आरके श्रीवास्तव,रौतहट, असार ०७ गते ।
रौतहटको बौधीमाई नगरपालिकामा करदाता सेवा कार्यालय गौर रौतहटको आयोजनामा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सो नगरपालिकाको वडा नम्बर ७ स्थित रहेको सिता पैलेसमा कार्यक्रम गरिएको हो । वर्तमान करको व्यवस्था तथा आर्थिक विधेयक २०८० मा भएका छुटसहुलियतहरु,करको सामान्य जानकारी ,आयकर ईटिडिएसको फाईदा,बजार अुनगमन,टिडिएस,जरिवाना र ब्याजहरू लगायतको बारेमा जानकारी मूलक करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
स्वेच्छिक कर सहभागीतामा अभिवृद्धिःसुशासन,विकास र समृद्धि भन्ने मूल नाराका साथ भएको करदाता शिक्षा कार्यक्रमको अध्यक्षता करदाता सेवा कार्यालय रौतहटका प्रमुख पप्पु गुप्ताले गर्नु भएको थियो । कार्यक्रममा करदाता कार्यालयका कर्मचारी प्रमोद कुमार सिंहले विस्तृत रूपमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि नगरप्रमुख प्रदिप यादवले करको नाउँमा व्यापारीहरू लाइ दुःख दिन नमिल्ने बताउनु भयो । कर कार्यालय बाट बजार अनुगमन आउँदा स्थानीय सरकार सँग समन्वय गरेर अनुगमन गर्न आग्रह गर्नु भयो । हामीले व्यापारीहरूलाई मूल धारमा ल्याउन स्थानीय सरकार बाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए ।

नगर प्रमुख यादवले राष्ट्रको विकासमा करको योगदान रहेकाले सबै आ आफ्नो ठाउँबाट कर तिर्नुपर्ने बताउनुभयो । व्यवसायीहरूले पनि समयमा कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले सबैलाई करको दायरमा ल्याएर राज्यलाई समृद्धिको यात्रामा सफल पार्नुपर्ने बताउनुभयो । साथै उपप्रमुख प्रमिला देवीले करको नियम परिधि भित्र रहेर व्यापारीहरुलाइ काम गर्नु पर्नेमा जोड दिनु भयो । उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष पंण्डित प्रसाद जयसवालले करदाता शिक्षा कार्यक्रमलाइ चेतावनीको रुपमा लिन आग्रह गर्नु भयो ।

राज्यलाइ कर तिर्नै पर्छ । करले नै राज्य चल्छ त्यसैले हामी आफनो जिम्मेवारी बाट पछि हट्नु हुदैन् । र सरकारको तर्फ बाट पनि व्यापारीहरुले पाउने सेवा सुविधा दिनु पर्दछ । व्यापारीहरुले सोचेर समझेर व्यवसाय गरौं । व्यवस्थित रूपमा व्यवसाय गर्ने बानी बसालौं भनेर उनले आग्रह गरे ।
उहाँले कर तिर्ने सहज वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताउनुभयो । कार्यक्रममा युवासंघका सदस्यहरू तथा सहभागी उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । ती सबै जिज्ञासाहरुको जवाफ कार्यालय प्रमुख गुप्ताले दिनु भएको थियो ।

उनले राज्यको नियम मान्दै कर समयमा तिर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बौधीमाइ नगरक्षेत्रका ८५ जना भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

काठमाडौ, ६ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी राजमा ६०,कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेडा ठूलो ३५, भारतीय गोलभेडा ठूलो ३५, टनेल गोलभेडा सानो ८, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,पालूगो साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो १२०, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ४०० रुपैयाँ, किवि. ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनिया १५०, लोकल लीच्ची १००, खु्र्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।
रौतहट,असार ०५ गते
रौतहटमा बिधुतिय अपराध न्यूनिकरणको लागि चेतनामूलक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधारण अनुरूप ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा कार्यरत प्रहरी निरिक्षक प्रकाश शाहद्धारा मिति २०८०।०३।०४ र ५ गते दुइ दिन सो कार्यक्रम गरिएको हो ।

