२०८३ बैशाख ९
२०८३ बैशाख ९

आरके श्रीवास्तव,रौतहट,२० गते फागुन । 

रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ३ सिमरीमा माझी जातीको महान पर्व लदी पुजा गरिएको छ । माझी जातीको पहिचान,सिमरी एकताको अभियान भन्ने मूल नाराका साथ सिमरी एकता समाजद्धारा आज लदी पुजा गरिएको हो ।

यो पुजामा माझी समुदायले जल को पूजा गर्ने गर्दछन् । सो समुदायले परम्परागत रुपमा लदी पूजा गर्दै आएका छन् । माझी समुदायले आफनो काम गर्नु अगाडी जल देवताको सम्झना गर्ने चलन छ । माझी समुदायले डुगां चलाउने र माछा मार्ने जस्ता कामहरु सदयौंदेखि गर्दै आएका छन् । यो काम गर्ने बेला जल देवतालाइ स्मरण गर्छन् ।

यसैगरी जल देवतालाइ समझने परम्परालाइ नै लदी पुजाको स्वरुप दिइएको हो । जसमा नदीको पूजा र प्रार्थना गर्छन् । उनीहरुले ३३ कोटी देवी देउताहरू भाकेर नदी किनारमा नै यस दिन पूजा गर्छन् । पूजा गर्दा कृषि औजार, माछा मार्ने जाल लगायत औजार सबै राखेर पूजा गर्ने र बलि पनि चढाउने चलन छ ।

शिवरात्रि सकिएपछि लदी पूजा गर्ने चलन रहेको पाइन्छ । फागुन महिनाको तेस्रो मङ्गलवार लदी पूजा मनाउने चलन छ ।

कार्यक्रमको प्रमुख अतिथी गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक चौधरीले हरेक जात समुदायको पर्व त्योहारमा स्थानिय सरकारले आर्थिक सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सो अवसरमा गुजरा नगरपालिका वडा नम्बर ४ का वडा अधयक्ष झमक प्रसाद चौलागाइ सहित प्रहरी लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

काठमाडौं, १९ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन मागेका छन् । सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै कुन नैतिकताले सरकारको नेतृत्वमा बस्न मिल्छ भन्दै साहले प्रश्न गरेका छन् ।

आज (सोमबार) काठमाडौंमा मिडिया सेन्टरद्धारा आयोजित विशेष साक्षात्कारमा बोल्दै साहले सरकारको नेतृत्वकर्ता नै फेल भएपछि सरकारमा कुन मोरल लिएर बस्न सकेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे । उनले भने,‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याविनेटमा आधाभन्दा बढि मन्त्रीहरु नै फेल भएका छन् । यो फेलियरहरुको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?’ प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरुको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन् । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक आएको छ ।

साहले अहिले सत्ता गठबन्धनमा समेत कलह देखिएको दाबी गरे । उनले देश दलतन्त्रको दलदलमा फसेको र मुलुक महासंकटमा पुगेको गम्भीर आरोप लगाए । साहले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र स्वयम प्रधानमन्त्री ओलीमा सरकारको नेतृत्वमा निरन्तरताको विषय नैतिक संकटमा परेको टिप्पणी गरे । उनले अहिलेको सरकारको व्यवहारको कारण जनताको हाल बेहाल भएको र मुलुक दिनानुदिन असफल राष्ट्रको यात्रामा अघि बढेको गम्भीर आरोप लगाए । उनले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अहिले ठूलो विचलन र संकट आएको दाबी गरे ।

पूर्वमन्त्री साहले सरकारको नेतृत्वकर्ता नै प्रश्नहरूबाट भागिरहेको आरोप लगाए । उनले भने,‘अहिलेका प्रधानमन्त्री प्रश्न सुन्नै रुचाउनुहुन्न, उहाँकाअघि हामी सांसदहरुको प्रश्न त वर्जित छन्, सर्वसाधारण जनताको प्रश्नको त कुनै पहुँच नै हुँदैन । उहाँ संसद्, संविधान र सडक मास्न उद्धत हुनुहुन्छ । संसद् छलेर अध्यादेशको शासनको आतंक मच्चाउनुभएको छ, तर आँफैले ल्याएका अध्यादेश अहिले अलपत्र परेका छन् । अध्यादेश पारित गराउने सामान्य बहुमतपनि नभएको कुरा पुष्टि भैसकेको छ, नत्र एक महिना बितिसक्दापनि ती अध्यादेश निर्णयार्थ किन सदनमा पेश हुन सकेन ? म प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–तपाईंको दुई तिहाई कता गायब भयो ?’

