२०८३ बैशाख २४
२०८३ बैशाख २४

 

आरके श्रीवास्तव,गरूडा,चैत २९ गते

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ मा रहेको श्री माध्यमिक बिधालय प्रेमपुर गोनाहीमा चार कोठे भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको प्रधानाध्यापक मुकेश प्रसाद यादवले जानकारी गराउनु भयो ।

सो वडाका वडा अध्यक्ष उपेन्द्र राय यादव र पूर्व वडा अध्यक्ष जगरनाथ राय यादवले संयुक्तरूपमा शिलान्यास गर्नु भएको हो । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुने भएको छ । देवाही गोनाही नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

सो अवसरमा वडा नम्बर ८ का वडा अध्यक्ष बिजय पटेल,उपमेयर प्रत्यासी ईश्वरीलाल यादव,शिक्षा संयोजक अरबिन्द कुमार यादव,भोला यादव,राधेश्याम पटेल,रूपेश पटेल,सिकिन्द्र कुशवाहा,रामएकवाल यादव ,विरेन्द्र साह,सुरेन्द्र पासवान,महेश यादव लगायत शिक्षक(शिक्षिका,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो ।

 

आरके श्रीवास्तव,गरूडा,चैत २९ गते

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको सुत्केरी महिलाहरुलाई पोषण सम्बन्धी सामाग्रीहरु बितरण गरीएको छ । सो नगरपालिकाको वडा नम्बर ९ का महिलाहरू लाई पोषण सामाग्री बितरण गरिएको हो । पोषण वितरण कार्यक्रममा गाउँघरमा प्रयोगहुने पोषणयुक्त खानाका अलावा विभिन्न सामाग्रीहरू वितरण गरिएको वडा अध्यक्ष राकेश यादव उर्फ पप्पु यादवले जानकारी गराउनु भयो । सुत्केरीलाइ पोषक तत्व आवश्यक रहेको भन्दै वडा अध्यक्ष यादवले पोषिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुने हुँदा त्यसैलाई रोक्नका लागि सानो भए पनि सहयोगको रुपमा प्रदान गरिएको जानकारी गराए । मधेस प्रदेश सरकारको सहयोगमा नगरपालिका बाट उपलब्ध आमा र बच्चा दुवैलाई सुरक्षित पार्ने उदेश्यले सामानहरू वितरण गरेको यादवले बताउनु भयो । प्रदेश सरकार बाट उपलब्ध दाल(२ किलो, खिर(२ किलो, जाउलो(२ किला, हलुआ(२ किलो जस्ता पोषिलो सामग्रीहरु समेत समावेश रहेको वडा अध्यक्ष यादवले जानकारी गराउनु भयो । कार्यक्रममा सुनौलो हजार दिनका आमाहरु र सुत्केरीहरु गरेर १ सय ५० जना महिलाले सामाग्री पाएका थिए । सो नगरपालिकाको सबै वडामा पोषण सामाग्री वितरण गरिएको छ ।

 

आरके श्रीवास्तव,गरुडा,चैत २७ गते रौतहटको माधवनारायण नगरपालिकाकामा आगलागी पिडितलाइ राहत सामाग्री प्रदान गरिएको छ । एक कार्यक्रमका बिच नगर प्रमुख बैजनाथ प्रसाद यादवले राहत सामान वितरण गर्नु भएको हो । आइतवार सो नगरपालिकाको वडा नम्बर ४ माइधिया मानपुरमा भिषण आगलागी भएको थियो । जसमा २१ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । सोही आगलगीका पीडित परिवारहरुहरूलाई राहत समाग्री प्रदान गरिएको हो । आगलागी बाट पीडित परिवारहरुलाई प्रति परिवार एक एक थान ग्यास सिलेन्डर चुल्हो , चामल , दाल , झुल तथा भाडाबर्तन लगायतका साम्रागी हस्तान्तरण गरेका हुन् ।

