डडेलधुरा, १३ जेठ । डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालीकामा रहेको परशुराम धाममा आयोजना गरिएको दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ।
परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित महोत्सवमा सहभागीहरूको उल्लेख उपस्तिथि रहेको थियो। महोत्सवलाई विभिन्न सत्रमा विभाजन गरेर शिक्षा, स्वास्थ्य, उद्यम स्वरोजगार, साहित्य स्थानीय सरकारलगायतका विषयमा मन्थन गरिएको थियो।
समापन समारोहमा बोल्दै नगर प्रमुख भरत बडायर जोशीले परशुराम धामलाई धार्मिक पर्यटनको रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय तहमा पहिचान गराउने, राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकारहरूको स्थानीय साहित्यकारसँग साक्षातकार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्नेलगायतका बहुउद्देश्य लिएर महोत्सव सञ्चालन गरीएको बताए।
महोत्सवमा सुदुरपश्चिम विश्वविधालयका उपकुलपति प्रा. डा. हेमराज पन्त सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव शिक्षाविद् डा. हरी लम्साल, मदन पुरस्कार विजेता डा. नबराज लम्साल, रामलाल जोशी, बिबेक ओझा, कवि सोझो गाउँले, बिप्लप प्रतीक, स्वास्थ्यविद् डा. अरुणा उप्रेती बक्ताका रुपमा रहेका थिए।
यस्तै उद्यमीहरू श्रीकृष्ण अधिकारी, सुनयना पाण्डे, कल्पना बोयजु, पुर्णागिरी मन्दिर व्यवस्थापन अध्यक्ष किसन तिवारी, परशुरामधामका जानकार तीर्थ अवस्थी, पंचदेवल बिनायक नगरपालिका अछामकी नगर प्रमुख अम्बिका चलाउने र धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आआफ्नो धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी टिकाराम यात्री, राजेन्द्र बानिया, दीर्घराज उपाध्याय र टेक राज अवस्थीले गरेका थिए। महोत्सवमा स्थानीय विधालयका विद्यार्थीले साहित्य र संस्कृतिलगायतका अनेक कला प्रस्तुत गरेका थिए।
समापन समारोहमा नगरपालिकाकी प्रमुख प्रसासकीय अधिकृत कल्पना भट्टले सहभागीलाई धन्यबाद ज्ञापन गरेकी थिइन्। मेयर जोशीले आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिने बताएका छन्। न्युज कारखाना
काठमाडौँ । ‘चपली हाइट’ फेम निर्माता अर्जुन कुमारले सानो संसार नामको फिल्मको निर्माण गर्न लागेका हुन् । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरिएको छ ।
फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी सीतादेवी तिमल्सिना (केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती) ले मुहूर्त सट दिएकी थिइन् ।
सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा सीतादेवीसहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटी आदिको अभिनय रहनेछ । उनीहरु सबैले यही फिल्मबाट डेब्यु गर्दैछन् । यही जेठ अन्तिमबाट काठमाडौं, धादिङ र नुवाकोटमा छायांकन हुने निर्माता अर्जुनले बताए ।
फिल्ममा निर्देशक सिद्धार्थ र सरिष्मा पुडासैनीको संयुक्त लेखन छ । शुभमुहूर्तसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । आगामी दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट फिल्म सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको संयुक्त निर्माण रहने फिल्मले सानो परिवारको कथालाई पेश गर्ने निर्देशक पुडासैनीले बताए । उनले पछिल्लोपटक ‘चपली हाइट ३’ निर्माण गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्नेक्रम जारी रहेको छ । यस सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि नै चर्चामा रहेका हार्दिकको प्रदर्शन यस सिजनमा सोचे अनुसार हुन सकेन ।