उनले अहिलेको सरकार ७ बुँदे सहमतिको जगमा बनेको भनिएको उल्लेख गर्दै ७ महिना व्यतित हुँदापनि चालु आर्थिक वर्षमा ७ खर्बपनि राजश्व संकलन गर्न नसकेकोमा पनि प्रश्न उठाए । उनले भने,‘यो सरकार आर्थिक रुपमा पूरा असफल भैसकेको छ । ७ महिना भयो, तर ७ खर्बपनि राजश्व संकलन गर्न सकेन, आँफैले लिएको लक्ष्य भेटाउन नसक्ने सरकार कसरी सफल हुन्छ ? कसरी देशको विकास हुन्छ ? पुँजीगत खर्चको त्यस्तै हाल बनाईएको छ, माघसम्म एक खर्ब १८ अर्ब ४० करोड खर्च गर्ने लक्ष्य राखेको यो सरकारले जम्मा ६८ अर्ब ४१ करोडमात्रै पुँजीगत खर्च गरेको छ ।’ भ्रष्टाचारले भव्यता मनाएको र सुशासन सुनसान बनेको भन्दै अहिलेको सरकारबाट विकास र समृद्धिको कल्पना गर्नसमेत नसकिने साहको आरोप छ ।

साहले अध्यादेश पारित गराउनको लागि सरकारले सांसद किनबेच गर्न लागेको गम्भीर कुरा बाहिरिएको भन्दै त्यसमा छानबिनको माग गरे । उनले सत्ता गठबन्धनमा रहेकै दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको सन्दर्भमा सरकारको भूमिकाको आलोचना गरेका हुन् ।

उनले भने,‘सरकार यति निर्लज्ज भएकै हो त ? अध्यादेश पारित नहुने भएपछि सांसद किनबेचमा लाग्ने ? यो गम्भीर अपराध हो । अहिलेको २१औं शताब्दीमा जनप्रतिनिधिलाई किन्ने भन्ने कुरा कत्तिको शोभनीय हुन्छ ? यति गम्भीर आरोप सार्वजनिक हुँदापनि सरकारमा भएकाहरुले अहिलेसम्म मुख खोलेका छैनन्, म सरकारको नेतृत्वकर्ता र सत्ता सहकार्यमा रहेको कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी र यसका नेताहरुको जवाफ माग्दछु । आरोपमात्रै हो भने त्यसको पनि सत्यतथ्य बाहिर आओस, र जवाफदेहिता देखाईयोस ।’ उनले अहिले अध्यादेश सरकारको लागि गलपासो बनेको आरोप लगाए । साहले अहिलेको प्रधानमन्त्री ओलीबाट संसद, संविधान र सडक सुरक्षित नभएको आरोप लगाए ।

उनले नेपालको विदेश सम्बन्ध विस्तारै बिग्रिरहेको आरोप लगाए । भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर देशको लागि फाइदा लिनुपर्नेमा सरकारको अपरिपक्वताको कारण नेपालले लाभ लिन नसकेको टिप्पणी गरे । भारतसँगको सम्वाद टुटेको भन्दै साहले सरकारको आलोचना गरे ।

उनले भने,‘यो सरकारले भारतको भावना, चीनको चाहना र अमेरिकाको आकांक्षा बुझ्नुपर्छ । तर, व्यवहारमा त्यस्तो देखिएन । दुई तिहाईभन्दा बढि व्यापार घाटा भएको भारतसँग अहिलेको सरकारले सम्वादहीनको अवस्था बनाएको छ । प्रधानमन्त्रीले आफ्नो निहित स्वार्थमा नेपाली जनताको सपना चकनाचुर बनाउनुभएको छ । नेपाली जनताको संघर्ष र त्यागलाई व्यापार गरिरहनुभएको छ । नेपाली जनतालाई बर्वाद बनाउने संकल्प गर्नुभएको छ ।’

अहिले देशमा लोकतन्त्रको नाममा दलतन्त्र हाबी भएको आरोप लगाए । दलतन्त्रको नाममा पनि ठूला दल र ठूला नेताहरुको सिण्डिकेट लादिएको भन्दै साहले आक्रोश पोखे । देशमा कर आतंक मच्चाईएको भन्दै साहले आक्रोश पोखे । उनले देशको बर्वादीको यात्रा रोक्नको लागि नेपाली जनता तात्नुपर्नेमा जोड दिए । उनले कांग्रेसले प्रधानमन्त्री ओलीलाई काँधमा बोकेर हिँड्न नहुने सुझाव दिए । उनले कांग्रेस र एमालेको सरकार गठन भएदेखि देश ओरालो यात्रामा लागिरहेको टिप्पणी गरे ।