स्मरणियहोस् विसुनपुर्वा मानपुर टोल वस्ने दिनकर मुखियाको खपडाको छानो भएको कच्चि घर र घरभित्र रहेको अन्नपात लत्ताकपडा, गर गहना, भाडाकुडा लगायत अन्दाजी मुल्य सत्र लाख वरावरको क्षति भएको थियो भने बिकाउ मुखिया खरको छानो भएको कच्चि घर र अर्को ईटाको पर्खाल भएको खरले छाएको घर र भरभित्र रहेको लत्ता कपडा, अन्नपात, गरगहना जली नष्ट भएको र बाख्रा–१ वटा, खसी–१ वटा जली मृत्यु भएको समेत गरी अन्दाजी मुल्य रु. आठ लाख बरबारको क्षति भएको थियो ।

सोही ठाउँ बस्ने नन्दलाल मुखियाको खरको छानो भएको कच्चि घर र घर भित्र भएको फर्निचर लगायत अन्दाजी मुल्य रु. दुई लाख,बलकेशिया देवी को खरको छानो भएको कच्चि घर र भरभित्र रहेको नगद तिन लाख, अन्नपात, लत्ताकपडा , गर गहना गरी अन्दाजी मुल्य नौ लाख,हरेशि मुखियाको खपडाको छानो, इट्टा सिमेन्टको पिलर भएको घरको कच्ची भाग र घरभित्र रहेको नगद दुई लाख , अन्नपात , (बाख्रा–१ मरेको) ,

गरगहना समेत गरि अन्दाजी मुल्य रु.आठ लाख,महेशी मुखियाको खरको छानो भएको कच्ची घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, गरगहना, फर्निचर, नगद रु.तीन लाख ÷ बाख्रा १ जलि मृत्यु भएको , अन्दाजी मुल्य रु.दश लाख, जोगिन्द मुखियाको कच्ची घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा,भाडाकुडा ग्याँस सिलिन्डर, नगद रु.पन्द्र हजार समेत गरी अन्दाजी मुल्य रु.पाँच लाख,नेमीलाल मुखियाको काठको कच्ची घर र घरभित्र रहेको अन्नपात,लत्ताकपडा भाडा कुडा, गयाँस सिलिन्डर, नगद रु. दुइ लाख सतरी हजार र अन्दाजी मुल्य आठ लाख ,जिनीस मुखियाको कच्ची घर र घरभित्र रहेको अन्नपात लत्ताकपडा,कागजपत्र, नगद रु.पचीस हजार समेत गरी अन्दाजी मुल्य रु.छ लाख,इन्द्र देव भगत मालिको खपडाले छाएको कच्ची घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा, नगद रु.एक लाख पचास हजार गरी जम्मा अन्दाजी मुल्य रु.सात लाख बराबरको क्षति भएको थियो ।

त्यस्तै साही ठाउँ बस्ने मोति भगत मालि भुस राख्ने कच्चि घर र घरभित्र रहेको १ वटा बाख्रा जलि मृत्यु भएको समेत गरी अं.मु. रु. तीन लाख, बद्रि भगत मालि भुस राख्ने घर पुर्ण रुपमा जलि नष्ट भएको, खपडाको छानो, ईटाको पर्खाल भएको घर आंशिक रुपमा क्षति भएको, खाना पकाउने कच्चि घर भित्र रहेको लत्ताकपडा, गरगहना गरी अन्दाजी छ लाख,विशाल भण्डारी खपडाको छानो भएको कच्चि घर आंशिक क्षति भएको अन्दाजी एक लाख,मनोज मुखियाको कच्चि घर पुर्ण जलि नष्ट भएको उक्त घरमा रहेको अन्नपात, गरगहना, भाडाकुडा लत्ताकपडा गरि अनदाजी मु.रु.पाँच लाख, रामविवेक रायको १तल्ले पक्कि घरको झ्यालमा सामान्य क्षति भएको अं.मु.रु.पचास हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्त सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार रौतहट जिल्ला भरीमा जम्मा अन्दाजी मुल्य एक करोड सोह्र लाख पैतीस हजार वरावरको धनमाल जली क्षति भएको र मानवीय क्षति नभएको बताए ।

