मञ्जय राम,कटहरिया,असार १५ गते
रौतहटमा सामुदायिक साझेदारी कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ईप्रका गंगापिपराको सहयोगमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ०१ गंगापिपरा बजारको प्राङ्गनमा भद्रभलादमी बुदिजीवी समाजसेवी गरी अन्दाजी १५/२० जना भेला जम्मा गराई बाढी डुवान न्यूनिकरण सम्बन्धी सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

त्यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी वडा समिति नम्बर २ गौर नगरपालिकाको आयोजना र भन्सार सुरक्षा गार्ड रौतहटको सहयोगमा जिल्ला रौतहट गौर नगरपालिका वडा नंं.०२ स्थित रहेको भन्सार कार्यालयको बेरियर नजिक उक्त गार्डमा कार्यरत रहेका
प्र.ना.नि. सिकेन्द्र प्रसाद साहको कमाण्डमा खटि गएको २ जना प्र.क.हरु समेतले सोही वडाका स्थानिय, भद्रभलादमी, पुरुषहरु,बाटोमा आवत(जावत गर्ने मानिसहरु समेत गरी अन्दाजी १५ जना मानिसहरुको सहभागितामा बाढी डुवान तथा विपद् न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रन्धिर साह, रौतहट, असार १५ गते ।
रौतहटमा बैंक खातामा अनाधिकृत पहुच पुर्याई ठगी गर्ने कार्यमा संलग्न रहेकामध्ये ७ जना प्रहरीको फन्दामा परेका छन् । आज (शुक्रबार) बैंकबाट रुपैयाँ चोरी कार्यमा संलगन रहेका ११ जना मध्ये ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ३ निवासी रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको शाखा कार्यालय वृन्दावनमा रहेको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रकम गएको जेठको ५, ६ र ७ गते दैनिक रु. ३ लाख (तिन लाख) को दरले जम्मा रु.९ लाख रकम अन्य बैंकको खाता तथा खल्ती खातामा अनाधिकृत रुपमा रकम ट्रान्सफर भएको हो ।
सो घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका मानिसहरुले अनाधिकृत रुपमा बैंकको खातामा पहुच पुर्याई विभिन्न व्यक्तिहरुको खातामा रहेका रकम ट्रान्सफर गरी आर्थिक अपचलन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरु अनाधिकृत रुपमा ट्रान्सफर भएको रकम एटिएमबाट गैह्रकानूननी रुपले निकाली आर्थिक लाभसमेत लिई ठगी कार्यमा संलग्न व्यक्तीहरुले विभिन्न व्यक्तीहरुलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाईल अनलाईन बैकिङको प्रयोग गर्ने नाम र पासवोर्ड समेत पहुचमा लिई खाताहरुबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने हालसम्म अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक उमाशंकर राय यादवले जानकारी गराएका हुन् ।
पक्राउ पर्नेहरुमा बिरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी २१ वर्षीय राजनारायण चौरासिया, सोही पालिकाका वडा नम्बर १९ केहुनी विन्दाबासनी निवासी २१ वर्षी महम्द मुस्तुफा हवारी, दोलखा जिल्लका बैदेश्वर गाँउपालिका वडा नम्बर ५ सिमबारी टोल निवासी २९ वर्षीय सुन्दर खड्का,
काभ्रेपलान्चोकका भुम्लु गाँउपालिका वडा नम्बर ९ पिङगोला निवासी १९ वर्षीय महेश थापा, उदयपुरको रौउतामाई गाँउपालिका वडा नम्बर २ भुट्टार निवासी २० वर्षीय केवल रास्कोटी, सिरहाका मिर्चैया नगरपालिका वडा नम्बर ८ भगवानपुर निवासी १९ वर्षीय दिपे सदा र सोही जिल्लाका गोलबजार नगरपालिका वडा नम्बर ८ चोहर्वा निवासी २३ वर्षीय श्रवण दास पक्राउ परेका छन् ।
उनीहरुको पासबाट मोबाईल ६ थान, विभिन्न व्यक्तीहरुको विभिन्न बैंकको एटिएम १५ थान, मोटरसाईकल १ थान र नगद रकम रु। ६६ हजार बरामद भएको प्रहरी प्रवक्ता यादवले जनाएका छन्। पक्राउ परेका सबै जनालाई रौतहट जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको उनले बताए ।
विशाल बस्नेत ,महोत्तरी, १५ असार ।
महोत्तरीको बर्दिबासमा श्रृंखलाबद्ध चोरी हुन थालेपछि सुरक्षा निकायसहित सरोकारवालाको कडा आलोचना हुन थालेको छ । उद्योग वाणिज्य संघ बर्दिबासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शान्ति सुरक्षा कायम राख्न स्थानिय सरकार र प्रहरी प्रशासनको भूमिका कमजोर रहेको भन्दै आलोचना गरेका हुनन् ।
पछिल्लो समय औद्योगिक सहरको रुपमा विकास हुँदै गएको बर्दिबासमा चोरीका घटनाहरु वृद्धि हुनुले व्यापारीहरु समेत आतंकित बनेका छन् ।उद्योग बाणिज्य संघ बर्दिबासले अपराध न्यूनीकरण गर्ने उद्देश्यले सीसीटिभी जडान गर्न तयार रहेको जनाएको छ । ‘हामी सीसीटिभी जडान गर्न तयार छौँ । तर स्थानीय सरकार आफै अग्रसर भएर काम गर्ने बताए पनि ढिला भइइरहेको छ,’ संघका अध्यक्ष अध्यक्ष बिष्णु खडकाले भने ।