उनले सरकारले कर आतंक मच्चाएको तर जनतालाई कर तिरेबापत कुनै सेवा तथा सुविधा नदिएकोमा आक्रोश पोखे । उनले नेपाल सरकारले सञ्चालनमा ल्याएका उद्योगहरु घाटामा हुँदा सरकारले कुन मोरलले निजी क्षेत्रसँग कर लिन मिल्छ ? भन्दै प्रश्न गरे । उनले दलको आतंक रोक्नको लागि जनता अब सडकमा आउनुपर्ने आवश्यकत्ता औंल्याए ।

आरके श्रीवास्तव,राैतहट,१९ गते फागुन ।
लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहटमा आफ्नो जिल्ला संयाेेजक ताेकेकाे छ । लाेसपा नेपालकाे अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानाे अध्यक्षलाई विस्थापित गरि भरत साहलाई राैतहट जिल्ला संयाेजक पदमा चयन गरेको हाे ।
लाेसपाका अध्यक्ष महन्थ ठाकुर द्वारा हस्ताक्षरित मनाेनयन पत्रमा पुरानाे अध्यक्षलाई विस्थापित गरि साहलाई जिम्मेवारी दिइएको उल्लेख रहेको छ । यस अघिका जिल्ला अध्यक्ष लिला साहकाे ठाउँमा उनलाई मनाेनयन गरिएको हाे ।

पुरानाे अध्यक्षकाे पालमा पार्टीकाे गतिविधि शून्य भएपछि उनलाई साे पदबाट हटाइएको स्राेतले बताएको हाे । पछिल्लो समय लाेसपाले केन्द्रदेखि जिल्ला सम्मकाे महत्त्वपूर्ण जिम्मेवारीमा पार्टीका जिम्मेवार नेताहरूलाई मनाेनयन गर्दै आएको छ ।

साेही क्रममा पनि उनलाई जिल्ला संयाेजक पदमा मनाेनय गरिएको हाे । लाेकतान्त्रिक समाजवादी पार्टी नेपालकाे जिल्ला संयाेजक पदमा चयन भएका साह जिल्लाकाे गाैर नगरपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष हुन् । उनी लाेसपा सक्रिय नेता मानिन्छन् ।

नयाँ जिल्ला संयाेजक साहकाे कार्यकाल देश,मधेस एवम् पार्टी हितमा उपलब्धिमूलक रहने पार्टीले विश्वास लिएको छ । यस अघि पनि लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहट बाट केन्द्रीय सदस्यमा रामप्रवेश दास तत्मालाई मनाेनित गरेको थियो ।

आरके श्रीवास्तव,रौतहट,१९ गते फागुन ।
रौतहट । रौतहटको दुई पालिकामा आज नयाँ हाकिम हाजिर भएका छन् । जिल्लाको माधवनारायण नगरपालिका र राजपुर नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् ।
माधवनारायण नगरपालिकामा इन्जिनियर नागेन्द्र यादव र राजपुर नगरपालिकामा अधिकृत बैजु ठाकुर हाजिर भएका हुन् । दुवै जना क्रमशः यादव माधवनारायण नगरपालिकामा इन्जिनियरको रुपमा कार्यरत रहेका छन् भने ठाकुर साताै तहका अधिकृत हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाएपछि उनीहरुले सोमबारदेखि कार्यभार सम्हालेका छन् ।
कार्यालय प्रमुखको रूपमा हाजिर भएका दुवै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिहरुले कार्यालयमा भव्य स्वागत गरेका छन् । दुुवै जना हाकिमलाइ टिका,माला र मधेशको शान गमछा ओढाए स्वागत गरिएको छ ।
माधवनारायणमा नगर प्रमुख बैजनाथ प्रसाद यादवले कार्यालय प्रमुख नागेन्द्र यादवलाई स्वागत गर्दै हाजिर गराएका हुन् । भने राजपुरमा नगर प्रमुख डा.राजिक आलमले कार्यालयमा हाजिर गराएका हुन् ।
दुवैजना नयाँ हाकिमलाई कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरिएको छ । कार्यभार सम्हालेपछि पछि दुवै जना हाकिमले नगरको हितमा काम गर्नेे प्रतिबद्धता जनाएका छन् ।

राजेश निर्माणी/फाल्गुन १९।

रौतहट —सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीय किशोरी रिंकुकुमारी सदाको न्यायका लागि रौतहटमा दबाब प्रदर्शन गरिएको छ ।

