काठमाडौं, २४ माघ ।
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ ।
संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बस्ने सदस्य सचिव अर्जुन पोखरेलले जानकारी दिए । त्यसका लागि सबै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइसकेका छन ।
संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद् रहने व्यवस्था छ ।
पहिलाे बैठक गत असार १६ गते पाेखरामा बसेकाे थियाे । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जादैँछन् ।
अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन ।
सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुदैँछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो क्रममाअस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।न्युजकारखाना
काठमाडौं, २४ माघ ।
प्रतिनिधिसभाको बैठक बस्दैँ छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ं निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गरिनेछ ।
साथै, पुर्व सांसद केशवकुमार बुढाथाेकीकाे निधनमा शाेक प्रस्ताव पारित गरिनेछ ।
न्युजकारखाना
काठमाडौं, माघ २३ ।
नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।
उक्त उयकरणमा आजै बोलकबोलन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ८ गतेलाई निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ ।न्युजकारखाना
चितवन,२३ माघ ।
चितवन प्रहरीले विभिन्न समयमा हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजि गरि फिर्ता गरेको हो ।
सोमबार प्रहरीले ४५ थान आइफोन, सामसुङ, रेडमी, ओपो, भिभो, पोको लगायत विभिन्न कम्पनीका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाएर बुझाएको हो ।
प्रहरी कार्यालय चितवनले पछिल्लो दुई महिनामा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई बुझाउन सफल भएको जनाएकाे छ ।न्युजकारखाना
काठमाडौं, २३ माघ ।
चितवनमा निर्माणाधिन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ।
आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणका लागी ७० प्रतिशत सुनिश्चित गरेको हो ।
‘आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणकालागी ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ,’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन, ‘क्रीकेट खेलको बिकासमा यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।’
उनले बागमती प्रदेशका मुख्यमन्त्री एंव बागमती प्रदेश सरकारलाई बिशेष आभार सहित भरतपुर महानगरपालिकाकोतर्फबाट धन्यवाद ब्यक्त गरेकी छिन ।न्युजकारखाना
काठमाडौं, २३ माघ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको थियाे ।
२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ ।
‘नेता केशवकुमार बुढाथोकीको निधनप्रति कार्यसमितिको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।
आज बसेको बैठकको निर्णय अनुसार माघ २३-२५ गते अर्थात तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने, माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
साथै, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।न्युजकारखाना
काठमाडौं, २३ माघ ।
भुमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीकाे परिवारका सदस्यलाई राेजगारीकाे व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् ।
आज मन्त्रालय स्तरीय वैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख ब्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप राेजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् ।
वैठकमा मन्त्री चाैधरी, मन्त्रालयका सचिव गाेकर्णमणि दुवाडी, नापी विभागका निर्देशक प्रकाश जाेशी लगायतका कर्मचारीहरु उपस्थित थिए ।
वैठकमा मन्त्री चाैधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई राेजगारी दिने र गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् ।
सोमबार राति नवलपुर-मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका वागमती नगरपालिका-११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ । घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घिमिरे नापी कार्यालयको कार्यालय सहयोगी थिए ।
दुर्घटनाका अन्य १० घाइतेमध्ये ५ जनाको कलैयामा, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार भइरहेको छ ।
नापी कार्यालय प्रमुख सन्जय मानन्धरसहित केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।न्युजकारखाना
भक्तपुर, २३ माघ ।
पत्रकार कृष्ण किसी रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले उनलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरका हुन्।
रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरको मंगलबार भक्तपुरमा भएको १४औं वार्षिकोत्सवको अवसरमा पत्रकार किसीसहित गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई र सरोकार टिभीका अध्यक्ष पत्रकार दिलीप थापामगर सम्मानित भएका छन्।
सोही अवसरमा कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा. रविन खड्कालाई पनि सम्मान गरिएको छ।
कार्यक्रम राष्टिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सांसद सन्तोष परियार, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, रफत सञ्चार क्वलका अध्यक्ष शुशीलबन्धु थापा, प्रेमबहादुर थापालगायतले पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए।न्युजकारखाना
काठमाडौं, २३ माघ ।
ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ।
उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो। महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।
सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो। सोही आधारमा अनुसन्धान भइरहेको र उनी सम्पर्कबाहिर भएकाले रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ।
त्यतिबेलादेखि नै सहकारीका तत्कालीन अध्यक्ष महर्जन भने सम्पर्कविहीन भएका छन्।न्युजकारखाना