२०८३ बैशाख १९
२०८३ बैशाख १९

 

राैतहट,साउन २२ गते

राैतहटकाे राजदेवीमा लागु औषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक सम्पन्न भएको छ । “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी वडा समिति नम्बर ८ राजदेवि नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चाैकी बेलबिछवा रौतहटको सहयोगमा आईतवार साे कार्यक्रम गरिएको थियाे । कार्यक्रममा सोही वडाका स्थानिय, भद्रभलादमी, बालबलिका समेत गरी अन्दाजी २० जना मानिसहरुको सहभागितामा लागुऔषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।

ओम प्रकाश यादव,साउन २१ गते, रौतहट ।
जिल्ला कारागार रौतहटमा क्षमता भन्दा करिव दोब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा ठुलो समस्या देखिएको छ । जिल्ला कारागार गौरको क्षमता २ सय जनाको मात्र भएपनि हाल उक्त कारागारमा ३ सय ६८ जना कैदीबन्दी रहेका छन् । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या आएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख (जेलर) मणिभुषण साहले बताएका छन् ।
भवन अभाव हुँदा क्षमता भन्दा लगभग दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ । प्रयाप्त भवन नहुँदा कैदीबन्दीहरुले एउटै कोठामा क्षमता भन्दा धेरै बस्नु पर्ने बाध्यता रहेको कारण उनिहरुको व्यवस्थापन गर्न समस्या भइरहेको जेलर साहले बताए ।
क्षमता भन्दा बढी कैदीबन्दी भएपछि कैदीबन्दीहरुलाई खाने, बस्ने, सुत्ने, लत्ता कपडा, शौचालयको अभाव छ भने राशन, विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको जेलर साहले बताए । उनले भने, “कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ।” पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर साहले बताए ।
जेनतेन गरेर केही स्थानीय तहको सहयोगमा आफुले जिर्ण भवनलाई थोरै व्यवस्थित गरेपनि अझै सुधार तथा मर्मतका काम धेरै गर्न बाँकी रहेको उनले बताए । वर्षाको पानीको निकास नहुँदा वर्षाको समयमा कारागार कार्यालय भित्र पानी जम्ने गरेको र त्यही जमेको पानीमा कैदीबन्दी बस्न बाध्य हुँदै आएको समेत उनले बताए । क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउन समेत समस्या हुने गरेको कैदीबन्दीहरुको गुनासो छ । कारागार भवन धेरै जिर्ण भएकोले आफुहरु बर्षाको समयमा रातीमा राम्ररी सुत्न समेत नपाउने गरेको कैदीबन्दीहरु बताउँछन् । सबैभन्दा ठूलो समस्या शौचालयको रहेको उनिहरुको भनाई छ् ।
विहान शौचालय जादा घण्टौसम्म पालो कुर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । यस्तै खाना खानको लागि समेत घण्टौ लाइनमा बस्नुपर्ने र सुत्नलाई समेत पालो कुर्नुपर्ने अवस्था रहेको कैदीहरुको गुनासो छ । कैदीको संख्या क्षमता भन्दा बढी हुँदा कोचिएर बस्नुपर्ने बाध्यताका कारण कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमण हुन सक्ने खतरा समेत उतिकै छ ।
पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागारलाई भ्याइनभ्याइ छ । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय रौतहट तथा कारागार विभागलाई समस्याबारे जानकारी गराउँदै आए पनि सुनवाइ नभएको बताइन्छ । आजभन्दा ९१ वर्षअघि वि.सं. १९८९ सालमा स्थापना भएको जिल्ला कारागार कार्यालय रौतहट अहिले संरक्षणको अभावमा दिनप्रतिदिनि जीर्ण बन्दै गएको छ ।
यस आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय सरकार र विभिन्न दातृ निकायको सहयोगमा कैदीबन्दीको सुविधाका लागि थप तिन वटा शौचालय निर्माण गरिएको छ भने कैदीबन्दीको फोन गर्ने ठाउँ, खाना खाने ठाउँलाई मर्मत गरी व्यवस्थित गरिएको छ । त्यस्तै १५ थान पंखा, दुई वटा पानी तान्ने मोटर, हाते पम्प एक थान र २० वटा त्रिपाल कैदीबन्दीहरुलाई विभिन्न श्रोतबाट उपलब्ध गराइएपछि उनिहरुलाई थोरै राहत भएको जिल्ला कारागाार कार्यालयले जनाएको छ ।

