोग्राफी राम्रो छ।न्युज कारखाना

काठमाडौँ, २९ फागुन ।

अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शकमाझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन् । तर, उनको सुरुआत नै सफलतामा ‘ह्याट्रिक’ बाट भएको थियो । सन् २०१६ मा उनले तीन हिट फिल्ममार्फत दर्शकलाई मनोरञ्जन दिइन् ।

 

उक्त वर्ष उनले  ‘नाईं नभन्नु ल ४’,‘छक्का पञ्जा’ र ‘जात्रा’ मा काम गरेकी थिइन् । एकपछि अर्को फिल्म बक्सअफिसमा हिट भएपछि म्युजिक भिडियोमा खोजिने वर्षा फिल्मकर्मीको प्राथमिकतामा परिन् । उनले ‘नाई नभन्नु ल ४’ मा काम गर्दै गर्दा एक गीतमा अभिनय गर्न दीपकराज गिरी, दीपाश्री निरौला पुगेका थिए । त्यहि वर्षालाई देखेपछि दीपकले उनलाई ‘कास्ट’ गर्ने मनसाय बनाए ।

 

त्यसको केही समयपछि वर्षाले फिल्ममै काम गरिन् । दुई सफल र ‘ब्राण्ड भ्यालु’ भएको फिल्ममा काम गरिसकेकी वर्षालाई तेस्रो फिल्म ‘जात्रा’ अफर भयो । उनको लागि कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई र अभिनेता विपिन कार्कीको समूह नयाँ थियो । उनले रवीन्द्रलाई ‘टल्क जङ्ग भर्सेस टुल्के’ मा नोटिस गरेकी थिइन् । विपिनको ‘भष्मे डन’ बारे परिचित भएपनि धेरै चिनजान थिएन । प्रदीपको उनले न नाम सुनेकी थिइन् न काम देखेकी ।

तर, स्क्रीप्ट लिएर विविध कारणले फिल्म गरेकी वर्षाको अहिले सफल फिल्मको लिस्टमा ‘जात्रा’ शृङ्खलाछ । ‘जात्रै जात्रा’ हुँदै तेस्रो भाग ‘महाजात्रा’ सम्म आइपुग्दा उनले टिमलाई निर्धक्क विश्वास गर्न सकेकी छिन् ।

 

उनले यो समूह रहेको षट्कोण आर्ट्सले गर्ने काममा अहिले सहमति जनाउन कुनै समय लिनु पर्दैन । फिल्ममा डेब्यु गरेकै वर्षमा सफलतामा ‘ह्याट्रिक’ गरेकी वर्षासँग गरिएको ‘महाजात्रा’ संवाद यस्तो छ ।

 

१. विपिन कार्की थियटरबाट आउनु भएको कलाकार, तपाइँ म्युजिक भिडियोबाट ’जात्रा’ मा काम गर्ने बेलामा असहजता भएन ? 

सुरुमा मैले पनि कसरी काम गर्ने होला ? भन्ने नसोचेकी होइन । तर, फिल्मको लागि भेटघाट भयो । हामीले वर्कशप गर्यौं । प्रेम विवाह गरेको क्यारेक्टर भएकाले हामी बीचमा कुराहरू शेयर गर्न लजाउनु हुँदैन् भनेर त्यहि अनुसार वर्कशप गर्यौं । त्यसले गर्दा मलाई सेटमा निकै सहज भयो । अहिले त हामी फिल्मी परिवार नै भइसकेका छौँ ।

 

 २. सम्पदा (सम्पु) कस्तो स्वभावकि छिन् ? 

सम्पु एउटा असल र इमान्दार महिला हो । त्यहि भएर उसले फडिन्द्रसँग आफ्नो जीवन बिताउने निर्णय गरेकी हो । प्रेम विवाह गर्न सम्पुलाई फडिन्द्रको इमान्दारिताले आकर्षित गरेको हो । ‘महाजात्रा’मा अझैँ सङ्घर्षशील गृहणी बनेकी छ । परिवारमा छोरी थपिएसँगै अहिले अरुको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहणी बनेकी छ । परिवारको लागि सङ्घर्ष गरिरहेकी महिला हो सम्पु भन्नुस् या सम्पदा ।

 

३. फिल्ममा तपाइँको प्रेम विवाह भयो तर प्रेम प्रसङ्ग निकै कम छ नि ? 

हाम्रो प्रेम कथालाई ‘जात्रै जात्रा’मा देखाइएको थियो । यसलाई दर्शकले पनि रुचाउनुभयो । हाम्रो परिवार नै सङ्घर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटोलाई चित्रण गर्नुपर्ने छ । फेरी मूल कथानै जात्राको हो । त्यसकारण यसमा चाहिने जति प्रेम छ ।

 

४. पहिलो फिल्ममा हिरोइन भन्नुभएपछि दोस्रोमा श्रीमती र तेस्रोमा आमा बन्नु भयो नि ?

त्यस्तै भयो । तर, मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित नै आएकी थिएँ ।  म हिरोइन मै सिमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न् की भन्ने नै लागेन ।

 

५. तपाइँको बुझाइमा ‘महाजात्रा’ के हो ? 

