२०८३ श्रावण ७
२०८३ श्रावण ७

आरके श्रीवास्तव,रौतहट, २० गते असार
रौतहट –कोविड १९ लगायत महामारी रोग बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम गौर स्थित साइमन होटेलमा एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । पत्रकार,समाजसेवी तथा राजनितीकर्मीहरु सँग कोविड १९ लगायत महामारी रोग बारे अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

स्वास्थ्य कार्यालय रौतहट गौरको आयोजना भएको कार्यक्रममा कोविड १९ को अवस्था बारे अन्तरक्रिया सम्पन्न् भएको छ । सो कार्यक्रममा कोविड १९ लगायतका विभिन्न रोगहरुको अवस्थाको बारे जिल्ला स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी अनिल कुमार कर्णले जानकारी गराउनु भएको थियो ।
कायक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रौतहटका शाखाका सभापती प्रेमचन्द्र झाले कोविड १९ को अवस्थामा बारे जानकारी गराउने उदेश्यले राखिएको कार्यक्रम सराहनिय रहेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा पत्रकार साथीहरुले उठाउनु भएको सवालहरु,सल्लाह सुझावहरुको ग्रहण गर्न हुन आग्रह गर्नु भयो । कार्यक्रममा प्रस्तुत गरिएका डाटाहरु बाट पक्कै पनि फाइदा पुग्ने छ भने विश्वास व्यक्त गर्नु भयो ।


त्यस्तै नेकपा एसका नेता ब्रिजकिशोर यादवले जिल्लामा चलेको हाक्तिपाइले रोगको अभियान प्रति प्रश्न चिन्ह खडा भएको भन्दै यसबारे गम्भीर भएर समिक्षा गर्नुपर्नेमा जोड दिनु भयो । नागरिक समाजका अध्यक्ष जगरनाथ केसरीले कोविड १९ को बेला स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरुले खेलेको भूमिका महत्तवपूर्ण रहेको भन्दै प्रशंसा गर्नु भयो । साथै उनले कुनै पनि महामारी आउनु भन्दा पहिला पूर्व तयारी गर्नुपर्नेमा जोड दिनु भयो ।

यता जेष्ठ नागरिक समाजको तर्फ सहभागी विजयशंकर झाले स्वास्थ्य कार्यालय लाइ विभिन्न रोगहरु बारे सचेतना जगाउने काम गरि रह्न अनुरोध गर्नु भयो । कार्यक्रमलाइ समापन गर्दै स्वास्थ्य कार्यालय रौतहटका नि.कार्यालय प्रमुख सुरेश यादवले अन्तरक्रिया कार्यक्रममा उठेका सवालहरुको जवाफ दिदै आफूहरुले स्वास्थ्यको गतिविधिहरु सूधार गर्न तर्फ हमेशा लागि रह्ने प्रतिबद्धता जनाउनु भयो ।
सो कार्यक्रममा पत्रकार,समाजसेवी तथा राजनितीकर्मीहरुका प्रतिनिधीहरु सहभागी थिए ।

 

आरके श्रीवास्तव,रौतहट,२० गते असार
रौतहट–फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर २ स्थित भकुवा खोलामा झुलुंगे पुल निर्माण भइरहेको छ । सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयको विशेष पहलमा झुलुंगे पुल निर्माण हुन लागेको हो । सितलपुर र चिरचिरिया चौरी जोडने झुलुंगे पुलको निर्माण हुन थालेपछि गाउँका बासिन्दाहरु हर्षित भएका छन् ।

उक्त झुलुंगे पुल निर्माण भएपछि किसानलाइ विशेष फाइदा पुग्ने देखिन्छ । झुलुंगे पुल नहुँदा किसानहरुलाइ करिब डेढ किलोमिटर घुमाउरो बाटो भएर कृषि सामान

हरु धान,गहुँ,मकै बाली ढुवानी गर्नु पर्ने बाध्यता थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ ।
फतुवा बिजयपुर नगरपालिका तथा टि.वि.एस.यु./हेल्भिटासको संयुक्त लगानीमा सो झुलुंगे पुल निर्माण हुन लागेको हो । झुलुंगे पुलमा नगरपालिकाको ३ प्रतिशत मात्र लगानी र बाँकी संस्थाले आफै लगानी लगाउने इ.अशोक कुमार साहले बताउनु भयो ।

