२०८३ बैशाख २४
२०८३ बैशाख २४

आरके श्रीवास्तव,गरुडा,वैशाख ०४ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा पशु स्वास्थ्य शिविर सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुर दोस्तियामा आजदेखि सुरु भएको शिविरबाट हजारौं किसान परिवार लाभान्वित हुने भएका छन् । कार्यवाहक नगर प्रमुख अम्बेया खातुन एक कार्यक्रमका बिच सो शिवरको उदघाटन गर्नु भएको छ ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको सहयोगमा उक्त शिविर आयोजना गरिएको हो । बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका खोप चलाइएको नगर प्रमुख खातुनले जानकारी गराएकी हुन् ।

सो शिविरमा भैंसी,बाख्रा,गोरी लगायतका पशुहरुमा भैक्सीन चलाइएको हो । का.वा. मेयर खातुनको पहलमा नगर स्तरीय योजना बाट सो शिविर सञ्चालन भइरहेको छ । फतुवा बिजयपुर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को पशु स्वास्थ्य शिविरबाट विभिन्न पशु तथा पंक्षीहरुको चेक जाँच गरिएको छ ।

शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा समेत जानकारी र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएको शिविरमा सहभागि चिकित्सकहरुले बताए । सो अवसरमा प्रदेश सांसद प्रत्यासी मो.शेराज लगायत स्थानिय भद्रभलादमी किसानहरुको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,देवाहीगोनाही,वैशाख ०४ गते
रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिका वडा नम्बर ४ करूनिया घाट स्थित लाल बकैया पुलको निमार्ण कार्यमा गुणस्तरहीन सिमेन्ट प्रयोग भईरहेको पाईएको छ । सो पुलको निमार्ण कार्यमा गुणस्तरहिन सिमेन्ट(डल्लो परेको) सिमेन्ट प्रयोग गर्न ट्रैक्टरमा लोड गरि सिमेन्ट लगिरहेको अवस्थामा आईतवार बिहान स्थानीयहरूले ट्रैक्टर नियन्त्रणमा लिएका हुन् ।

स्थानीय बासीहरूले ट्रैक्टर आफ्नो नियन्त्रमा लिई कामलाई बन्द गराएको वडा नम्बर १ का पूर्व वडा अध्यक्ष शेख नुरूलाहले बताएका छन् ।
उनका अनुसार यसअघि संघीय सांसद किरण साह, देवाहीगोनाही नगरपालिकाकी उप प्रमुख परनिया देवी पटेल सहितको टोलीले अनुगमन समेत गरेको थियो । सो क्रममा ४ सय ५० बोरा सिमेन्ट सेट भई सकेको सिमेन्ट बरामद भएको थियो । खराब भएको सिमेन्ट प्रयोग नगर्ने शर्तमा त्यही छोडिएको थियो । तर ठेकेदारले जानीजानी रातिराति काम गराई ती सबै खराब भएको सिमेन्ट ढलान गर्ने क्रममा प्रयोग गरेको आरोप लगाईएको छ ।

स्थानीयहरुले गुणस्तरीय सिमेन्टको प्रयोग गरे मात्र काम हुन दिने अडान लिएका छन् ।
लाल बकैया पुलमा म्याद सकेको तथा ढुंगा बनेको सिमेन्ट रात्रिको समयमा प्रयोग गरि पुल निमार्ण कार्य भैरहेको स्थानीयबासीको आरोप छ ।
सो पुल करिब १९ करोड भन्दा बढि रुपैयाँको टेन्डरमा निमार्ण भईरहेको छ । बिकास ब्रदर्श निर्माण कम्पनीले सो ठेक्का पट्टा सकार गरि काम गरिरहेको छ ।
यता सडक डिभिजनका इन्जीनियर भन्छन् हामीलाई त्यसबारे केही जानकारी छैन् । आज थाह पाए लगतै सो सिमेन्टलाई हटाएर गुणस्तरीय सिमेन्टको प्रयोग गर्न भनेका छौँ । सबै समय नाघेका सिमेन्टहरुलाई फिर्ता गरि नयाँ बोरा लगाईने उनले बताएका छन् । कमसल सिमेन्ट प्रयोग भई काम भईसकेको ठाउँमा तोडर पुनः काम गराईने स्थानीयवासी लाई आश्वासन दिएका छन् ।

इन्दीप कोइराला
बारा, ४ वैशाख । बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय  ९८ पुगेको छ ।

यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुन लागेको हो । गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा–२ मा जसपाका रामसहाय प्रसाद  यादवले चुनाव जितेका थिए ।

यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उमेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पधीका रुपमा छन् ।

यादब यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका कारण अबसर खोज्दै बारा आएका यादबलाई यो पटक समेत सिके राउतको पार्टी भारी पर्ने देखिन्छ । यादब त्यहीँ कारण समेत अहिले मतदाताको घर देखि बारी सम्म भोट माग्दै गरेको देखिन्छ । मधेशका मुर्दाका कारण सधै जनताको साथ पाएका यादबले पद र सत्तमा मधेशका मुर्दा भुल्दा यादबको बहुलिएता भएको यस क्षेत्रमा समेत उपेन्द्र यादवलाई सजिलै विश्वाश गर्न वतावरण भने छैन । तर यादब भने आफुलाई जनताले मत दिनेमा आफू विश्वत रहेको दावी गर्छन् ।

यिनै यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए । मधेशमा पछिल्लो समय उदाएको सिके राउतको पार्टी जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको मत आफुतर्फ आर्कषित गर्ने रणनीति लिएको देखिन्छ सोही कारण कुशवाहाले राउतलाई सगै लिएर चुनावी प्रचारमा छन् । सिके राउतको पछिल्लो क्रेजलाई उनले आफ्नाे मतमा परिवर्तन गर्ने प्रयासमा छन् ।

शिवचन्द्र कुशवाहासमेत पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन् । कुशवाहाले गत निर्वाचनमा बारा २ मा १३ हजार ४ सय ६८ मत पाएका थिए ।

यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाका कारण यस क्षेत्रमा हाेमिएको देखिन्छ । कमजोर पार्टी संगठन र कार्यकताका करणका बाबजुद उम्मेदवारी दिएका खरेल कमजोर देखिए पनि उनि तिब्र चुनाबी प्रचारप्रसारमा छन् ।

यता पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् ।  २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।

बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

मुकेश कुमार यादव, सिरहा, ४ वैशाख।

सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।   सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो।

ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशेषले घरमै राखेको ५० हजार नगद जल्यो, सबैको मिलाउँदा ५० लाखभन्दा बढीको क्षति भएको छ।’

उनीहरुले रातको समयमा भएकाले घरमा रहेको केही सामान निकाल्न नसकेको बताए। बुधेश्वरले भने, ‘हामीसँग बाँकी भनेको लगाएको लुगामात्र हो, पानी पिउन एउटा भाँडासमेत छैन, कहाँ बस्ने के खाने अन्यौल भइरहेको छ।’

राति करिब ११ बजेबाट सुरु भएको आगलागी सिरहा र गोलबजार नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीले करिब २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।

आगलागी पीडितहरुले आफूहरुलाई तत्काल दैनिक उपभोगका अतिआवश्यक सामाग्रीको खाँचो रहेको बताए। उनीहरुले त्यसको लागि स्थानीय सरकार र मनकारी हातहरुसँग सहयोगको अपेक्षा गरेका छन्।

त्यसैगरी,  सिरहा नगरपालिकाको प्रशासनिक भवनमा आगलागी भएको छ। आगलागीका कारण कार्यालयमा रहेको बिलभर्पाइसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ। विद्युत् सर्टभएर आगलागी भएको भनिए पनि आगलागीको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

इन्दीप कोइराला,बारा, ४ वैशाख ।

बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय  ९८ पुगेको छ । यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुन लागेको हो । गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा–२ मा जसपाका रामसहाय प्रसाद  यादवले चुनाव जितेका थिए ।

यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उमेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पधीका रुपमा छन् ।

यादब यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका कारण अबसर खोज्दै बारा आएका यादबलाई यो पटक समेत सिके राउतको पार्टी भारी पर्ने देखिन्छ । यादब त्यहीँ कारण समेत अहिले मतदाताको घर देखि बारी सम्म भोट माग्दै गरेको देखिन्छ । मधेशका मुर्दाका कारण सधै जनताको साथ पाएका यादबले पद र सत्तमा मधेशका मुर्दा भुल्दा यादबको बहुलिएता भएको यस क्षेत्रमा समेत उपेन्द्र यादवलाई सजिलै विश्वाश गर्न वतावरण भने छैन । तर यादब भने आफुलाई जनताले मत दिनेमा आफू विश्वत रहेको दावी गर्छन् ।