‘महाजात्रा’ को एउटा पारिवारिक र सामाजिक फिल्म हो । हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ । यो स–परिवार हेर्नुपर्ने फिल्म हो ।

६. डेब्यु वर्षमै तीन सफल फिल्म दिनुभएपछि भूमिकामा फरकपना आएन भन्ने सुनिन्छ नि ? 

कुनै पनि कलाकारलाई ‘टाइप कास्ट’ हुन् मन हुँदैन । तर, निरन्तरता पनि हाम्रो बाध्यता नै हो । हामीले आइरहेको प्रस्तावमा आफूलाई राम्रो लाग्ने भूमिका छनोट गर्नुपर्छ । केही समय फिल्ममा देखिएन भने फलानो हरायो भनेर खबर आउँछ । त्यसैले आफूलाई पर्दामा ल्याईराख्नु पर्ने दबाबसँगै फरक गर्नु पत्रने चुनौती पनि हामी कलाकारलाई हुन्छ । र, मैले पछिल्लो भूमिका भन्दा फरक होस् भने हरेक पटक प्रयास गरिरहेकी हुन्छु ।

 

७. कस्तो फिल्ममा देखिन मन छ ? 

मलाई कमर्सियल भ्यालू बोकेको आर्ट फिल्ममा देखिन मन लागिरहेको छ । ‘जात्रा’ शृङ्खलाले पनि समीक्षात्मक र व्यावसायिक सफलता पाइरहेको छ । मलाई समाजले देखिरहने तर महसुस गर्न नसकेको कथलाई पर्दामार्फत दर्शकसम्म पु¥याउन मन छ । ती पात्र प्रति समाजले निर्माण गर्ने दृष्टिकोण, पात्र भित्रको मनोविज्ञान र जीविकोपार्जनका लागि गरिने सङ्घर्ष आफ्नो पात्रबाट व्यक्त गरौँ भन्ने लाग्छ । न्युज कारखाना

काठमाडौं, २९ फागुन ।

तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ ।

गीतमा यथार्थ र बास्तबिकतालाई मिठो शब्द बानाएर सृजना गरेकी छन गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले । गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्ण कुमार महर्जनको रहेको छ । गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका बानीका प्रधानले सुधुर आवाज दिएकि छन ।

 

बातावमै गीत एकदम सुमधुर बनेको छ, गीत जत्तिकै मिठास भिडियोमा पनि हामीले उतारेका छौं भन्छन, भिडियो निर्देशक युवराज वाईबा, गीतको भिडियोमा छायांकन निश्चल पौडेल, सहायक निर्देशक नबिन बिष्ट, सम्पादन बिकाश दाहालको रहेको छ।

भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । भिडियोमा लोकप्रिय कलाकार रिचा थापा र सोनी लामाको मार्मिक अभिनय देख्न पाईन्छ । गीतको भिडियोलाई तरंग वेभ क्रियशनको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

आउनुहोस हेरौं उक्त सुमधुर गीतको भिडियो ।

चितवन, २८ फागुन ।

मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनले बाग्लुङमा चैते दसैँ मेलाको अवसरमा यस वर्ष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

 

लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताए।

चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिए।

 

लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा संघ/संस्थासँग भेटघाट गरेर अन्तरक्रिया गर्न लागिएको कार्कीको भनाइ छ ।

 

भेटघाटका क्रममा बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण तथा परम्पराको निरन्तरता दिने विषयमा समेत अन्तरक्रिया गरिने उनले बताए ।

लक्की सांस्कृतिक कार्यक्रमको बारेमा प्रचार गर्नका लागि चितवनबाट सुरु हुने भेटघाट तथा अन्तरक्रिया काठमाडौँ, पोखरा, बाग्लुङ, बेनीलगायत देशका मुख्य ठाउँहरुमा हुने उनको भनाई छ।

 

कार्कीले ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताए ।

 

बाग्लुङमा चैते दसैँको अवसरमा आयोजना गरिने लक्की सांस्कृतिक कार्यक्रममा आउने दर्शकहरुले निःशुल्क सहभागिता जनाउन पाउने कार्कीको भनाइ छ ।

 

अबको केही दिनमा चितवनमा औपचारिक कार्यक्रम गर्दै भेटघाट तथा अन्तरक्रियाको सुरुआत गर्न लागिएको जानकारी दिए।

आफ्नो बेग्लै महत्व र इतिहास बोकेको मेलाले धार्मिक पर्यटनका लागि यात्रा गर्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यस मेलामा देशभरिबाट तथा भारतबाट समेत भक्तजन आउने गरेकाले पनि लक्की सांस्कृतिक कार्यक्रम गर्न लागिएको कार्कीको भनाइ छ ।

 

तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्लको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।

 

चैते दसैँमा आयोजना हुने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकी आदि बस्तुको किनमेल हुने गरेको छ ।न्युज कारखाना