उक्त झुलुंगे पुल निर्माणको लागि अनुमानित लागत करिब ४८ लाख रहेको उनले जानकारी गराए ।
यस वर्ष उक्त झुलुंगे पुल निर्माणको लागि २५ लाख रुपैयाँ मात्र छुट्टयाइएको वडा अध्यक्ष यालवले बताउनु भयो । निर्माणाधीन झुलुंगे पुलको काम तिव्र गतिमा भइरहेको यनले बताए ।

सो पुलको निर्माण सम्पन्न भएपछि साना मानिसलाई आवतजावतमा सहज हुने स्थानीय मुनिफ यालवले जनाएका छन् । सो पुल निर्माण भएपछि उक्त क्षेत्रमा खेतवारी भएका सायौं किसानहरुलाई आवतजावतमा सहज हुने उनले बताए । बाढीको समयमा भकुवा खोलामा अत्यधिक पानीको बहावको कारण मानिसलाई आवतजावतमा समस्या हुने भएकोले सो पुल निर्माण भएपछि उक्त समस्या हटेर जाने स्थानिय वासिन्दाहरु बताउँछन् ।

    

रौतहट, १९ असार । रौतहटको परोहा नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि ४७ करोड ५७ लाख ३२ हजार सात सय रुपैयाँको बजेट ल्याएको छ ।

गत असार १० गते सम्पन्न नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०।८१ का लागि ४७ करोड ५७ लाख ३२ हजार सात सय रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

नगरपालिकाले दिएको जानकारी अनुसार चालुतर्फ ३१ करोड १७ लाख ३२ हजार र पुँजीगततर्फ १६ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको पूर्णपाठ

सतौ नगर सभा निति तथा कार्यक्रम २०८०.८१

 

आरके श्रीवास्तव,रौतहट,असार १८ गते

फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ ले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा आज(आईतवार)एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

सो नगरपालिकाको वडा नम्बर १ भित्र बसोबास गर्ने ७० वर्ष माथिका १ सय ५० जनालाई जनही झुल,टर्च र छाता प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरिएको हो । वडा अध्यक्ष बिजय यादवले जेष्ठ नागरिकहरु लाइ ती सामानहरु प्रदान गरेर सम्मान गर्नु भएको हो ।

जेष्ठ नागरिकहरुलाई आत्मसम्मान बढाउनका लागि सम्मान गरिएको वडा अध्यक्ष यादवले बताए । वडा स्तरीय योजना बाट ५ लाख बजेट छुट्टयाएर उक्त कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

सो नगरपालिका अन्तर्गत वडा नम्बर १ मा पहिलो पटक यसरी जेष्ठ नागरिकहरुको आत्मसम्मान हुने काम गरेकोमा उनिहरु सुखी भएका छन् । वडा बाट बृद्धबृद्धालाई सम्मान गर्दा खुसी लागेको बृद्धहरुले प्रतिक्रिया दिएका छन् । उनीहरुले भनेका छन् म वडा अध्यक्षलाई धन्यबाद दिन्छु ।

बुढापाकालाई यसरी सम्मान गर्नु यो भन्दा ठुलो धर्म अरु नभएको उनीहरुक बताउँछन् । सो अवसरमा वडा सचिव ब्रिजकिशोर यादव, वडा सदस्यहरु रामपृत यादव,सिकलिा देवी,रामप्रवेश मुखिया,जगरनाथ यादव,विरेन्द्र ठाकुर लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

आरके श्रीवास्तव,रौतहट,असार १७ गते
रौतहट । रौतहटको कटहरिया–सन्तपुर–कलैया सडकखण्डमा लालबककैया पुल भन्दा अलि अगाडी बाँधको छेउँमा कजवे निर्माणको क्रममा ठेकेदारले चरम लापरवाही गरेका छन् । जसका कारण सो बाटो भएर आउनजान दुर्घटनाको जोखिम बढेको छ ।


उक्त ठाउँमा गिता निर्माण सेवाले कजवे निर्माणको लागि जिम्मा पाएको हो । कजवे निर्माणको लागि खाल्डो खनेका छन् । खाल्डो खनेको ठाउँमा ब्रेकर या घेराबेरा गर्नुपर्ने हो । तर त्यस्तो नगरेर खुला रुपमा नै छाडेका छन् । यसरी गर्दा दिनहुँजसो साइकल,मोटरसाइकिल र पैदलयात्रीहरु लडिरहेका छन् ।
एका पट्टी ढुंगा राख्ने र अर्को पट्टी सडकको छेउमामा खाल्डो खनेर छाडेपछि सो बाटो भएर आउ–जाउ गर्ने सवारी साधनहरुले ठूलो सास्ती खेप्नु परेको छ । ठेकेदारको लापारवाहीले सर्वसाधारणहरु लाइ सस्ती बेहोर्नुप¥यो ।


