आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते ।
राैतहटकाे गरुडा नगरपालिकामा हालै नियुक्त प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई आज एक विशेष कार्यक्रमबीच नगर प्रमुख कन्थमणी प्रसाद जयसवालज्यूले स्वागत गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उप–मेयर पुनम कुमारी चौधरीको उपस्थिति रही, साथै इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक राजन कार्की, नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, सम्पूर्ण कार्यालयका कर्मचारीहरू तथा शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा नगर प्रमुख जयसवालले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत गर्दै समन्वयात्मक रूपमा नगरको समुन्नत विकासमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
नव नियुक्त अधिकृत न्यौपानेले विश्वासका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सबै पक्षसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइएको छ ।
आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) रौतहट जिल्ला समितिको आयोजनामा आज कटहरिया नगरपालिकाको कटहरिया बजारमा एक विशाल विरोध प्रदर्शन सम्पन्न भयो । पार्टीका जिल्ला अध्यक्ष राजिव रञ्जन यादवको अध्यक्षतामा सम्पन्न उक्त प्रदर्शन भूमि विधेयक र गौर राइस मिल घटनाको विरोधस्वरूप आयोजना गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले भूमि विधेयक तत्काल खारेज गर्नुपर्ने मागसहित जोरदार नाराबाजी गर्दै नगरभरि परिक्रमा गरेका थिए । प्रदर्शनलाई एक विशाल र सशक्त रुपमा अघि बढाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले भूमि विधेयक गैरसुकुम्बासीलाई हाबी गराउन ल्याइएको आरोप लगाउँदै भने, “यो विधेयक जसपा नेपालले कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन।”

कार्यक्रमका अन्य वक्ताहरू पूर्व अध्यक्ष श्यामबिहारी यादव, राजकुमार दास, अनिल यादव, पुनित राम, ईश्वरीप्रसाद यादव लगायतले पनि आफ्नो धारणा व्यक्त गर्दै भूमि विधेयकको कडा विरोध जनाए ।
कार्यक्रमको स्वागत मन्तव्य युवा नेता पुणप्रताप पटेलले दिएका थिए भने कार्यक्रमको सञ्चालन जसपा नेपालका युवा नेता राजाबाबु साहले गरेका थिए ।
प्रदर्शनमा जसपा नेपालका केन्द्रीय सदस्य तथा गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीसहित विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष राजिव रञ्जन यादवले भदौ ०९ गतेदेखि मधेस प्रदेशभरि निरन्तर विरोध प्रदर्शन भइरहेको जानकारी दिँदै भने, “१९ वर्षपछि अदालतको परमादेशपछि जसपा नेपाल मात्र होइन, अन्य दलका नेताहरू पनि आन्दोलनमा सक्रिय छन्।”
उनले गौर घटनाका प्रमुख योजनाकारको नाम तत्कालीन लाल आयोग र खिलराज रेग्मी नेतृत्वमा गठित छानबिन आयोगको प्रतिवेदनमा उल्लेख भएको भन्दै ती प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेका छन् ।
जसपा नेपालको यो विरोध कार्यक्रमले रौतहटमा नयाँ राजनीतिक बहसको सुरुवात गराएको छ । पार्टीले आन्दोलनलाई अझ व्यापक बनाउँदै लैजाने जनाएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १७ गते ।
गौर राजनैतिक घटना र प्रस्तावित भूमि विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा), नेपालद्वारा २०८२ भदौ १८ गते (बुधबार) रौतहटको कटहरिया बजारस्थित बिवाह भवनमा एक विरोध तथा जन-जागरण कार्यक्रम आयोजना गरिने भएको छ ।
कार्यक्रम दिउँसो २:०० बजे सुरु हुने तय भएको छ । जसपा, नेपाल रौतहटका कार्यालय सचिव दिनेश कुमार यादवले एक विज्ञप्तिमार्फत कार्यक्रममा सहभागी भइ सशक्त उपस्थिति जनाउन सबैलाई हार्दिक अनुरोध गरेका छन् ।
