काठमाडौँ । फिल्म ‘खुस्मा’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले ‘खुस्मा’ आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको ‘खुस्मा’ लाई अशोक थापा मगरले निर्देशन गरेका हुन् ।
लभ स्टोरी फिल्म भनिएको यस फिल्म धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ ।
फिल्मलाई निर्देशक अशोकले नै लेखेका हुन् भने स्क्रिनप्ले पनि उनकै रहेको छ ।न्युज कारखाना
धनगढी । गणेश नेपालीको गजलसंग्रह एकलव्यभित्र रहेको शीर्ष गजलमा कैलालीको अत्तरियाका युवा व्यवसायीसमेत रहेका गायक जोस अनुजले स्वर दिएका छन्।
मान्छेका असन्तुस्टि, स्वार्थ, देखासिकी, आत्ममुग्धता, अहंकारी, स्वभाव र प्रवृतिमाथी गरिएको शब्द सिर्जनामा स्वर दिएका गायक जोसले गीतको म्युजिक भिडियो पनि तयार गरेका छन्। जसमा गायक स्वयंमले अभिनय गरेका छन्।
म्युजिक भिडियोमा धनगढी, डडेल्धुरा भीमदत पन्त लोकमार्गको मध्येबिन्दु, सुन्दर प्राकृतिक छटाले सुशोभित बुडर झरना, सुन्दर मनमोहक हरियाली र ग्रामीण जनजीवनलाई कैद गरिएको छ।
गीतमा संगीत स्वयम् जोस, एरेन्जर मनिष घर्तीमगर, रेकर्डिङ र मिक्सिङ एसएम भिडियो, क्यामेरा पिआर जोशी, पोस्ट प्रोडक्सन बीएसजी पिक्चर्स, एफटी जोस र जहित बुढाको रहेको छ। गीत निर्माण टिमले सहयोगी रबर्टसिंह बडैलाप्रति कृतज्ञता ज्ञापन गरेको छ।न्युज कारखाना
काठमाडौँ । फिल्म कुस्माको प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले कुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको कुस्मालाई अशोक थापा मगरले निर्देशन गरेका हुन् ।
लभ स्टोरी फिल्म भनिएको यस फिल्म धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ ।
फिल्मलाई निर्देशक अशोकले नै लेखेका हुन् भने स्क्रिनप्ले पनि उनकै रहेको छ ।न्युज कारखाना
काठमाडौँ । सोनाक्षी सिन्हाले जहीर इकबालसँगको रोमान्टिक तस्विर सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यी तस्बिरहरू दुवैको हनिमुनका बेला खिचिएका हुन्, यद्यपि यी दुवैले आफ्नो हनिमुन कहाँ मनाउँदैछन् भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।
मंगलबार साँझ सोनाक्षीले आफ्नो इन्स्टाग्राम स्टोरीमा जहीरसँग स्विमिङ पुलमा रहेको तस्बिर सेयर गरेकी छिन् ।
तस्बिरहरूमा जहीर-सोनाक्षी एक अग्लो भवनको स्विमिङ पुलमा रहेको बुझ्न सकिन्छ । तस्विर शेयर गर्दै सोनाक्षीले लेखिन्, ‘सुन्दर सूर्यास्त’ । यससँगै उनले हार्ट इमोजी पनि बनाएका छन् ।
जहीरले यी तस्विरहरू पुनः सेयर गर्दै सोनाक्षीको लागि रोमान्टिक क्याप्सन पनि लेखेका छन् । सोनाक्षीको सौन्दर्यको तुलनामा सूर्यास्त फिक्का भएको भन्दै उनले लेखेका छन्, ‘मैले योभन्दा धेरै सुन्दरता देखेको छु ।
सोनाक्षीले गत जुन २३ मा जहीरसँग विवाह गरेकी हुन् । उनले दर्ता विवाह गरेकी हुन् । उनको विवाहपछि हिन्दु-मुश्लिम विवाह भएको भन्दै विवाद समेत भएको छ । उनका भाई विवाहमा उपस्थित नभएको विषय पनि भारतीय मिडियामा चर्चाको विषय बनिरहेको छ । न्युज कारखाना
काठमाडौं । अभिनेता दीपकराज गिरिले सत्ता समीकरण परिवर्तन भएपछि रास्वपा लक्षित व्यङ्ग्य गरेका छन् ।
मंगलबार बिहान समाजिक सञ्जालमा टिप्पणी गर्दै अभिनेता गिरीले अब ठूला माछा समाउदै थियौ, रातारात देशी बिदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नु पर्ने बताएका हुन् ।
उनले भनेका छन्- ‘नतिजा आउदै थियो ! ठूला माछा समाउदै थियौ ! त्यो थाहा पाएर रातारात देशी बिदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नु पर्ने कुरा !’
