बज्जिकाञ्चल संवाददाता,गरुडा,जेष्ठ ०३ गते
रौतहटको गरुडा नगरपालिकामा नगर स्तरीय जनस्वास्थ्य प्रयोगशाला आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ४ मा रहेको स्वास्थय चौकी गरुडाको भवनमा एक कार्यक्रमका बिच नगरप्रमुख कन्थमनी जयसवालले समुद्धघाटन गर्नु भयो ।
बुधवार आयोजित विशेष समारोहमा गरुडा नगरपालिकाका नगरप्रमुख जयसवालले प्रयोगशालाको उदघाटन गरेका हुन् । प्रदेश सरकारको सहयोगमा लाखौं मूल्य बराबरको ल्याब सामाग्री ल्याएर सो प्रयोगशाला सञ्चालनमा आएको हो ।
सो जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले नगर प्रमुख जयसवाल लाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् ।
ल्याब सेवा सुचारु भएछि नगर भरीका महिला, बृद्धबृद्धा लगायतका बिरामीलाइ थप सहज हुने नगर प्रमुख जयसवालले बताउनु भयो । यस अघि ल्याब सेवाका लागि अन्यत्र निजी क्लनिकमा जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ ।
सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने र आम नागरिकलाइ सहयोग पुग्ने मेयर जयसवालले बताउनु भयो ।
उक्त उद्धघाटन समारोहमा सो वडाका वडा अध्यक्ष सुनिल कुमार जयसवालको अध्यक्षतामा भएको थियो । जसमा गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरी,गरुडा नगरपालिकाको वडा नम्बर १ देखी ९ समको वडन अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु र विभिन्न राजनितीक दलका प्रतिनिधीहरु,कर्मचारीहरु तथा स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता, बृन्दावन,जेष्ठ ०३ गते
रौतहटको बृन्दावन नगरपालिकाको देवीचौक हँुदै आकरपाथर–बरगजवा जाने बाटो कालोपत्र हुने भएको छ । जसको लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले शिलान्यास गर्नु भएको हो ।
सांसद तिमल्सिनाको पहलमा १० करोडको लागतमा बृन्दावन नगरपालिक वार्ड नम्बर ८ देवीचौक देखि आकरपाथर हुँदै बरगजवा जाने सडक करिब ४ किलोमिटर असपाल्ड कालोपत्र सडक निर्माण हुने भएको छ ।
सो अवसरमा बृन्दावन नगरपालिकाका पूर्व मेयर रामस्नेही राय यादव,पूर्व वडा अध्यक्ष दिनानाथ महतो, नेता कार्यकर्ताहरु,स्थानीय भद्र भलादमीहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।
बज्जिकाञ्चल संवाददाता, माधवनारायण,जेठ ०३ गते ।
रौतहटको माधवनारायण नगरपालिकाकामा स्वास्थ्य चौकी माधोपुरमा दुई कोठे भवनको शिलान्यास भएको छ । सो नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव र वडा नम्बर ६ का वडा अध्यक्ष राम नरेश राय यादवले संयुक्त रुपमा आज (बुधबार) स्वास्थ्य चौकी माधोपुरमा दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो ।