यस विषयमा सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर प्रभु साह सँग बुझदा खाल्डो खनेपछि घेरा लगाउनु पर्ने हो । त्यस्तो नगरेको भए आफूले बुझेर गर्न लगाउने बताए । यता निर्माण सेवाका सञ्चालक सुरेन्द्र यादव सँग बुझदा आफूले छिट्टै घेराबेरा लगाउने र कामलाइ तिव्र गतिले अगाडी बढाउने बताएका छन् ।

ठेकेदारहरुबाट यस्तो लापारवाही यसअघि पनि बेला–बेला हुने गरेको छ । यसअघि विरेन्द्र राजमार्गमै खनेको खाल्डोमा साइकिलयात्रीको खसेर दुर्घटना भइ मृत्यु भएको थियो । त्यस्तै किसिमको दुर्घटना हुन सक्ने भएर बेलैमा सम्बन्धित निकायले ध्यान पुर्याओस् भनि स्थानियहरुको भनाइ छ ।

 

रौतहट,असार १६ गते
रौतहट । नेपाल प्रहरीको मनोवल बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको डब्लस ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताका विजयी खेलाडीलाई रौतहका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पुरस्कार प्रमाणपत्र तथा मेडल लगाई दिएका छन । सो प्रतियोगितामा प्रथम प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी वरिष्ठ नायव निरीक्षक योगराज खड्का ,दोस्रो प्रहरी नायव उपरिक्षक उमाशंकर यादव र सशस्त्र प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद तिमल्सेना भएका छन । सो अवसरमा प्रहरी उपरीक्षक विरबहादुर बुढा मगर , सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी , राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक चन्दन झाको उपस्थिति रहेको थियो । असार १४ गते देखि शुरु भएको प्रतियोगितामा नेपाल प्रहरी , प्रहरी स्कुलका गरि १० जोडि सहभागी भएका थिए ।

 

बज्जिकाञ्चल ,रौतहट,असार १६

माैलापुर नगरपालिका वडा नम्बर ४ पताैरामा एक २४ वर्षिया महिला र २ वर्षको वालिकाको मृत अवस्थामा लास फेला परेका छन । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरका अनुसार २४ वर्षिया माला भन्ने कविता देवी र उनका २ वर्षिया आरुही कुमारीको घर मै मृत अवस्थामा फेला परेको हो ।

अवाेध वालिका आरुही कुमारीको लास पंखामा झुन्डयाईएको अवस्थामा र कविताको लास घरबाट बाहिरीने सिढी मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए ।

घटना शुक्रबार राति तीन बजेको भएपनि हत्या या आत्म हत्या यकिन गर्न गाह्रो रहेको बताउदै प्रहरी उपरीक्षक बुढामगरले अनुसन्धान भई रहेको बताए।यता मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह सो परिवार घटना पछि फरार भएका छन ।

माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका पिता विजय शंकर साहका अनुसार घटना वारे आफुलाई स्थानिय लखिन्द्र साहले फोन गरेको जानकारी हुने विति कै पुगे पनि प्रहरीले आफुलाई घटना स्थलमा जान नदिएको बताए । धेरै वेर राेई कराई गरेपछि विहान सात बजेमात्र छोरी नातिनीको लास हेर्न पाएको बताए ।

छाेरी र ज्वाइँ बिच पटक पटक बिवाद हुदा आफुले मिलेर बस्न दुबै जनालाई सम्झाई बुझाई गरेको बताउदै कविता पिताले ज्वाइँ धिरेन्द्र साहबाट कहिले नगद कहिले पलङ्ग, कहिले सुनकाेऔठि र सिकडि माग हुदै आएको बताए ।

छोरिलाई पटक पटक यही निहुमा कुटपिट लगायत अपमान जनक व्वहार हुदै आएको बताउदै मेरो छोरी आत्म हत्या गर्ने बाला थिएन । मेरो ज्वाइँ र सम्धी सहितका व्यक्ति मिली हत्या गरेको मृतक कविता साहकाे बुबाले आरोप लगाएका छन।

हत्या गरिएको खवर छ । दहेजमा थप नगद सिकडी, औंठी नदिएको रिसमा घटना भएको पिडित पक्षले दाबी गरेका छन ।

 