यसको असर हार्दिकलाई मात्र परेन उनको टिम मुम्बई इण्डियन्सलाई पर्यो । हार्दिकलाई कप्तान बनाएको मुल्य मुम्बई इण्डियन्सले पनि चुकायो । यस सिजनको आइपिएलमा पुछारमा रहदै सिजन समाप्त गरेको मुम्बईमा पुन: आगमन हार्दिकका लागि ब्याक फायर बन्यो । यस सिजनमा न त उनको व्यक्तिगत प्रदर्सन राम्रो रह्यो न त उनले टिमलाई नै जितको लागि प्रेरित गर्न सके । अब आइपिएलबाट बाहिरिएपछि हार्दिकको निजी जीवन चर्चामा रहेको छ ।
उनको पत्नी नतासा स्टानकोभिकसँगको सम्बन्ध राम्रो नभएको र यो जोडी डिभोर्सको तयारीमा रहेको दाबि गरिएको छ । रेडिटमा गरिएको एक पोष्टमा दुवैले डिभोर्स गर्ने तयारी गरेको दाबी गरिएको छ । यस पोष्टलाई उदृत गर्दै भारतीय मिडियाले पनि यसलाई निकै प्राथमिकता दिएका छन् ।
नताशाले यसअघि सामाजिक सञ्जालमा आफ्नो नामको पछाडी पाण्डेय राखेको र हालै आफ्नो नामको पछाडी रहेको पाण्डेय हटाएपछि पनि अड्कलबाजी बढेको बताइएको छ । सामाजिक सञ्जाल र मिडियामा नतासाले हार्दिकको ७० प्रतिशत सम्पत्ति लिएर डिभोर्स गर्न लागेको चर्चा समेत चलिरहेको छ ।
केहि दिनदेखि इन्टरनेटमा चलिरहेको यो खबर बारे हार्दिक र नतासाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
नताशा सर्बियन मोडल र अभिनेत्री हुन् । हार्दिक र नतासाले केहि समयको प्रेमपछि २०२० मा विवाह गरेका थिए । दुवैका एक छोरा छन् । न्युज कारखाना
ललितपुर, ११ जेठ । फेसन नेटवर्क नेपालको आयोजनामा आज जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म आयोजना हुने ‘नेपाल फेसन फेस्टिभल’प्रारम्भ भएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीवार साँझ आयोजित एक भव्य समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतका व्यक्तित्वले रिबन काटेर उक्त फेस्टिभलको विधिवत रुपमा उद्घाटन गरेका छन् ।
जेठ १३ गते आइतवारसम्म सञ्चालन हुने यो फेस्टिभललाई ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना गरिएको छ ।
उद्घाटन समारोहमा आफ्नो मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथि उप–प्रमुख शाक्यले बुद्ध पूर्णिकाको पूण्य दिन पारेर उद्घाटन गरिएको यो फेस्टिभल आफैंमा उपलब्धिमूलक हुने शुभकामना व्यक्त गरिन् ।
यो फेसनसंग सम्बन्धित कार्यक्रममा म अनुभवविहिन् छु भन्ने लागेको थियो, उप–प्रमुख शाक्यको भनाइ छ– ‘तर यो कार्यक्रमको तयारी, उद्देश्य तथा प्रस्तुतिकरण देख्दा म कृतक्ष भएँ । मलाई फेसन गर्न नआउने भए पनि मैले फेसन भनेको आफ्नै आत्मविश्वासको स्तर माथि पुर्याउनै शैली हो भन्ने बुझेकी छु । यो फेस्टिभवलले जीवन शैलीका सबै पक्षहरु समेटेको पाउँदा खुशी लागेको छ । म यो फेस्टिभलको सफलताको शुभकामना चाहन्छु ।’
उप–प्रमुख शाक्यले मेलामा प्रदर्शकको रुपमा सहभागि ८० भन्दा बढी उद्यमी–व्यवसायिहरुलाई सफलताको शुभकामना दिँदै नेपालमै बसेर केही गर्छु भन्ने हिम्मतका लागि स्यालूट गर्ने बताइन् ।
आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयको कठोर परिश्रमपछि नेपालमै पहिलो पटक एउटा भिन्नै प्रकारको फेस्टिभल अर्थात नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताउँदै निर्देशक ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न, यो क्षेत्रमा आवद्ध भएका सम्पूर्ण व्यक्ति, संघ, संस्था, उद्यमीहरुलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरुको बारेमा जानकारी गराउनतथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्ने उदेश्यले यो महोत्सवको आयोजना गरिएको बताए । 
नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस नेटवर्क प्लेटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन) ले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गरेको हो, ताम्राकारको भनाइ छ– ‘नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उदेश्यले यो महोत्सव आयोजन गरिएको हो ।’ ताम्राकारले नेपाली फेसन, सौन्दर्य, जीवनशैली तथा कलाको क्षेत्रको उत्सवको रुपमा तीन दिने नेपाल फेसन फेस्टिभलको आयोजना गरिएको समेत बताए ।
आयोजक संस्थाका अर्का संस्थापक निर्देशक शेखर राज कसजुले यो फेस्टिभलमार्फत रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्य लिएको बताए । निर्देशक कसजुले नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इकमर्शमार्फत यसलाई प्रमोट गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रुपमा समेत फेसन उद्योगलाई चलायमान, संस्थागत तथा व्यवसायिक बनाउन केही नया“ कार्य गर्नैपर्छ भन्ने उद्देश्यले तीन दिने नेपाल फेसन फेस्टिभल आयोजना गर्न लागेको बताए ।
हामीले एक–अर्कासंग नेटवर्किङ गर्न सकियोस्, सहकार्य गर्न सकियोस्, एक–अर्कासंग हातेमालो गर्न सकियोस् अनि आफूले हासिल गरेको अनुभव शेयर गर्न सकियोस् भनेर यो फेस्टिभल आयोजना गर्ने निर्णय गरेका हौं, संस्थापक कसजुले फेस्टिभलमा झण्डै ८० वटा स्टलमार्फत तीन दिनसम्म समाजका विभिन्न क्षेत्रलाई एउटै छानामुनि समेट्ने प्रयास गरेको बताए ।
उद्घाटन समारोहमा तीन दिनसम्म आयोजना हुने फेसन रनको समेत उद्घाटन गरियो । उद्घाटन सिक्वेन्सको रुपमा बिआईए फाउण्डेसनका आठ जना व्यक्तिहरुले मोडलको रुपमा ह्वीलचेयरमै र्याम्पमा उपस्थित भएर फेसन शो प्रस्तुत गरेका थिए । उनीहरुले पालै–पालो र्याम्पमा प्रस्तुत भएर उपस्थित दर्शकदीर्घालाई अभिभावना गर्दा तालीको गडगडाहटले स्वागत गरिएको थियो ।
नेपाल फेसन फेस्टिभलमा जेठ ११ देखि १३ गतेसम्म हरेक साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदैछ । जहाँ दुई दर्जनभन्दा बढी मोडलहरुले फेस्टिभलमै आवद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरनहरु प्रस्तुत गर्नेछन् ।
फेस्टिभलमा पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स, रिजभल कस्मेटिक्स, नमूना कलेज अफ फेसन टेक्नोलोजी , आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन, पिके मार्केटिङ , इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा द आर्ट अफ फेसन, टारी मटियाना, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, स्विफ्ट टेक्नोलोजीज, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेज एएलसीका स्टलहरु राखिएका छन् ।
त्यस्तै गुर्खा वाच, अमृता क्राफ्ट, ज्वाला राज डिजाइन, फ्लाबियाज भिजन, बहुबेटी फेब्रिक सेन्टर, लोगोज, जुजु, मेकअप दरबार, सुट स्टुडियो, लाली, पस्मिना नेपाल, लक्ष्मी उड क्राफ्ट, काया कलेक्सन, अर्को नेपाल, याभी, डिभाइन जेवेल्स, अरोमा एनपिए, अस्तित्व नेपाल, साबाह नेपाल, बिआइए फाउण्डेसनले पनि फेस्टिभलमा स्टल राखिएका छन् ।