 

विशाल बस्नेत,महोत्तरी, २७ चैत ।

 

महोत्तरीको बर्दिबास नगरपालिका वडा न.६ का वडा अध्यक्ष पदम आलेमगरले अतिक्रमण गरेको सडक खाली गर्न थालेका छन् । उनी अतिक्रमण गरेको सडक खाली गराउन डोजर लिएर निस्कन थालेका हुन् ।

वडाको हनुमानचोकदेखि बर्दिबास रातु पुलसम्म आउने सडकको दायाँबायाँ १०÷१० फिट सडक खाली गराएको अध्यक्ष मगरले जानकारी दिए । ‘सडकको दायाँबायाँ १०÷१० फिट सडक अतिक्रमण गरेर टहरा बनाउने, पशुचौपाया बाँध्ने जस्ता क्रियाकलाप गरिएको थियो । त्यसलाइ अहिले हटाउन थालिएको छ,’ वडा अध्यक्ष मगरले भने ।

सडक अतिक्रमण हुँदा सवारी दुर्घटना हुने गरेको थियो । वडा नम्बर ६ को हुलाकी सडक मानिएको हनुमानचोक  जाने सडकमा पछिल्लो दुई वर्षमा ६ जनाले ज्यान गुमाइसकेका छन् ।  ज्यान गुनाउनुको एउटै कारण  ४० फिटको सडकमा दायाँबायाँ स्थानीयहरुले १०/१० फिट अतिक्रमण गर्नु नै रहेको स्थानीय श्यामवावु यादव बताउँछन् ।

 

जिल्लाभरि नै  सडक अतिक्रमणको समस्या रहेका बेला वडा अध्यक्ष मगरले अतिक्रमित सडक खाली गर्न थालेका हुन् । एक महिनाअघि अतिक्रमण सडक खाली गर्न सातदिने सुचना निकालिएको थियो । तर, यसलाई बेवास्ता गरिएपछि वडा अध्यक्ष मगर आफैँ डोजर लिएर सडक खाली गराउन हिँडेका हुन् ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको बारा–२ बाट नेकपा एमालेका मधेश प्रदेश प्रदेश सहइन्चार्ज पुरुषोत्तम पौडेलले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेको माओवादी, कांग्रेस, लोसपा र एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली प्रतिस्पर्धीका रुपमा छन् ।

हेभिवेटको प्रतिष्ठासँगै जोडिएको कारणसर्वाधिक चासोको रुपमा हेरिएको बारा– २मा उम्मेदवारी दिएका एमालेका पौडेलले २०४३ मा भएको जनपक्षीय प्रधानपञ्चको निर्वाचनमा २० वर्षको उमेरमा पहिलोपटक तत्कालीन बाराको निजगढ गाँबिसबाट चुनाबमा जित हासिल गरेका थिए ।

बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पौडेल २०५१ मा तत्कालीन बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । तर, त्यसयता भएको २०५६ निर्वाचन र २०६४ को पहिलो संविधानसभासम्मको चुनाबमा पराजय भएका पौडेलले पराजयको यो क्रमलाई ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तोडे । पौडेल ०७० मा तत्कालीन बारा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भई पराजय यो क्रमको अन्त गरे । त्यसयता पौडेलले संसदीय चुनावमा मात्र होइन, पार्टीभित्रका चुनावमा पनि अहिलेसम्म पराजय व्यहोर्नुपरेको छैन । २०७० मा निर्वाचित भएका पौडेल युवा तथा खेलकुद मन्त्री समेत भए ।

उनै पूर्वमन्त्री पौडेलसँग न्युज कारखानाकर्मी इन्दीप कोइरालाले गरेको कुराकानीको सम्पादित अंश :

 

१० वैशाखको चुनाव संघारमा छ । कस्तो तयारी छ यसपटक ?