स्वास्थ्य चौकीमा भवनको अभावले काम गर्न कठीनाई भएको हुँनाले मेयर यादवले आफनो बजेटबाट स्वास्थ्य क्षेत्रलाई प्राथमीकतामा राखेर काम गरिरहेका छन् । माधवनारायण नगरपालिका द्धारा २४ लाख रुपैयाँ भन्दा बढीको लागतमा निर्माण हुँने भवनको मेयर यादवले शिलान्यास गरेका हुन् ।
सो कार्यको लागि केही दिन पहिला वडा नम्बर ६ का वडा अध्यक्ष राम नरेश यादवले मेयर यादव समक्ष स्वास्थ्य भवनको प्रस्ताव राखेका थिए । सो कार्यक्रममा माधवनारायण नगरपालिकाका कर्मचारीहरु, वडा नम्बर ६ का जनप्रतिनिधिहरु, स्वास्थ्य चौकी माधोपुरका कर्मचारीहरु तथा स्थानीयहरु लगायतको सहभागिता रहेको थियो ।
रौतहट,०३ जेठ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका ५ स्थित कोपवाबाट सशस्त्र प्रहरीले करीव २ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान र नक्कली गरगहना बरामद गरेको छ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको हो।
बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।
बज्जिकाञ्चल संवाददाता,कटहरिया,जेठ ०३ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वड़ा नम्बर ९ मा रहेको तरहारी खोलामा निर्माण हुने दुइ वटा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । पुलको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले बुधवार शिलान्यास गरेका हुन् ।
आवत जावत गर्न सजिलो हुने उद्देश्यले सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुलको अनुमानित लागत १ करोड २८ लाख रुपैयाँ रहेको भएको नगरप्रमुख जयसवालले बताए ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायत सर्वसाधारण सहभागी भएका थिए । शिलान्यास पछि पत्रकारहरु सँग कुराकानी गर्दै नगर प्रमुख जयसवालले डुमरिया गाउँका स्थानियवासीहरु लाइ नदी वारीपारी गर्न सहज होस् भन्ने उदेश्यले झोलुङ्गे पुल निर्माण हुन लागेको बताए ।
नदी पारी पनि बस्ती भएकोले यो झोलुङ्गे पुलको आवश्यकता पर्न गएको बताए । उनले भने अन्य ठाउँमा पक्की पुलको लागि पहल गरेको जानकारी गराए । शिलान्यास सँगै आजदेखि सुरु भएको पुल निर्माणको काम अब तिन महिना सकिने उनले जनाकारी गराए ।
रौतहट,जेष्ठ ०२ गते
रौतहट ,लाल बकैया र बागमती नदीको बिचमा रहेको रौतहट जिल्ला करिब हरेक बर्ष वाढि डुबान र कटानको समस्याले पिडित हुँदै आएका छन् । समयमा सुख्खा मौशममा काम भए क्षेती जोखिम कम हुने उदेश्यले रौतहटका स्थानीय प्रशासन अति जोखिम स्थानको स्थलगत अनुगमन गरेको हो । अनुगन गरि थत केहि गर्न सकिन्छ कि जिज्ञासा सहित पालिका प्रमुख संग छलछल समेत गरेको टोलीका एक सहभागी युवा नेता रोशन झाले बताए । सह सो समस्याका कारण बर्सेनि ठुलो जनधनको क्षति हुने गर्दछन ।