महोत्सवमा ममिता मिराकल्स एण्ड माया इन द एयर, द जेमिनी इन्टरनेशनल, वोसा द क्लोदिङ स्टोर, चिनारी महिला साझेदारी अल्लो उद्योग समुह, काठमाडौं फेब्रिक्स, चियाङ माइ, अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, डिन्सि कलेक्सन, आईटिसी स्कूल अफ ब्यूटिसियन, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल (एफएचएएन), जेबिजी बेसपोक, काइशाज कलेक्सनले पनि स्टल सजाएका छन् ।
फेस्टिभलको फुड कोर्ट अन्तर्गत पनि विभिन्न स्टलहरु राखिएका छन्, जहाँ महोत्सव अवधिभर तीन दिनसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न खानेकुराहरु उपलब्ध हुनेछन् । फेस्टिभलको फुड कोर्टमा बोता मोमो, क्रेजी यती र रुमाली घर, थान्कस नेचुरल आईसक्रिम, मीना मिसन खाद्य उद्योग, भिलेज क्याफे, इजी फ्रूट, होक्कादो, मेक्सिकन डिजाइट, हबिबी चाई, पानी पुरी, सम्झना प्रोडक्ट ले आफ्ना स्टलमार्फत स्वादिष्ट खाद्य परिकारहरु उपलब्ध गराइरहेका छन् ।
यसका साथै फेस्टिभलमा आजदेखि तीन दिनसम्म नेपालको फेसन उद्योगको वरपर रहेर हरेक दिन दुई वटा प्यानल डिस्कन कार्यक्रम सञ्चालन गरिँदैछ, जहाँ फेसन उद्योगका समस्या, सम्भावना र चुनौतीहरुका बारेमा सम्बन्धि क्षेत्रका विज्ञहरुबीच विचारको मन्थन हुनेछ । महोत्सव अवधिभर कुल छ वटा प्यानल डिस्कसन हुनेछ । यसबाहेक महोत्सवमा फेसनसंग सम्बन्धि वर्कशप तथा मास्टर क्लासहरु सञ्चालन गरिँदैछ, जहाँ फेसन उद्योगमा करियर बनाउन चाहनेहरुले सिक्ने अवसर पाउने छन् ।
फेस्टिभलको क्रममा गेहेन्द्र धिमाल फाउण्डेसनको नेतृत्वमा फेसन फोटो प्रदर्शनीसमेत आयोजना भैरहेको छ, जहाँ राजभाइ सुवाल, गेहेन्द्र धिमालसहित ससद्धहस्त फेसन फोटोग्राफरले खिचेका उत्कृष्ट फेसन फोटोग्राफीहरुको प्रदर्शन गरिएको छ । आजदेखि फोटो प्रदर्शनीस्थलमै फोटो टकसेसन पनि सञ्चालन हुनेछ, जहाँ यी फोटोग्राफरहरुले प्रदर्शन गरिएका फोटोहरुका बारेमा जानकारी मात्र गराउने छैनन्, फोटोग्राफीको अनुभव, चुनौती तथा सम्भावनाहरुका बारेमा समेत स्पष्ट पार्नेछन् ।न्युज कारखाना
काठमाडौँ । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु भएको छ । यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।
बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए । भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन् । यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन् ।
फिल्म सन् २०२६ मा गणतन्त्र दिवसको अवसरमा रिलिज हुनेछ ।
सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो । उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन् । फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो । १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो । यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो । न्युज कारखाना
काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल भर्ना भएका छन् ।
मिडिया रिपोर्टका अनुसार गर्मीका कारण शाहरुखलाई अस्पताल भर्ना गर्नुपरेको थियो । शाहरुख अझै अस्पतालमै रहेको बताइएको छ । केडी अस्पतालका चिकित्सकका अनुसार शाहरुखलाई डिहाइड्रेसन समस्या थियो । जुही चावला पनि शाहरुखलाई हेर्न अस्पताल पुगेकी थिइन् । अस्पतालबाट निस्किएपछि उनले शाहरुखको स्वास्थ्यको अपडेट दिएकी थिइन् । शाहरुख आज साँझ डिस्चार्ज हुने र मुम्बई जाने बताइएको छ ।
