गौर, चैत २१ गते २०८१।
श्रद्धा, भक्ति एवं धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको छ । विगत भन्दा अहिले चैती छठ पर्व गर्ने ब्रतालुको सङ्ख्या वृद्धिसँगै कात्तिक महिनामा मनाइने छठ पर्व जस्तै चैती छठ पनि अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको हो ।
शुद्धता र आपसी सदभावको रूपमा चैती छठ पर्व मनाउनका लागि ब्रतालु तैयारीमा जुटेका छन् । छठ पर्वका पहिलो दिन मङ्गलबार ब्रतालुहरू नुहाइधुवाइ चोखो खाना खाई आज दोस्रो दिन अर्थात् बुधबार बेलुका सख्खर हालेको खिर, पुरी, केरा लगायतका प्रसाद चढाएर पूजा गरी त्यही प्रसाद खाएर उपवास बस्ने र बिहीबार अस्ताउँदो सुर्यलाइ र शुक्रबार उदाउँदो सूर्यलाइ अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुने ब्रतालु मिथलेश देवीले बताउनुभयो ।
छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठेकुवा, उखु लगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलस लगायत पूजा सामग्रीको प्रयोग गरिन्छ जसलाई शुद्धताको प्रतिकको रूपमा लिने गरिएको ब्रतालु मिथलेश देवीले बताउनुभयो ।
छठ पर्व वर्षमा दुई पटक कात्तिक र चैत महिनामा छठ पर्व मनाउँदै आइरहेको तथा छठ पर्व गर्नाले घरमा सुख शान्ति तथा चर्मरोग निको हुने धार्मिक विश्वास रहेको पण्डित जिवनेश्वर झाले बताउनुभयो ।
छठ पर्वमा सूर्यदेवको पूजा आराधना गर्नाले आपसी सद्भाव र प्रेमका रूपमा पनि लिने गरेको तथा पहिलेभन्दा अहिले चैती छठ पर्व गर्ने ब्रतालुको सङ्ख्यामा वृद्धि हुँदै गएको पण्डित झाले जानकारी दिनुभयो । गोरखापत्र
आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।
राैतहट । जनता समाजवादी पार्टी नेपाल राैतहटकाे जिल्ला अधिवेशन हुँदैछ । यसकाे लागि तिव्र रूपमा तयारी भइरहेको छ । आगामी चैत २६ र २७ गते जिल्लाकाे मध्य भाग गरूडा जिल्ला अधिवेशन हुन लागेकाे हाे ।
जसपा नेपाल राैतहटकाे पालिकाकाे अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशन गर्न लागेको हाे । जसमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी हुने जसपा नेपाल राैतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले जानकारी गराएका हुन् ।
पार्टीको निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको उनले जनाएका हुन् । जसपा नेपाल राैतहटकाे अधिकांश वडा र पालिकाकाे अधिवेशन पूरा भएकाले चैत २६ गते उद्घाटन र चैत २७ गते नेतृत्व चयन गरिने अध्यक्ष यादवकाे भनाइ छ ।