रास्वपा सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपाका समर्थक रहेका कैयौं कलाकार र स्वतन्त्र व्यक्तिहरुले अहिले आलोचना गरिरहेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
लक्ष्मण सुवेदीको निर्देशनमा बनेको तेस्रो फिल्म ‘सतीदेवी’ पूर्वघोषित मिति साउन ४ गतेबाट झन्डै एक महिना पछाडि सरेको छ ।
भदौ ७ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी दिलासा क्रियशनले एक विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ ।
मलिका महत, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, भोलाराज सापकोटा, सन्देश लिम्बू, हर्षिका वली, मन्जिला बाँनियाँ लगायतको अभिनय रहेको फिल्मको निर्मातामा विशाल सुवेदी र श्रीदेवी सुवेदी छन् । फिल्मले वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ । फिल्मको टिजरदेखि गीतसम्म रिलिज भइसकेको छ ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको ‘सतीदेवी’मा निर्देशक सुवेदी स्वयंको स्क्रिप्ट लेखन तथा निर्माण छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।
काठमाडौँ । बलिवुडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केहि दिन पछि बुवा शत्रुघन सिन्हा अस्पताल भर्ना हुनुपरेको छ ।
बिहेपछि शत्रुघ्न सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेको बताइएको छ । चोट लागेपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ ।
टाइम्स नाउको रिपोर्ट अनुसार शत्रुघनको करङमा गहिरो चोट लागेपछि अस्पताल भर्ना गरिएको छ । सुरुमा उनलाई सामान्य उपचार गरिएको भएपनि उनको पीडा बढेपछि अस्पताल भर्ना गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
७७ बर्षिय सिन्हा हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा त्रिणमूल कांग्रेसबाट चुनाव जितेर सांसद समेत बनेका छन् ।न्युज कारखाना
काठमाडौँ । बलिवुड अभिनेता प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले पहिलो दुई दिनमै विश्वभर २९८.५ करोड भारु कमाएको छ ।
कल्कीको फिल्ममा प्रभास र अमिताभका अलावा दीपिका पादुकोण र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।
कल्कीको फिल्ममा प्रभास र अमिताभका अलावा दीपिका पादुकोण र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।
चलचित्र विश्लेषक तरण आदर्श भन्छन्, ‘हामीले ५ सय करोड कमाउने फिल्म पाएका छैनौं, तर २०२४ अघिल्लो वर्षभन्दा राम्रो छ । धारा ३७०, शैतान, लापता लेडीज, मुन्ज्या जस्ता विभिन्न विधाका फिल्मबाट ‘स्लीपर’ हिट हुने नयाँ चलन सुरु भएको छ ।
योसँगै फिल्म ‘पठान’, ‘आदिपुरुष’ र ‘केजीएफ २’ जस्ता चलचित्रलाई पछि पार्दै ओपनिङ्कै दिन विश्वभर सबैभन्दा धेरै कमाउने तेस्रो चलचित्र बनेको छ । यसबाहेक ‘आरआरआर’ र ‘बाहुबली २’ मात्र दुई फिल्म छन् ।
‘कल्कि २८९८ एडी’ प्रभासको पहिलो दिनमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्महरूको सूचीमा चौथो फिल्म हो । प्रभासका फिल्म ‘बाहुबली २’, ‘साहो’ र ‘आदिपुरुष’ यस लिस्टमा पहिले नै छन् ।
रिलिजको पहिलो दिन आरआरआरले १३३ करोड कमाएको थियो भने बाहुबली- २ ले १२१ करोड कमाएको थियो । त्यस्तै केजीएफ- २ ले ११६ करोड कमाएको थियो भने कल्कि २८९८ एडीले ९५ करोड कमाएको छ । त्यस्तै सालार भाग १ ले ९०.७ करोड कमाएको थियो ।
कल्कि २८९८ एडीको ओपनिङ दिनमा यस फिल्मको समग्र तेलुगु ओक्युपेन्सी ८५.१५ % थियो । नन-हलिडे, मिड वीक र भारत विश्वकपको सेमिफाइनल खेलको दिन रिलिज भए पनि कल्कीले यति ठूलो रकम कमाएको छ ।
त्यस्तै कल्कि २८९८ एडीले हिन्दी भाषामा भने तीन दिनमा ७५ करोड कमाएको छ । पहिलो दिन २२ करोड ५० लाख कमाएको यस फिल्मले दोस्रो दिन २३.२५ र तेस्रो दिन शनिबार ३० करोड कमाई गरेको छ ।
न्युज कारखाना
काठमाडौँ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ ।
बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ ।
नाटकलाई कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका हुन् । प्रकृतिको विनास गरि विकासको बाटो खुलाउने आधुनिक मानवहरु शहरमा बसेर शान्ति र आनन्द खोज्दै शहरदेखि टाढा वनवोज खान जाने तथा प्रकृतिमा रमाउन चाहने मानव प्रवृतिप्रति लेखक रुष्ट देखिन्छन् । उनी भन्छन् कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् ।
धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटि नै भएको थियो । उनले त्यही छट्पटि नाटक पूर्णविराममा पोखेको बताउँछन् । उनी केहि समयअघि सर्वनाम नाटकघरमै रंगप्रशिक्षण लिएर रंगमञ्चमा प्रवेश गरेका हुन् ।
नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन् । मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेका छौँ । जानेर या नजानेर भावि पिढिलाई जिउन समेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् ।
नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् ।
नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक ‘पूर्णविराम’ बिहीबार बाहेक हरेक दिन साँझ ५: १५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजेपनि रहनेछ । न्युज कारखाना
काठमाडौँ । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।
हिनाले थप लेखिन्, ‘म मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्त्वपूर्ण समाचार साझा गर्न चाहन्छु । मलाई तेस्रो चरणको स्तन क्यान्सर छ । यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु । म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु । मेरो उपचार सुरु भएको छ र म यसलाई पराजित गर्न हर सम्भव प्रयास गर्न तयार छु ।’
हिना खानले फ्यानसँग गोपनियताको माग गरेकी छिन् । अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु। म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु ।’
हिना ये रिस्ता क्या कहलाता है सिरियलबाट घर घरमा चर्चित बनेकी थिइन् । त्यसपछि उनले चर्चित रियालिटी शो बिग बोसबाट निकै चर्चा बटुलेकी थिइन् । बिग बोस पछि उनले केहि फिल्ममा समेत काम गरेकी छन् ।न्युज कारखाना