आरके श्रीवास्तव,रौतहट,साउन २१ गते ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको मिलेमतोमा रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सार्ने षडयन्त्र भएको उँखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले आरोप लगाउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो आरोप लगाउनु भएको छ । उधोग मन्त्रीले आफनो जिल्लामा अर्को चिनी मिल स्थापना गराइ वाहवाही कमाउनका लागि चिनी मिल उठाउन लगाउने षडयन्त्रमा लागनु भएको वहाँको आरोप छ । भोट बैंक बनाउने मन्सायले यस्तो गर्न लागनु भएको बताउनु भयो ।

विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो । मिल सञ्चालकले अनाधिकृत रुपले मिल कवाड भनि टेण्डर प्रक्रिया बढाएको लाइ खारेज गरी मिल पुनः सञ्चालन गर्न वहाँहरुको माग छ । संघका अध्यक्ष यादवका अनुुसार मन्त्री रिजाल विशाल ग्रुप सँग मिलेमतो गरि चिनी मिल गरुडा बाट हटाउने षडयन्त्रमा लाग्नु भएको आरोप छ । मिल सञ्चालकले बदनियत पूर्ण तरिकाले मिल हटाएर जमिन बिक्री गर्ने सोचमा रहेको उनको भनाइ छ । २०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।

निर्णायक आन्दोलन गर्ने तयारी

मिल पुनः सञ्चालन गराउने विषयमा सर्वदलय बैठक बाट कानुनी बाटोमा जाने निणर्य भएको अध्यक्ष यादवले बताए । यस बाट पनि सुनवाइ नभए कडा आन्दोलनका साथ अगाडी बढने चेतावनी दिए । उखु उत्पादक संघ रौतहटको नेतृत्वमा गठित श्रीराम सुगर मिल्स बचाउ संघर्ष समितिले लीलामी रद्द गर्नुपर्ने र मिल्स पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै निर्णायक आन्दोलन गर्ने भएको छ । मिल पुनः सञ्चालन गर्न गराउनको लागि साउन २२ गते ज्ञापनपत्र बुझाउने,साउन २७ गते आम भेला गर्ने भएको छ । त्यसपछि पनि सुनवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

स्थानीय द्वारा लखेटिए शिवशक्ति ग्रुपका ब्यक्ती

श्रीराम सुगर मिलको लिलामी सकार गरेका शिवशक्ति ग्रुप शुक्रवार मिल अनुगमन गर्न आउँदा उँखु उत्पादक संघका सहित स्थानीयहरुले शिवशक्ति ग्रुपका पदाधिकारीलाई लखेटेका छन् । साथै स्थानीयले शिवशक्ति ग्रुपलाई मिल परिसर भित्र प्रवेश समेत गर्न दिएका थिएन्न् । मिल उठाने प्रयास गरे आफूहरुले प्रति गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

