२०८३ असार २१
२०८३ असार २१

राैतहट,२८ गते वैशाख । रौतहटका चर्चित प्रख्यात कमेडियन कलाकार अमरेन्द्र यादव कमेडि च्याम्पीयन सिजन–३ को टप ५ मा पुग्न सफल भएका छन् । कान्तिपुर टेलिभिजनको शो कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्न कलाकार यादव विगत केहि महिनादेखी प्रतिस्पर्धा गर्दै आएका छन् । कान्तिपुरबाट प्रसारित कमेडि च्याम्पीयनमा केहि महिना अघि रौतहटमे रहेके बा त माधव माधव कहेके बा भनी एकाएक चर्चामा आएका कलाकार यादव कमेडि च्याम्पीयनको विजेता बन्न कडा मिहिनेत र संघर्ष गर्दै आएका छन् । रौतहटको कटहरिया नगरपालिकाको डुमरिया घर भएका युवा कलाकार अमरेन्द्र यादवले आफना अदभुत हास्यकला, प्रतिभाले कमेडि च्याम्पीयनमा टप १० बाट टप ५ मा पुग्न सफल भएका छन् । आफना कलाको माध्यमले आफना दर्जनौ प्रतिस्पर्धीलाई पछाडि पार्दै कलाकार यादवले टप ५ मा पुगेका छन् । तराइ मधेशबाट कमेडि च्याम्पीयन सिजन–३ मा पुग्ने यादव एक्लो कलाकार हुन । आफना हास्ने र हसाउने कला प्रस्तुत गर्दै निकै प्रतिस्पर्धाका बीच आफु ५ मा पुग्न सफल भएको र अब टप ४ मा पुग्ने लक्ष्य लिएर अगाडि बढेको उनले बताए । टप ५ मा टप १ मा पुगेपछि उनी कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्ने छन । कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्ने लक्ष्यका साथ आफु मैदानमा उत्रेको बताउँदै कलाकार यादवले सबैको साथ, सहयोग, माया, स्नेह र आर्शिवाद पाए अवश्य विजेता बन्ने बताए । आफुलाई कमेडि च्याम्पीयन सिजन–३ को विजेता बनाउन उनले खल्ती एपको माध्यमले भोटिंग गरी सहयोग गर्न सबैलाई आग्रह गरे ।

काठमाडौँ । बलिवुड सुपरस्टार सलमान खानको अर्को फिल्म ‘सिकंदर’ मा अभिनेत्री रश्मिका मन्डन्नाको इन्ट्री भएको छ ।

फिल्ममा रश्मिका निर्माता साजिद नाडियावालाले लेखेका छन्, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुबैको अन-स्क्रिन जादू हेर्न प्रतीक्षा गर्न सक्दिन ।’

सिकंदरमा छनौट भएपछि रश्मिकाले लेखेकी छिन्, ‘धेरै समयदेखि तपाई मलाई मेरो अर्को प्रोजेक्टको बारेमा सोध्दै हुनुहुन्थ्यो । यहाँ छ आश्चर्य । सिकन्दरको एक हिस्सा हुन पाएकोमा म कृतज्ञ छु ।’

यसैबीच सामाजिक सञ्जालमा सलमानको एउटा तस्बिर भाइरल भएको छ । यो फिल्म ‘सिकंदर’ को सेटको हो र सलमानले यो फिल्मको सुटिङ सुरु गरिसकेका छन् । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।
न्युज कारखाना

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गर्दैछ ।

अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘महाजात्रा’ ले शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गर्न लागेको हो ।

गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरू गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा तय गर्नु सम्पूर्ण फिल्म उद्योगकै लागि खुसीको खबर रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।

‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ । षट्कोण आर्ट्समार्फत हामी आगामी दिनमा पनि स–परिवार एकसाथ हेर्न मिल्ने फिल्म ल्याउने छौँ’, निर्माता खत्रीले भने ।

उनले अन्तर्राष्ट्रियबजार बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको समेत बताए । अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले डायस्पोरामा फिल्मको खडेरी हटाउन सफल भएको जनाएको छन् । उक्त कम्पनिका अनुसार सिड्नीमा ३५ भन्दा बढी शो भईसकेको छ । यो अहिलेसम्मको सिड्नीमा कुनै नेपाली फिल्मको भएको सर्वाधिक शो हो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ । न्युज कारखाना

काठमाडौँ । क्यानडाका गायक जस्टिन बिबर बुवा बन्न लागेका छन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् । विवाहको ६ वर्षपछि यो जोडीले पहिलो सन्तानलाई स्वागत गर्ने भएको छ । यस पललाई लिएर दुवै जना निकै उत्साहित पनि छन् ।