वाढी डुबान कटानको उच्च जोखिममा रहेका रौतहटको दक्षिणी भेगमा केही स्थानमा तत्कालै वाध मर्मत तथा नया स्पर निर्माणको आवश्यकता रहेको स्थानीयले बताए । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र दिउँसो दुर्गा भगवति गाउपलिका पुग्दा अध्यक्ष शम्भु सिहले वडा नम्बर ३ स्थित थप एउट स्पर निर्माण गराई दिन आग्रह गरेका छन ।

लाल बकैया तथा बागमती नदि नियन्त्रण कार्यालयबाट यश बर्ष सो वडा स्थित बामति नदिमा नया स्पर निर्माण भएका छन । वडा नम्बर ५ वडहर्वामा निर्माण भई रहेको हुलाकी राजमार्गको बागमती पुल बारे प्रजिअले जानकारी लिनु भयो । सो अवसरमा सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी , राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झा , वडा अध्यक्ष डिके झा र धर्मनाथ चौधरी सहितको उपस्थिति रहेको थियो।

काठमाडौं, २ जेठ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो ।
जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।
राैतहट,जेष्ठ ०२ गते
रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको छ । सो भू–उपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण बन्द गरेको थियो ।
तर अव वर्गीकरणको अभावमा रोक्का रहेका जग्गा कारोबार सुचारु हुने भएको नगर प्रमुख कन्थमनी जयसवालले बताउनु भयाे ।
जग्गा वर्गीकरण नभएकै कारण धितो राखेर ऋण पाउन गाह्रो भएपछि सर्वसाधारणको उपचार, बिहेवारि, छोराछोरीका पढाइ, अंशबन्डा जस्ता अत्यावश्यक सामाजिक कार्य बाधित भएकोले पनि अव यि सवैको लागी सहज हुने मेयर जयसवालकाे भनाइ छ ।
‘वर्गीकरणपछि नापी, मालपोत र वित्तीय संस्थाका काम पुन. लयमा फर्कने अपेक्षा गरेकाे नगर प्रमुख कन्थमनी जयसवाल द्वारा गरूडा मालपोत कार्यालय प्रमुख लाई बिज्ञप्ति बुझाइएका छन् ।
आरके श्रीवास्तव,गरुडा,जेठ ०२ गते ।
रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ । आरम्भ परियोजना द्वारा बाैधीमाई नगरपालिकाको श्री शारदा माध्यमिक विद्यालय पिपरिया, रौतहटमा बाैधीमाई नगरपालिका, पिपुल. इन. निड नेपाल, शिक्षा विकास तथा समन्वय ईकाई, सामाजिक संस्था जिल्ला समन्वय समिति र आसामान नेपालको प्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको छ ।

आरम्भ परियोजनाले बिगत ४ बर्ष देखि रौतहट जिल्लामा काम गर्दै आईरहेको खण्डमा बाैधीमाई नगरपालिकामा पनि बिगत १ बर्षदेखि काम गर्ने शिलशिलामा १२ वटा सामुदायिक सिकाई केन्द्र द्धारा बाैधीमाई नगरपालिकाको विद्यालय बाहिर रहेको २४६ जना विवाहित र अविवाहित किशोरीहरुलाई शिक्षाको मुल प्रवाहकरणमा ल्याउने उद्देश्यका साथ काम गरिरहेको छ ।

आरम्भ परियोजनाले बाैधीमाई नगरपालिकाको १६० जना विवाहित तथा अविाहित किशोरीहरु सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गर्नको साथै विद्यालयमा भर्ना हुनको लागि सहजिकरण गरिएको छ ।

यसै क्रममा बाैधीमाई ना.पा.को विभिन्न ६ वटा सामुदायिक विद्यालमा १६० जना किशोरीहरुलाई भर्ना हुनको लागि आसामान नेपालले आरम्भ परियोजना अन्तर्गत सहजिकरण गरिएको छ भने सो मध्ये बाैधीमाई नगरपालिकाको श्री शारदा माध्यमिक विद्यालय पिपरिया र श्री प्र बि कोपवा पिपरिया रौतहटमा बिभिन्न दुइटै बिधालय गरि कक्षागत रुपमा जम्मा ८८ जना किशोरीहरुलाई भर्ना गर्नमा सहजिकरण गरिएको छ ।

आसमान नेपालको सहजिकरणमा आजको संचालित संयुक्त अनुगमन भ्रमणमा बाैधीमाई नगरपालिका नगरप्रमुख प्रदिप यादव,उपप्रमुख प्रमिला देवी, प्रमुख प्रशासकिय कमल बहादुर कार्कि ,शिक्षा शाखाको रामईश्वर राय यादव, वडा अध्यक्ष लक्ष्मीनारायण यादव वडा जन प्रतिनिधिहरु, शिक्षा विकास तथा समन्वय ईकाईको प्रमुख रामविनय सिहं,

श्री शारदा माध्यमिक विद्यालय पिपरियाका शिक्षक, शिक्षिकाहरु, आसामान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिको कर्मचारीहरुको संयुक्त उपस्थितीमा यो अनुगमन भ्रमण संचालन भएको छ ।

साथ साथै आरम्भ परियोजनाले बाैधीमाई ना.पा.को विद्यालय बिचैमा छोडेका एवंम कहिले पनि विद्यालय नगएका विवाहित तथा अविवाहित किशोरीहरु, किशोरीका अभिभावकहरु,