कृष्ण तिवारी,रौतहट,साउन २१ गते ।
जिल्ला वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष रामप्रवेश दास तत्माले आज कार्यभार सम्हालेका छन् । उनलाइ डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले कार्यकक्षमा स्वागत सम्मान गर्नु भएको हो । उनलाइ मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार लोसपाका नेता तथा कटहरिया नगरपालिकाका मेयर पदका प्रत्यासी समेत रह्नु भएका दास जिल्ला बन पैदावर तथा आपूर्ति समिति रौतहटको अध्यक्षमा मनोनीत हुनु भएको थियो । मधेश प्रदेश,प्रदेश वन ऐन २०७७ को दफा ९४ को प्रावधान अनुसार गत साउन १८ गते मन्त्रीस्तरीय निर्णय अनुसार समितिको अध्यक्षमा दासलाइ मनोनित गरिएको थियो ।
मधेश प्रदेश सरकारको उदेश्य अनुरुप प्रचलित ऐन कानुनको परिधिभित्र रही जिल्ला वन पैदावार आपूर्ति समितिबाट वन पैदावारको सहज आपूर्ति र न्यायोचित वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेर मन्त्रालयले उनलाइ यो जिम्मेवारी दिएको हो । पदभार ग्रहण गरे लगतै अभिव्यक्ती दिदै उनले, अब जनताले सहजरुपमा काठ पाउने प्रतिबद्धता जनाएका छन् । उनले खासगरी आपूर्ति समितिको कार्य क्षेत्र र उदेश्य अनुरुप सर्वसाधारणलाइ सर्वसुलभ तरिकाले बिना झंझट काठ आपूर्ति गरिने बताउनु भयो ।
घरायसी प्रायोजनको काठ आपूर्ति गर्नु पर्ने भएपनि त्यस्तो नभएको पाएको छु । अब त्यस्ता विकृति लाइ अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यालयको अवस्था पनि भद्रगोल रहेकोले सुधार गरिने बताउनु भयो । काठको विचौलिया लाइ पनि पाखा लगाउने बताए । साउन २८ गते पहिलो बैठक बसी कर्मचारीको पारिश्रमीक लगायतको विषयमा छलफल गर्ने बताउनु भयो । काठ वितरण गर्नु पूर्व अनुगमन गरि आवश्यकता अनुसार वितरण गरिने बताउनु भयो । फस्ट टै«क हिसाबले जनताले कसरी काठ पाउने छन् त्यसमा आफू लागने बताए । यसमा मेरो भूमिका अग्रणी रुपमा रहने उनको भनाइ छ । काठ वितरणमा विचौलिया,तस्कर र व्यापारीहरुको चलखेल पूर्णरुपमा निस्तेज पार्ने धारण व्यक्त गरेका छन् ।

इन्दीप कोइराला,बारा, २१ साउन ।

उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बारा र पर्सामा स्थानीय तहले लगाएको करको विरोध गरेका छन् । जीतपुरसिमरा नगर उद्याेग वाणिज्यसँगको छैटाैँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाले लगाएको कवाडी तथा सम्पत्ति करको विरोध गरेका हुन् ।

 

मन्त्री रिजालले कवाडीको नाममा कच्चापदार्थबाट समेत कर उठाउनु अनधिकृत रहेको बताएका छन् । स्थानीय तहले संकलन गरिरहेको कर अनधिकृत रहेको भन्दै मन्त्री रिजालले उक्त कार्य रोक्न आग्रह गरेका छन् । यस्तो कार्य नरोकिए संघीय सरकारले हस्तक्षेप गर्ने संकेत समेत मन्त्री रिजालले गरेका छन् ।

 

स्थानीय तहले आयकर र सम्पत्ति कर दुवै कर लिइरहेको भन्दै त्यस्तो गर्न नपाइने बताएका छन् । उनले त्यस किसिमका कर फिर्ता लिन समेत आग्रह गरेका छन् । स्थानीय तहले संकलन गरिरहेको करका विषयमा छलफल गरेर अघि बढ्ने बताए ।

 

मन्त्री रिजालले बारा र पर्साका उद्याेगबाट हुने प्रदूषण नियन्त्रणका लागि पहल भइरहेको बताए । उनले सिमरास्थित विषेश आर्थिक क्षेत्रमा लगानी आकर्षित गर्नका लागि जग्गाको राजस्व दर कम गर्ने प्रयास भइरहेको समेत बताए ।

 