काठमाडौं– हङकङमा जारी त्रिकोणात्मक टी२० शृङ्खला अन्तर्गतको नेपाल तथा हङकङबीचको पहिलो खेल वर्षाका कारण रोखिएको छ ।

हङकङको मिसन रोड ग्राउण्डमा आज बिहान ११ः१५ बजेदेखि प्रारम्भ भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । वर्षा रोकिएपछि प्रारम्भ भएको खेल पुनः वर्षा भएपछि अहिले पुनः रोकिएको छ । यो बीचमा खेलिएका तीन ओभरमा नेपालले थप एक विकेट लिन सफल भएको छ । नेपाली बलर गुलशन झाले २५ रन बनाएका निजाकत खानलाई बोल्ड आउट गरेका हुन् । ताजा अवस्थामा हङकङले ८ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ६५ रन बनाएको छ ।

नेपालका फास्ट बलर करण केसीले नेपाललाई पहिलो बलमै सफलता दिलाएका थिए । यद्यपि, त्यसअघि हङकङका दुई जना ब्याट्सम्यान क्रिजमा जमेका छन् ।

हङकङविरुद्धको आजको खेलमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, प्रतिश जिसी, लोकेश बम तथा अविनाश बोहोरा खेलिरहेका छन् ।

काठमाडौं।

चलचित्र “यो मन त मेरो नेपाली हो” को दोस्रो चरणको छायांकन सुरु भएको छ। आठ देशका कलाकारहरुलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको हो।

चलचित्र “यो मन त मेरो नेपाली हो” को दोस्रो चरणको छायांकनमा भारत, मलेसिया, पोल्याण्ड, अस्टिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहने छ। चलचित्रको तेस्रो चरणको छायांकन भने क्यानाडामा हुने चलचित्रका निर्माण नियन्त्रक सुमन काफ्ले जानकारी दिए।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। चलचित्रको पहिलो चरणमा नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाउ पश्चिम बंगाललगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो।

चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ। चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ। फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ” दिवाना “र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ।सभार डिसी नेपाल

 राकेश यादव,राैतहट, २५ फाल्गुन।

भारतीय फ़िल्म जगतका चर्चित सुपरस्टार अभिनेता गोबिन्दा आहूजाले आमा बुवालाइ सधै माया स्नेह र सम्मान गर्नु पर्ने बताएका छन ।

No description available.

रौतहट जिल्लाको मौलापुर नगरपालिकाले महाशिव रात्रीको अवसरमा आयोजना गरेका मधानी महोत्सव २०८० को उदघाटन समारोहमा सहभागी हुन आएका बॉलीबुडका अभिनेता गोबिन्दाले आमा बुवा भन्दा ठूलो कोही नभएकोले आदर र सम्मान गर्नु पर्ने सुझाव दिएका हुन । नारी दिवसको सम्पूर्ण नारीलाइ सम्वोधन गर्दै अभिनेता गोविन्दाले भने नारी न भए संसारको विकास नै नहुने भएकोले महिलालाइ उच्च सम्मान गर्नु पर्छ ।

No description available.

मौलापुर नगरपालिकाले छोरीको विवाहमाँ गर्दै आएको सहयोगको सराहना गर्दै उनले भने नगरपालिकाले निशुल्क विजुली ,पानी ,कर जनतालाइ उपलब्ध गराएको कार्य राम्रो हो । १४ वर्षको उमेर देखि २१ बर्ष सम्म भगवान कृष्णको पूजा गर्दा आफु गोबिन्दा भएको स्मरण गराउदौ आफ्नो कर्म गर्दै गए गोविन्दा बन्नू हुन्छ भने विश्वास व्यक्त गरे ।

No description available.

५ वटा गीत गाउँदै बिदा भएका गोविन्दाले मौलापुर नगरपालिकाका मेयर रीना साह र प्रतिनिधि सभा सदस्य प्रभु साहको कारण मौलापुर आउन पाएकोमा हर्षित भएको बताए । मैले सोचेको थिएन यो ठाउमा आउछु उनले भने महादेवको कृपा र प्रभु साह तथा रीना साहको आग्रहमा आऊंन पाए धेरै ख़ुशी छू !

No description available.

मौलापुर नगरपालिकाले पुरातात्विक महादेव मन्दिरलाइ विश्व सम्पदाको सूचीमा सूचीकृत गराउने उदेश्यले २०७६ साल देखि मधानी महोत्सव आयोजना गर्दै आएका छन ।

No description available.

मधानी महोत्सवलाइ सफल बनाउनका लागि भारतीय कलाकार , स्वदेशी कलाकार तथा स्थानीय कलाकारलाइ बोलाउने गरेको छ ।

No description available.

महंगो पारिश्रमिक लिएर महोतस्वमाँ आएका गोविन्दालाइ हेर्नको लागि रौतहट ,बारा, र सर्लाही जिल्लाबाट दर्शक हरु आएका थिए ।

No description available.

गोबिन्दाको साथै भोजपुरी गीतकार बिनय बिहारी , नेपाली चलचित्र का नायक पल शाह , दिनेश डीसी , लगायतका कलाकारले आ आफ्नो प्रस्तुति देखाएका छन ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।