यिनै यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए । मधेशमा पछिल्लो समय उदाएको सिके राउतको पार्टी जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको मत आफुतर्फ आर्कषित गर्ने रणनीति लिएको देखिन्छ सोही कारण कुशवाहाले राउतलाई सगै लिएर चुनावी प्रचारमा छन् । सिके राउतको पछिल्लो क्रेजलाई उनले आफ्नाे मतमा परिवर्तन गर्ने प्रयासमा छन् ।

शिवचन्द्र कुशवाहासमेत पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन् । कुशवाहाले गत निर्वाचनमा बारा २ मा १३ हजार ४ सय ६८ मत पाएका थिए ।

यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाका कारण यस क्षेत्रमा हाेमिएको देखिन्छ । कमजोर पार्टी संगठन र कार्यकताका करणका बाबजुद उम्मेदवारी दिएका खरेल कमजोर देखिए पनि उनि तिब्र चुनाबी प्रचारप्रसारमा छन् ।

यता पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् ।  २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।

बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

राैतहट, ४ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भू-माफियाले हत्याएपछि मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ ।

मर्धर सिमसार क्षेत्रमा बसेको स्थानीयहरुको भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समिति गठन गरेको स्थानीय युवा सुदिप गिरीले जानकारी दिएका छन् । समितिको सहसंयोजकमा राजन कार्की र सचिवमा सरोज बछार रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा सुदिपराज गिरी, थिर कुमारी कार्की, सबिता आचार्य, राजु पराजुली, धुब्र घिमिरे, अमृत सापकोटा, जोखन बिक, शेरबहादुर तामाङ, थलराज भारती, तेजबहादुर महत, जंगबहादुर थापा, कुमार पहाडी, बिनोद कार्की, र बिद्या सापकोटा रहेका छन् ।

समितिले सिमसार क्षेत्रको संरक्षणको लागी सोमबारदेखि नै नगर प्रमुख लगायतका जनप्रतिनिधिहरुसँग छलफल गरेर काम अगाडि बढाउने संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिएका छन् ।  समितिले सोमबार १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरुसँग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक आचार्यले बताए ।

जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भू- माफियालले आफ्नो नाममा गरेपछि स्थानीय नागरिकहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । भू- माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठ्ठाका दरले २० टुक्रा गरेका छन् ।

मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गरेकाछन् ।

रन्धिर साह,देवाहीगोनाही,वैशाख ०३ गते

रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच गाउँको पोखरी अभिभावक विहिन भएको छ ।

आज ९आइतबार० विहानैदेखि गाउँका अधिकाश व्यक्तीहरु मिलेर पोखरीको माछा समात्ने गरेको तथा पोखरी नष्ट गर्ने नियतले प्रस्तुत भएको स्थानीय बासिले जनाएका छन् ।

सो पोखरी गाउँको दुर्गा माताको मन्दिर अगाडि रहेको करिब २,३ विघा क्षेत्रफलमा फैलिएको हो ।

पोखरीलाई व्यवस्थीत गर्ने उदेश्यले वडा नम्बर ६ का वडा अध्यक्ष विष्मुकुमार दासले टेन्डर प्रक्रियामा लगिएको थियो । तर, राजनितिक शडयन्त्रका कारण पोखरी कुनै निणर्य न भैइ अभिभावक विहिन बनेको उनले बताएका छन् ।

टेन्डर प्रक्तियामा लैजादा १६ लाख ५१ हजार रुपैयाँको बोली लागेको साथै कुनै बोली नलागेपछि १२ लाख ५१ हजार रुपैया तोकदा एक जानाले १३ लाख ५० हजार लगाएको थियो पछि सोहि गाउँको व्यक्तले ४० लाख बोली लगाएपछि बोली स्थिगीत भई विवाद भएको अध्यक्ष दासले बताएका छन् । अब सो पोखरीको टेन्डर प्रक्तियामा अब नगरपालिकाले लैजाने बताएका छन् ।

आरके श्रीवास्तव,गरुडा,३ गते बैशाख ।

रौतहट जिल्लाको एक पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको ठाउँमा उपसचिवको आगमन भएको छ ।जिल्लाको गुजरा नगरपालिकामा हाकिम परिवर्तन गरिएको छ । सो नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् । गुजरा नगरपालिकाले नयाँ कार्यालय प्रमुखमा प्रशासकीय अधिकृतको रूपमा उपसचिव राज कुमार अधिकारी आएका हुन ।

आइतबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख सन्तलाल चौधरी तथा उपप्रमुख रत्न लामासहित वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा (उप–सचिव) अधिकारीलाई टीका माला र खादा ओढाएर स्वागत गरि कार्यालयमा हाजिर गराएका हुन् । फाल्गुन १६ गते नियुक्त भएका अशोक कुमार महर्जन २ महिना भित्र नै उनको वहिर्गमन भएको छ । यस अघिका कार्यालय प्रमुख महर्जनको ठाउँमा अधिकारी आएपछि स्थानीय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।

आरके श्रीवास्तव,गरूडा,वैशाख ०३ गते

राैतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मा रहेको श्री आधारभूत बिधालय मेवामा चार कोठे भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे आईतवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको प्रधानाध्यापक प्रमाेद कुमार साहले जानकारी गराउनु भयाे । साे वडाका वडा अध्यक्ष रामईश्वर राय यादवले शिलान्यास गर्नु भएको हाे । वडा अध्यक्ष यादवकाे विशेष पहल र प्रधानाध्यापक साहकाे सक्रियतामा साे भवन निर्माण हुन लागेकाे हाे ।

भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभावमा केही समाधान हुने भएको छ । फतुवा बिजयपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे छ । साे अवसरमा निर्माण समितिका अध्यक्ष रामविश्वास राउत,वडा सदस्य रमेशर साह,कार्यपालिका सदस्य कामेश्वर पंडित,नगरपालिकाका ई.फिराेज आलम,प्राविधिक सहायक ओमप्रकाश यादव,शिक्षक रामप्रवेश साह लगायत शिक्षक-शिक्षिका,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख

प्रेस चौतारी नेपाल रौतहट शाखाको बिस्तारित बैठक सम्पन्न भएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लाको बौद्धीमाइ नगरपालिकामा चौतारीको बैठक बसेको थियो । चौतारीका जिल्ला अध्यक्ष उतम कुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा मिसन ग्रासरुट अभियानका प्रतिनिधी गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता रह्नु भएको थियो ।

बैठकमा मुख्यतया तीन वटा विषयमा छलफल भएको थियो । प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष फणि महतको उपचरार्थ आर्थिक सहयोग सम्बन्धमा,नेपाल पत्रकार महासंघमा चौतारीका सदस्यहरुलाइ सदस्यता तथा शुद्धिकरण सम्बन्धमा,नेपाल पत्रकार महासंघको आगामी चुनावी रणनिती सम्बन्धमा छलफल गरिएको थियो ।

छलफल पछि महतको उपचारको लागि चौतारीको तर्फ बाट ५१ हजार नगद सहयोग गर्ने,सदस्यता र शुद्धिकरणको लागि अवाज उठाउने,चौतारीका सदस्यहरु क्रियाशील रहि महासंघमा आफनो प्रतिनिधीत्व गर्नेगरी आगामी कदम चाल्ने सर्वसहमती बाट निर्णय गरिएको चौतारीका जिल्ला सचिव मुकेश कुमार साहले जानकारी गराउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथी गुप्ताले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले एमाले सरकारका पालामा भएका राम्रा र महत्वपूर्ण कामहरुको प्रचार गर्दै अहिले पनि स्थानीय तहमा रहेका एमालेका जनप्रतिनिधीले गरेका महत्वपूर्ण कामको समाचार बाहिर ल्याउनुपर्ने बताउनुभयो । साथै वहाँले सदरमुकाम गौरमा प्रेस चौतारी रौतहट शाखाको कार्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वक्ताहरुले प्रेस चौतारीलाई उत्कृष्ट, ससक्त र व्यावसायीक पत्रकारहरुको संस्था बनाउनका लागि सबैले लाग्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा प्रेस चौतारीका केन्द्रिय सचिव कमल कुमार उपाध्याय,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने,महासंघका प्रदेश महासचिव श्याम बन्जरा,प्रेस चौतारीका केन्द्रिय सदस्य

अच्यूत पौडेल,महासंघका प्रदेश कमिटि सदस्य शैलेन्द्र झा,चौतारी मधेश प्रदेश महासचिव गौतम श्रेष्ठ ,केन्द्रीय सदस्य संजय मिश्र,प्रदेश सदस्य अशोक पहाडीसहित चौतारीमा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला सचिव मुकेश कुमार साहले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य चौतारीका रौतहट ईन्चार्ज रमेश तिमल्सिनाले राख्नु भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।