कार्यक्रममा उद्याेग वाणिज्य संघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, उद्याेग वाणिज्यसँग वीरगन्जका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ  उपाध्यक्ष  हरि  गौतम, नेपाल भारत सहयोग मन्चका केन्द्रीय अध्यक्ष  अशोक वैध,  सुरक्षा निकायका प्रमुख,  राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

संघले यस क्षेत्रबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्याेगी, व्यवसायीलाई सल्लाहकारको रुपमा मनोनीत गरेको छ ।

 

संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव प्रकाश गिरीले गरेका थिए ।

इन्दीप कोइराला,बारा, २१ साउन ।

समयमै पर्याप्त पानी नपरेकाले बारामा हालसम्म ८० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ । बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार यो वर्ष जिल्लामा वर्षे भदैया, अगहनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकोमा खडेरीले लक्ष्यअनुसार रोपाइँ गर्न नभ्याइएको बताए ।

 

वर्षा नभएपछि किसानले भूमिगत सिँचाइ, गण्डक नहर, दमकल र पैनीको पानी प्रयोग गरेर रोपाइँ गर्दैआएको र यही साउन मसान्तसम्म शतप्रतिशत धान रोपाइँ हुने सम्भावना रहेको उनले बताए ।

 

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनाराणप्रसाद साहले यस वर्ष भदैया धान ११ हजार ९०५ हेक्टर  र अगहनी धान ३४ हजार हेक्टर जमिनमा गरी कूल ४६ हजार २० हेक्टर जमिनमा वर्षे धान रोपाई हुनुपर्नेमा जिल्लाको निजगढ लगायत उत्तरी क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने दक्षिणी क्षेत्रमा केही मात्रामा धान रोपाइँ हुन बाँकी रहेको भएको बताए ।

आर्थिक वर्ष २०७९/०८० मा भदैया ११ हजार ९०५ हेक्टर, अगहनी ३४ हजार ११२ हेक्टरसमेत गरी ४६ हजार २० हेक्टर जमिनमा वर्षे धानखेती गरिएको थियो ।

रमेश तिमलसिना,रौतहट,२० साउन
साहित्यकार तथा समाजसेवी डा. शालिग्राम शर्माको ‘पहिलो अस्पताल’ नामक पुस्तक बजारमा आएको छ । राम रेबती प्रतिष्ठान चन्द्रनिगाहपुरले प्रकाशन गरेको ‘पहिलो अस्पताल’ केही दिन अगाडी सार्वजनिक गरिएको हो । उक्त पुस्तकमा हाम्रो पहिलो अस्पताल भनेको भान्सा नै भएको भन्ने कुरालाइ उजागार गरिएको लेखक डा. शालिग्राम शर्माले जानकारी दिनुभएको छ । हामीहरुको भरपर्दो औषधालय भनेको हाम्रो भान्सा,सफा, ताजा, स्वस्थकर खानाको प्रमुख स्रोत भनेकै भान्साघर भएको र रोग निदानको उद्गमस्थल र भरोसाको अन्तिम बिसाउनी भएको डा. शर्माको भनाइ रहेको छ । यस पुस्तक भित्र ४१ वटा जडिबुटीको माध्यमबाट घरेलु बिधिबाट आफनो स्वास्थ्यको उपचार गर्न सकिने जनाइएको छ । ‘पहिलो अस्पताल’ पुस्तक भित्र अदुवा,अपमार्ग,आंक,आमलकी,लसुल,पान,नुन,धनिया,लौका,उखु लगायत ४१ प्रकारका जडिबुटीको माध्ययमबाट आफनो उपचार गर्न सकिने बिधि जनाइएको लेखक शर्माले जानकारी दिनु भएको छ । करिब ६० बर्ष देखि निरन्तर रुपमा स्वास्थ्य क्षेत्रमा सक्रिय रहदै आउनु भएका डा. शर्माले आर्युबेदमा स्नातक गर्नुभएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर निवासी ८७ बर्षिय लेखक शर्माको यो तेश्रो कृति हो । यस अघि डा. शर्माले देहात तापेर आर्युबेद,अहनिर्श उकालो प्रकाशन गरिसक्नु भएको छ । समाजिक कार्यमा पनि सक्रिय रहनु भएका डा. शर्माले यस पुस्ताकको मुल मर्म भनेको भान्साघर नै भएको र धेरै रोगहरुको निदान र उपचार पनि भान्साघरबाट नै हुने बताउनु भएको छ । हाम्रो भान्सा घरमा हरेक प्रकारका औषधी भएको र त्यसको उपयोग सहित तबरले गर्न सुझाब दिनुभएको छ । शरीरलाई स्वस्थ, तन्दुरुस्त र शक्तिपूर्ण बनाउने प्रमुख तत्व भनेकै वनस्पति भएको कारण वनस्पतिहरूमा शरीरलाई चाहिने अत्यावश्यक रासायनिक तत्वका साथै अन्य खाद्य परिकारका पोषक तत्व पनि प्रचुर रूपमा मौजूद हुने उहाको भनाइ छ । सो ‘पहिलो अस्पताल’ दशैभरीका पुस्तक पसलमा पाइने समेत लेखक डा.शर्मा जानकारी दिनुभएको छ ।

