२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

काठमाडौं, ८ माघ ।

उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ ।

उनको नियुक्ति बदरको माग राखेर भरत मरासिनीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनलाई तत्काल कार्यकारी निर्देशकका रूपमा कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

गत ४ पुसमा पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि योग्यतामा प्रश्न उठाउँदै मरासिनीले रिट दायर गरेका थिए । न्युजका्रखाना

काठमाडौं, ८ माघ ।

राप्रपा नेपालको पुर्बान्चल क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रम आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना गरिने भएको छ ।

यस अघि मुलुकको विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार  सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भए पछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण संचालन गरिनेछ।

 

यस अघि मध्यमाञ्चलको काठमाडौं, तराई–मधेशको महोत्तरी, लुम्बिनिको रुपन्देही, कर्णालीको सुर्खेत, सुदुरपश्चिमान्चलको कंचनपुर, पश्चिमान्चलको पोखरामा प्रशिक्षण सम्पन्न भएका थिए ।

 

पुर्बान्चलको कार्यक्रमको निमित्त सुनसरी जिल्ला समितिको बैठक बसि तयारी शुरु भैसकेको र जिम्मेवारी बिभाजन गरि विभिन्न समितिहरु समेत निर्माण गर्ने काम गरिएको सह–महामन्त्री प्रेम प्रसाद भट्टराईले जानकारी दिए। आन्दोलन र संगठन निर्माणलाई पार्टीले सङ्गै लैजाने नीति अनुरुप काम भैरहेको पार्टीले जनाएको छ ।न्युजका्रखाना

काठमाडौं, ७ माघ ।

नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन्।

आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त रहेको थियो।न्युजका्रखाना

भक्तपुर, ७ माघ ।

हिसान भक्तपुरको कार्यसमितिमा अध्यक्षमा पुनः अनिल कस्पाल (मोडर्न स्कुल÷कलेज) चुनिएका छन् ।

छैंठो अधिवेशनबाट सर्वसम्मतले कसपालको अध्यक्षतामा सात सदस्यीय समिति निर्वाचित भएको हो । कसपाल यसअघि पनि अध्यक्ष नै थिए ।


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नीरू ढकाल (एस.एस.कलेज), सचिवमा दिनेश पाण्डेय (इरूडाइट एकेडेमी) र कोषाध्यक्षमा स्याम मानन्धर (सिवर्ड कलेज) चुनिएका छन् । सदस्यहरूमा श्रीनारायण यादव (भक्तपुर ईङ्गलिस स्कुल), सुशील खनाल (स्वस्तिक कलेज) र रवि ढुवाल (अक्सफोर्ड स्कुल) चयन हुनुभएकोमा भक्तपुर हिसानले जनाएको छ ।

भक्तपुर र नेपालका लागि गुणस्तरीय शिक्षा र शिक्षाको लागि उत्कृष्ट गन्तव्य भक्तपुरलाई अझै नेपाल र विश्व सामु चिनाउन उत्कृष्ट कार्यहरू गरिनेछ भन्ने पूर्ण विश्वास नवनिर्वाचित समितिले लिएको छ ।

कार्यक्रममा हिसानका अभिभावक केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, वरिष्ठ उपाध्यक्षहरू युवराज शर्मा, नवराज पाण्डे, कोषाध्यक्ष विरेन्द्र जयना,  उपाध्यक्ष रामहरि सिलवाल, वागमती प्रदेशको उपाध्यक्ष राजकुमार आचार्य, काठमाडौं महानगर कमिटीका अध्यक्ष प्रकाश श्रेष्ठ, कलेज रिडर्सका जितेन्द्र घिमिरेलगायतका सहभागी थिए । न्युजका्रखाना

काठमाडौं, ७ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन ।

 

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन ।

युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गरेका हुन ।

 

सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।न्युजका्रखाना

काठमाडौं, ७ माघ ।

सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै छन् ।

संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन ।

सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीका अनुसार आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखले सभापतिहरूसँग छलफल गर्ने उनले जनाएका छन ।
न्युजका्रखाना

काठमाडौं,माघ ६ ।

एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाएको छ ।

शुक्रवार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय बिशेष समिति गठन गरेको हो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र महासंघका इञ्चार्ज कर्ण थापाले बिशेष प्रशिक्षण दिनुभएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले पार्टी नेतृत्वबिरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न समिति गठनको प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष बस्नेतको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