मेरो चुनावी क्षेत्र बाराको सबैभन्दा विकट क्षेत्र हो । कोहल्वी नगरपालिका–८, पचारौता र महागढीमाई गरी ३ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाईजस्ता विकट गाउँपालिका मेरो क्षेत्रमा पर्छन् । सबै ठाउँमा पुगेको छु । मतदातासँग भेटघाटमै व्यस्त छु । पहिले अहिले र जहिले पनि म यस क्षेत्र र बारामै हुन्छु । मतदाताहरूसँग भेटघाटको कार्यक्रममा छु ।

म अरूजस्तो पाँच वर्षमा एकपटक चुनावकै बेला मात्र आफ्नो क्षेत्र पुग्नेभित्र पर्दिनँ । म आफैँ मेरो क्षेत्रका विभिन्न ठाउँमा पुगिरहेको हुन्छु । म पुग्न नसक्दा मेरा प्रतिनिधिहरू परिचालन गर्छु । कहाँ के समस्या छ ? कसलाई के सहयोग गर्नुपर्नेछ ? म बुझिरहेको हुन्छु । मेरो जिम्मेवारी मैले बुझेको छु । म जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेको हो । मैले राजनीतिलाई पेसा बनाएको छैन । त्यसकारण म सधैँ नागरिककै माझमा छु ।

 

यही क्षेत्रमा पहिलेपटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कस्तो अनुभव भइरहेको छ ?

 

म ०५१ सालको निर्वाचनमा यस क्षेत्रको केही भूभाग रहेको तत्कालीन बारा ३ थियो जुनबोलामा म निर्वाचित भएको थिएँ हाल सो भुभाग बारा क्षेत्र नम्बर २ मा पर्छ । ०७० पछि म चुनाबमा भाग लिएको थिईन तर, पार्टीले मेरो आवश्यकता फेरि पनि यसै क्षेत्रमा महसुस गरेकाले प्रतिनिधिसभाको उपनिर्वाचनमा यस क्षेत्रबाट उमोदवारी दिएको हुँ । प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छु । यसअघि मलाई मतदाताहरूले दिनुभएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको थिएँ । अहिले फेरि त्यही जिम्मेवारी मलाई छ । मैले हिजोको दिनमा जस्तै यस क्षेत्रका जनताको आर्थिक, सामाजिक परिवर्तनका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउनेछु ।

हो, हामीले व्यवस्था त परिवर्तन गर्यौ तर जनताको अवस्था परिवर्तन गर्न भने सकेनौँ । उनीहरूको मुख्य गुनासो भनेकै अवस्था परिवर्तनसँग जोडिएको छ । एमालेले यस क्षेत्रको विकासमा कुनै कसर बार्की राखेको छैन । त्यसैले जनतामा त्यति धेरै उत्साह देखिएको छ । आगामी दिनमा समेत जनतामा आशा र भरोसा जगाउन हामीले धेरै काम गर्न बाँकी छ ।

 

विगतका सम्झनालायक के–के काम गर्नुभयो?

 

पछिल्लो समय सरकारमा हामी आफैँ सहभागी भएपछि भने हामीले यस क्षेत्रको लागि धेरै गर्न सकेको जस्तो लाग्छ । मैले आफूले सकेको अधिकतम गाउँमुखी बजेट ल्याउन सकेको छु । प्रतिनिधिसभा सदस्य नहुदाँ समेत बाराका बिभिन्न नगरपालिका र गाउँपालिकामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षामा बजेट ल्याएका छौँ ।

यस क्षेत्रका विकट स्थानमा बसोबास गर्ने सर्वसाधारणका लागि प्रत्येक वर्ष जाडोमा न्यानो कपडा, चाडपर्वको समयमा खाद्यान्न, बाढीपहिरोजस्ता प्राकृतिक र रोगब्याधीका समयमा आवश्यकताका आधारमा आर्थिक सहयोग, बेरोजगार युवालाई रोजगारीको व्यवस्था आफ्नै निजी लगानी र पहलमा पनि गरेको छु ।

 

आगामी दिनमा तपाईंका प्राथमिकता के–के छन् ? तपाईं यस क्षेत्रको बलियो दाबेदार पनि हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य बन्नुभयो भने तपाईंको भूमिका कस्तो हुन्छ ?