विशाल बस्नेत,२० साउन, महोत्तरी ।

महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी यो रोगवाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुको बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन । उनका अनुसार आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अफ्ठ्यारो हुने  यो रोगको लक्षण भएको चिकित्सकहरुको भनाइ छ ।

यो रोगको प्रकोप तिव्ररुपमा फैलिए पछी निको नहुन्जेल रोग लागेका विद्यार्थीहरुलाइ घरमा राख्न अभिभावकहरुलाइ अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका संचालक अरुण कार्कीले जानकारी दिए । साे रोग फैलने क्रम तिव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरुले वताएका छन ।

अहिले जिल्लाका किल्निक र अस्पतालहरु आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले बृदी भएको अस्पतालले जनाएको छ ।

यस रोगवाट बच्न के गर्न सकिन्छ ?

 

यो रोग प्रकोपको रुपमा भयावह भएर फैलिएता पनी सामान्य भएको चिकित्सकहरुले सल्लाह दिएका छन ।

उनीहरुको अनुसार सामान्य बिषयहरुमा ध्यान दिएता पनी रोग निको हुन सक्दछ । जथाभावी रुपमा आँखा नछुने, आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने,  सफा पानीले आँखा सफा गर्ने संक्रमितहरुले प्रयोग गरेका तौलिया, रुमाल प्रयोग नगर्ने,  व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता उनिहरुको सुझाव रहेको छ ।

रोग लागि हालेमा पनि नडराउन चिकित्सकहरुले सचेत गराएका छन । राेग लागि हालेमा पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइ सकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने, आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने,  कालो चस्माको प्रयोग गर्ने, आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,  जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने कुराहरुमा उनिहरुले सचेत गराएका छन । न्युज कारखाना

विशाल बस्नेत,महोत्तरी, २० साउन ।

एकीकृत समाजवादी पाटीका सर्लाहीबाट  झण्डै १५० जना भन्दा बढी नेकपा एमाले फर्किएका छन् ।

प्रदेशसभाका पूर्वसंसद डिल्ली उप्रेतीसहित ठूलो संख्यामा एमाले फर्किएका एमाले मधेश प्रदेशका प्रचारप्रसार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका डिल्ली उप्रेतीले व्यक्तिगत इगोलाइ लिएर विभाजित हुँदा गलत विषयले पश्रय पाएको र एसमा समेत गलत पवृत्ति बढेकाले आफ्नै घर फर्किएको बताए।

नेकपा एमाले सर्लाहीले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा जिल्लास्तरिय नेतासमेत फर्किएका छन् । नेकपा एसवाट ११३ जना र वाकि माओवादी केन्द्र, काङ्ग्रेसबाट प्रवेश गरेका नेकपा एमालेले जनाएको छ।