‘नेकपा एमाले तथा हाम्रा पार्टी नेता तथा नेतृत्वप्रति प्रायोजित आक्रमण, हमला तथा फैलाइने अनावश्यक हल्लाहरुलाई परास्त गर्न र जनमानसमा रहेका भ्रमहरु चिर्न कमिटीले बिषेश योजनासहित काम अघि बढाउने छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘कमिटी अब नेकपा एमालेविरुद्धका समाजमा छरिएका हुन् या सामाजिक सन्जालमा गरिएका किन नहुन्, अनावश्यक प्रायोजित हल्ला तथा भ्रमहरुलाई चिर्न डटेर लाग्नेछ, नेकपा एमालेको प्रतिरोधी दस्ता हुनेछ ।’
बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल बनाउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोलमोडल बनाउनु पर्ने ठहर गर्दै सिंगो पार्टी पंक्तिलाई यसतर्फ बिशेष ध्यानाकर्षण गरेको छ । ‘आफ्नै पार्टीको नेतालाई रोलमोडल बनायौं भने मात्रै मिशन ८४ सफल हुन्छ । केपी ओलीलाई रोलमोडल बनाएर सिंगो पार्टी पंक्ति मिशन ०८४ मा होमिनुपर्छ,’ महासंघका अध्यक्ष बस्नेतले भन्नुभयो ।

अध्यक्ष बस्नेतका अनुसार बैठकले संगठन बिस्तारको बिशेष योजना पनि पारित गरेको छ । जसअनुसार आगामी ३ बर्षभित्र डेढ लाख नयाँ सदस्यता बितरण गरिने छ । यस्तै बैठकले एक कमिटी एक खेलकुद गतिबिधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य बितरण अभियान अघि बढाउने निर्णय गरेको छ ।
अव महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई जना नयाँ सदस्य बनाउने निर्णय बैठकले गरेको हो,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

उहाँले केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार नेपाल खेलकुद महासंघ अब सशक्त रुपमा संगठन सुदृढीकरण, शुद्धिकरण तथा विस्तारमा लाग्ने जानकारी पनि दिनुभयो ।न्युजका्रखाना

काठमाडौं, ४ माघ ।

म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मुल्यवान टिम बनेको छ ।

 

फुटबल बेन्चमार्कले सार्बजनिक गरेको युरोपियन फुटबल क्लबहरुको बार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मुल्यको रहेको हो ।

 

यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मुल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो बर्षको भन्दा ९ प्रतिशतले बढी हो ।

 

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पिएसजी रहेको छ । पिएसजीको टिमको बजार मुल्य ११५२ मिलियन युरो गरेको छ, जुन अघिल्लो बर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

 

त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । रियल म्याड्रिडको टिमको बजार मुल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

 

त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मुल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मुल्य अघिल्लो बर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

 

त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौं स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मुल्य अघिल्लो बर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।

 

यस सूचीमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा छ र यसको टिमको बजार मुल्य ९६६ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

 

त्यसैगरी यस सूचीमा इटालियन क्लब नापोली सातौं स्थानमा रहेको छ । नापोलीको टिमको बजार मुल्य ६८२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।

 

त्यसैगरी यस सूचीमा आठौँ स्थानमा जर्मनी क्लब बोरुसिया डोर्टमण्ड रहेको छ । डोर्टमण्डको टिमको बजार मुल्य ६०९ मिलियन रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ३ प्रतिशत कम हो ।

 

त्यस्तै यस सूचीमा नवौं स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसको अहिलेको टिमको बजार मुल्य ४६५ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले कम हो ।

 

त्यस्तै यस सूचीमा दशौँ स्थानमा पोर्चुगलको क्लब बेनिफिका रहेको छ । बेनिफिकाको अहिलेको टिमको बजार मुल्य ४१७ मिलियन युरो रहेको छ जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।न्युजका्रखाना

काठमाडाै‌ं, ५ माघ ।

देशका छुट्टछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।  ललितपुरकाे ललितपुर महानगरपालिका-४ धोबिघाटबाट अवैध लागूऔषध गाँजा १ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षिय कुमोद थापामगर समेत २ जनालाई   प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय अबिनास कार्कीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० दिपाघाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ८० मिलिग्रामसहित लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षिय प्रकाश महरा समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ७० मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका-१ बस्ने अर्जुन रानासमेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको    छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युजकारखाना