मुख्य चोक र गल्लीहरुमा सीसीटिभी जडान नहुनु र सुरक्षा निकायको तदारुकता नदेखिनुले अपराधी गतिविधिहरुले थप प्रश्रय पाएको व्यापारीहरुको आरोप छ । शान्ति सुरक्षाको कायम गर्ने विषयमा स्थानीय सरकारको कमजोर व्यवस्थापन स्पष्ट भएको व्यापारी बिनोद भण्डारीले बताए । ‘उद्योग वाणिज्य संघले समेत व्यापारको लागि स्वीकृति दिने क्रममा सुरक्षासम्बन्धी मापदण्डमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘संघले ब्यापारीहरु कति सुरक्षित छन् भन्ने विषयमा नियम बनाओस् ।’
सुरक्षा जस्तो संवेदनशील विषयलाई नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बेवास्ता गरेको आरोप लगाउँदै नेकपा एमालेका नगर सचिव निरज अधिकारीले स्थानीय सरकारले नगरभित्र अभिभावकत्व ग्रहण नसकेको बताए । घरभित्रै राखेका सामान तथा मोटरसाइकल तथा पछिल्लो ३ महिनामा १० वटाभन्दा बढी पसलका सटर फोरेर चोरी भएका छन् । ३ दिनअघि मात्र लाखौ मूल्य बराबरको दुइवटा सुन पसल चोरी भएको थियो ।

यता प्रहरिले भने अपराध न्यूनीकरणको लागी सक्रिय बनिरहेको दाबी गरेको छ । प्रहरी नायव उपरीक्षक तथा बर्दिबास इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले अपराध न्यूनीकरणको लागि सुरक्षाकर्मी नया ढंगले खटिएको जानकारी दिए ।

भक्तपुर, १५ असार ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै भक्तपुरमा ओपन हाउस हुने भएको छ । असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुने भएको हो । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछि के पढ्दा के हुन्छ भन्ने दिशानिर्देश गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलले जनाएको छ । कार्यक्रममा विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको स्कुलले जनाएको छ ।

स्कुलका प्रिन्सिपल केशर खुलालले कार्यक्रम शनिबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म दिनभर हुने जानकारी दिए । कार्यक्रम भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित स्कुल परिसरमा हुनेछ ।

कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीलाई निमन्त्रणा गरिएको जनाइएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्नेछ । साथै अन्य रुचि राख्ने विद्यार्थीले पनि स्कुलको अवलोकन भ्रमण गर्न पाउने छन् ।

रौतहट १४ असार।
राष्ट्रिय वृक्षारोपण दिवसको उपलक्ष्यमा बृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटको आयोजनामा चन्द्रपुर न।पा।वडा नं ६ स्थित हातेमालो सामुदायिक वनको डावरीमा बृक्षारोपण गरिएको छ ।

चन्द्रपुर न।पा।का मेयर संजय काफ्ले, डिभिजन बन कार्यालय तथा स।प्र।बल सन्तपुरका प्रमुख,जिल्ला।ट्राफिक ।प्रहरीका।
चन्द्रनिगाहपुर रौतहटका प्रमुख तथा बिभिन्न वडा र सरकारी निकायका प्रतिनिधिहरु, साझेदारी वनका समितिहरूको उपस्थितमा वृक्षारोपन गरिएको छ।

काठमाडौं, असार १५ ।
आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष शुक्रबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।
आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।रिपोटर्स नेपाल
मञ्जय राम,कटहरिया,असार १४ गते
रौतहट–जिल्लाको कटहरिया नगरपालिकामा लम्पी स्किन रोग विरुद्धको खोप सुरु लगाउन सुरु गरिएको छ । कटहरिया नगर क्षेत्र भित्रका कृषकहरूको गोठमा गई लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सुरु गरिको छ ।

पशु सेवा शाखा कटहरियाका प्रमुख अमोद कुमार पटेलले दिएको जानकारी अनुसार देखा परेको पशुको वरीपरी र व्यवसायीक फार्महरु खोप लगाउन सुरु गरिएको बताए । सम्भवत जिल्लामै पहिलो चोटी कटहरिया नगरपालिकाले यो रोग विरुद्धको खोप खरिद गरी लगाउन सुरु गरिएको बताए । आज पहिलो दिन कटहरिया वडा नम्बर १ र २ मा पशुहरुलाइ लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको उनले बताए ।