जुहीले शाहरुख खानको स्वास्थ्य ठिक रहेको र चाँडै डिस्चार्ज हुने बताएकी छन् ।
शाहरुख खानको स्वास्थ्य र डिस्चार्जको बारेमा केडी अस्पतालले कुनै आधिकारिक घोषणा वा मेडिकल बुलेटिन जारी गरेको छैन । शाहरुख आइपिएलको पहिलो क्वालिफायरका लागि आफ्नो टिम कोलकोतालाई सपोर्ट गर्न अहमदावाद पुगेका थिए ।
पछिल्लो चार दिनदेखि अहमदाबादमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियसको बीचमा रेकर्ड भइरहेको छ । जसका कारण शाहरुखको स्वास्थ्य बिग्रिएको अनुमान गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो ।
‘पूजार सार्की’ मा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ । यस फिल्मलाई राष्ट्रिय अवार्ड विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । सामाजिक विषयमा फिल्म बनाउने निर्देशक राउतले यसअघि ‘प्रसाद’ र ‘प्रकाश’ जस्ता फिल्म बनाएका थिए ।
सुवास भुसालको निर्माण रहेको फिल्ममा आर्यनको जोडी अञ्जना बराइलीसँग बाँधिएको छ भने प्रदीपको अपोजिटमा परीक्षा लिम्बूले अभिनय गरकी छन् । फिल्म अन्तरजातीय प्रेमको कथामा बनेको छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, शङ्कर आचार्य, प्रेम सुब्बा, सुभास गजुरेल, विद्या कार्की, बसन्त भट्ट लगायतको पनि अभिनय छ ।
त्यस्तै अनमोल केसी र जसिता गुरुङको प्रमुख भूमिका रहेको फर्की फर्की‘टाइम लुप’ को कथामा बनेको छ । यस फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । अनमोलका पछिल्ला फिल्मले बक्स अफिसमा राम्रो नगरेको अवस्थामा फर्की फर्की बक्स अफिसमा सफल हुनुपर्ने दबाब अनमोलमाथि रहेको छ ।न्युज कारखाना
काठमाडौँ । बलिवुड अभिनेता सञ्जय दत्त वेलकम फ्रेन्चाइजको तेस्रो फिल्म ‘वेलकम टु द जंगल’ बाट बाहिरिएका छन् । उनले फिल्मको सुटिङ पनि सुरु गरिसकेका थिए तर अहिले स्वास्थ्य समस्याका कारण उनले फिल्म छाडेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
सञ्जय दत्त अब अक्षय कुमार, दिशा पटानी, ज्याकलिन फर्नान्डिस स्टारर फिल्म वेलकम टु द जंगलको हिस्सा नबन्ने भएका छन् । सञ्जय दत्तले स्वास्थ्य समस्याका कारण फिल्म छाडेको बताएको छ । सञ्जय दत्तले केही समयअघि फिल्मको सुटिङ मड आइल्याण्डमा सुरु गरेका थिए । उनले एक दिन मात्रै छायांकन गरेपछि फिल्म छाडेको बताइएको छ ।
सञ्जय दत्तको फिल्म ‘वेलकम टु द जङ्गल’मा केही एक्सन दृश्यहरु देखिने थियो तर स्वास्थ्य समस्याका कारण सञ्जयले एक्सन गर्न सकेनन् । निर्माताहरूले अब सञ्जय दत्तको प्रतिस्थापन गर्न शुरु गरेका छन् ।
डिसेम्बर २०२३ मा, अक्षय कुमारले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डल मार्फत फिल्म वेलकम टु द जंगलको घोषणा गरेका थिए । फिल्मको पोष्टर पनि सार्वजनिक गरिएको छ, जसमा स्टारकास्ट देखिएका छन् । पोस्टरका अनुसार फिल्ममा अक्षय कुमार, सुनील शेट्टी, सञ्जय दत्त, अरशद वारसी, दिशा पटानी, ज्याकलिन फर्नान्डिस, रविना टण्डन, लारा दत्त, राजपाल यादवको मुख्य भूमिका रहेको छ । फिल्मलाई अहमद खानले निर्देशन गर्दैछन् ।
२१ डिसेम्बर २०२३ मा अक्षय कुमारले सञ्जय दत्तसँग फिल्मको सुटिङ गरेका थिए ।
सञ्जय दत्तको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनी तेलुगु फिल्म डबल स्मार्ट, कन्नड फिल्म, केडी-द डेभिल, पंजाबी फिल्म शेरन दी कम पंजाबी र हिन्दी फिल्म बापमा काम गरिरहेका छन् ।
