रौतहट,साउन ५ गते
सरकारले आलु र प्याजमा लगाईएको कर हटाउनु पर्ने आम जनता पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले बताएका छन् । गृह जिल्ला रौतहटको बौद्धीमाई नगरपालिका–८ मा आयोजित आईटी आर्मीको दोस्रो बार्षिक उत्सवको अवसरमा नव निर्मित भवनको समुदघाटन तथा वृक्षारोपन कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले देशमा आम जनता लचार र ठुल्ला दलका नेताहरु शासक भएको आरोप लगाउनु भयो ।
जनताहरुले ठुलो आशा र भरोसा गरि देशमा ल्याएको लोकतन्त्र दलतन्त्रमा परिणत भएको बताउँदै आजपाको उदय भएको बताए । सांसद साहले अहिलेको अवस्थामा दल शासक र जनता शासित भएको र भुठि भरी मान्छेले देशमा राजगरिरहेको बताउनु भयो ।
देशमा अहिले पहुच र संख्याको अधारमा केन्द्रमा भागवण्डा भईरहेको भन्दै त्यस्ता भागवण्डाको राजनीतिक अन्तय गर्नुको बिक्लप नरहेको बताउनु भयो । जयराम दासको अध्यक्षतामा भएको कार्यक्रममा आम जनता पार्टीका रौतहट ईन्चार्ज त्रिभुवन साह,केन्द्रीय सदस्य श्री भगवान पटेल,दलित मोर्चाका केन्द्रीय अध्यक्ष चन्देश्वर साह,गौर हत्याकाण्डका पिडित संघर्ष समितिका संयोजक रुपसागर देवी दुवै वडाका अध्यक्ष र स्थानीयहरुको रोहवरमा कार्यक्रम सहभागीता रहेको थियोे ।
बज्जिकाञ्चल,रौतहट,साउन ०५ गते
नेपाली सेना विरदल गण रौतहटले द्वारा वृक्षारोपण गरेको छ । पर्यावरण लाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ जिल्ला सदरमुकाम गौर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन् ।
सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिन्छ भनेका हुन् ।

विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र रौतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको रोपण गरिएको हो ।
वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको सौन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए ।
सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीको सहभागीता रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,साउन ०५ गते ।
रौतहट । रौतहटको सिमानाका बाट भारती कुखुराको तस्करी भईरहेको पाईएको छ । भारती कुखुराको तस्करी बढ्दा नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् ।
भारतबाट नेपाल भित्र्याउन रोक लगाईए पनि सीमा क्षेत्रमा कुखुराको अवैध कारोबारमा वृद्धि भएको छ । नेपाल भन्दा भारती बजारमा कुखुरा सस्ता पर्छ । त्यहाँको कुखुरा नेपाली बजार अहिले छ्यापछ्याप्ती पाईरहेको छ । जसकारण नेपाली किसानले उत्पादन गरेको कुखुरा बिक्री हुन सकेको छैन् ।
जिल्लाको दक्षिणी भेग बौधीमाई,राजपुर लगायतका सिमानाकामा प्रहरीको निगरानी कम हुँदा भारतीय कुखुराको तस्करी बढेको छ । भारतीय कुखुराहरू अवैध रुपमा नेपाली बजार सम्म पुग्दा नेपाली कुखुराको मासु बिक्रीमा कमी भएको छ भने भारती कुखुराको मासु बिक्री वितरणमा वृद्धि भएको छ ।
जिल्लाको फतुवा बिजयपुर २ शितलपुर एक कुखुरा उत्पादक किसान भन्छन् नेपालमा भारतीय कुखुरा खुलेआम रूपमा प्रवेश पाउँदा मैले उत्पादन गरेको करिब ८ सय कुखुरा फार्ममै यस्तै बसिरहेको छ । बिक्री हुन सकेको छैन् । दैनिक लाखौं मूल्य बराबरको दाना खुवाउनु परेको छ ।
सीमानकामा प्रहरी तैनाथ छ । तैपनी कुखुरा तस्करी भइरहको छ । यस प्रति किसानहरुले गुणासो गरेका छन् । यस विषयमा कुखुरा व्यवसायी संघ रौतहटका अध्यक्ष हरिशंकर साह भन्छन् हामी पटक पटक जिल्लाको सुरक्षा निकायको प्रमुखहरु सँग भारतीय कुखुरा प्रवेशमा रोक लगाउन आग्रह गरे पनि कुनै सुनवाइ हुन नसकेको गुणासो गरे । यती आग्रह गर्दा पनि कुखुरा तस्करी रुकन सकेको छैन् । जिल्लाको बंकुल देखि बेलविछवा सम्म खुलेआम रुपमा भारतीय कुखुराको तस्करी हुने गरेको साहको दाबी छ ।
इन्दीप कोइराला
बारा, ४ साउन । नेपाली कांग्रेस बाराले जिल्ला कार्यसमितिका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ । सवारी दुर्घटनाको विषयमा छलफल गर्न पुगेका यादव प्रहरी कार्यालयभित्रै कुटिएपछि आन्दोलित बनेको कांग्रेसले कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न माग गरेको हो ।
कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापन बुझाउदै प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कांग्रेसको आन्दोलनमा एकिकृत समाजवादीले समेत साथ दिएको छ ।
प्रहरीले कांग्रेस सचिव यादवमाथी कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथी समेत दुर्व्यवहार भएको भन्दै एकीकृत समाजवादीले कांग्रेसको मागमा समर्थन जनाएको हो । कांग्रेस र एकीकृत समाजवादीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहले कांग्रेस सचिव यादवमाथी कुटपिट गरी प्रहरी कार्यालयमै थुनामा राखेर मानसिक यातना दिएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमार्फत कुटपिट घटनामा संलग्न प्रहरी अधिकारीलाई कारवाही नभए संयुक्तरुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । प्रजिअ सापकोटालाई कांग्रेस जिल्ला उपसभापति मनोट भट्ट, जिल्ला सचिव राजेश रौनियार, जिल्ला सहसचिव प्रमोद यादव, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, जिल्ला सचिव बिक्रम ठाकुरलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।
कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथी कुटपिट भएको यादवले बताएका छन् ।
कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ । उनको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । पछील्लो पटक बारा प्रहरीको कारण बिभिन्न स्थानीय तह र जनप्रतिनिधिबीच विवाद तथा प्रहरीको दमन बड्दै गएको छ । बारा प्रहरी कार्यालयका प्रमुख होबेन्द्र बोगटीको कार्यसम्पादनमा समेत प्रश्न जिल्लामा उठ्दै गएको हो ।
काठमाडौं, ४ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिरुद्द उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन् ।
उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदबार भएका कुश्वाहा अनुशाषनकाे कारबाहीमा परेका हुन । उनी बारा–२ मा जनमतवाट उम्मेदवार थिए ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशाषन बिभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार कुश्वाहालाई पार्टी बिरोधी गतिबिधि तथा नेतृत्वको बिरोधमा बिभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ बर्षका लागि निलम्बनमा राखिएको छ।
इन्दीप कोइराला
बारा, ५ साउन । नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला विहिबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् ।
कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेसका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रीत रहन निर्देशन दिएका छन् । मधेसको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भएपनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताएका छन् ।
‘संख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठुलो पार्टी हो तर यतिले पुग्दैन,’ ज्ञवालीले भने, ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’
मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिएका छन् । ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताएका छन् ।

भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुदै बागमतीमा ल्याएर मधेसमा सिंचाइसुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्वतहले गम्भिरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाई थियो ।
कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटव्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेस प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
रमेश कुमार यादव,गरुडा,साउन ०४ गते