जिल्लाको रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ०४ स्थित रहेको मुनलाटई एकेडेमी र सोही ठाउँको वडा नम्बर ५ स्थित रहेको माउण्ट एभरेष्ट माद्यामिक बिद्यालयमा अध्यनरत छात्रा र छात्रहरूलाई विधुतिय अपराध न्यूनिकरण र सजाय सम्वन्धमा चेतना मुलक कार्यक्रम गर्नु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
रौतहट,असार ०५ गते
रौतहटमा “लैङगिक हिंसा न्यूनिकरण” जनचेतनामूलक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधारण अनुरूप मिति २०८० असार ०४ गते दिउँसो २ बजेको समयमा प्रहरी चँैकी सन्तपुर रौतहटका प्रसनि दामोदर सिंहको कमाण्डमा सो कार्यक्रम गरेको हो । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुर बजारमा स्थानिय भद्रभलादमि महिला तथा पुरुषहरु गरी २१ जना मानिसहरूको उपस्थितमा “लैङगिक हिंसा न्यूनिकरण” जनचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
आरके श्रीवास्तव,रौतहट,असार ०६ गते
रौतहटमा अतिरिक्त हुलाक खारेज विरूद्ध प्रदर्शन गरिएको छ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन नेपाल जिल्ला समिति रौतहटको आयोजनामा मंगलवार विरोध रैली निकालिएको छ । उनीहरुले अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर, अतिरिक्त हुलाकमा लामो समय देखि कार्यरक्त कर्मचारीहरुको रोजगारी खोस्न पाइँदैन्,हुलाकको संरचना खारेज हैन यसको सेवा पुनः संरचना गर,राजिनामा दिइ सेवा बाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिको आधारमा सेवा सुविधा सुनिश्चत गर लागायतका मागहरु राखि विरूद्ध प्रदर्शन गरेका छन् ।
एसोसिएसनले एक प्रेस विज्ञप्ती जारी गरी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने घोषणा प्रति घोर आपक्ती प्रकट गरेका छन् । अतिरिक्त हुलाक कर्मचारीहरुलाइ निर्मम मर्माहित कुठाराघात भएको हुनाले सो निर्णय फिर्ता लिनु हुन सरकारलाइ विनम्र आग्रह गरिएको छ ।

अतिरिक्त हुलाक खारेजी गर्ने निर्णयको विरोधमा कर्मचारीहरुले जेठ १६ देखि नै सेवा ठप्प बनाएका छन् । मंगलवार देखि जिल्ला हुलाक कार्यालय र इलाका हुलाक कार्यालयमा अतिरिक्त हुलाक कार्यालय पिडित परिवारले कालो पट्टि बाँधी देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने एसोसिएसनका जिल्ला अध्यक्ष राजेन्द्र चौधरी हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका जिल्ला अध्यक्ष चौधरीले सरकारले अतिरिक्त हुला कार्यालय खारेजीको निर्णय तत्काल फिर्ता लिनु पर्ने बताउनु भयो ।