जस्टिनले आज आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो र केही तस्विर शेयर गरेका छन् । सेयर गरिएको तस्विरमा उनकी श्रीमती हेलीको बेबी बम्प स्पष्ट देखिन्छ । यी भिडियो र तस्विरहरु मार्फत उनले फ्यानहरुलाई यो खुसीको खबर दिएका छन् ।

यो जोडीले आफ्नो सानो पाहुना कहिले संसारमा आउने हो भन्ने बारे कुनै जानकारी दिएको छैन । यद्यपि, टिएमजी रिपोर्ट अनुसार, हेली आफ्नो तेस्रो त्रैमासिकमा छिन् ।

जस्टिन बिबरले मोडल हेली बाल्डविनसँग जुलाई ७, २०१८ मा इन्गेजमेन्ट गरेका थिए । यसैबीच, दुवै सन् २०१५ देखि रिलेशनशिपमा रहेको खबर आएको थियो तर २०१६ मा उनीहरुको ब्रेकअप भएको थियो । नोभेम्बर २०१८ मा विवाह गरेपछि, दम्पतीले २०१९ मा परिवार र साथीहरूको लागि दक्षिणी क्यालिफोर्नियामा विवाह समारोह गरेका थिए।

हेली भन्दा पहिले जस्टिनको गायिका तथा अभिनेत्री सेलेना गोमेजसँग अफेयर थियो । दुबैको भेट सन् २०१० मा भएको थियो । तर, २ वर्षपछि मात्रै उनीहरुको ब्रेकअप भयो । २ वर्ष छुट्टिएपछि दुवैले फेरि आफ्नो सम्बन्धलाई मौका दिए र सँगै बस्न थाले ।

सन् २०१६ मा सेलेना चर्चित गायक चार्ली पुथसँग डेट गरिरहेकी थिइन् भन्ने खबर आएको थियो । धेरै उतारचढावपछि सन् २०१८ मा दुवैको ब्रेकअप भयो ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेता शेखर सुमन भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । शेखर सुमन दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीमा सामेल भएका हुन् ।

शेखर सुमन भाजपामा सामेल भएपछि अहिले उनी र अभिनेत्री कंगना रनावतको विगतको विवादको विषयमा प्रश्न उठाइएको छ ।

शेखर सुमन भाजपामा प्रवेश गरेपछि उनको र कंगनाको चर्को आलोचना भइरहेको छ । तर, अब शेखर आफै अगाडि आएर कंगनालाई समर्थन गरेका छन् ।

शेखर सुमनले हिमाचल प्रदेशको मण्डीबाट लोकसभा चुनाव लड्दै आएकी कंगना रनौतका लागि प्रचार गर्न तयार रहेको बताएका छन् ।

कंगनले यसअघि शेखर सुमनका छोरा अध्ययनसँग डेट गरेकी थिइन् । सन् २००८ मा मोहित सुरीको फिल्म ‘राज– द मिस्ट्री कन्टिन्युज’ को सेटमा यी दुईको भेट भयो र प्रेममा परे । यसपछि अभिनेताले सार्वजनिक रूपमा कंगनामाथि कालो जादू गरेको आरोप पनि लगाएका थिए ।

दुवै एउटै पार्टीमा प्रवेश गरेपछि मानिसहरूले दुवैको चर्को आलोचना गरिरहेका छन् ।न्युज कारखाना

काठमाडौँ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ ।

फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा परेको देखाइएको छ । त्यस्तै फिल्ममा पल शाह भने जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखाइएको छ ।

आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् ।

राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=0JlBb1KuzNE न्युज कारखाना

काठमाडौँ । फेरि एक पटक विश्वको सबैभन्दा ठूलो मेगा फेसन इभेन्ट मेट गाला सुरु भएको छ । न्युयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजित मेट गाला कार्यक्रममा विश्वभरका ठूला सेलिब्रेटीहरू सहभागी भएका छन् । यस पटक मेट गाला २०२४ को थिम ‘गार्डेन अफ टाइम: एन ओड टु आर्ट एण्ड इटरनिटी’ रहेको छ । यस्तो अवस्थामा हरेक सेलिब्रेटी सोही अनुसारको लुगा लगाएर कार्यक्रममा पुग्नेछन् ।

अहिले सामाजिक सञ्जालमा ‘मेट गाला २०२४’ को चर्चा भइरहेको छ । यो फेसन संसारको प्रसिद्ध घटनाहरु मध्ये एक हो । प्रत्येक वर्ष यो शो मे महिनाको पहिलो सोमबार ‘ मेट मण्डे’ को रूपमा आयोजना गरिएको छ । फेसन शोको यो ठूलो कार्यक्रम हरेक वर्ष न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युटमा आयोजना हुने गरेको छ ।

न्युयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टलाई सहयोग गर्न यो एक परोपकारी फेसन शो हो । मेट गालाको सुरुवातको बारेमा कुरा गर्दा, यो १९४८ मा एक सोसाइटी मिडनाइट सपरको रूपमा सुरु भएको थियो, तर आज यो विश्वभर धेरै हेडलाइन बनिरहेको छ ।