अधिवेशनका लागि सबै वडा र पालिकाबाट प्रतिनीधि छान्ने काम भइसकेको र नामावली पनि आइसकेको उनले बताएका छन् । जसपा राैतहटमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन आएकाे छ । त्यही अनुसार हामी गर्छाैं ।
यदि सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने निर्देशन भएको छ । जिल्लाकाे पालिकाहरूबाट करिब ३ सय ५० भन्दा बढी प्रतिनिधि सहभागीता रहने उनले बताएका छन् ।
आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।
मधेस प्रदेशमा आज चैती छठ पर्व मनाइँदैछ । चैत नवरात्री पनि चलिरहेको छ । यसै अवसरमा जनता समाजवादी पार्टीले शुभकामना व्यक्त गरेको छ ।
आज जसपा नेपाल मधेस प्रदेशका अध्यक्ष बालकिशाेर प्रसाद यादवले एक शुभकामना संदेश जारी गर्दै लाेक आस्थाको महापर्व चैती छठ तथा चैत नवरात्री पर्वकाे सुखद उपलक्ष्यमा सम्पूर्ण मधेस तथा देशवासीहरूमा सुस्वास्थ्य,दिर्घायु एवम् उतराेतर प्रगतिकाे लागि शुभकामना व्यक्त गरिएकाे छ ।
चैती छठ पर्वकाे आज मुख्यदिन अस्तउँदाे सूर्यलाई अर्घ दिई मनाइदैछ । व्रतालुले आज षष्ठी तिथिका दिन निराहार व्रत शुरू गरेका छन् । पञ्चमीका दिन बुधबार राति खरना विधि गरेर सख्खरको खीर प्रसादस्वरुप खाएपछि निराहार व्रत शुरू भएको छ ।
आज साँझ नै व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् ।
छठ पर्व कार्तिक षष्ठी तिथिमा मनाउने भव्य रूपमा मनाउने गरिन्छ ।
चन्दन यादव, रौतहट २१ गते चैत ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु प्रहरीले बरामद गरेको हो । २०८१ चैत १९ गते करीब ७ बजेको समयमा कार्यालय तथा मातहत समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ४ बसपार्क स्थितमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको गरेको अवस्थामा बरामद भएको प्रहरीले जनाए ।
अन्दाजी मुल्य रु. ९९ हजार ९ सय ६० ०रुपैया बराबरको बिभिन्न किसिमको किराना सर सामानहरु फेला परेको प्रहरीले जानकारी गराएका हुन् । उक्त सर सामानहरु अन्दाजी मूल्य रु. ७ लाख रुपैया बरावरको प्र २ ०३ ००१ ज १३१ नम्बरको पिकअप गाडी १ थानगरि जम्मा अन्दाजी मुल्य रु.७ लाख ९९ हजार ९ सय ६० रुपैया बराबरको रहेको प्रहरीले जनाएका हुन् ।
बिभिन्न किराना सर सामानहरु, पिकअप गाडी १ थान र चालक जिल्ला रौतहट कटहरीया नगरपालिका वडा नंम्बर ५ मा बस्ने अन्दाजी २२ वर्षको निरज कुमार साह समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायवउपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,राैतहट,२० गते चैत ।
राैतहटकाे गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालकाे नगर अधिवेशन सम्पन्न भएको छ । बुधबार साे नगरपालिकाकाे वडा नम्बर १ मनहर्वा परसवामा प्रथम नगर अधिवेशन आयाेजन गरिएको थियो ।

जसकाे प्रमुख अतिथि जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष गाेबिन्द चाैधरी रहनु भएको थियोे । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चाैधरीले जसपा नेपाल समाजवादमा विश्वास गर्ने पार्टी रहेकोले समानताको हकका सधैं हामी संघर्ष गर्दै आएको बताउनु भयाे ।

संघियताकाे मूल मुद्दा उठाएको जसपा नेपालले महिलाकाे अधिकार पनि दिलाउन सफल भएको दाबी गरेका छन् ।

त्यस्तै प्रदेश सांसद शेख अबुल कलाम आजाद उर्फ फुलबाबुले अहिले जुन राजतन्त्रवादीकाे हल्ला चलेको छ । यसकाे सम्पूर्ण जिम्मेवारी नेपाली काँग्रेस र नेकपा एमाले रहेकाे उनकाे आराेप रहेको थियोे । अहिलेसम्मकाे भ्रष्ट सरकार मैले आज सम्म पनि सुनेकाे थिएन् । जनताकाे कुरा नसुन्नुकाे नतिजा अहिलेकाे वर्तमान सृजना भएको छ । यसप्रति गम्भीर भएर साेच्नुपर्ने अहिलेकाे आवश्यकता रहेको उनकाे ठहर थियो ।

त्यसैगरी विशिष्ट अतिथि जसपा नेपालका केन्द्रीय सदस्य एवम् गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चाैधरीले जसपा नेपालकै देन हाेकि हामीले आज संघियता पाएका छाैं । अधिकार पनि पाएका छाैं ।
कार्यक्रममा जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले पार्टीको ६ महिने संगठन विस्तार कार्यक्रम अन्तर्गत अहिले धमाधममा नगर अधिवेशनकाे काम भइरहेको बताए । आगामी चैत २६ र २७ गते गरूडामा हुने जिल्ला अधिवेशनकाे तयारी पनि तिव्र रूपमा भइरहेको जानकारी समेत गराउनु भएकाे हाे ।