यसै सन्दर्भमा, भोलि हुने विरोध कार्यक्रमको विशेष तयारी सम्बन्धी छलफल सम्पन्न भएको जानकारी पनि प्राप्त भएको छ । छलफलमा कार्यक्रमलाई सफल बनाउन आवश्यक व्यवस्थापन, जनसहभागिता, सुरक्षा व्यवस्था लगायतका विषयमा विस्तृत योजना बनाइएको छ ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गाेबिन्द चाैधरी,केन्द्रीय सदस्य एवम् गुजरा नगरपालिकाका मेयर सन्तलाल चाैधरी,यूवा नेता श्रीकान्त यादव लगायतका नेताहरूकाे उपस्थिति रहेको थियो ।
जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले उक्त कार्यक्रम गौर घटनामा न्यायको माग र भूमि विधेयकको विरोध स्वरूप आयोजित गरिएको जनाउँदै, कार्यक्रमले मधेशको आवाज बुलन्द पार्ने विश्वास व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,रौतहट,भदौ १७ गते ।
राैतहटका गरूडा नगरपालिकामा आयोजना हुने मेयर कप क्रिकेट टुर्नामेन्टका लागि खेल सामग्री (क्रिकेट कीट) वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । यूथ क्लब अफ रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष बलराम ठाकुरको अध्यक्षतामा कार्यक्रम संचालन भयो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कन्थमनी जयसवालले खेलकुदले युवाहरूमाझ एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा ल्याउने बताउँदै भने, “खेलकुदले समाजलाई जोड्ने माध्यम हो । नगरपालिकाले सधैँ खेलकुद गतिविधिमा साथ दिँदै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर समर्थन गर्नेछ।”

त्यसैगरी, वडा नं. ५ का वडा अध्यक्ष रामबिनोद जयसवालले यूथ क्लब र खेलाडीहरूलाई धन्यवाद दिंदै भने, “यस प्रकारका प्रतियोगिताले स्थानीय युवाहरूमा प्रतिभा उजागर गर्न मद्दत पुर्याउँछ । हामी सबैले मिलेर यस्ता सकारात्मक गतिविधिलाई अझ सशक्त बनाउनु पर्छ।”
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष रामबाबु जयसवाल, वडा नं. ७ का अध्यक्ष प्रविण यादव, कार्यपालिका सदस्यहरू, खेलाडीहरू लगायतको उपस्थिति रहेको थियो ।

यूथ क्लब अफ रौतहटका अनुसार मेयर कप क्रिकेट प्रतियोगिता विगत ४ वर्षदेखि सञ्चालन हुँदै आएको हो । यस वर्ष प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख २५ हजार र प्रमाणपत्र, द्वितीय टिमलाई रु. ६५ हजार र प्रमाणपत्र प्रदान गरिने यूवा समाजसेवी शैलेस जयसवालले जानकारी गराएका हुन् ।
त्यसैगरी, म्यान अफ द म्याचलाई रु. १५ हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई जनही रु. १० हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रमको सञ्चालन राजेश्वर पाण्डेले गरेका थिए ।
आरके श्रीवास्तव,राैतहट,१६ गते भदौ ।
नेकपा माओवादी केन्द्र रौतहटको प्रथम जिल्ला बैठक आइतवार गरुडा नगरपालिकास्थित अनुष पार्टी प्यालेसमा सम्पन्न भएको छ । जिल्ला ईन्चार्ज अशोक जयसवालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टी संगठन सुदृढीकरण र आगामी चुनावी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य वहिद अंसारी, पूर्व सांसद देवेन्द्र पटेल, प्रदेश सभा सदस्य विनदेश्वर राय यादव, पूर्व राज्यमन्त्री सत्यनारायण भगत लगायत जिल्लाभरिका पालिकास्तरीय नगर अध्यक्षहरू, जिल्ला समन्वय समितिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा प्रत्येक स्थानीय तहमा पार्टी ईन्चार्जहरूको जिम्मेवारी तोकिएको छ । पार्टीले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी निर्वाचनका लागि तयारी तीव्र बनाउने निर्णय गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र कटहरिया नगर अध्यक्ष तथा मेयर पदका प्रत्यासी नसरूदिन अन्सारीले पार्टीको आगामी यात्रामा युवा र स्थानीयस्तरका कार्यकर्ताको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै सबैलाई संगठित भएर अघि बढ्न आग्रह गरेका छन् ।