अपहरण र सामूहिक बलात्कारमा परेको घटना मिलाउनका निम्ति गाउँमै भएको पञ्चायती पछि रिंकु आफ्नै घरमा गत माघ ३० गते साँझ, संकास्पद झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । रिंकुको न्याय र दोषीमाथि कारबाहीको माग गर्दै, सोमबार दलित संघर्ष समिति रौतहटले सदरमुकाम गौरमा प्रदर्शन भएको हो ।

घटनाको बारेमा जानकारी पाउनु लगत्तै सिरहा लगायत देशैभरीका दलित अधिकारकर्मीहरुले रिंकुको सम्झनामा मैनबत्ती पनि बाल्नुको साथै घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै पटकपटक दबाब मुलक प्रदर्शन गर्दै आइरहेको छ ।

राज्य र राज्यको गैरजिम्मेवार रबैयाका कारण मधेशमा दलितहरु माथि अन्याय,अत्याचार,जातीय भेदभाव तथा बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गइरहेको र उक्त घटनाहरुलाई गाउँमै मिलाउन पञ्चायती गर्ने प्रवृत्ति अझै अन्त्य हुन नसकेको दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल रामको भनाइ छ । ‘देशमा ऐन र कानुन हुदा पनि राज्य र राज्यका संयन्त्र त्यसको कार्यान्वयन मा कहिल्यै पनि गम्भीर न भएको कारण नै यस्ता जघन्य अपराधहरु लाई पञ्चायतीको माध्यमले सुल्झाउने कुप्रथा अझै जीवित रहेको उनले बताए ।’

उक्त प्रदर्शन,गौरको बिपि चौक (घणटघर) देखि सुरु भई जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रसाशन कार्यालय हुदै गौर-बैरगनिया भन्सार सम्म पुगेर पुन: बिपिचौकमा आई कोण सभामा परिवर्तन भएको थियो।

प्रदर्शनको अध्यक्षता दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल रामले गर्नुभएको थियो भने,प्रमुख अथितिमा दलित विकास समिति मधेस प्रदेश सदस्य राजकुमार दास तत्मा,विशिष्ट अथितिमा दलित अगुवा मटुक पासवान,दलित अधिकारकर्मी पुनित राम,मुसहर संघका जिल्ला अध्यक्ष बिनोद माझि रहेका थिए। त्यसैगरी अथितिमा दलित अधिकारकर्मी सत्यनारायण राम,युवा नेता उदय नारायण राम,अवधनरायण राम,नाथुराम परियार,शिवशंकर पासवान,सुब्बा साहेब हजारी,नथुनी माझी,बिश्वनाथ राम र रामानन्द माझी लगायत जिल्ला भरिएकै सयौं दलित सामाजिक अभियन्ता तथा हजारौं दलित जन समुदायको बाक्लो उपस्थिति रहेको थियोे।

सदा गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्कँदा स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । घटनालाई पञ्चायती बसेर गाउँमै ढाकछोप गर्ने प्रयास गरिएको थियो ।

आरके श्रीवास्तव,राैतहट,१८ गते फागुन ।
राैतहट । आँपमा अहिले माेजर/मजुर(फूल) लाग्न थालेको छ । आँपमा पर्याप्त मजुरा लागेपछि किसानहरू हर्षित भएका छन् । लिचिमा पनि मजुरा लाग्न सुरू भएको हाे ।

आँप तथा लिचीको खेती गर्ने राैतहट लगायत तराई मधेसका किसान यति बेला आँप र लिचीमा लागेको फूलले खुसी छन् ।
फागुनको अन्तिममा अहिले चलिरहेको छ । याे मजुरा लाग्ने समय हाे । चैतको मध्यसम्म टिकाेरा(आँपकाे सुरूआति अवस्था) चिचिला देखापर्ने गर्दछ ।
आँप किसानलाई मुजुरा राम्रो लागेपछि चिचिला पनि राम्रो लाग्ने सम्भावनाले सन्तुष्ट बनाएको हो । राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ८ काे पिप्रा पाेखरियामा १० कठ्ठामा आँपकाे बाेट लगाएका शम्भु यादवले राम्रो मुजुरा लागेकोले राम्रो आम्दानी हुने विश्वासमा किसानहरू रहेको बताए ।