गरुडा नगर उधोग वाणिज्य संघ गरुडा रौतहटको दोश्रो वार्षिक साधारण सभा सम्पन भएको छ ।“सम्मानित निजि क्षेत्र,समुन्न्त नेपाल“ भन्ने मुल नाराका साथ गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको दोश्रो बार्षिक साधारण सभा भब्यको साथ सम्पन भएको छ । गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरिएको दोश्रो बार्षिक साधारण सभाको प्रमुख अतिथी मधेश प्रदेश सरकारको समाजिक बिकास राज्यमन्त्री माननीय अबुल कलाम अजाद रहनु भएको थियो भन्ने कार्यक्रमको बिशिस्ट अतिथी गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य सन्तोश कुमार चौधरीले गर्नु भएको थियो । गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको दोस्रो बार्षिक साधारण सभा कार्यक्रमको प्रमुख अतिथि माननिय अबुल कलाम अजादले आफ्नो मन्तब्य राख्दै भने यो सराहनिय कार्य गरेको प्रति यस नगर उधोग बाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र प्रसाद चौधरी र वहाँका टिमलाई बिशेष धन्यबाद दिदैँ यस भवन निर्माण गर्न जग्गा दिएको जग्गादाता चुनचुन प्रसाद साहलाई धेरै–धेरै धन्यबाद दिएका थिए । साथै वहाँले भने कि यस गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको नवनिर्मित भवनको उद्धघाटन देखि दोस्रो बार्षिक साधारण सभामा उपस्थिती नहुनु अति नै दुःखद कुरा रहेको प्रति आपति जनाउनु भएको थियो । साथै जग्गा दातालाई कुनै समस्या हुँदा यहाँ यस भवनमा भएको सभामा आएर आफ्नो गुनासो राख्न सक्थ्यो तर वहाँले यसो नगर्दा दुखको कुरो रहेको बताउनु भयो । साथै माननिय अबुल कलाम अजादले गरुडा नगरको बिकास कार्यदेखि लिएर कुनै पनि कार्यमा आफु सहयोग गर्नमा हरदम तत्पर रहने बताउनु भयो । साथै ब्यापारीहरुले देखाएको अग्रसरता एकदम सराहनिय र अमुल्य रहेको बताउनु भयो । ब्यापारीहरुको प्रत्येक समस्यालाई सुल्झाउने संघको अध्यक्षको उत्तरदायित्व रहेको पनि बताउनु भयो ।
त्यसतै सोहि कार्यक्रमको बिशिष्ट अतिथि समेत रहनु भएका गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले गरुडा नगर उधोग बाणिज्य संघको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीले आफ्नो कार्यकालमा भवनको शिलान्यास देखि लिएर भवनको उद्धघाटनसम्म गरेको कार्य यादगार रहेको बताउनु भयो । दोस्रो खुल्ला साधारण सभाको सफलताको कामना साथै बन्द सत्र कार्यक्रममा ब्यापारीहरुको हकहितको लागी गर्ने कार्य सराहणिय हुने आशा र बिश्वास लिएको बताउनु भयो । साथै यस भवन निर्माणमा सहयोग गर्ने जग्गादाता देखि निर्माणमा सहयोग गर्ने हाथहरुलाई पनि बिशेष धन्यबाद दिएका थिए । त्यसतै उधोग बाणिज्य संघ भवनको दोस्रो तल्ला निर्माण देखि लिएर आवतजावत गर्नमा समस्या भईरहेको सडकमा आउदो समयमा यस भवनमा आउने सडक पक्की हुने बिश्वास समेत दिलाएका थिए । नगर प्रमुख जैसवालले भने म मेयरको पद भन्दा अघि यस नगर उधोग बाणिज्य संघको दुई चोटी अध्यक्ष समेत भईसकेका र दुई चोटी जिल्ला अध्यक्ष समेत बसिसकेकाले ब्यापारीहरुको दुख पिडा,दर्द र उनीहरुले भोगेका मर्म, म भन्दा बढि कसले बुझछन भनि बताएका थिए । त्यस कारण अहिलेको समयमा बैंकहरुबाट कर्जा लिएका ब्यापारीहरुलाई प्रहरी प्रशासन लगाउने र उनीहरुलाई धाकधम्की देखाउने र ब्याजमा समेत बृद्धि गरेर झन थप पिडा दिएकोले सम्पुर्ण ब्यापारीहरु एक जुट भई बैंक बिरुद्ध प्रतिकार गर्ने आग्रह समेत गर्नु भएका थिए । त्यसतै सोहि कार्यक्रममा बोल्र्दै सुनचाँदी ब्यवसायी संघका मधेश प्रदेशका अध्यक्ष रामजी साह सोनारले भने उद्धघाटनको दिन आज ब्यापारीहरुको उपस्थितीले धेरै हर्षित भएको बताउनु भयो । बैंकका कर्मचारीहरूको आतंक बन्द गराउन तर्फ उपस्थित भएका समाजिक राज्यमन्त्री अजादलाई यस सम्बन्धिन ध्यान दिनुपर्नेमा आग्रह गर्नु थियो । त्यसतै सोहि कार्यक्रममा बोल्दै चन्द्रपुर नगर उधोग बाणिज्य संघका अध्यक्ष उदय नरायण सापकोटाले राज्यको नितिगत कुराहरुले ब्यवसायी प्रतारित भएका छन । रौतहटमा घरेलु तथा साना उधोगी ब्यवासायीहरु दर्ता गरेर ब्यावसायीको धेरै नै ठुलो मर्का रहेको बताउनु भयो ।वहाँले भन्ने राज्यको एउटा ठुलो अंग ब्यापारी नै रहेको र यो देशलाई ब्यापारीले नै चलाईरहेको छ छ तर ब्यापारीहरुमाथि नै ठुलो ज्यादति किन यस्तो प्रश्न समेत गरेका थिए रुअध्यक्ष सापकोटाले भने हामिले चलाई रहेको साना घरेलु उधोगको तथा फर्महरु समयमा नबिकरण गरेनौ भने अर्थात कुनै कारणबंश एक बर्ष कटायौं भने नविकरण गर्ने ब्यवस्था छैन कानुनी अडचन छ त्यसकारण यस कानुनलाई यर्थाशिघ्र संसोधन गरेर नविकरण गर्ने ब्यवस्था होस भने ध्यानआकर्षण गराएका थिए ।अर्को कुरा वहाँले भन्नु भयो यदि हाम्रो फर्मको म्याद गुज्रिएको ३५ दिन भित्रमा नविकरण गरेनौं भने हामिलाई तिन गुणा दस्तुर लाग्नुको साथै थप पाँच हजार हरजाना लाग्ने गर्छ ,हामि राज्यको कुन अपराधि अन्तर्गत पर्छौ कि तिन गुणा दस्तुर लाग्ने र थप पाँच हजार हरजाना लाग्ने यस कुरा हटाउन माननिय मन्त्री अजादलाई बिशेष ध्यानआकर्षण समेत गराएका थिए । कार्यक्रममा नगर उधोग बाणिज्य संघ गरुडाका सम्पुर्ण सदस्यहरुलाई फुलमाला ,दोसाला र मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए ।
सोहि कार्यक्रममा रौतहट उधोग वाणिज्य संघ अध्यक्ष श्री प्रसाद पंडित, चन्द्रपुर नगर उधोग बाणिज्य संघको अध्यक्ष उदय नरायण सापकोटा ,एमाले नेता सेख कलीमुल्लाह,दलित विकास समिति सदस्य राजकुमार दास, वडा नं।४को वडाअध्यक्ष सुनील कुमार जैसवाल,, युवा नेता कौशर खान मिथिला, बलिराम सहनि, सुशीला जैसवाल, अनिता कर्ण ,सुरक्षाकर्मि ,पत्रकार लगायत सम्पूर्ण व्यपारिको बिशेष उपस्थिति रहेको थियो ।
हनुमत कुमार यादव,गाैर,साउन ०४ गते ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा न . ७ मुडवलवामा रहेको श्री नेमधारी वासुदेव नमुना मा. वि. मुडवलवाले आज दिवा खाजा तथा छात्रवृति वितरण गरेकाे छ । बालविकास र कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु लाई दिवा खाजा वापतको रकम र कक्षा १ देखि १२ सम्म छात्रहरु लाई छात्रवृति वापतको रकम वितरण गरिएको छ । जिल्लाकै अबल स्थान प्राप्त गर्ने तर्फ अग्रसर रहेको २०१७ सालमा स्थापित भएको यो विधालयले अहिले धेरै बिकसित र गुणस्तरीय बनेकाे छ ।

यो नमुना मा. वि. मा क्षमताको अनुपात विद्यार्थी बढी रहेको छन् । यहाँ दरबन्दी अनुपातको शिक्षक न रहेकोले अधयं अध्यापनमा समस्या पनि भई रहेको प्रध्यानाध्यापक रवि शंकर यादवको भनाई रहेको छ । विधालयमा क्षमता भन्दा बढी विद्यार्थी भएको करण तोकिएको समय भित्र खाजा बनाई खुवाउने सम्भव न रहेकोले सो बापतको रकम बितरण गरिएको विधालय वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन् ।
नगरपालिकाले निकासा दिनमा ढिलाई गरेकोले दिवा खाजा तथा छात्रवृति वितरणमा समय लागेको समेत उनले बताए । साथै स्थानीय सरकार नगरपालिकाको साथ सहयो आवसयक रहेको र समय समयमा छड्के अनुगमन पनि जरुरि देखिएको बताए । विद्यालय प्राङ्गणमामै आयोजना गरिएको सो कार्यक्रममा वडा अध्यक्ष विजय संकर प्रसाद यादव , वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादव, सविधान सभा सदस्य रम्भा देवी, वडा न ८ का वडा अध्यक्ष , समाजसेवी राम बशिष्ठ यादव , प्रध्यानाध्यापक रवि शंकर यादव सहित विधालय शिक्षक शिक्षिका,विद्यार्थीहरु अभिभावक लगायत गाउका भाद्र्भालाआद्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उध्घोसन शिक्षक टेकनाथ खतिवडाले गर्नु भएको थियो ।
रौतहट,साउन ०४ गते ।
रौतहट । नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाइएको छ । विद्युत आपूर्तिमा भएका गडबडी सुधार गर्न तथा लागातार बिजुली दिनलगायतका माग राख्दै स्थानीय उपभोक्ताले विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कटहरिया नगरपालिकाका पूर्वनगर प्रमुख सियाराम कुशवाहा र समाजसेवी मनोज कुमार साहको नेतृत्वमा पुगेको टोलीले तीन बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
मौलापुर वितरण केन्द्रमा छिनछिनमा लाइन जाने समस्या सामाधान, कटहरियामा विद्युत महसुल संकलन काउन्टरको स्थापना र झुण्डिएको तार तथा पोल व्यवस्थित गर्न माग गर्दै मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश यादवलाई ज्ञापनपत्र बझाएको समाजसेवी मनोज कुमार साहले बताए ।

ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख यादवले विद्युत आपूर्तिमा देखिएको समस्या सामाधान हुने, कटहरियामा मोबाइल आय काउन्टर सञ्चालन निकट भविष्यमा गरिने तथा झुण्डिएका तार तथा पोल आवश्यकता अनुसार सुधार गर्दै लैजाने बताए ।