उनले भने नगरपालिका बाट खरिद गरी जो भैक नामक इन्जेक्सन खरिद गरी खोप लगाउन थालिएको हो ।
यतिबेला पशुचौपायामा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । जसका कारण धेरै पशुवस्तु संक्रमित भइसकेका छन । मुख्य गरेर गाईरभैंसीमा देखिने लम्पी स्किन रोगका कारण किसान चिन्तित देखिएका हुन् ।

घरपालुवा पशुवस्तुमा यो रोग देखापरेपछि किसानहरू चिन्तित् बनेका छन् । कैयौँ चौपायाको यसै रोगका कारण मृत्यु समेत भइसकेको छ । पछिल्लो समयमा नेपालका विभिन्न ठाँउमा लम्पी स्किन रोगले गाईगोरु मर्न थालेपछि पशुपालनमा संलग्न किसानहरू चिन्तित बनिरहेको बेलामा खोप लगाउन थालिएको हो ।

आरके श्रीवास्तव,रौतहट,असार १४ गते
रौतहट – बज्जिका कहाबत नामक पुस्तकको आज विमोचन गरिएको छ । जिल्लाको मध्य भागमा रहेको गरुडा स्थित रेडियो मधेश मसलाको सभाहलमा पुस्तक विमोचन समारोह आयोजन गरिएको थियो ।

बज्जिका साहित्य संगम गरुडा रौतहटको आयोजना र आकृति क्रिएसन हेटौडा,नेपाल साहित्यिक पत्रकार संघ मधेश प्रदेशको सह आयोजनामा पुस्तक विमोचन गरिएको हो । पुस्तकको प्रमुख बज्जिका साहित्कार रामचन्द्र महतोले एक समारोहका बीच विमोचन गरेका हुन् ।

नेपाल साहित्यक पत्रकार संघको १७ औं वार्षिकोत्सवको अवसरमा पुस्तक प्रकाशन गरिएको हो । पुस्तकमा विश्वराज अधिकारी द्धारा संकलन गरिएको बज्जिका भाषाको कहावत समावेश गरिएको छ ।

६४ पृष्ठको सो पुस्तकमा बज्जिका कहावतले नै भरिएको छ । सो पुस्तकको विमोचन पछि बोल्दै बज्जिका भाषाका साहित्यकारहरुले बज्जिका भाषा लाइ बढावा दिन अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सदिऔं देखि बज्जिकाञ्चल क्षेत्रमा बोलीने कहावतहरुलाइ पुस्तकको माध्यमले उतारनु भएकोमा धन्यवाद कृतज्ञ गरेका थिए ।

कार्यक्रममा पूर्व स्रोत व्यक्तिहरू बिन्दा सहनी, साहित्यकार मनमोहन सिंह मनोहर,बज्जिका साहित्यकारहरु लगायतले सो पुस्तकको विषयमा बोलेका थिए । बज्जिका साहित्य संगमका अध्यक्ष किसुन दयाल यादवको अध्यक्षतामा भएको कार्यक्रमलाइ साहित्यकार संजय साह मित्रले गर्नु भएको थियो ।

बज्जिकाञ्चल,राैतहट,असार १४ गते
जन्मदिवसको उपलक्ष्यमा अनाथालयलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाकाे मध्य भाग गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयमा खाद्यान्न उपलब्ध गराईएकाे हाे ।
चन्द्रपुर नगरपालिका-५, रौतहट निवासी नमूना अंग्रेजी आवासीय बिद्यालयकी सञ्चालिका लक्ष्मी श्रेष्ठले आफ्नो शुभ जन्मदिवसको उपलक्ष्यमा विभिन्न खाद्यान्न सामानहरू उपलब्ध गराईएकाे हाे ।
उनले चामल, आलु, चना, सोयाबिन, तेल, मसाला लगायत विभिन्न खाद्य सामग्री सपरिवार अनाथालयमा उपस्थित भई संस्थापक बंशीराम जडसवा लाई सहयोग स्वरूप हस्तान्तरण गर्नुभयो । आफ्ना खुशीका पलहरू अनाथालयका बालबालिकाहरू सँग साट्न सम्पर्क गर्न अनाथालय परिवारले अनुराेध गर्दै आएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,असार १४ गते
राैतहटकाे कटहरिया नगरपालिकामा किसानहरूले कृषि सामाग्री पाएका छन् । किसानहरुलाई खेती किसानीको लागी मोटर सहित कृषि सामानहरू वितरण गरिएको हाे ।
साे नगरपालिकाकाे वडा नम्बर ५ बलिरामपुर टोलका किसानलाई मोटर, स्प्रे टैकिं,डेलिभरी पाईप, तरकारीको बिउ, औषधि लगायका विभिन्न सामानहरू दिएकाे हाे ।
श्री जन जागरण कृषक समुह साना ब्यवसायिक कृषि उत्पादन केन्द्रको आयोजनामा आज(विहीबार) वितरण भएको हाे । साे अवसरमा जनप्रतिनिधि लगायत किसानहरूको सहभागीता रहेकाे थियाे ।