राैतहट सहित मधेसको हरेक जिल्लामा आँप र लिचीमा निकै राम्रोसित मुजुरा लागेको छ । मुजुराको सुगन्धले मुग्ध किसानहरूचाहिँ फल लाग्ने विश्वास लिएका छन् । राैतहटको बाैधीमाई नगरपालिका २ निवासी आँप व्यवसायी मेवालाल प्रसाद पटेलले भने, ‘फूल त गज्जबै फुलेको छ अब संरक्षण गरेर पर्याप्त आम्दानी लिने विश्वास पलाएको छ ।’
आँप लिचीमा राम्ररी मञ्जरी लागेपछि मधुआ नामको किराले आक्रमण गर्ने डर हुन्छ । अहिलेसम्म मधुआ खासै नदेखिएको र होली सकिएपछि रोग र किराबाट जोगाउने औषधि छर्ने किसानको भनाइ छ ।

त्यससँगै लागेको चिचिलालाई बलियो र पोटिलो बनाउने औषधि पनि किसानहरूले छर्ने गरेको साहले बताए ।
रोग र किराबाट जोगाउने औषधि नछर्दा बाली जोगाउन नै मुस्किल हुने भएकोले किसानलाई रासायनिक औषधि छर्नु बाध्यता भएको साहले बताए । रोग र किराको आक्रमणबाट जोगाउन नसक्ने हो भने, अहिले खुसी देखिएका किसान निराश हुने र बागवानी लगाउनुको खासै औचित्य नहुने किसानकाे दाबी छ ।

लिची व्यवसायी रामईश्वर साह कानु भन्छन्-यसपालि मुजुरा राम्रै हाे तर सम्बन्धित निकायबाट चाहिने जतिकाे सरसल्लाह तथा अाैषधी उपचार नपाउँदा उत्पादनमा ह्रास आउने संभावनाले पनि हामीलाई चिन्तित बनाएको छ ।

रासायनिक विषादिले स्वास्थ्यको लागि हानि गर्ने हुँदा सम्भव भएसम्म आयुर्वेदिक औषधि छर्नुपर्ने सुझाव उपभोक्ताको छ । लिची र आँपको उत्पादन राम्रो हुँदा किसानहरूले राम्रो आम्दानी गर्ने गरेका छन् ।

 

प्रेमचन्द्र झा,राैतहट,१८ गते फागुन । 

राैतहट। फतुवा विजयपुर नगर पालिकामा भएको टिपर आतंक राेकन माग गर्दै स्थानीय समाजसेवीले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएका छन ।


समाजसेवी शिवपुजन प्रसाद यादवको नेतृत्वमा आएको टोलीले स्थानीय ४ वटा क्रसरको मालसमान ढुवानी गर्ने टिपहरुका कारण स्थानीय जनताको ज्यु ज्यान जोखिममा परेको भन्देै टिपर आतंकको विकल्प खाेज्न माग गरेका छन । विगतमा टिपरबाट ज्यान जाने मानिसको स्वतन्त्रता पुर्वक बच्न पाउने अधिकार सुरक्षित पार्न भनि अनुराेध गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाई ज्ञापन पत्र बझाईएको हो । ज्ञापनपत्र बुझदै निमित प्रमुख जिल्ला अधिकारी यादवले समस्या सामाधानका लागि पहल गर्ने प्रतिवद्वता जनाएका छन ।

यस्ताे छ ज्ञापनपत्र  —

श्री जिल्ला प्रशासन कार्यालय रौतहट गौर का प्रमुख जिल्ला अधिकारी समक्ष बुझाईएको ज्ञापन पत्र ।

उपरोक्त सम्बन्धमा यस रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका अन्तर्गत हाई न. १० मा र वार्ड न. ८ मा गरेर जम्मा ३ वटा क्रसर उद्योगहरु सन्चालन भई रहेको अवस्थामा वार्ड नं. १० मा माँ कंकाली क्रसर एण्ड सैण्ड वार्षिग उधोग र बोड न. ८ को विजयपुर गाउको दक्षिण हिमिनिवास बंकुल गौर जाने मुख्य सडकको पुर्व तर्फ महालक्ष्मी’ सैन्ड वासिंग उधोग प्रा.लि. सोही स्थानमा सडकको पश्चिम तर्फ सुमुख क्रसर एण्ड सैण्ड वासिङ उधोग प्रा.लि. सन्चालन भई रहेका छन, जुन क्रसर सन्चालन गर्न जंगल छेउको गाँउहरु रांगी, बुटवा, भैसही र हिमालीवास को नजिक हजौरी लाखौ टिपर को मात्रामा मिक्स ग्रेवल संकलन गरी स्टोक गरिराखेको बाट र लालबकैया नदिबाट उक्त तिन वटै क्रसरहरुको लागी दैनिक २०/३० वटा टिपरहरु विहान ३:३० बजे देखी विजयपुर गाँउ दक्षिण मा रहेको कसर सम्म अटुर रुपमा एउटा टिपरले दिनको लगभग १०/१२ टिप टिपरमा ओभर लोड गरी टिपर मा राखेको मिक्स ग्रेभलै लाई न छोपी खुल्ला राखी ४० कि.मी. को गति भन्दा बढि को गतिमा टिपर चलाई आज ५-६ बर्ष देखि लगातार ढुवानी को कार्य क्रसर का मालिकहरुले गर्दै आइरहेको कुरो सर्वविदितै छ ।