प्रत्येक वर्ष मेट गालाको फरक फरक विषयवस्तु हुन्छ । विषयवस्तुहरू र ड्रेस कोडहरू भिन्न हुन्छन्, तर एक अर्कासँग सम्बन्धित छन् । यस वर्षको ड्रेस कोड ‘द गार्डेन अफ टाइम’ हो, जो जेजी बलार्डको १९६२ को यस्तै शीर्षकको छोटो कथाबाट प्रेरित रहेको छ ।न्युज कारखाना

काठमाडौँ । हलिउडका दिग्गज अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । बर्नार्ड हिल १९९७ को फिल्म ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित थिए ।

उनले ‘टाइटानिक’ र ‘द लर्ड अफ द रिङ्स: द टू टावर्स’ बाहेक बर्नार्ड हिलले ‘द स्कर्पियन किंग’, ‘द ब्वाइज फ्रम काउन्टी क्लेयर’, ‘गोथिका’, ‘विम्बल्डन’, ‘द लिग अफ, जेन्टलमेन एपोकेलिप्स, ‘जोय डिभिजन’, ‘सेभ एन्जल होप’, ‘एक्सोडस’ र ‘वाल्कीरी’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

उनले बाफ्टा अवार्ड, क्रिटिक्स च्वाइस अवार्ड, ब्रोडकास्टिङ प्रेस गिल्ड अवार्ड र अन्तर्राष्ट्रिय एमी अवार्डका लागि मनोनयन गरिएको थियो । यद्यपि, उनले २००४ मा द लर्ड अफ द रिङ्स: द रिटर्न अफ द किंगमा गरेको उत्कृष्ट प्रदर्शनको लागि स्क्रिन एक्टर्स गिल्ड अवार्ड प्राप्त गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ । भारतीय मिडियाहरुमा दुवैको ब्रेक भएको रिपोर्ट सर्वजनिक भएको छ । दुवै २ वर्ष सँगै सम्बन्धमा थिए ।

अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन् ।

यस वर्षको अप्रिल महिनामा अनन्या पाण्डेले पनि एक क्रिप्टिक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण उनीहरुको ब्रेकअपको हल्लाले तिब्रता लिएको थियो । त्यतिबेला अनन्याले पोस्टमा लेखेकी थिइन्, ‘यदि उ तिम्रो हो भने अवश्य फर्किनेछ । यो सबै तिमीलाई पाठ सिकाउन को लागी हो । तिमीले स्वीकार गर्दैनौ र उसलाई बिदा गर, यदि उ तिम्रो हो भने फर्केर आउनेछ । यदि तपाइँ विश्वास गर्नुहुन्छ भने यो वास्तवमा तपाइँको हो । किनभने यो तपाइँको लागि बनाइएको थियो, तर यो तपाइँको भाग कहिल्यै छैन । यो तिम्रो आत्मासँग कहिल्यै जोडिएको थिएन ।’

अनन्याको यो पोष्ट आदित्य लक्षित रहेको र दुवैको सम्बन्ध बिग्रिएपछि उनले यो पोष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सार्बजनिक रुपमा भने दुवैले आफ्नो सम्बन्ध बारे अहिलेसम्म चर्चा गरेका छैनन् ।न्युज कारखाना

बज्जिकाञ्चल दैनिक,वैशाख २२ गते।

रौतहट जिल्लाको गार्मिन भेग अवस्थित कटहरिया नगरपालिका वडा नं १ भसेढवा निवासी लोक प्रिय गायक रुद्र नरायण तिवारीको स्वरमामा हिन्दी गीत ‘पेहला प्यार ’ भिडि‌‌ओ सार्वजनिक गरिएको छ । भारत कै फिल्मी नगरी मुम्बईमै तयार गरिएको छ ।

अभिनेता रुद्र नारायण तिवारी र सलोनी कुमारी, निर्देशक अनुपम साह,सम्पादक अनुपम साह, DOP रेहान खान, DI रेहान खान विशेष सहयोगी साजन जैसवाल गरेका छन् । गायक रुद्र नरायण तिवारीले गीत रचना गरेका हुन् । ‘पेहला प्यार …’ बोलको गीतमा प्रेमी-प्रेमिकाबीचको माया-प्रेमलाई समेटिएको छ ।

गायक तिवारीले यसअघि पनि ‘ओ मा’ हिन्दी गीत पुरातात्विक महादेव मन्दिरको चर्चित भोजपुरी भाषामा ‘ देवा देवाले ’ ‘दो दिल मिल रहा है’ हिन्दी गीत गाईसकेका छन । तिवारी विगत एक दशक देखी भारतको फिल्मी नगर मुंबईमा बशेर गीत संगीतको काम गर्दै छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।