उनले स्थानीय विकासका सवालमा जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै, माओवादी केन्द्रले विगतमा देखाएको परिवर्तनको यात्रालाई पुनः सबल बनाउने वाचा गरेका छन् ।
कार्यक्रम सकारात्मक वातावरणमा सम्पन्न भएको र आगामी दिनहरूमा यस्ता बैठकहरूलाई निरन्तरता दिँदै संगठन निर्माणलाई तीव्रता दिने सहमति पनि भेलामा बनेको जनाइएको छ ।
आरके श्रीवास्तव,रौतहट, भदौ १६ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) रौतहट जिल्ला समितिको आयोजनामा सोमबार चन्द्रपुर चौकमा भूमि विधेयकको विरोधमा बृहत विरोध प्रदर्शन सम्पन्न भएको छ । “मधेशी एकता जिन्दावाद! उपेन्द्र यादव जिन्दावाद!” नारासहित आयोजित कार्यक्रममा सहभागीहरूले सो विधेयकलाई “राष्ट्रघाती” भन्दै तीव्र विरोध जनाए ।
कार्यक्रममा जसपा नेपालकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य पुजा चाैधरीले वन विनाश गरेर मधेशलाई मरुभूमि बनाउने नियोजित प्रयत्न अन्तर्गत ल्याइएको सो विधेयकले मधेशी जनताको हक, हित, र अस्तित्वमाथि गम्भीर प्रहार हुने चेतावनी दिए । उनले भूमि विधेयक खारेज नगरे सरकारविरुद्ध अझ कडा आन्दोलन छेडिने बताए ।
वक्ताहरूले गौर राजनीतिक घटनालाई समेत स्मरण गर्दै मधेशको पीडा र बलिदानलाई बिर्सिन नहुने कुरा औंल्याए । प्रदर्शनमा सयौंको संख्यामा सर्वसाधारण, विद्यार्थी, महिला, युवा तथा पार्टीका कार्यकर्ताहरू सहभागी थिए ।
जसपाले यस प्रकारका विरोध कार्यक्रमलाई जिल्लाभरि फैलाउने र संघीय सरकारमाथि दबाब सिर्जना गर्ने योजना समेत सार्वजनिक गरेको छ ।
गोडैता (सर्लाही) — मधेशमा महिलाले अझै पनि समान अधिकार र स्वतन्त्रता सहजै उपभोग गर्न पाएका छैनन् भन्ने उदाहरण हुन् गोडैता नगरपालिका–२, जयपुरकी अमृता। पत्रकारितामा सक्रिय रहेकी उनी महिलामाथि हुने विभेद र सामाजिक बन्धनको सामना गर्दै निरन्तर कलम चलाइरहेकी छन्। तर, उनी आफैं महिल भएकै कारण समाजबाट अपमान, बेइज्जत र विभेदको शिकार भइरहेकी छन्।
अमृताले बताइन् — “मलाई महिला भएकै कारण धेरै प्रतिबन्ध लगाइन्छ। चश्मा लगाउन पाइदैन, गाडी चलाउन पाइदैन, बोल्न पाइदैन भन्ने सोच अझै बलियो छ। यो मानसिकता समाजकै प्रगतिका लागि हानिकारक हो।”
उनको भनाइमा, महिलाले आफ्नो पहिचान अनुसार स्वतन्त्रता उपभोग गर्न नपाउनु ठूलो अन्याय हो। पत्रकार भएर आवाज उठाउँदा उनी अझ बढी आलोचना र सामाजिक दबाबमा पर्नुपर्ने अवस्था छ।
परिवारलाई समेत असर
अमृताको मात्र नभई उनको परिवारले समेत विभेदको असर भोगिरहेको छ।
“मेरो बुवालाई समेत बेइज्जत र अपमान गरियो। महिलाको स्वतन्त्रतामा रोक लगाउने सोचका कारण हाम्रो सम्पूर्ण परिवार नै मानसिक पीडामा परेको छ,” अमृताले दुखेसो पोखिन्।
मधेशमा गहिरो लैंगिक विभेद
महिला अधिकारकर्मीहरूको भनाइमा मधेशमा अझै पनि लैंगिक विभेदको जरा बलियो छ। समाजमा पुरुषलाई स्वतन्त्र र अगाडि बढ्ने अधिकार सहजै दिइन्छ भने महिलालाई अझै घरको चारदिवारमा मात्र सीमित गर्न खोजिन्छ। यसले महिला पत्रकारलाई अझ बढी कठिन परिस्थिति सिर्जना गरेको छ।
जनस्तरमा चेतना बढ्दै गएको भए पनि अझै परम्परागत सोच, असमान व्यवहार र सामाजिक दबाबकै कारण महिलाहरू खुला रूपमा आफ्नो अधिकार प्रयोग गर्न सकिरहेका छैनन्।
विशेषज्ञहरूको दृष्टिकोण
समाजशास्त्रीहरूका अनुसार, महिलालाई स्वतन्त्रता नदिनु केवल व्यक्तिगत समस्या होइन, यो सम्पूर्ण समाजको प्रगतिको लागि बाधक हो।
“जबसम्म महिलाले स्वतन्त्रता र समान अधिकार पाउँदैनन्, तबसम्म लोकतन्त्रले पनि पूर्णता पाउँदैन। पत्रकारिता जस्तो पेशामा महिलालाई रोक्नु लोकतन्त्रको आत्मामाथि आघात हो,” महिला अधिकार अभियानकर्मीहरूले बताएका छन्।
अमृताको संकल्प
विभिन्न दबाब र अपमानका बाबजुद अमृताले आफ्नो कलम रोकेकी छैनन्।
“सत्य, न्याय र समानताको पक्षमा कलम चलाउन छाड्दिनँ। समाजले विभेद गरे पनि म पत्रकार भएर आवाज उठाइरहन्छु,” उनले