यस न.पा. को र्वाड न. १९ मा रहेको सहिद चौक देखी र्वाड न.८ को उक्त क्रसर सम्म को सडक भित्र पर्ने शहिद चौक गाँउ र बजार, हिमालीवास गाँउ र बजार र्वाड न. १० मा रहेको दुधिअवा गाँउ र बजार र्वाड न. ८ मा रहेको विजयपुर गाँउ र बजार क्षेत्र को विचवाट गएको मुख्य पिच सडक लाई टिपरको ओभरलोड को कारण फोड फाड तथा पिचलाई भत्काइ अधिकाश भागमा पिच सडक लाई ग्रेभल सडकमा परिणत गरिसकेको कारण टिप्पर हिडदा टिप्पर ले उडाऐको दुलो ले वाटो नै अधयारो बनाउने र दुलों को कारण अन्य सवारी साधनहरु चलाउने पैदल हिडन यात्रुहरू असहज हुने र दुर्घटना समेत हुने समभावना रहेका र दिन भरी टिप्पर ले धुलो उडाएको उडाई गरेको कारण बाटोमा पर्ने गाउँ बजारहरुको पसल घर भित्र, धुलो पसेर घर घर भित्र राखेका मालसमान ओध्यानखान पिन का समान हरुमा धुलो पसी, धुलो बसी दैनिक हाम्रो जिवन लाई अस्त व्यस्त गरी दिएको र धुलोले गर्दा सडकमा हिडन गाह्रो हुने र धुलोले गर्दा प्राय जस्तो मानिस दम र खोको को दिरामी भइरहेको र उक्त सड़क को इवानी ह दूरी भित्र निजी विद्यालय ७ वटा र सरकारी विद्यालय मा. वि. ३ वटा र प्राति वटा गरेर जम्मा १२ विधालय करिब ३४ हजार को संख्यामा बच्चाहरु पडल को लागी आउने जाने भएको मा टिप्पर को आतंक ले स्कूल पहले बच्चाहरुलाई ठुलो समस्या भई रहेकोले उक्त दुवानी कार्य कानून समत ही होईन छान विन गरी बेलुकीको ६ बजे देखी विहान को ६ बेज अवधी भित्र सडक मा दैनिक पानी पटाई धुलो न उड़ाई टिप्पर मा ओभर लोड नं गरी बजार स्कुल र गाउँ क्षेत्र भित्र १५/२० कि.मी. को गतिमा टिप्पर चल्लाई हर्न न बजाई कुवानी गर्न वा टिप्पर चलाउने आवश्यक व्यवस्था मिलाई पाउन का लागि प्रदेश सरकार ले तयार गरेको नदि जन्य पर्दाथ (सकंलन र उपभोग) कार्य विधी २०७५ को परिच्छेद ४ को दफा १२ को उपदर्फा, ५, ६, ७ र ८ को अधारमा यो ज्ञापन पत्र पेश गरेको छौं ।

श्री मान् हामी ले आज ५/६ बर्ष देखी उक्त समस्या मा परि धेरै छन्ति व्योहोरी सकेकाछौं । जस्तो १-२ बर्ष पहिला क्रोसरका टिपरबाट यसै न.पा. का वार्ड नं.११ मा यसै न.पा. वार्ड नं.२ मा वस्ते खेतु चौधरीलाई सडकमा नै च्यापी टीप्पर दुर्घटना (Sports death) मृत्यु भएको र मिति २०८१ साल फागुन ५ गते ५ बजे की समयमा क्रोसर टीप्पर ओभर लोड गरेको कारण विजयपुर बजारको मेन चौकमा टिपरको चक्का आवाज भई ढुंगा उछिटिएर ५ / ६ जना घाईते बनाई दिएको हुँदा र सडकमा हिडडुल गर्न पनि जोखिम अवस्था रहेकोमा धुलोबाट प्रदुषण भई आ आफ्नो पसल तथा घर समेतमा बस्न र आ-आफ्नो कामको लागि सडकमा निस्किन जेब्रा कर्सिङ गर्न बच्चलाई स्कुल जान र स्कुलवाट घर आउन ज्यादै सास्ति भोग्नु परीरहेकोले बाध्य भएर यो ज्ञापनपत्र मार्फत हामीले उपरोक्त उल्लेख भए अनुसार को व्यवस्था अविलम्ब २/४ दिन भित्रमा मिलाई पाउन अनुरोध गरेको छौ उक्त व्यवस्था न भएमा हामी ले बाध्य भएर टिप्पर को डुवानी सेवा बन्द गर्न सड़क जाम गर्नेछौं र सडक जाम हुदा को अवस्थामा हुने असहज वतावरण डॉ. झगड़ा तथा अन्य दाति को जिम्मेवार श्री मान् लगायत सम्बन्धित प्रहरी टक्राएका छौ ।