मँजय राम कटहरिया,आजको पात्रो जेष्ठ २०८०र०३र१६ गते
त्रयोदशी, आषाढ शुक्लपक्ष,शनि प्रदोष व्रत,आज अन्तर्राष्ट्रिय सहकारी दिवस
आज बिहान सूर्योदय ०५ः१२ मा हुनेछ भने सूर्यास्त ७ : ०४ मा हुनेछ । तिथि : त्रयोदशी २०:५२ बजेसम्म, त्यसपछी चतुर्दशी , नक्षत्र : अनुराधा १३:१८ बजेसम्म, त्यसपछी ज्येष्ठा , योग : शुभ २२:०३ बजेसम्म, त्यसपछी शुक्ल , करण : कौलव ०९:३१ बजेसम्म, त्यसपछी तैतिल २०:५२ बजेसम्म, त्यसपछी गर ।

राशीफल :-

मेष ( ARIES) चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

वृष(TAURUS ) इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ ।

मिथुन ( GEMINI) का, कि, कु, घ, ङ, छ, के, को, ह

आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट ( CANCER ) हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह  (LEO )  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

कन्या ( VIRGO ) टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

तुला (LIBRA ) र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक(SCORPIO)  तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

धनु( SAGITTARIUS ) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। तर शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

मकर ( CAPRICORN )  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अकस्मात् धन प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ।

कुम्भ ( AQUARIUS)  गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

मीन ( PISCES )  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेका समस्या दोहोरिए पनि आँटेको काम सम्पादन गर्न सकिनेछ। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ भइरहने छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

नेपाली पात्रो

 

आरके श्रीवास्तव,रौतहट, १५ गते असार  ।

देशभर शुक्रबार धान दिवस मनाएको छ । हरेक १५ असारमा धान दिवस मनाइने गरिन्छ । सोहीअनुसार शुक्रबार विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ ।  यसैक्रममा रौतहटमा अखिल नेपाल किसान महासंघ रौतहटले खेतको हिलोमा धान रोपेर धान दिवस मनाएका छन् ।  नेकपा एमालेका नेताहरु  शुक्रबार रोपाइँमा रमाएका छन् ।

अ.ने.कि.म.रौतहटका अध्यक्ष किशोरी महतोको अध्यक्षतामा भएको धान रोपाइ कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् पुर्व सांसद रेखा कुमारी झाको प्रमुख आतिथ्य , मधेस प्रदेश पूर्व मन्त्री एवम् प्रदेश सांसद केशव चौधरीको बिशिस्ट आतिथ्य र अतिथिहरुमा एमाले प्रदेश सचिवालय सदस्य मणिशंकर निधि ,

देवाही गोनाही उपप्रमुख परनिया देवि ,प्रदेश कमिटी सदस्य रुपनारायन दास , एमाले रौतहट प्रचार बिभाग प्रमुख रुपेश पटेल, किसान नेता भारत पटेल , दिपक यादव ,नगर अध्यक्ष ब्राह्मदेव राउत लगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

देवाहि गोनाही नपाको वाड न.१ करुनियामा धान रोपि धान रोपाइ दिवस कार्यक्रम सम्पन्न भएको हो र सो धान रोपाइ दिवस कार्यक्रम आयोजना गरेकोमा अ.ने.कि.म.रौतहटलाइ धन्यवाद ज्ञापन दिई कार्यक्रम समापन भएको हो ।

सरिता श्रीवास्तव,कटहरिया,असार १५ गते

रौतहट प्रहरीले फरार प्रतिवादी लाइ पक्राउ गरेको छ । सम्मानित अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्रेको हो । प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा बिभिन्न मुद्दा शिर्षकका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानि रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता उमाशंकर यादवले जानकारी गराउनु भयो ।

पक्राउ पर्नेहरुमा कुटपिट मुद्दाको फरार प्रतिवादीहरु गरुडा न.पा.२ गेडहिगुठि बस्ने अन्दाजी वर्ष ६५ को बलिराम सहनी ,सोही ठाउँमा बस्ने अन्दाजी वर्ष ५५ को कृष्णनन्दन सहनी ,अन्दाजी वर्ष ३५ को सुनिल सहनी ,अन्दाजी वर्ष ३९ को प्रभुनन्दन भन्ने शशि सहनी रहेका छन् ।

त्यस्तै जुवा सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादीहरु सोही ठाउँमा बस्ने अन्दाजी वर्ष ६५ को जम्दार साह ,वर्ष ६० को जुकिन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।