गुजरा नगरपालिकामा भएको जसपा नेपालकाे नगर अधिवेशनकाे उदघाटन सत्र सम्पन्न भएपनि बन्द सत्र स्थगित गरिएको जसपा मधेश प्रदेशका सचिव पुनित रामले जानकारी गराएका हुन् । २२ गतेको भित्रमा नगर कमिटी गठन गरिने उनले बताएका हुन् । साे नगर अधिवेशनमा जसपा नेपाल नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको थियो ।
प्रेमचन्द्र झा,राैतहट,चैत्र २० गते
राैतहट । नेकपा एमालेका केन्द्रीय सदस्य तथा राैतहट जिल्ला ईन्चार्य अजय कुमार गुप्ताले आर्थिक, सामाजिक तथा शैक्षिक रुपले पछाडी परेका उत्पिडित समाजका जातजातिको विकास नभए सम्म नेपालको विकास सम्भव नरहेको बताएका छन ।
एमाले पार्टी कार्यालय गरुडामा उत्पिडित जातिय मुक्ति समाजको नवाै जिल्ला सम्मेलनको उदघाटन समारोहलाई बुधबार सम्बोधन गर्दै केन्द्रीय सदस्य गुप्ताले समाजका कथित सामन्त वर्गको भेदभाव र चरम शाेषणका शिकार भएका समुदायको उत्थानका लागि एमाले संगठित रुपमा लागि परेको बताए ।
गरिब दलितको सामाजिक शैक्षिक उत्थान र पहिचान तथा आर्थिक रुपान्तरण गर्ने एमालेकाे चाहना रहेको केन्द्रीय सदस्य गुप्ताले बताउदै दलित समुदायलाई राजनैतिक रुपमा चेतना जगाएर पहिचान दिलाउन नेपाल उत्पिडित जातिय मुक्ति समाज गठन गरेको बताए ।
एमाले दलितका लागि निरन्तर काम गरि रहेको बताउदै केन्द्रीय सदस्य गुप्ताले एमाले गरिब, निमुखा र पछाडि परेका समुदाय कै पार्टी रहेको दाबी समेत गरेका छन ।
समाजले निरन्तर रुपमा आफ्ना उदेश्य पुर्तिका निमित काम गरिरहेको उनले विश्वास व्यक्त गरेका छन ।
नेपाल उत्पिडित मुक्ति समाजका राैतहट जिल्ला अध्यक्ष भैरो महराको अध्यक्षतामा भएको साे समारोहमा एमालेका केन्द्रीय सदस्य उद्वव रेग्मी , जिल्ला अध्यक्ष सचितानन्द साह, सचिव बाबुराम दहाल सहितले बाेलेका थिए ।
आरके श्रीवास्तव,राैतहट,२० गते चैत ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चैत मसान्तसम्म वडा सवै वडा र पालिका अधिवेशन गर्न परिपत्र गरेकाे छ ।
आज लाेसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले परिपत्र जारी गर्दै चैत मसान्तसम्ममा अधिवेशन सक्न निर्देशन दिनु भएको हाे ।
लाेसपा नेपालकाे आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै पार्टीको निर्वाचन निर्देशिका -२०८१ अनुसार धारा(१)(३) बमोजिम वडा र पालिका सम्बन्धित जिल्ला र सम्बन्धित निकायका सम्पूर्ण नेता,कार्यकर्ता तथा शुभचिन्तकहरू सामेल गराई अधिवेशन गर्न भनिएको हाे ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले यसअघि चैत ७ गतेभित्र सवै वडा र पालिका अधिवेशन गरिसक्न निर्देशन दिएको थियो । उक्त समयसिमालाई बढाएर चैत मसान्तसम्म गरिएको लाेसपाका महासचिव मनिष मिश्रले जानकारी गराएका हुन् ।