प्रशासन हुने समेत समयमा नै अवगत गएको व्योहोरा यसै ज्ञापनपत्र मार्फत अनुराेध छ ।

ज्ञापनकर्ता हरु

समगर साह,रामगिर साह,
रासनारायण साह,रामडगर साह, शिव पुजन प्र. यादव, प्रेम शंकर साह
,प्रभात कुमार कोइरी
सहिन्द्र साह
, नरेन्द्र साह
जवाहिर कुश्वाहा.
रामस्वगारथ महतो
,जफरुल महमद, बिरेन्द्र दास, जितु साह,राजकुमार पौडेल

बोधार्थ तथा कार्याथ

१. श्री जिल्ला प्रहरी कार्यालय रौतहट गौर

 

२. श्री ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुर रौतहट

३. फतुवा विजयपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय विजयपुर रौतहट

बज्जिकाञ्चल संवाददाता,बारा,१८ गते फागुन । 
बारा । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)को सहयोगमा बाराको विश्रामपुर गाउँपालिका वडा नं. ३ र ४ का दुई वटा विद्यालयहरुमा साईकल वितरण गरेको छ ।


अन्तर्राष्ट्रिय साइकल परियोजना अन्तर्गत आईतवार बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं ३ मुसहर्वा टोल स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना बिद्यार्थी र वडा नं. ४ वलिरामपुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना विद्यार्थी गरी १६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ ।
मधेश प्रदेशका ९ वटा सामुदायिक विद्यालयमा १ हजार विद्यार्थीहरुलाई एक÷एक थान साईकल वितरण गर्ने उदेश्य अनुरुप आईतवार १६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको आयोजकले जनाएको छ ।
सो साइकल वितरण कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा सहज पहुँचका साथै यातायातका चुनौतीहरूलाई सम्बोधन हुने विश्वास व्यक्त गरिएको छ ।


श्री नेरामावि मुसहर्वामा विश्रामपुर–३ का वडाध्यक्ष शिवचन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रधानाध्यापक जुगुल किशोर साह, शिक्षक शिक्षिका, विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी नेरामावि बलिरामपुरमा बिद्यालय व्यवस्थान समितिका अध्यक्ष पतिलाल साहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष किसोरी साह, त्यसैगरी पुर्व वडा अध्यक्ष मदन प्रसाद यादव, विशिष्ट अतिथि चाईना फाउन्डेसन फर रुरल डेभलपमेन्टका कबित नेपाल, कृतिसा श्रेष्ठ, पिंकी श्रेष्ठ, बारा जिल्ला निवासी डा. धन्नजय यादव, श्री नेरामावि बलिरामपुरका प्रधानाध्यापक आनन्द कुमार गुप्ता लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि एवं प्रधानाध्यापकहरुले कार्यक्रमको प्रशंसा गर्दै “यो सहयोगले विद्यार्थीहरूलाई नियमित रूपमा र समयमै कक्षाहरूमा उपस्थित हुन, शैक्षिक कार्यसम्पादन र समग्र सिकाइ नतिजामा सुधार गर्न सहयोग पुग्ने बताएका थिए ।
दुई वटै स्कूलमा आयोजित साईकल वितरण कार्यक्रममा वक्ताहरुले आयोजक संस्थालाई धन्यबाद दिदै आउने दिनहरुमा पनि यो स्कूललाई प्राथमिकतामा राखी स्कूललाई सहयोग गर्न आग्रह समेत गरेका थिए । लामो दुरीबाट अध्ययन गर्न आउने विद्यार्थीहरु लाभान्वित हुने उदेश्यले गरिएको यो कार्यक्रमबाट विद्यार्थीहरु निकै हर्षित देखिएका थिए ।