बज्जिकाञ्चल संवाददाता,रौतहट, भदौ १६ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभित्र ‘प्रेस’ लेखिएका सवारी साधनहरूमाथि कडाइ गर्ने निर्णय गरेको छ । शाखाको आज सम्पन्न बैठकले ‘प्रेस’को नाममा सवारी साधनको दुरुपयोग बढेको भन्दै अबदेखि त्यस्ता सवारी साधनहरूबाट ‘प्रेस’ लेखिएको शब्द हटाउने निर्णय लिएको हो ।
महासंघका अनुसार, संचारमाध्यमको हकमा कुनै सवारी साधन मिडिया हाउसको नाममा दर्ता भएको खण्डमा मात्र सम्बन्धित मिडिया हाउसको नाम उल्लेख गर्न सकिनेछ । आपतकालीन अवस्था, कर्फ्यू वा सवारी आवागमनमा प्रतिबन्धित अवस्थामा बाहेक अन्य सामान्य अवस्थामा ‘प्रेस’ लेखिएका सवारी प्रयोग नगर्न महासंघले अनुरोध गरेको छ ।
बैठकले जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै ‘प्रेस’ लेखिएका सवारी साधनहरूको गहन जाँच गर्न समेत अनुरोध गरेको जानकारी गराइएको छ ।
पूर्व अध्यक्ष साहको आपत्ति
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रविन्द्र साहले भने उक्त निर्णयप्रति घोर आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “विधानलाई अगिकार गर्नै हो कि? ट्राफिक प्रहरीको भूमिकामा पत्रकार बन्ने हो? अन्धो देशमा कानो राजा बन्ने प्रयास नगरियोस्।”
उनको भनाइमा, महासंघले आफ्नो मूल जिम्मेवारीभन्दा बाहिर जान खोजेको देखिन्छ । प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सुनिश्चित गर्नुपर्ने संस्थाले ट्राफिक नियमन गर्ने शैली देखाउनु उपयुक्त नहुने साहको तर्क छ ।
रौतहटमा हाल ‘प्रेस’को नाममा सवारी दुरुपयोग भएको गुनासो व्यापक छ । तर यसप्रकारको निर्णयले कानुनी रूपमा वैध सवारी साधन र निष्पक्ष पत्रकारितामाथि असर पर्ने सम्भावनाबारे समेत बहस शुरु भएको छ ।
आरके श्रीवास्तव,रौतहट,भदौ १६ गते ।
गौरीशंकर यादव रौतहट फाउण्डेसन र नेपाल पत्रकार महासंघ रौतहट शाखाबीचको सम्झौता बमोजिम अबदेखि हरेक वर्ष दुई पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
महासंघ रौतहटका सचिव गौतम श्रेष्ठद्वारा जारी गरिएको सूचनामा उल्लेख अनुसार ‘गौरीशंकर यादव रौतहट पत्रकारिता पुरस्कार’ र ‘गौरीशंकर यादव रौतहट फोटो पत्रकारिता पुरस्कार’ नामक दुई विधामा पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक पुरस्कारको राशी जनही ११ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । यी पुरस्कारहरू नेपाल पत्रकार महासंघ रौतहट शाखाको वार्षिक साधारण सभाको अवसरमा वितरण गरिनेछ ।
फाउण्डेसन र महासंघबीचको सहकार्यले जिल्लामा पेशागत पत्रकारिता तथा फोटो पत्रकारितामा सक्रिय स्रष्टाहरूलाई प्रोत्साहन पुग्ने विश्वास लिइएको छ ।
राकेश यादव,राैतहट,भदौ १५ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरूले आइतवार रौतहटको सदरमुकाम गौरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन भूमि सम्बन्धी विधेयक र सर्वोच्च अदालतले जारी गरेका परमादेशको विरुद्धमा गरिएको हो ।
जसपा नेपालका जिल्ला अध्यक्ष राजिव रंजन यादवका अनुसार, सरकारले ल्याएको भूमि विधेयक मधेसको लागि विनाशकारी भएकोले विरोध गरिएको हो । “यस विधेयकले मधेशका जंगलहरू मास्ने र भूमाफियाले जमिन कब्जा गर्ने बाटो खोल्ने खतरा छ,” अध्यक्ष यादवले बताए ।
जसपाको केन्द्रिय कार्यालयले भाद्र ९ गतेदेखि १५ गतेसम्म देशभरि विरोध कार्यक्रम घोषणा गरेअनुसार गौरमा प्रदर्शन गरिएको हो। मधेशी क्रान्ति चौकबाट सुरु भएको विरोध र्यालीले नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा कोण सभाको रुप लिएको थियो ।
कोण सभामा सम्बोधन गर्दै जसपा नेताहरूले भूमि विधेयक तुरुन्त फिर्ता गर्न माग गरे। साथै, मधेस आन्दोलनसँग सम्बन्धित राजनीतिक मुद्दाहरू खारेज गर्नुपर्ने माग समेत राखिएको थियो ।