सचिव योगेश भट्टराईले  एमाले फर्किएका उक्त नेकपा  एस, माओवादी र काङ्ग्रेसका  नेता, कार्यकर्ताहरुलाइ स्वागत गर्दै कम्युनिष्ट आन्दोलन अभियानमा जोडिएकोमा खुसी ब्यक्त गरे।

देशैभरीबाट एमालेमा जोडिनेको संख्या ह्वात्तै बढेको वताउदै आज नै सिन्धुपाल्चोकवाट पनि १४७ जना भन्दा बढी नेताहरु फर्किएका सचिव भट्टराईले बताए। न्युज कारखाना

 

 

 

 

कृष्ण तिवारी,रौतहट, २० साउन
बारा जिल्लाको निजगढ नगरपालिका वड़ा नम्बर ८ निवासी महेश्वर अधिकारीलाइ पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।
सामाजिक संजाल फेशबुकको मैसेंजर र वाटसअपको प्रयोग गर्दै अश्लील तस्वीर र धमकियुक्त मैसेज पठाएपछि महिलाले दिएको साइबर अपराधको उजुरीको आधारमा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
सामाजिक संजाल फेशबुकमा आफ्नो नामको आईडीबाट फरक नेपाल ऑनलाइन न्यूज पोर्टलका संचालक समेत रहेका अधिकारीले उक्त महिलालाइ यौन दुर्व्यवहार गर्ने उदेश्यले आफ्नो अश्लील तस्वीर र अश्लील धमकीपूर्ण प्रयोग गारी मैसेज पठाएपछि महिलाले क़ानूनी कार्यवाहिको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमाँ बिधुतीय अपराधको मुद्दा दर्ता गराएको छ । मुद्दा दर्ता गराएको जानकारी पाएपछि अधिकारीले पीड़ित महिलालाइ फोन मार्फत फिर्ता नलिए बच्चालाइ अपहरण तथा सूटर बोलाएर हत्या गराउने धमकी दिदै आएको दावी पीड़ितको रहेको छ १
रौतहटको चन्द्रपुर नगरपालिका स्थित महिलाको घरमा प्रबेश गरेर १० महीनाको छोरालाइ समातेर फोटो खोचेर मैसेन्जरमा पठाउदै यस्तो धमकी दिएको हो १ घरमा नभएको अवस्थामा प्रबेश गरी बच्चालाइ आफ्नो काखमा राखेर फोटो खीचेका अधिकारीले सामाजिक संजालको प्रयोग गर्दै आफ्नो आईडीबाट फोटो पठाएको महिलाले जानकारी दिएकी छीन ।
घरको भिडिओ बनाएर घरमै सुसाइड गर्ने तथा बच्चालाइ कुनै पनि बेला कब्ज़ा गर्ने संकेत दिएको पीड़ित महिला बताएकी छीन ।
सामाजिक संजाल मैसेन्जर ,वाटस अप प्रयोग गर्दै नेपाल पत्रकार महासंघ प्रदेश समिति मधेश प्रदेशका सदस्य समेत रहेका अधिकारीले अश्लील तस्वीर तथा शव्द पठाएकोमा त्यस माथि साइबर अपराधको मुद्दा दर्ताको लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिए पछि यस्तो धमकी दिन लागेको उहाले बताए ।
घरमा कुनै लोग्ने मानिस नभएको मौका छोपेर अधिकारीले पटक पटक हत्या तथा अपहरण गराउने धमकी दिदै आएको र प्रहरीलाइ खबर गर्दा पनि प्रहरीले कुनै वास्ता नगरेको पीड़ितको भनाइ रहेको छ । आफु सुरक्षा थ्रेटको सामना गरिरहेको बताउँदै मेरो छोरा छोरी समेतको खतरा रहेकोले सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रहरी प्रशासन संग आग्रह समेत गरेको छ ।