यता आजै लोसपा नेपालको सचिवालय बैठकमा लोकतान्त्रिक महिला संघको सांगठनिक गतिविधिमा तिव्रता ल्याउन महिला संघका अध्यक्ष लाई आमन्त्रित गरी सल्लाह सुझाव दिनुका साथै पार्टीका कार्यसञ्चालन एवं सांगठनिक सुदृढिकरण तथा केन्द्रीय महाधिवेशन तयारीका निम्ति छलफल गरिएकाे उनले बताएका छन् ।
काठमाडौँ, २० गते चैत २०८१ ।
भाटभटेनीका संचालक मीन बहादुर गुरुङले चैत्र १५ गतेको राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।
बुधबार चैत्र १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड तुलप्रसाद पराजुली लगायत सुरक्षा गार्ड र कर्मचारीलाई भाटभेटनी सुपरमार्केटले सम्मान गर्ने कार्यक्रममा गुरुङले पत्रकार रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
भाटभटेनीले चैत्र १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख नगद र पाँच ग्रेड बढुवा गरेको हो । त्यस्तै अन्य गार्ड र कर्मचारीहरुलाई २५ हजार नगद र एक ग्रेड प्रमोसन गरेको छ ।
सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीलाई सुपरमार्केटले सम्मान गरेको हो ।
लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ संख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियो देख्न सकिन्छ ।
उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ । उक्त घटनापछि पनि शनिबार बिहानदेखि नै सुपरमार्केट सञ्चालनमा आएको थियो । खरीबोट
गुडु यादव,राैतहट,१९ गते चैत ।
राैतहट । गरूडामा जनता समाजवादि पार्टीको नेपालको नगर अधिवेशन सम्पन्न भएको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिमा पर्ने झाझ बैरेजमा अवस्थित गोपाल सेवा समितिको भवनमा एक क्रार्याक्रमका बिच नगर अधिवेशन सम्पन्न भएको हाे । क्रायकर्मको प्रमुख अतिथि जसपाको केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री गोबिन्द चौधरी, बिशिष्ट अतिथि प्रदेश सांसद फुलबाबू तथा माधबनारायण नगरपालिकाका पूर्व मेयर बिरेन्द्र यादब, जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादब ,पुर्व राज्य मन्त्री योगेन्द्र यादब, गरुडा नपा वडा नमबर २ वडा अध्यक्ष कृसनन्द सहनी, प्रदेश सदस्य राज कुमार दास तात्मा, प्रदेश सदस्य तथा मेयर प्रत्याशी अनिल यादब, जसपा मधेश प्रदेश अध्यक्ष बाल किशोर यादब, जसपा नेता धिरेन्द्र यादब लगायतका नेताहरुको विशेष उपस्थितिमा जय मंगल यादवको अध्यक्षतामा ४७ नगर कमिटी गठन भएको छ।
आजको नगर अधिवेशन बाट चयन भएका नगर अध्यक्ष जय मंगल यादव , उपाध्यक्ष ,लाल बहादुर दास ,खुशी सहनी, सचिव माधो पिडंत , सहसचिव प्रमोद जयस्वाल , कोषाध्क्ष बिरेन्द्र यादव सहित निर्वाचित भएको खवर प्राप्त भएको छ।
राकेश यादव, गौर ,१९ चैत्र
राैतहट । जनता समाजबादी पार्टी नेपालका बर्गीय संगठन प्रेस मन्च नेपाल जिल्ला कार्य समिति रौतहटको दोस्रो जिल्ला अधिबेशन मंगलवार गौरमा सम्पन्न भएको छ।
प्रेस मन्च नेपालको केन्द्रिय कार्य समितिको कार्यवाहक अध्यक्ष मनोज यादवको प्रमुख आति्थ्यमा सम्पन्न भएको जिल्ला अधिबेशनबाट तेस्रो पटक अध्यक्षमा किशोरी यादव सर्व सहमतिबाट चयन भएका छन्।
१५ सदसिय गठन गरिएको जिल्ला कार्य समितिको उपाध्यक्षमा दिपक कुमार , महिला उपाध्यक्षमा रश्मि पटेल ,सचीवमा चन्दन महतो ,सह सचीवमा दिलिप पान्डे, महिला सह सचीवमा प्रियाका सिंह ,सदस्यहरुमा शेख समीर आलम , प्रदीप यादव , राकेश पटेल र अरबिन्द यादव सदस्यमा चयन भएको जिल्ला सचिव चन्दन महतोले जनाएको छ।
जिल्ला अधिबेसनको उदघाटन सत्रमा सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व कृषि राज्यमन्त्रि योगेन्द्र राय यादवले देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको बिरुद्ध राजाबादीहरू सल्बलाएको बताएका छन्। लोकतन्त्रको बिकल्प लोकतन्त्र नै रहेकोले संघियता बिरुद्ध हुने सड्यन्त्र सहन गर्न नसकिने बताए। संघियता मधेशी समुदाय,दलित समुदाय.मुस्लिम,आदिबासी,जनजाती अल्प संख्याक,पिछडिएको बर्गको लागि रहेकोले कुनै पनि हालतमा फालिएको बंशवादको स्थापना हुन नसक्ने दावी गर्नु भयो।
पार्टीका बर्गीय संगठन भएकोले पार्टीको पक्षमा लोकतन्त्रको सस्थागत गर्न कलम चलाउन आग्रह गर्दै प्रेस मन्च नेपालको लागि पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिब्द्धता समेत जनाए।
कार्यक्रममा मधेश प्रदेश सांसद शोभा देवी साह, प्रेस मन्च नेपालका प्रदेश महासचिव बन्दना झा, श्रमजिबी पत्रकार संघ नेपालका जिल्ला उपाध्यक्ष राकेश कुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए।