२०८३ बैशाख २४
२०८३ बैशाख २४

इन्दीप कोइराला

बारा, १२ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भईरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसंग प्रतिक्रिया दिनेछु । ’

 

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन्’ । यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।

 

मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् ।

 

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् ।

 

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन् ।

 

रौतहट, १२ वैशाख । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माधवनारायण नगरपालिका-६ माधोपुर बस्ने २३ वर्षीय दिपेश भन्ने मन्त्रीबाबु राय र राजदेवी नगरपालिका-६ मोहनपुर बस्ने २१ वर्षीय राजा भन्ने राजाबाबु पटेल रहेका छन् ।

 

मन्त्रीबाबु रायले परोहा नगरपालिका-३ तेजापाकड बस्ने ३० वर्षीय पुरूषलाई गत शनिबार आफ्नो घरमा बोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरास्थितमा रहेको रक्सी भट्टी पसलमा लगेको र उक्त पसलमा ८/९ जनाको अज्ञात व्यक्तिहरुले ती पुरूषलाई अपहरण गरी बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्नुका साथै फिरौती वापत चार लाख रुपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पीडित र अपहरणकारीहको खोजी गर्ने क्रममा आइतबार बिहान पीडितलाई सर्लाहीको बलरा भन्ने स्थानबाट भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी अपहरणकारीमध्ये राजाबाबु पटेल र मन्त्रीबाबु रायलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरू उपर अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

इन्दीप कोइराला

बारा, १२ वैशाख । तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ । तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् ।

 

तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार आठ सय ८३ मतले चौथो स्थानमा छन् । उनीभन्दा अगाडि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुश्ववाहा दोस्रो र एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन् ।

 

खरेलले कोल्हबी नगरपालिकाको ८ नम्बर वडामा अन्य दलका उम्मेदवारभन्दा बढी मत प्राप्त गर्दा करैयामाई र सुवर्ण गाउँपालिकाको वडामा प्रतिस्पर्धात्मक मत पाएनन् ।

इन्दीप कोइराला

बारा, १२ वैशाख । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पछि परेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई धन्यवाद दिएका छन् । उम्मेदवार पौडेलले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई मतदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

‘निर्वाचन प्रचारको क्रममा क्षेत्र भरिका आदरणीय जनसमुदायसँग मत मागियो, नेकपा एमालेको तर्फबाट सफल निर्वाचन प्रचार अभियान चलाइयो । ठुलो संख्यामा मतदाताहरुसँग भेटघाट गरियो । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओली स्वयंम चुनावी कार्यक्रममा सहभागीता जनाउनु भयो । फेरि पनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन र अझ मेहनत गर्न भनिरहेको अवस्था छ,’ पौडेले भनेका छन् ।

 

‘अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाटकाँट देखिएको छैन । यो उपनिर्वाचनले जे जस्तो परिणाम दिए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिवाट आएको जनादेशलाई स्वीकार गर्दछौ र आफुलाई समीक्षा गरेर जुन सुकै अवस्थामा पनि आफ्नो जिम्वेवारीबाट पछि हट्दैँनौ । हामी आफुमा रहेका कमी कमजोरी हटाउदै आफैलाई पुनर्गठित गरेर अघि बढ्न संकल्पवद्ध छौ ।’ उनले फेसबुक लेखेका छन् ।

बैशाख १२
बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मत गणना जारी छ।

पछिल्लो परिमाणअनुसार जनता समाजावदी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलो बनाएका छन्।

जसपा अध्यक्ष यादव ११ हजार ४ सय ३५ मतका साथ अगाडि हुँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले ७ हजार ४ सय ६३ मतका साथ उनलाई पछ्याइरहेका छन्।

यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेल ४ हजार २ सय १५ मतसहित तेस्रो स्थानमा छन्। बारा २ को मतगणना जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा भइरहेको छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ आइतबार उपनिर्वाचन गरिएको हो।

कूल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएका छन्।

यसैबीच उपनिर्वाचन भएका अन्य क्षेत्र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले विजयी भइसकेका छन् भने चितवन २ मा रास्वपाकै सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ अगाडि छन्। उनको जित निश्चित भइसकेको छ।
सभार नेपालखबर

वीरगन्ज, वैशाख १२ गते । बारा क्षेत्र नम्बर २ को मङ्गलवार बिहान ८ बजेसम्म भएको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्नु भएको छ ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार यादवले १० हजार ४७८ मत ल्याउनु भएको छ भने उहाँलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले सात हजार ४० मत ल्याएर पछ्याइरहनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार १४४ मत ल्याएर तेस्रो स्थानमा रहनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश प्रसाद खरेल एक हजार ८८३ मत ल्याएर चौथो स्थानमा रहनु भएको छ ।

त्यस्तै गरी आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले ५९९ ल्याई पाँचौँ स्थानमा रहनु भएको छ । यसअघि बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका राम सहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित हुनु भएपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो । सभार गोरखापत्र अनलाइन

आरके श्रीवास्तव,गरूडा,वैशाख ११ गते
रौतहटको कटहरिया नगरपालिकाको सामुदायिक बिधालयहरूमा पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको छ । आज सो नगरपालिकाको वडा नम्बर ७ स्थित रहेको श्री माध्यमिक बिधालय बगहीमा बिधार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको छ । एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष सहिद आलमले बिधार्थीहरूलाई पुस्तक वितरण गर्नु भयो ।

सो बिधालयमा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यकपर्ने सबै पाठ्यपुस्तक आइपुगेको र वितरण कार्यपनि आज बाट सुरु गरिएको प्रधानाध्यापक सरोज साहले बताउनु भयो । सो बिधालयमा करिब ९ सय भन्दा बढी बिधार्थीहरू अध्ययनरत छन् । सोमबार बिधालयका कक्षा ९ र १० मा पढ्ने बिधार्थीहरूलाई पुस्तक वितरण गरिएको छ भने भोली कक्षा ६,७,८ र पर्सि कक्षा १ देखि ५ सम्मका बिधार्थीलाई वितरण गरिने उनले बताए ।

सो अवसरमा कटहरिया वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह,शिक्षा सह–संयोजक सुरेन्द्र ठाकुर पूर्व प्रअ सुदामा राय यादव,निर्वाचित वडा सदस्य,शिक्षक, शिक्षिका,बिधार्थीहरू लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

बज्जिकाञ्चल,रौतहट,वैशाख ११ गते
रौतहटमा दुइजना अपहरणकारीलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजदेवी नगरपालिका वडा नम्बर ६ मोहनपुर बस्ने अन्दाजी बर्ष २१ को राजा भन्ने राजाबाबु पटेल र दिपेश भन्ने मन्त्रीबाबु राय रहेका छन् ।

यसरी भएको थियो घटना ।
जिल्ला प्रहरी कार्यालय रौतहटका नि.सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार शनिवार साँझ ७ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ६ माधोपुर बस्ने अन्दाजी बर्ष २३ को दिपेश भन्ने मन्त्रीबाबु रायले परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकड वस्ने अन्न्दाजी बर्ष ३० को राज कुमार महतो भन्ने हिरामन महतोलाई आफ्नो घरमा बोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरा स्थितमा रहेको रक्सी भट्टी पसलमा लगि ८÷९ जनाको अज्ञात व्यक्तीहरु सोही रक्सी भट्टीमा आई हिरामन महतोलाई अपहरण गरि बन्धक बनाई कोठा भित्र राखि हात खुट्टा बाधी पेस्तोल देखाई कुटपिट समेत गरेका थिए ।
अपहरणकारीहरुले पिडितको घरमा फोन गरि फिरौती वापत चार लाख रुपैयाँ माग गरेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुना साथ प्रहरी टोलीले पिडित र अपहरणकारीहरुलाई खोजतलास गर्दै जाने क्रममा भोली पल्ट विहान ०९ः०० बजेको समयमा पिडितलाई सर्लाही जिल्लाको बलरा भन्ने स्थानबाट भारत तर्फ लैजान लागेको गोप्य सूचना प्राप्त हुना साथ तत्काल सो स्थानमा प्रहरी टोली खटी गई खोजतलास गरेको थियो ।
खोज्दै जाँदा जिल्ला सर्लाही बलरा न.पा. वडा नं. ३ स्थित रहेको नेपाल भारतको सिमामा पुग्दा ८÷९ जना पुरुष व्यक्तीहरु शंकास्पद रुपमा भाग्न लागेको देखी उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा अपहरणकारीहरु मध्ये जिल्ला रौतहट राजदेवी न.पा. वडा नं. ६ मोहनपुर बस्ने अन्दाजी बर्ष २१ को राजा भन्ने राजाबाबु पटेल र दिपेश भन्ने मन्त्रीबाबु राय समेतलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरुमाथि सोमबार अपहरण शरिर बन्धक तथा ज्यान मार्ने उधोग मुद्दा दर्ता भई आज सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद लिई कानुन बमोजिम अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

आरके श्रीवास्तव,गरुडा,११ गते बैशाख ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वडा ९ आकडपाथड टोलमा सामुदायिक भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रम बिच नगर प्रमुख बिनोद प्रसाद कुर्मीले शिलान्यास गर्नु भएको हो ।

सामुदायिक भवन निर्माणका लागि वडा स्तरीय योजनाबाट पारित भएको र यसको कुल लागत २० लाख बजेट रहेको तथा सो बजेट बाट दुई कोठे भवन निर्माण हुने मेयर कुर्मीले जानकारी गराएका हुन् ।

सो भवन निर्माण भएपछि बिहे, ब्रतबन्धन, भोजभतेर वा सामूहिक समाजमा कुनै कार्य गर्न खोज्दा व्यवस्थित ठाउँ पाउन नसकेर कठिनाइको सामना गर्नु पर्ने बाध्यता थियो । अब त्यो समस्या अन्त्य हुने भएको छ । र त्यस्कै मध्यनजर गरी निर्माण कार्यलाई अगाडि बढाइएको उनले बताए । यसबाट वडावासीहरुलाइ प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । भवन निर्माण हुने भएपछि स्थानियहरु हर्षित भएका छन् ।

सो अवसरमा वडाअध्यक्ष शेख प्रबेज आलमको ,वडाअध्यक्ष रवीन्द्र साह, उपभोक्ता समितिका अध्यक्ष लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,गरुडा,वैशाख ११ गते ।

रौतहटको देवाहीगोनाही नगरपालिका ३ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । वडा अध्यक्ष संजय प्रसाद पटेलले बिधिवत रूपमा पुजापाठ गरि नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गर्नुभयो ।भवनको उदघाटन गर्दै वडा अध्यक्ष पटेलले वडाको विकासको निम्ति निरन्तर लागिपर्ने बताउनुभयो । उनले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र प्रसाद साहले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । देवाहिगोनाहि नगरपालिका र जिल्ला समन्वय समितिको सहकार्यमा कुल ३२ लाख ७२ हजार रुपैयाँ खर्च भएको अधिकृत साहले बताउनु भयो ।सो उद्घाटन कार्यक्रममा उपमेयर परनिया देविपटेल,प्रमुख प्रशािकिय अधिकृत सिकेन्दर साह ,पुर्व मेयर धर्मेन्द्र पटेल , वडा अध्यक्ष उपेन्द्र यादव, बिरबहादुर साह, उपेन्द्र साह, जिल्ला समन्वय समिति को पुर्व उपसभापति राम अशिस यादव, प्रहरी , संचारकर्मी सहित ब्यक्तिहरूको सहभागिता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।