उहाले पटक पटक म संग रकम लिएको र सो रकम मांग गर्दा नदिने र बढ़ी हल्ला खल्ला गरे चरित्र हत्या गर्ने कार्य गरेको उल्लेख गर्दै यस्ता कार्य गर्नेलाइ क़ानूनी दायरामाँ ल्याउन मांग समेत गरे ।
पीड़ित महिलाले विधुतीय अपराध अंतर्गत दिएको जाहेरी प्रक्रियामा अगाडी बढ़ी सकेको र छिटै आरोपित पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ा मगरले बताएका छन ।
रौतहटका प्रहरी आफ्नो मुठ्ठीमा रहेकोले लिएको रकम कुनै पनि हालतमाँ फिर्ता नगर्ने , झूठो अफवाह फैलाएर आत्महत्या सम्म गर्ने बातावरण सृजना गरी दिने शव्द अधिकारीले प्रयोग गर्दै पीड़ित महिलालाइ धम्क्याउने गरेको पाइएको छ । पत्रकार भएकोले प्रहरीले कुनै कार्यवाही गर्न नसकिने भनाइ अधिकारीको रहेको छ १ बिधुतीय अपराध कसूर येनमा कुनै पनि महिलालाइ चरित्र हत्या ,ब्लैकमेलिंग गर्ने उदेश्यले मैसेज , तस्वीर पठाएमा बिधुतीय अपराध हुने भनी क़ानूनी व्यवस्था रहेकोमाँ अधिकारीले जानी जानी कसूर गरेको हुदा क़ानूनी कार्यवाही हुने अवस्था रहेको कानून व्यवसायी रतीश झाले बताएका छन ।
सामाजिक संजालको दुरूपयोग गर्दै अधिकारीले महिलाहरुलाइ हनीट्रैपमा पार्ने कार्य गर्दै आएको बुझिएको छ । शुरूमा हाई हेलो गर्ने त्यपछि आफ्नो तस्वीर पठाउने र पछि महिलालाई सिंगल सेल्फी बाला तस्वीर मांगने गरेको बुझिएको छ १ एक जना महिलाले अधिकारीले आफ्नो फोटो मैसेंजरको माध्यमबाट पठाएको समेत बताएकी छीन । मोबाइल नंबर समेत पठाएका अधिकारीले समाचार पक्षमा लेखेर सहयोग गर्ने आश्वासन दिएको महिलाले बताए ।मुद्दा फिर्ता नलिएर हत्या र अपहरण गर्ने धमकी दिने अधिकारीको नाउमा पक्राउ पुर्जी
कृष्ण तिवारी,रौतहट, २० साउन
बारा जिल्लाको निजगढ नगरपालिका वड़ा नम्बर ८ निवासी महेश्वर अधिकारीलाइ पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।
सामाजिक संजाल फेशबुकको मैसेंजर र वाटसअपको प्रयोग गर्दै अश्लील तस्वीर र धमकियुक्त मैसेज पठाएपछि महिलाले दिएको साइबर अपराधको उजुरीको आधारमा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
सामाजिक संजाल फेशबुकमा आफ्नो नामको आईडीबाट फरक नेपाल ऑनलाइन न्यूज पोर्टलका संचालक समेत रहेका अधिकारीले उक्त महिलालाइ यौन दुर्व्यवहार गर्ने उदेश्यले आफ्नो अश्लील तस्वीर र अश्लील धमकीपूर्ण प्रयोग गारी मैसेज पठाएपछि महिलाले क़ानूनी कार्यवाहिको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमाँ बिधुतीय अपराधको मुद्दा दर्ता गराएको छ । मुद्दा दर्ता गराएको जानकारी पाएपछि अधिकारीले पीड़ित महिलालाइ फोन मार्फत फिर्ता नलिए बच्चालाइ अपहरण तथा सूटर बोलाएर हत्या गराउने धमकी दिदै आएको दावी पीड़ितको रहेको छ १