रौतहट जिल्लामा २ सय जना भन्दा बढीको दरवन्दीमा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी छन् । पत्र वितरक, डाक बाहक र हुलाक प्रतिनिधि गरि अतिरिक्त हुलाक कार्यालय अन्तर्गत तीन प्रकारका कर्मचारी काम गर्छन् । जिल्लामा यी तिनै खालका कर्मचारीहरुको संख्या २ सय २३ रहेकोमा ५ जनाको मृत्यु र २ जनाले स्वेच्छीक अवकास लिएको अध्यक्ष चौधरीले जानकारी गराउनु भयो ।
अतिरिक्त हुलाक कार्यालयमा कर्मचारीहरुले पाउँदै आएको पारिश्रमीक बढाउन वर्षाैदेखि आन्दोलन गरिरहेका कर्मचारीहरुको माग सुन्नुको सट्टा सरकारले कार्यालय नै खारेज गरेर अपमान गरेको उनीहरूले बताएका छन् । यो कार्यालयमा १० वर्ष देखि ५० वर्ष सेवा गरेका ब्यक्तिहरु पनि छन् ।
मुकेशकुमार यादव, सिरहा, ५ असार।
सिरहाको लहान नगरपालिका-३ मा रहेको प्रादेशिक अस्पताल गेटमा गत १३ जेठमा नवजात शिशु फालेर फरार भएकामध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विवाह नै नगरीसँगै बस्दै आएकी युवतीसँगको सम्बन्धले शिशु जन्मिएपछि जन्मेको १५ दिनपछि अस्पतालको गेटमा फालेर फरार भएका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सिसिटिभी फुटेज हेरेर सादा पोसाकका प्रहरी परिचालन गरी शिशु फाल्न मोटरसाइकल चलाएर आएका पुरुषलाई लहान बजार क्षेत्रबाट गत २६ जेठमा पक्राउ गरी जन्माएको बच्चा फाल्ने र परित्याग गरेको कसुरसमा प्रहरीले मुद्दा दायर गरेकाे छ ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार शिशु भेटिएपछि तत्काल उद्धार गरी अस्पतालस्थित ओसीएमसीलाई जिम्मा दिएर प्रहरीले फरार भएका दुईजनाको खोजतलास गर्ने क्रममा एकजनालाई पक्राउ गरी मुद्दा चलाएको हाे । अस्पताल परिसरमा मध्यरातमा केटिएम मोटरसाइकलमा बच्चासहित मास्क लगाएका पुरुष र महिला आएर करिब १५ दिन जतिकी शिशु फालेर फरार भएका थिए।
पक्राउ परेका पुरुष र महिला गत २७ वैशाखकाे अपरान्ह ३ बजेको समयमा पेट दुख्यो भन्दै प्रादेशिक अस्पताल लहानमा भर्ना भएको सोही अस्तालका स्टाप नर्स निर्मला साहले बताइन्। ‘बिहानदेखि पेट दुखेकाे भनेर अस्पताल आएका थिए । हामीले चेकजाँच गरेका थियाैँ।, चेकजाँच गर्दा उनको महिना पनि पुगेको पाइएपछि विवाहित हो कि होइन सोधाैँ । उनीहरुले अल्मल्लिँदै हामीले कोर्ट म्यारेज गरेको बताए,’ उनले भनिन्, तत्पश्चात हामी उपचारमा लागाैँ, अस्पताल भर्ना भएको केही घण्टामै बच्चा जन्मियो । बच्चा महिना पुगेर जन्मिएकाले सामान्य अवस्था थियाे । जस कारण भाेलिपल्ट नै उनलाई डिस्चार्ज गरिएकाे थियाे ।’
सप्तरीको कल्याणुर नगरपालिका-१० घर भएका २० वर्षीय नाम परिवर्तित भुवन चौधरी र सोही जिल्लाको बलान विहुल गाउँपालिका-२ बस्ने नाम परिवर्तित नाम करिश्मा चौधरीको बच्चा रहेको प्रादेशिक अस्पताल लहानका मेसु सुनिल कुशवाहाले बताए ।
प्रादेशिक अस्पतालमै बच्चा जनमाएर गएको उनीहरुले १५ दिन पश्चात मुखमा मास्क लगाई रातीको समयमा बच्चलाई अस्पतालको गेट नजिक फ्यालेर भागेको मेसु कुशवाहाले जानकारी दिए । उनले भने, ‘हामीले बेवारिसे अवस्थामा फेला पारेका बच्चालाई आज २४ दिनपछि सबै कानुनी प्रक्रियाहरु मिलाएर लहान नगरपालिकालाई जिम्मा लगाउँदै छौँ।’ बेवारिसे अवस्थामा फेला परेको बच्चाको बुबाआमाको पनि पहिचान भइइसकेकोले नगरले उनीहरुलाई जिम्मा लगाउने भएको छ।

पक्राउ परेका युवकविरुद्ध आफूले जन्माएको बच्चा फाल्ने र परित्याग गरेको कसुरसम्बन्धी मुद्दामा सिरहा जिल्ला अदालतबाट पहिलोपटक सात र दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोलाराज भट्टले जनाएको छ। 
राैतहट,असार ०४ गते राैतहट ।
जिल्ला प्रशासन कार्यालय राैतहटमा विधुतिय राहदानी सेवाको काम विहान सात बजे देखि शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार सेवाग्राहीको चापलाई ध्यान दिदै विहान देखि सेवा दिन लागिएकाे हाे ।
आईतवार देखि विहिवार सम्म विहान सात बजे देखि सांझ पाँच बजे सम्म र शुक्रबार विहान सात बजे देखि दिउँसो तीन बजे सम्म विधुतिय राहदानी सेवाको काम हुने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