काठमाडौँ, माघ २ गते ।

काठमाडौँ । भारतको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा अनुष्ठान आजदेखि शुरु हुँदैछ । यो अनुष्ठान आगामी आइतबार माघ ७ गते (जनवरी २१) सम्म चल्नेछ ।

माघ ४ गते (जनवरी १८) मा गर्भगृहमा निर्धारित आसनमा रामललाको प्रतिमा स्थापित गरिने छ ।

पछिल्लो ७० वर्षदेखि पूजा भइरहेको वर्तमान प्रतिमा पनि नयाँ मन्दिरको गर्भगृहमा नै राखिने छ ।

श्रीराम जन्मभूमि मन्दिर ट्रष्टका महासचिव चम्पत रायले प्राण प्रतिष्ठा समारोहको बेहोरा सार्वजनिक गरेका छन् ।

उनका अनुसार आगामी माघ ८ गते जनवरी २२ तारिखमा न्यूनतम विधिको प्रयोग गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा स्थानीय समयअनुसार दिउँसो १२ः२० बजे प्राण प्रतिष्ठाका मुख्य अनुष्ठान आरम्भ हुनेछ ।

यो पूजा करिब ४० मिनेटसम्म चल्नेछ । यसपछि करिब ७५ मिनेट प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवतले सो अवसरमा सम्बोधन गर्नेछन् ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अध्यक्ष महन्त नृत्यगोपाल दासले आशीर्वाद दिनेछन् ।

समारोहका लागि बिहान १०ः३० बजेसम्म राम जन्मभूमि परिसरमा प्रवेश गर्नुपर्नेछ । मन्दिर परिसरमा बस्नका लागि आठ हजार कुर्सी राखिने छन् ।

महोत्सवमा भारतका विभिन्न राज्यका २५ वाद्य यन्त्रबाट रामलाको अभिनन्दन गरिने छ ।

महासचिव रायका अनुसार प्राण प्रतिष्ठाको मुहूत्र्त काशीका वैदिक आचार्य गणेश्वर शास्त्री द्रविडले तय गरेका हुन् । वाराणसीका आचार्य लक्ष्मीकान्त दीक्षितको निर्देशनमा १२१ वैदिक आचार्य सम्पूर्ण कर्मकान्ड विभिन्न सम्पन्न गर्नेछन् ।

मूख्य पूजा नेपालका पंडित दुर्गाप्रसाद गौतमले गराउने छन् ।

नेपालका पुजारी गौतमले गराउँदै अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा

महोत्सवमा १५० भन्दा बढी परम्पराका सन्त धर्माचार्य तथा ५० भन्दा बढी आदिवासी, गिरिवासी, तटवासी, द्वीपवासी तथा जनजातीयहरुको उपस्थिति हुनेछ ।

मन्दिर निर्माणमा जोडिएका ५०० भन्दा बढी इन्जिनियरको समूह पनि सामेल हुनेछ ।

माघ ८ गते (जनवरी २२) को प्राण प्रतिष्ठाका लागि ५० देशका ५३ जनालाई आमन्त्रित गरिएको जनाइएको छ ।

प्राण प्रतिष्ठामा अधिमास
प्राण प्रतिष्ठामा १२ अधिमास हुनेछ । जसमा माघ २ गते प्रायश्चित्त, कर्मकुटी पूजन हुनेछ ।

माघ ३ गते मूर्तिलाई परिसरमा प्रवेश गराइने छ । माघ ४ गते तीर्थपूजन एवं जलयात्रा, जलाधिवास तथा गन्धाधिवास गराइने छ ।

माघ ५ गते औषधाधिवास, केसारधिवास, घृताधिवास, पुष्पाधिवास गराइने छ ।

माघ ६ गते शर्कराधिवास, फलाधिवास तथा पुष्पाधिवास गराइने छ भने माघ ७ गते मध्याधिवास र सायंकाल शैथ्याधिवास गराइने छ ।

शनिबार र आइतबार श्रद्धालुले रामको दर्शन गर्न पाउने छैनन् । माघ ९ गते (जनवरी २३ तारिख) देखि सर्वसाधारणका लागि नयाँ मन्दिर खुला हुनेछ । स्रोत हाम्रा कुरा

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।