मैले अघि पनि भनेँ, म राजनीतिलाई पेसा बनाएर आएको हैन । म राजनीतिमा रहुन्जेल जे गर्छु, त्यो जनपक्षीय हुन्छ । जनताको भावना र आवश्यकता अनुसार गर्छु । त्यसकारण मेरो प्राथमिकता भन्दा पनि मेरो चुनावी क्षेत्रका जनताको प्राथमिकतामा मैले काम गर्ने हो । मैले जनतालाई सर्वोपरि मानेर काम गर्दै जाने हो । पदमा हुँदा वा नहुँदा दुवै समय मैले निरन्तर जनताको हितमा काम गरेको छु र गर्छु । यो मेरो प्रतिबद्धता हो ।

मेरो क्षेत्रमा बसोबास गर्ने मतदाताहरुको आर्थिक अवस्था कमजोर छ । सामाजिक चेतनाको कमी छ । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नुपर्ने छ । मैले अवसर पाए भने प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने कुरामा दुईमत छैन । मलाई आम मतदाताले त्यसको लागि विश्वास र भरोसा गर्नुपर्यो ।

प्रतिनिधिसभाको जिम्मेवारी पाउँदा विकासलाई नयाँ उचाइमा पुर्याउन काम गर्नेछु । गरिब केन्द्रित, गाउँमुखी, सेवामुखी, न्यायमुखी र आयमुखी काममा अघि बढाउने छु । सरकारले गरिब छोराछोरीलाई निःशुल्क शिक्षा दिने र सबै गरिब तथा विपन्नहरूको निःशुल्क स्वास्थ्य बिमा गने नीतिका निम्ती काम गर्ने छु ।

 

यहाँका अरू प्राथमिकता के–के छन् ?

 

बारा क्षेत्र नम्बर–२ मा संभावना नै संभावना छन् । यद्यपि, विकासको दृष्टिले पछाडि परेको छ । यो क्षेत्रको विकासको लागि एमाले नै चाहिन्छ भन्ने यहाँका जनताको आशा र भरोसा छ । विश्वप्रसिद्ध महागढीमाईको मन्दिर यही क्षेत्रमा छ । यो मन्दिर क्षेत्रको विकास गरेर यो समग्र क्षेत्रकै विकास गर्न सकिन्छ । महागगढीमाई मन्दिरमा जाने सडक र अन्य क्षेत्रको पूर्वाधार निर्माणको विकास मेरो प्राथमिकता हो ।

अहिले हेर्ने हो भने यहाँ शिक्षा, स्वास्थ्य, बाटो, खानेपानी सबैको समस्या देखिएको छ । अहिले पनि आर्सेनिक भएको ट्युवेलको पानी खान बाध्य छन् यो क्षेत्रका जनता । उत्पादन वृद्धिलगायतका विषयमा पनि कुनै योजना बनेको देखिदैँन । किसानलाई सहुलिय र मजदुरलाई अवसरको खाँचो छ । यहाँ अहिलेसम्म भएको भनेको क्षेत्रीय र जातीय विभाजनको कुराले मात्रै बढी प्राथमिकता पाएको छ । यो सकारात्मक कुरा होइन । अब यहाँको जनताको मुहारमा खुशी ल्याउन, यहाँका मजदुरलाई अवसर दिन, किसानलाई सहुलियत दिन गफ होइन काम गर्नुपर्ने छ । त्यो एमालेले मात्रै गर्नसक्छ । यो विश्वास यहाँका जनताले पनि गरेका छन् ।

मैले त्यस क्षेत्रको पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्रको विकासका लागि काम गरेको थिएँ । त्यही भएर मैले क्षेत्र परिवर्तन गरेर गठबन्धनको विरुद्धमा एक्लो चुनावी प्रतिस्पर्धामा रहँदा पनि जित्न सफल हुन्छु भन्ने विश्वस्त छु । अघिल्लोपटक मलाई मतदाताले माया गर्नुभयो । मलाई अहिले पनि मतदाताबाट त्यही माया पाउँछु भन्ने विश्वास छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।