न्युज कारखाना
काठमाडौँ । फिल्म ‘पूजार सार्की’ मा अभिनेता पल शाहको नयाँ लुक्स सार्बजनिक गरिएको छ । फिल्ममा उनको जातीय विभेदविरुद्ध संघर्ष गर्ने पात्रको भूमिका निभाएका छन् । यसअघि सार्वजनिक बन्दुक बोकेको लुक्समा देखिएका पलको नयाँ लुक्समा फुलेको दार्हीसहितको गेटअपमा देखिएका छन् ।
पलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा उनको कपाल र दाह्री सेत्तै फुलेको छ । आँखामा चश्मा छ । शिरमा ढाका टोपी र स्टकोट लगाएका उनलाई प्रहरीहरुले समातेका छन् । टिजर र ट्रेलरमा जवान देखिएका उनलाई वृद्ध अवस्थामा पनि फिल्ममा देख्न सकिने यी तस्वीरहरुबाट बुझ्न सकिन्छ ।
पलले प्रहरीसँग मुठभेडको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो करिअरमा महत्त्वपूर्ण फिल्म ‘पूजार सार्की’ सावित हुनेमा ढुक्क छु । आज मैले फिल्ममा मेरो अभिनयबाट यो तस्वीर सार्वजनिक गरेको छु । यसबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्वीरलाई लिएर देखाउनुभएको प्रेम अतुलनीय छ ।’
यही बिहीबार अर्थात् बुद्ध जयन्तीबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा पलका साथै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिकामा छन् । दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुभाष भुसालले निर्माण गरेका हुन् । सोमबारबाट फिल्मको मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ । न्युज कारखाना
काठमाडौँ । बलिवुडमा नितेश तिवारीको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित चलचित्र रामायणको तयारी तिब्र रुपमा भइरहेको छ । चलचित्र रामायणलाई दुई छुट्टाछुट्टै भागमा बनाइने बताइएको छ भने दुवै भागको छायांकन एक वर्षमा एकैपटक सम्पन्न हुने बताइएको छ ।
फिल्म रामायणको निर्माण टिमका अनुसार नितिश तिवारीले रणवीर कपूर, यश, साई पल्लवी र सनी देओलसँग रामायणका दुई भागको सुटिङ सुरु गरिसकेका छन् । चलचित्रलाई ठूलो परिमाणमा देखाउन र राम्रोसँग प्रस्तुत गर्न निर्माताले यसलाई २ भागमा बनाउने निर्णय गरेका छन् । चलचित्र उद्योगमा अधिकांश चलचित्रकर्मी पहिलो भागको नतिजा देखेपछि दोस्रो भागको तयारीमा लागे पनि रामायणको दुवै भाग एकैसाथ छायांकन हुनेछ । यसअघि यो फिल्म ३ पार्टमा बन्ने भएको थियो ।
टोलीले रामायणका दुवै भागको छायांकनका लागि ३५० दिनको छायांकन तालिका बनाएको छ जसमा विस्तारित स्टार कास्टको एकल दृश्य पनि समावेश हुनेछ । दुवै भाग एक वर्षको अन्तरालमा रिलिज हुनेछन् । फिल्म रामायणको प्रिन्सिपल छायांकन आउँदो डिसेम्बरसम्ममा सक्ने गरी फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुने बताइएको छ । चलचित्र रामायणमा कलाकारहरुको लुक्सको निरन्तरता कायम राख्न दुवै पार्टको एकैसाथ छायांकन गर्ने निर्णय गरिएको छ ।
नितिश तिवारीको निर्देशनमा बन्न लागेको रामायणमा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिने भएका छन् । यो भूमिकाका लागि रणवीरले कडा तालिम लिइरहेका छन् । उनीसँगै साउथकी चर्चित अभिनेत्री साई पल्लवी माता सीताको भूमिकामा देखिनेछिन् । फिल्ममा सनी देओल हनुमानको भूमिकामा देखिनेछन् भने अभिनेत्री लारा दत्त कैकेयीको भूमिकामा देखिनेछन् । त्यस्तै रावणको भूमिका अभिनेता यशले निभाउने बताइएको छ । न्युज कारखाना