उमेश कुमार साह,सप्तरी,१८ गते फागुन । 
सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ देखी १० सम्म सरसफाई कार्यक्रमको आयोजना गरेको छ । स्वास्थ्य वातावरण हाम्रो आबश्यकता, सफा घर आंगन हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथ उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोदे बर्साईन नगर भित्र रहेका मठ मन्दिर, बजार, विभिन्न चौक लगायतका स्थानहरुको सरसफाई गरिएको छ । बोदे बर्साईन नगरपालिका अन्तरगत स्वास्थ्य शाखाको प्रमुख बैधनाथ साहले नगरपालिका भित्र रहेका हाट बजार ,मठ मन्दिर , लगायतका स्थानहरुको फोहर दैनिक रुपमा सरसफाई गर्ने आग्रह गरे। यस्तो कार्यक्रम जनचेतना जगाउन आबश्यक रहेकाले हरेक दिन २/३ घण्टा कार्यक्रमको आयोजना गर्ने उनले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, वडा नम्बर १ का अध्यक्ष रबिन्द्र कुमार साह , वडा नम्बर २ का अध्यक्ष राम प्रसाद राम, वडा सचिव, लगायतका सरोकारवालाको सहभागीता रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,१८ गते फागुन ।
रौतहट । रौतहटको गुजरा नगरपालिकामा करिब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भक्ता पाउनबाट बञ्चित भएका छन् । बिगत ४ महिनादेखि उनीहरु सामाजिक सुरक्षाभक्ता पाउन सकेका छैन्न् । लाभग्राहीको खाता फ्रिज भएपछि सामाजिक सुरक्षाभक्ता वितरण हुन नसकेको बैंक स्रोतले बताएको हो ।
सो नगरपालिकाको वडा नम्बर ९ सिमराभवानीपुरमा रहेको एनआइसी एसीया बैंकको कमीकमजोरीले लाभाग्राही सामाजिक सुरक्षाभक्ता पाउनबाट बञ्चित भएका हुन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैंककोख खातामा सामाजिक सुरक्षा वापतको रकम पठाएपनि हालसम्म पाउन सकेका छैन्न् ।
एनआइसी एसिया बैंक सिमराभवानीपुरका शाखा प्रबन्धक एमडि सदाम प्रवेजको गैर जिम्मेवारपनका कारण लाभग्राहीको खाता फ्रिज भएपछि भक्ता पाउन सकेका छैन्न् । बारम्बार शाखामा भन्दा नसुनेपछि जनप्रतिनीहरु पनि आक्रोशित बनेका छन् ।
आज गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगि छिटा भन्दा छिटो सामाजिक सुरक्षा भक्ता वितरण गर्न अल्टिमेटम दिएका छन् ।
चाँडै सामाजिक सुरक्षा भक्ता वितरण नभए बैंकमै तालाबनदी गर्ने चेतावनी समेत दिएका छन् । बैंकको अगाडी पत्रकार सम्मेलन गरि वडा अध्यक्ष रामजित चौधरीले नगरपालिकाले ठिक समयमा पैसा पठाउँछ भने बैंकले ठिक समयमा पैसा नदिनुको कारण के हो? यसमा बैंकको गल्ती छ । यस तुरुन्तै सच्चयाएर सामाजिक सुरक्षा भक्ता विरतण गरिनुु पर्दछ ।
त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष अशोक चौधरीले बैंकले विभिन्न बहानावाजी गरेर लाभाग्राहीलाइ दुःख दिने काम मत्रै भइरहेको छ । बैंकले नगरपालिकालाइ दोषी भन्छ । नगरपालिकाले बैंकमा पैसा पठाइसकेको भन्छ । रमजान चलिरहेको र होली नजिक आएकोले केवाइसि भइसकेकोलाइ तुरुन्त पैसा पठाउन आग्रह गरेका छन् ।
त्यसैगरी वडा नम्रब ९ का वडा अध्यक्ष प्रेम चौधरीले अन्य पालिकामा एनआइसी बैंकले सामाजिक सुरक्षाभक्ता विरतण कुनै समस्या छैन् । तर यहाँ मात्रै विभिन्न बखेडा झिकेर लाभग्राहीलाइ हैरान पार्ने काम मात्र भइरहेको छ । उनले भने तुरुन्तै सामाजिक सुरक्षा भक्ता वितरण हुनुुपर्दछ । समयमा पैसा वितरण नगरिए लाभग्राही सँगै आफूहरु पनि बैंकको विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।