२०८३ बैशाख ६
२०८३ बैशाख ६

काठमाडौं,मंसिर ७, २०८० ।

नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक तथ्यांकले यस्ताे देखाएको हो ।

केन्द्रीय बैंककाे तथ्याङ्क अनुसार असोज २०८० सम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड दुई लाख ७६ हजार १६१ पुगेको छ । गत भदौ मसान्तसम्म डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९९ लाख २२ हजार ४४३ रहेको थियो ।

गत वर्ष असोजसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ४८ लाख ३९ हजार ८२० थियो । यो तथ्याङ्क हेर्दा एक वर्षको अवधिमा डिजिटल वालेट प्रयोगकर्ता ५४ लाख ३६ हजार ३४१ ले बढेका छन् ।

त्यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पनि पछिल्लो एक महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड १९ लाख ५७ हजार ६९२ थियो । असोज २०८० मा भने उक्त सङ्ख्या बढेर दुई करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ ।

यही अवधिमा गत वर्ष नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या एक करोड ९१ लाख दुई हजार ६५२ थियो । एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३१ लाख ८१ हजार ९७० ले बढेको छ ।

पछिल्लो समय इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या भने निरन्तर घट्दो छ । भदौ २०८० सम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १८ लाख ८८ हजार ३४५ थियो । असोज मसान्त सकिँदा सो सङ्ख्या घटेर १६ लाख २५ हजार ९ पुगेको छ । गत वर्ष यही अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १७ लाख ३७ हजार ८०३ थियो । एक वर्षको अवधिमा उक्त सङ्ख्या एक लाख १२ हजार ७९४ ले घटेको छ ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार असाेज महिनासम्म कनेक्ट आईपीएस प्रयोगकर्ताको सङ्ख्या ११ लाख ६० हजार ९५६ पुगेको छ । गत वर्ष यही अवधिमा कनेक्ट आईपीएसका प्रयोगकर्ताको सङ्ख्या नौ लाख ४६ हजार २९३ थियो ।

कारोबार सङ्ख्या र रकम

वालेट प्रयोगकर्ताको वृद्धिसँगै यसबाट हुने कारोबार सङ्ख्या र रकम पनि उल्लेखनीय रूपमा बढेको छ । भदौ २०८० मा वालेटबाट दुई करोड २४ लाख १४ हजार ५७६ पटक कारोबार भएको थियो । असोज २०८० मा वालेटबाट दुई करोड २६ लाख २२ हजार १७० पटक कारोबार भएको देखिन्छ । यही अवधिमा गत वर्ष वालेटबाट एक करोड ५७ लाख तीन हजार ४२ पटक कारोबार भएको थियो ।

वालेटबाट कारोबार भएको रकमको सन्दर्भमा असोज २०८० मा मात्रै २२ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्ष यही अवधिमा वालेटबाट १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । एक वर्षको अवधिमा वालेटबाट हुने कारोबारको रकम छ अर्ब २२ करोड ८० लाख रुपैयाँले बढेको छ ।

यता मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या वृद्धि भए पनि कारोबार सङ्ख्या भने एक महिनाको अवधिमा घटेको छ । भदौ २०८० मा मोबाइल बैंकिङबाट तीन करोड ४४ लाख ९३ हजार २५२ पटक कारोबार भएकोमा असोजमा तीन करोड २७ लाख ७२ हजार ८३९ पटक कारोबार भएको छ । अर्थात एक महिनाको अवधिमा मोबाइल बैंकिङबाट हुने कारोबारको सङ्ख्या १७ लाख २० हजार ४१३ ले घटेको छ । गत वर्ष सोही अवधिमा मोबाइल बैंकिङ अन्तर्गत दुई करोड नौ लाख नौ हजार ३६१ पटक कारोबार भएको थियो ।

मोबाइल बैंकिङ मार्फत हुने कारोबारको रकमको तथ्याङ्क हेर्ने हो भने उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा मोबाइल बैंकिङबाट दुई खर्ब ४२ अर्ब २६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट दुई खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । गत वर्ष सोही अवधिमा मोबाइल बैंकिङबाट एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

इन्टरनेट बैंकिङको सन्दर्भमा भने पछिल्लो समय प्रयोगकर्ता, कारोबार सङ्ख्या र कारोबारको रकम घट्दो छ । तथ्याङ्क अनुसार भदौ २०८० मा इन्टरनेट बैंकिङबाट तीन लाख २९ हजार ८८६ पटक कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट दुई लाख ७७ हजार ६०६ पटक कारोबार भएको थियो । सोही अवधिमा गत वर्ष दुई लाख ४८ हजार ६२२ पटक कारोबार भएको थियो ।

इन्टरनेट बैंकिंङमार्फत भएको कारोबार हेर्ने हो भने भदौ २०८० मा १२ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट ११ अर्ब ८० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिमा इन्टरनेट बैंकिङबाट ११ अर्ब ९५ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।

यसैगरी एक वर्षको अवधिमा क्यूआरबाट हुने कारोबारको सङ्ख्या आकर्षक रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा क्यूआरबाट एक करोड १७ लाख ९९ हजार १७५ पटक कारोबार भएको थियो । असोज २०८० मा क्यूआर माध्यमबाट एक करोड १८ लाख ८३ हजार १०० पटक कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिमा क्यूआर माध्यमबाट ३५ लाख ६५ हजार ४५५ पटक कारोबार भएको थियो ।

क्यूआरबाट भएको कारोबार रकमका सन्दर्भमा असोज २०८० मा ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्ष सोही अवधिमा क्यूआर माध्यमबाट १५ अर्ब ७८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । टेकपाना

 

काठमाडौं, १२ कार्तिक ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तसर्थ वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौं, २२ असोज ।

हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी,  मधेश र  गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

 

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। बर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

लण्डन ।

गैरआवासीय नेपाली संघले इजरायलमा भएको आतंकवादी आक्रमणमा परी ९ जना नेपाली घाइते भएकाे तथा ५ जनाको उद्धार गरिएको जनाएको छ ।

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्थाको तर्फबाट शनिवार एक विज्ञप्ति जारी गर्दै सो घट्नाको निन्दासमेत गरेका छन् ।

 

आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदले जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।

 

यसअघि संघका अध्यक्ष डा. केसीले इराजयलस्थित नेपाली समुदाय, नेपाली दुतावास र संघसंस्थाका प्रतिनिधिहरु बीच आपतकालिन बैठकको गरेका थिए । संघले त्यहाँ अल्पत्रमा परेका नेपालीहरुको उद्धारको लागि तत्कालै काम थालेको छ ।

 

विज्ञप्तिको पूर्णपाठ

इजरायलमा शनिबार बिहान (७ अक्टोबर २०२३) भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ घोर भत्सर्ना गर्दै यस विषम घडीमा इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गर्दछ । गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

 

आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्मार्फत हामीले जानकारी लिएका छौँ । हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपालीहरु रहेका मध्ये ९ जना घाइते भएका हुन । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहिन छन । आक्रमण प्रभावित नेपालीहरुको विस्तृत विवरण लिने प्रयास जारी छौँ ।

 

गैरआवासीय नेपाली संघको इजरायलस्थित राष्ट्रिय समन्वय परिषद् आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको छ । नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको छ ।

 

यस गम्भीर स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन र त्यहाँस्थित सरकारी अधिकारीहरूको निर्देशन तथा सुरक्षा उपायहरू पालना गर्न अनुरोध गर्दछौँ । साथै नेपालस्थित समस्त अभिभावकहरुलाई पनि धैर्यता राख्न र संयमता अननाउन अनुरोध गर्दछौँ ।

 

काठमाडौं, २१ असोज ।

हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र  गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।