विधुतिय राहदानीको फर्म भराउने तथा वायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरि नि:शुल्क रहेको जानकारी दिई सकेका छन् । सेवाग्राहीको सुविधाको सो कार्यालयले परिसर भित्र सन्देश प्रसारण गर्न लागि साउण्ड सिष्टम जडान गरेकाे छ ।
गर्मिमा सेवाग्राहीलाई राहत होस भनी बढि चहल पहल हुने प्रतिक्षालय सहितका ठाउं ठाऊमा पंखा जडान समेत गरिएकाे छ ।

रौतहट,०४ गते असार
रौतहटको मौलापुर नगरपालिकामा आदालतको अवहेलना गरी विकास निर्माणको काम भइरहेको पाइएको छ । सो नगरपालिकाको वडा नम्बर ७ मा रहेको श्री प्राथमिक बिधालय पथरा बुधराममा कम्पाउण्ड वाल,माटो पुर्ने लगायतका विकास निर्माणका कामहरु भइरहेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार मुखियाले बताउनु भएको छ ।

आफूले पटक पटक यसलाइ रोक्न भनेपनि कुनै वास्ता नगरेको गुणासो गरेका छन् । उनले भने आफूहरुलाइ यस बिधालयको लागि निर्माण भइरहेको दुइकोठे दुइतले भवन निर्माणको कार्यलाइ २०७९ चैत ०९ गते जिल्ला अदालत गौर रौतहट बाट प्राप्त पत्र अनुसार अबिलम्ब निर्माण कार्य रोक्का गर्न आदेश भएकोले निर्माण कम्पनी अनिल निर्माण सेवा तथा मौलापुर नगरपालिकालाइ समेत बिधालय व्यवस्थापन समितिको बैठक बसी जानकारी गरायौं । उ
क्त काम रोक्का भएपनि पनि अहिले आएर बजेट बाट दुइ पैसा कमाउने लोभमा परी आदालतको आदेश नमानी बिधालयमा कम्पाउण्ड वाल,माटो पुर्ने काम भइरहेको मुखियाले बताए । वडा सदस्य दिलिप साह र कार्यपालिका सदस्य प्रतिमा साहको श्रीमान् दिपेन्द्र साहले आदालतको आदेशलाइ लत्याउँदै उक्त काम गराइरहेको उनको भनाइ छ ।

यस विषयमा सो बिधालयका प्रधानाध्यापक प्रेमशंकर साह सँग बुझदा बिधालय कसले कहाँ बाट कामहरु गरारहेका छन् । त्यस सम्बन्धी आफूलाइ कुनै जानकारी छैन् । काम रोक्क गर्ने आदालतको आदालतको आदेश आएपछि बिधालयले कुनै काम गराउन नसक्ने लिखित रुपमै नगरपालिकामा जानकारी गराइसकेको प्रअ साहले जानकारी गराए ।
उनले दिएको जानकारी अनुसार हाल बिधालय जुन ठाउँमा सञ्चालमा रहेको छ । उक्त ठाउँबाट अन्यत्र सार्ने सर्वसहमती बाट गाउँलेहरुको भेलाले निर्णय गरेको थियो । तर जुन ठाउँमा बिधालय सार्ने निर्णय गरिएको उक्त जग्गा बिधालयको नाउँमा आउन सकेन ।
श्री राम जानकी मठ गौरको नाम रहेकोले मठका संरक्षक राममंगल यादवले आदालतमा मुद्धा दिए पछि काम गराउन बाट पछाडी हटनु परेको बताए । मुद्धा विचाराधिन अवस्थामा रहेको हुँदा कानुन सम्वत काम गराउन नमिल्ने उनको भनाइ छ ।