समाजका अगुवा व्यक्तिहरु तथा विभिन्न धर्मका धार्मिक गुरुहरुसंग काम गरेको कुराहरु साह्रायिन रहेको अनुगमन समुहका भनाई रहेको थियो भने सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गरी विद्यालयमा भर्ना भएको किशोरीहरुमा साक्षरता र गणितीय सीप तथा जीवन उपयोगी सीप राम्रो रहको कुरा सहभागीहरूले व्यक्त गरेका थिए ।

यसैगरी सामुदायिक सिकाई केन्द्रबाट आएको किशोरीहरु भविष्यमा पढाईलाई निरन्तरता लाने कुराको दृढता व्यक्त गरेको थियो भने विभिन्न सरोकारवालाहरु ना.पा., बि.व्य.स., विद्यालय, आसामान नेपाल,

एस.ओ.डि.सि.सि. र पिपुल इन निड नेपालको जनप्रतिनिधिहरुले भविष्यमा विद्यालयमा सामावेशि सिकाई वातावरण निमार्ण गर्नको प्रतिवद्धता समेत जाहेर गरिएको आसमान नेपालका शिक्षा अधिकृत अरविन्द कुमार साहले जानकारी दिनु भएको थियो ।

मुकेश कुमार यादव / सिरहा २ जेठ ।
सिरहाको एक पालिकाले स्वयम् सेवक शिक्षक भर्नामा जातिय समावेसी नगरेको भन्दै व्यापक विरोध भएकाे छ ।

जिल्लाको नवराजपुर गाँउपालिकाले पालिका भित्रका सामुदायीक विद्यालयका लागी जम्मा २४ जना विषयगत स्वयम् सेवक शिक्षक छनोट परीक्षाबाट जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा एकल जातिय भएको भन्दै व्यापक टिका टिप्पणी भएको हो।
पालिकाभित्रका २० विद्यालयका लागी २४ वटा विषयगत स्वयम् सेवक शिक्षक छनौटको लागि लिएको लिखित परीक्षामा जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा छनोट गरिएका उम्मेदवारहरु मध्ये एक जना शिक्षक ठाकुर थरको र अन्य सबै यादब थरको शिक्षक भर्ना गरिएका छन् । पालिकाले माग गरेको २४ जना सिट संख्यामा जम्मा ६२ जनाले आवेदन दिएका थिए ।

पहिलो चरणको परिक्षामा ५३ जना सहभागी रहेको मध्ये ४० जना यादब थरको रहेको गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत राम किशोर साहले जानकारी दिए । ‘पहिलो चरणको परिक्षामा जम्मा १५ जना उतिर्ण भए जस मध्ये १४ जना यादव र एक जना ठाकुर समुदायका छन्, उनले भने, ‘आधारभुत तहको लागी जम्मा १७ जना कक्षा ६ देखि ८ सम्मका लागी ३ जना र माध्यमिक तहका लागी ४ जना शिक्षक माग भएको थियो।’
‘हामीले जातिय रुपमा छनोट गरेको हैन, यस गाँउ पालिकामा यादब जातिको संख्या बढी भएकोले स्वभाविक रुपमा यादब नै छनोट हुन पुगेकाे हो, यसमा कसैले केहि चलखेल गरेको छैन, ढुक्क भए हुन्छ’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत साहले, ‘पालिकाको शिक्षा कार्यविधि अनुसार नै परीक्षामा एक जना जिल्ला प्रशासनका प्रतिनिधी, चारजना जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधीहरुको उपस्थितिमा परीक्षा लिएको हो, विषय विशेषज्ञहरुलाई राखेर प्रत्यक्ष रुपमा प्रश्न पत्र बनाएर परीक्षा लिएका हाै,’ भने । त्यसैले पनि कुनै आशंका नरहेको उनको भनाई छ।
शिक्षक छनोटको नतीजा सार्वजनिक भएसँगै विभिन्न खालका प्रतिकृया सार्वजनिक भएको छ। नतिजाले आरक्षणको धज्जी उठाएको जानकारहरुको आरोप छ। छनोट भएको सवै एउटै जातिको हुनुले विधी र प्रकृया उलङ्घन भएको आरोप पनि लागेको छ।