रौतहटको चन्द्रपुर नगरपालिका स्थित महिलाको घरमा प्रबेश गरेर १० महीनाको छोरालाइ समातेर फोटो खोचेर मैसेन्जरमा पठाउदै यस्तो धमकी दिएको हो १ घरमा नभएको अवस्थामा प्रबेश गरी बच्चालाइ आफ्नो काखमा राखेर फोटो खीचेका अधिकारीले सामाजिक संजालको प्रयोग गर्दै आफ्नो आईडीबाट फोटो पठाएको महिलाले जानकारी दिएकी छीन ।
घरको भिडिओ बनाएर घरमै सुसाइड गर्ने तथा बच्चालाइ कुनै पनि बेला कब्ज़ा गर्ने संकेत दिएको पीड़ित महिला बताएकी छीन ।
सामाजिक संजाल मैसेन्जर ,वाटस अप प्रयोग गर्दै नेपाल पत्रकार महासंघ प्रदेश समिति मधेश प्रदेशका सदस्य समेत रहेका अधिकारीले अश्लील तस्वीर तथा शव्द पठाएकोमा त्यस माथि साइबर अपराधको मुद्दा दर्ताको लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिए पछि यस्तो धमकी दिन लागेको उहाले बताए ।
घरमा कुनै लोग्ने मानिस नभएको मौका छोपेर अधिकारीले पटक पटक हत्या तथा अपहरण गराउने धमकी दिदै आएको र प्रहरीलाइ खबर गर्दा पनि प्रहरीले कुनै वास्ता नगरेको पीड़ितको भनाइ रहेको छ । आफु सुरक्षा थ्रेटको सामना गरिरहेको बताउँदै मेरो छोरा छोरी समेतको खतरा रहेकोले सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रहरी प्रशासन संग आग्रह समेत गरेको छ ।
उहाले पटक पटक म संग रकम लिएको र सो रकम मांग गर्दा नदिने र बढ़ी हल्ला खल्ला गरे चरित्र हत्या गर्ने कार्य गरेको उल्लेख गर्दै यस्ता कार्य गर्नेलाइ क़ानूनी दायरामाँ ल्याउन मांग समेत गरे ।
पीड़ित महिलाले विधुतीय अपराध अंतर्गत दिएको जाहेरी प्रक्रियामा अगाडी बढ़ी सकेको र छिटै आरोपित पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ा मगरले बताएका छन ।
रौतहटका प्रहरी आफ्नो मुठ्ठीमा रहेकोले लिएको रकम कुनै पनि हालतमाँ फिर्ता नगर्ने , झूठो अफवाह फैलाएर आत्महत्या सम्म गर्ने बातावरण सृजना गरी दिने शव्द अधिकारीले प्रयोग गर्दै पीड़ित महिलालाइ धम्क्याउने गरेको पाइएको छ । पत्रकार भएकोले प्रहरीले कुनै कार्यवाही गर्न नसकिने भनाइ अधिकारीको रहेको छ १ बिधुतीय अपराध कसूर येनमा कुनै पनि महिलालाइ चरित्र हत्या ,ब्लैकमेलिंग गर्ने उदेश्यले मैसेज , तस्वीर पठाएमा बिधुतीय अपराध हुने भनी क़ानूनी व्यवस्था रहेकोमाँ अधिकारीले जानी जानी कसूर गरेको हुदा क़ानूनी कार्यवाही हुने अवस्था रहेको कानून व्यवसायी रतीश झाले बताएका छन ।
सामाजिक संजालको दुरूपयोग गर्दै अधिकारीले महिलाहरुलाइ हनीट्रैपमा पार्ने कार्य गर्दै आएको बुझिएको छ । शुरूमा हाई हेलो गर्ने त्यपछि आफ्नो तस्वीर पठाउने र पछि महिलालाई सिंगल सेल्फी बाला तस्वीर मांगने गरेको बुझिएको छ १ एक जना महिलाले अधिकारीले आफ्नो फोटो मैसेंजरको माध्यमबाट पठाएको समेत बताएकी छीन । मोबाइल नंबर समेत पठाएका अधिकारीले समाचार पक्षमा लेखेर सहयोग गर्ने आश्वासन दिएको महिलाले बताए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।