बिधालयको नाउँमा जग्गा नआइकन भवन निर्माण लगायतका कामहरु गर्नु बालुवामा पानी खन्याउनु जस्तै हो । बिधालयको विपक्षमा आदालतको फैसला आयो भने लाखौंको बजेट बाट निर्माण भएका संरचनाहरुको बनाउनुको कुनै औचित्य छैन् ।
यता मठका संरक्षक यादवले आदातको आदेश हामी सबैले मान्नु पर्छ । बल जबरदस्ती काम गराउन मिल्दैन् । आदातलको फैसल नआएसम्म त्यहाँ काम गराउनु गलत हो । आदालतको फैसलालाइ हामीले सहर्ष स्विकार गर्नु पर्दछ ।
जसले त्यो काम गराइरहेको छ ,त्यो व्यक्तीलाइ काम नगराउन उनले आग्रह समेत गरेका छन् । यस विषयमा वडा सदस्य दिलिप साह सँग बुझदा सामूहिक रुपमा नै उक्त ठाउँमा काम गराइरहेको स्वीकार गरेका छन् ।
तत्कालका लागि आफनो व्यक्तीगत लगानीमा कम्पाण्ड वाल ,माटो पुर्ने काम गरारहेको बताए । यता माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह सँग बुझ्दा नगरपालिका द्वारा काम नभई रहेकाे बताए ।

रौतहट, ४ असार ।
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका-८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिरलाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-८ जयराजपुरस्थित झुपडि घरमा ती नाबालिकालाई गत जेठ २८ गते दिउँसो फकिरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी रौतहट, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वृन्दावन नगरपालिका-१ बस्ने ५० वर्षीय किशोरी राउतलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा ती किशोरीलाई राउत र सोही ठाउँ बस्ने १९ वर्षीय लालु जैसवाल समेतले जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरीले राउतलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार जैसवालको प्रहरीले खोजी गरिरहेको छ ।
प्रेमचन्द्र झा,असार०३ गते रौतहट ।
माधव नारायण नगरपालिकाको एउटा विशाल पोखरीलाई व्यवस्थित गरि भगत ताल नामाकण गरिएको छ।विशाल पोखरीलाई तालको रुपमा विकास गर्न स्थानिय जनता लागि परेका हुन ।माधव नारायण नगरपालिका वडा नम्बर ४ विसुनपुर्वा मानपुर स्थित प्राचिन माईधिया पोखरीलाई व्यवस्थापन गरि भगत ताल बनाउन लागिएको समाजसेवी पारस भण्डारीले बताए ।

सो गाउं पुर्व शिक्षक समाजसेवी स्वर्गीय देवनारायण भगतको सम्झनामा स्थानियको सल्लाहमा भगत ताल नामाकरण गरिएको समाजसेवी भण्डारीले बताए । एउटा छुट्टै इतिहास बोकेको माईधिया पोखरी जस्को नाम परिवर्तन गरि भगत ताल नामाकरण भएपछी गाउँमा अब केही हुन्छ भने आश जागेर गएको हो।
करिब २२ विगहा क्षेत्रमा फैलिएको माईधिया पोखरी उच्च पर्यटकीय सम्भावना बोकेको पोखरी हो । यसको उचित व्यवस्थापन र प्रचार प्रसारको कमिको कारणले निष्क्रिय जस्तै बनेका थिए ।
तर विगत केही वर्ष देखि मधेस प्रदेश सरकारले संरक्षणमा जुटेका कारण स्थानिय ताल बनाई प्रचार प्रसार गरि पर्यटन स्थल बनाउन लागि परेका छन ।

प्राचिनकालमा माईधिया पोखरी माई , धिया मिलेर बनेको छ । जसमा माईको अर्थ , माई (आमा) र ,धियाको अर्थ बेटि ( छोरी ) हुन्छ । सोही माईधिया पोखरीको नाउँबाट माईधिया मानपुर गाउको नामाकरण गरिएको छ ।

स्थानियको भनाई अनुसार यो पोखरी कुनै मान्छेले न खनी देवी देवताले आमा र छोरी रुपमा धारण गरि एक रातमै उक्त पोखरी खनेको बताईन्छ। पोखरीको सौन्दर्यीकरण गरेर मात्र भएन वोटिङ्ग तथा आउने पर्यटकलाई कसरी मनोरञ्जन दिन सकिन्छ त्यस तर्फ जुटनका लागि स्थानीयले माग समेत गरेका छन ।

मधेश प्रदेश सरकारको लगानीमा सो पोखरीमा करिब एक किलो मिटर पक्कि बाल लगाउने तथा पिकनिक स्थल निर्माण गरिएको समाजसेवी भण्डारीले बताए ।
